Skip to main content

Posts

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन ...

मंगोलभुमिमा जुन दिन स्वतन्त्रताको आवाज गुन्जिनेछ

जीवन मंगोल "उद्देश्यहिन जीवन मृत्यु हो, मृत्युु कुनै उद्देश्य होइन ।" पृथ्वीमा पानी जम्छ, तिर्खा जम्दैन । बच्पनमा पड्दाको एउटा चलाख कागको कथा याद आउँछ । कागलाई प्यास लागेको हुन्छ, जताततै हाहाकार हुन्छ । पानी खोज्दै काग भौतारिन्छ । खोलामा जान्छ । खोला पनि सुकेको हुन्छ । कुवामा जान्छ कुवा पनि सुकेको हुन्छ । रुखको टोड्कातिर कतै जमेको छकी भनी खोज्छ कतै पानी भेट्दैन तथापि कागको प्रयास जारी नै रहन्छ । कदापि निराश हुँदैन किनकी कागलाई प्यास लागेको छ । अन्त्यमा कागले झुपडिमा एक घैटो देख्छ । कागलाई डर पनि छ । कतै मालिक देख्यो भने मेरो हालत के हुन्छ । डर के पिछे जित छ भनेझै काग उडेर घैटोको मुखमा बस्न पुग्छ । घैटोमा चिहाउछ पानी पिधमा मात्रै छ । कागले सोच्छ कि पानी त भेटियो तर पिधमा छ । घैटोमा छिर्यो आफ्नै काल । कसरी निस्किने घैटोबाट ? अर्को त्रास घैटोमा छिरेको बेला मालिक आयो भनेपनी खैरात छैन । के गर्ने प्यास जसरि मेटाउनु छ । कागले जुक्ती लगाउछ घैटोमा ढुंगा खसायो भने पिधको पानी पक्कै माथी आउँछ । त्यसपछि कागले ढुंगा ओसार्दै घैटोमा खसाउछ । नभन्दै पिधको पानी माथी आउँछ र...

यसकारण हुँदैछ दशैँ बहिस्कार !

–जीवन मंगोल पञ्चायत अन्त्य संगै नाम मात्रैको बहुदलीय व्यवस्था घोषणा भए पश्चात नेपालको राजनैतिक, धार्मिक, सांस्कृतिक, सामाजित पक्षमा क्रान्तिको थालनी भयो ।  युगौंदेखिको रैथाने धर्म, संस्कृति, चाड पर्व सामाजिक परम्परा मान्यताहरुको खोजी गर्ने थोरै मौका मिल्यो । राजनैतिक, धार्मिक र सास्कृतिक तथा सामाजिक विशिष्टताभित्रका अनेक कोणबाट अथ्र्याउन थालियो । द्रव्य शाहले मंगोल पुर्खा वध गरी स्थापना गरेको आधुनिक गोरखा र पृथ्वीनारायण शाहले विस्तार गरेको साम्राज्य वर्तमान नेपाल र राणाहरुले निर्माण गरेको मनुवादी नीतिको बिरुद्ध शाहस साथ बोल्ने हिम्मत जुटे पछि बदलिदो युगसंगै खोज अनुसन्धानको क्षेत्रमा पनि फराकिलो बनाउने युग पुरुषहरुको खोजले कट्घरामा उभ्याउदै असत्यले ठडिएको कथित इतिहासको स्तम्भ भत्काउन सुरु भयो । त्यहि सेरोफेरोमा दशै बहिस्कार अभियानहरु सुरु भयो । देवासुर संग्राम, अनैकौ मिथक जोडेर राज्यले कसरी नेपालीकरण ग¥यो र कसरी हिन्दुकरण ग¥यो ? कसरी दशै प्रचलनमा आयो र भित्रि रहस्य के हो यहि रहस्यलाई अझ सुक्ष्म ढंगले बुझ्न जरुरी छ । दशैको पृष्ठभूमि ...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...

बौद्धहरुको २२ प्रतिज्ञा (वोधिसत्व अम्बेडकरद्वारा प्रस्तुत प्रतिज्ञा)

१. म ब्रम्हा ,विष्णु र महेशलाई कहिले भगवान मान्ने छैन, न त उसको पुजा गर्नेछु । २. म राम, कृष्णलाई भगवान मान्दिन नत उसको पुजा, पाठ गर्नेछु । ३. म गौरि, गणपति इत्यादि हिन्दू धर्मको कुनै देवि, देवतालाई मान्दिन र उसको पूजा, आराधना गर्नेछैन । ४. म यस कुरोमा कहिले विश्वास गर्नेछैन कि कुनै ईश्वरले कहिले अवतार लिएकोछ ५. म यस कुरोमा कहिले विश्वास गर्दिन कि भगवान बुद्ध विष्णुको अवतार हो । यस्तो प्रचारलाई झुठ तथा पागलपन ठान्नेछु । ६. म श्राद्ध र पिण्डदान कहिले गर्दिन ७. म बौद्ध धम्मको विरुद्ध कुनै आचरण गर्ने छैन ८. म न कुनै क्रियाकर्म जन्म तथा कर्ममा बाहुनसंग गराउने छैन ९ं म सिद्धान्तलाई मान्नेछु कि सबै मनुष्य समान छ १०. म समानता स्थापनाको लागि प्रयत्न गर्नेछु ११. म भगवान बुद्ध को आष्टांगिक मार्गलाई पूर्ण रुपले पालना गर्नेछु १२. म भगवान बुद्धद्वारा निर्देशित दश पारमितलाई पूर्ण रुपले पालन गर्नेछु १३.  म प्राणी मात्रमा दया गर्नेछु र उनको पालनपोषण गर्नेछु १४.  म कहले चोरि गर्नेछैन १५. म कहिले झुठ बोल्ने छैन १६. म कहिले व्यभिचार गर्नेछैन १७. म मादक पदार्थ को सेवन गर्नेछैन ...

धर्मको बहनामा नांगो प्रदर्शन बन्द गर्न कडा चेतावनी !

प्रत्येक पुरुष शिवजी हुन, होइन भने धर्मको बहनामा नांगो प्रदर्शन बन्द गर ! १. आखिर शिवजी पुज्ने बहानामा त्यही लिङ्गलाई पुज्ने चलन छ पशुपतिमा । यदि लिङ्ग पुज्नै पर्ने र धर्मै हुने हो भने किन लिङ्गको मूर्तिलाई ढोग्ने हरेक पुरुषको लिङ्ग ढोगे फरक पर्दैन । २. शिवजी भगवान हो रे ल ठिकै छ ! शिवले गाजा खान्छ भन्दै खुलेयाम गाजा ब्यापार गर्ने यो त बृटिशहरु भन्दा नि खतर्नाक साम्राज्यवादको गिरोह हो । ब्यापार गर्ने बहनामा भारत कब्जा गर्ने भन्दा यहाँका मूलबासीलाई गाजा ड्रगिस्ट बनाएर फसाउने क ब्जा गर्ने Plan बनाउने ज्यादा खतरा हो । चाइनामा शासित जनतालाई समाप्त पार्न शासकले अफिम खुलाएर लठ्ठ बनाउथे यो यहि formula हो जुन नेपालका बहु-संख्यामा रहेका मूलबासी मंगोलहरुलाई समाप्त पार्ने सत्ताधारी बाहुन क्षेत्रीको खेल हो । ३. गजेडे शिव जस्तो वर पाम भन्ने सोच छ भने पशुपतिमा गइरहन पर्दैन । जता ततै पाउछ शिव भन्दा ह्यान्डसम । संस्कार सभ्यता आफैमा ज्ञान हो भने पशुपतिको हर्कत ब्यापार हो कुनै सभ्यता होइन । ४. देशमा गाईको मासु खानेलाई १२ वर्ष जेल समाजमा धर्मको बहानामा अस्लिल हर्कत गर्ने र खुलेयाम गाजा व्यापार गर्नेलाई...

निर्दोष शालिक नतोड्नु जीवन मंगोललाई सिधै गोली ठोक्नु !

जीवन मंगोल आज मैले मेरो देशमा गर्वका साथ नेपाली भन्न पटक्कै मन छैन । हृदयंगले पक्कै फरक रहेछु । नेपाली हुन मैले मेरो रंग, मेरो वर्ण फेर्नु पर्ने रहेछ, कतै पहेलो र हप्सी भएर जन्मिनुले मानव शिकार भएछु । धन्य छ ! आजै राति सपनामा देखे जस्तो लाग्छ तर बिपनामै रहेछ । सामाजिक सञ्जाल फेसबुकमा पश्चिम नेपालको कास्की पोखरामा शहिद लखन थापा मगरको शालिक नगर प्रमुखकै आदेशमा आतंकारी, बिद्रोही शैलीमा डोजर लगाएर पल्टाइएछ, भत्काइएछ, मैले त सपना पो देखेको रहुछ जस्तो लाग्यो तर यता अग्रज बुद्धिजिवीहरुको बीचमा सपना होइन कुरा साचो हो भन्ने चर्चा भइरहेको थियो । मंथिगलमा कता–कता विद्रोहको भाव जागिरहेको छ । राजाको हृदयमा प्रजा हुँदैन, शत्रुको हृदयमा मित्रु हुँदैन, बिदेशीलाई स्वदेशीको माया हुँदैन भने जस्तै बाहुन क्षेत्रीको हृदयमा न्याय नहुँने रहेछ । सरकार यहाँ प्रशासन जनताको न्याय र सुरक्षा गर्न होइन, जनताहरुबाट सत्ता बचाउन शासक पहरा दिनका लागि प्रशासन रहेछ । हामीलाई यस्तो सरकार चाहिएको छैन । घरदेशको समस्या प्रदेशमा वस्नेलाई थाहा हुँदैन, प्रदेशमा बस्नेलाई घरदेशको समस्या थाहा हुँदैन । आज आफ्नै देशमा प्रदेशी...

हिन्दु अतिबादीहरु अलकायदा र आइएस भन्दा कम छन् ?

२५ मई, २०१३ बुद्ध जयन्तिको दिन अपमानजनक रुपमा सुर्खेतको कांक्रे  बिहारमा राखियको यो बुद्ध मुर्ति जिल्ला प्रशासनले उखेली जंगलमा फालेको थियो  । तिब्र बिरोधपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा रुखमा बाधेर झुन्दाई राखेको छ   ।  जीवन मंगोल  देश बनाउने प्रतिबद्धता बाचाहरु पटक–पटक सुनियो बाहुन क्षेत्रीको मुखबाट । बनाएको कहिल्यै पाइएन । बरु किर्ते गरेर, आतंक मच्चार, नरसंहार मच्चाएर, निमुखाहरुलाई कज्याएर शोषण गरे बिध्वंश मच्चाएर देशलाई विश्वकै गरिव बनाए । जन्मिदै अबोध बालकको टाउकोमा २५ हजार रिणको भार बोकाउन सफल भए ।विश्व युद्ध, कालापानीको लडाईहरुमा ज्यानको बलि दिन लगाउने स्वार्थी बाहुन क्षेत्रीहरु पण्डित बनेर भारत र युकेमा कार्यरत मंगोलहरुलाई महाभारत, रामायनको श्लोकबाट कसम खिलाएर युद्धमा होमाएर उनीहरु हरेक बटालियनमा महान गुरु नै भएर बसे । माओबादीको दश वर्षे युद्धको बयान गरेर साध्य छैन । माओवादीले गरेको कसाई युद्धमा गोलीको सिकार मात्र होइन आइमाई केटा केटीहरुलाई धम्काई धम्काई बलत्कार गर्ने र निर्मम हत्या गर्ने कामहरु भए । हिन्दु समाजमा नार...

महान नास्तिकहरुको भनाइ

संसारका महान नास्तिकहरु जसले मानव सभ्यताकोम बिकासको गति दिए । १. सर्वाधिक गालि गरिएको चार्वाकको मान्यता थियो –“इश्वर एक रुग्न विचार प्रणाली हो, यसले मानवताको कुनै कल्याण हुनेवाला छैन ।” २. वर्तमान नेपालको लुम्बिनीमा जन्मिएका बुद्ध (५६३–४८३ ई.पू.) भनाई थियो –भगवान नामको चीज छैन । भगवानको लागि आफ्नो समय नष्ट नगर । केवल समय सवथोक हो, आफ्नो दिपक आफै बन । ३. अजित केशकम्वल (५२३ ई.पू.) बुद्धका समयकालका बिख्यात तिर्थयात्री थिए । त्रिपिटकमा अजितका विचार कुनै ठाउ भेटिन्छ – उनको भनाइ छ “दान, यज्ञ, हवन छैन...परलोक छैन ।” ४. सुकरात (४६६–३६६ ई.पू.) एक बिख्यात ग्रिक दार्शनिक हुन । उनलाई उस समय सत्यको लागि बिष पिउनु प¥यो । उनको मान्यता थियो –“इश्वर केवल शोषण नाम हो ।” ५. इवन रोश्द (११२६–११९८ ईसा) यिनको जन्म स्पेनको मुस्लिम परिवारमा भएको थियो । उनलाई कुरान कन्ठ थियो । यिनले अल्लाहको अस्तित्व नकारे र इस्लामको राजनीति गिरोह बताए थिए । जसको कारण मुस्लिम धर्मगुरु यिनको ज्ञानको पछि परेका थिए । रोश्दको दर्शन बुद्धि प्रधान हतियारले इस्लामको मजहवी वाद शास्त्रीको खवर लिए । ६. कारपनिक्स (१४७३–१५४३ इ)  ...

"मंगोलको सदस्य बन्न जनाई चुडाएर आउदा त पाइन्छ होला नि ?"

एउटा वार्तालाप: "संयुक्त जातीय पार्टी नेपाल" पार्टीको अध्यक्ष अध्यक्ष क. अग्नि जीले पार्टी एकीकरणको कुरा लिएर आउनु भएछ हामी कहाँ .... पहिलो भेटमा फलाना ......पार्टीबाट आएका हौ ! हामी चाही फलाना .....संगठनबाट ! ------कुरा अघि बढ्यो, "संयुक्त जातिय पार्टी नेपाल" भनेको के हो ?" प्रश्न गरियो . जवाफमा अग्नि जीले भन्नु भयो, "विभिन्न जात जातको साझा पार्टी हो !"  हामी त लालमन घर्ति जी, शक्ति चामलिंग दाइ थियौ ..... शक्ति दाईले "जात भनेको के हो ? यसले कसरि जातीय समस्या समाधान गर्छ ? यस्तो पाराले चाहि समस्या समाधान होइन बल्झिन्छ, यसरि नेपालमा जातीय समस्या समाधान हुन सक्दैन" भन्नु भयो ....! अलि पटट नै पड्किनु भयो अग्नि जीहरूलाई अलि गारो भएछ ....! अग्निजीहरु "हामि हतारमा छौ, अहिलेलाई लाग्छौ !" भनेर भन्न थाल्नु भयो ! शक्ति दाइले "म नि हतार छु म निस्किय" भनेर बिदाबारी हुनु भयो ...!  म र लालमन जी अनि साथीहरु मात्र बाँकी छौ -"एमएनओको एजेन्डा कस्तो छ ? बुझ्न मिल्ला यदि मिल्यो भने एकता गर्न सकिन्छ ...  म चुप लागेर...

एक सम्बाद प्रहार अनेक

हिजो मात्र जमलको Paradise मा पुस्तकहरु खरिद गरौं भनेर यसो छिरेको थिएँ । केही पुस्तक खरिद गर्ने मनसाय थियो । मैले खोजेको एउटा पुस्तक बारे पसलेलाई सोधे । त्यो पुस्तक रहेनछ । पसलेले भने ‘भाई यो पुस्तक पसलमा नेपालीमा लेखिएको पाइन्दैन, भोटाहिटीमा मात्र पाउछ ।’ मैले भने –‘ए ! हो दाई’ पसले भने –‘ हो त भाई’ यति कुरा भएपछि केही नभनी राजनी ति र इतिहास सम्बन्धी पुस्तक हेर्न थाले । पसलेलाई लागेछ, यो मान्छेले मेरो कुरा बुझेन । पसलेले भन्यो – ‘भाई यहाँ अंगे्रजी पुस्तक मात्र छन् ।’ अंग्रेजी चाहि अनुहार हेरेरै पढ्न आउदैन भनेर हो या किन यसो भने तुरुन्तै मैले पनि प्रश्न त गर्नै प¥यो – ‘मैले पनि खोजेको अंग्रेजी नै हो, त्यहि भएर हेर्दैछु, के हेर्न नमिल्ने हो ?’ पसलेले मुख अमिलो बनाउदै भन्यो – ‘होइन, तपाईले नेपाली खोजे जस्तो लागेर भनेको हो, अन्यथा होइन ।’ मैले भने – ‘सुरुवातमै छैन भन्ने उत्तर तपाईको मुखबाट पाइसके पछि एउटै कुरा दोहो¥याउनु भनेको पक्कै मेरो अनुहार हेरेर हो । अन्यथा होइन ।’ यति भनेर म बाहिरिए । यो कुरा मन मनै सोचे अनि यस्तै एक घट्ना याद आयो । त्यो एक वर्ष अघिको कुरा हो । पहाडदेखि झर्दै गरेको ...

मंगोलहरुले बुझ्नु पर्ने कुरा

मंगोल नेशनल अर्गनाइजेशनको बिरोध पनि एउटा समर्थन नै हो भन्ने मैले बुझेको छु, यदि सकारात्मक बिरोध हो भने l मंगोल नेशनल अर्गनाइजेशनको जति बिरोध त्यति नै चासोको साथ् हेरिन्छ तर बिरोध गर्यो भन्दैमा कसैले पनि असभ्य ढंगले गालि गलौज, नगरौ l जसले गलत तर्क गर्छ त्यो उसको योग्यतामा भर पर्ने कुरा हो, जसले जति बुझेको छ त्यो भन्दा सभ्य प्रस्तुत हुन सक्दैन त्यस्ताहरुलाई नचलाउनु बुद्दिमानी हुन्छ किनकि "गुहु" नराम्रो बस्तु हो, फोहोर हो भन्दा भन्दै कसै ले कोट्याउछ भने त्यसको उपचार गर्न सकिन्न l त्यसैले सौहार्द बातावरणमा राजनैतिक तवरले बुझेर त्यसको समाधान खोज्नेहरु हाम्रो मित्र शक्ति हुन् र हाम्रो बिरोधि होइनन भनेर मेरो व्यक्तिगत बुझाइ हो l जहाँ क्रिया त्यहाँ प्रतिक्रिया हुन्छ, यसोसले सैदान्तिक, बौद्धिक बिरोधिहरुबाट मंगोल नेशनल अर्गनाइजेशनले फाइदा लिन सक्नु पर्दछ l मंगोल नेशनल अर्गनाइजेशनले कसैलाई खेद्ने, पिट्ने र सामाजिक सद्भाद तोड्ने सिद्धान्त लिएको होइन, जोड्न स्थापना भएको हो अर्गनाइजेशनका संस्थापक युगपुरुष(IDEAL Hero) डा. गोपाल गुरुङ जसले कहिले पनि त्यस्तो सिकाउनु भएको छैन र सत्यको उजा...

राष्ट्र मक्काउने धमिराको यस्तो रँजाई कहिलेसम्म ?

जीवन मंगोल सन् १९५९ मा गोरखाका सोझा दयालु स्वभावका धनी घले राजालाई चतुर सड्यन्त्रकारी द्रव्य शाहले ठुन्काउदै गोरखा कव्जा गरे सँगै लम्जुङ हुँदै पृथ्वी नारायण शाहका बाबु नरभुपाल शाहले नुवाकोट आक्रमण शुरु गरे सफल भएनन् । पछि त्यो अधुरो बाबुको सपना पुरा गर्न दोस्रो पटक पृथ्वी नारायण शाहले आक्रमण गरे हातमा लाग्यो शुन्य भएपछि तेस्रो पटक मात्र नुवाकोट जीते । त्यहाँबाट मंगोल मास्ने अभियान चलाएका पृथ्वी नारायण शाहकाका पछि १२ जना गद्धिमा बसेर मंगोलहरुलाई लुटे, कुटे र जंगली बनाइ दिएको इतिहास साँची छ । सन् १८०६ देखि १८४६ सम्म धेरै जसो क्षेत्रीहरु प्रधानमन्त्री बने । किनकी राजाको आज्ञा पालन गर्ने क्षेत्री भएकाले पनि बढि क्षेत्रीहरु त्यस समय प्रधान्मन्त्री बनेको देखिन्छ । एवं् प्रकारले १८४६ देखि १९५१ सम्म श्री ३ राणाहरुले चलाए । जंगवहादुर राणाले नेपाली शाहहरुले मतुवाली बनाएर, विभिन्न उपनाम दिएर खण्डीकरण गरिरहँदा त्यसलाई नयाँ ढाँचामा रुपान्तरण गरि मंगोललाई फुटालियो । हिन्दूवाद नयाँ मनुस्मृतिको रचना गरेर नेपालका भूमिपुत्र मंगोलहरुको संस्कृति, धर्म, भाषा लोप गराउने, जातिव्यवस्था छुतअछुतको व...

लडाई नलडिकनै लडाई जित्नु नै युद्ध कौसलता हो । - सुन्चु

मंगोलले विचारको लडाई लड्छ । बन्दुकको गोली भन्दा कयौं गुणा कलमको निभबाट जन्मेको शब्द शक्ति शालि छ । माओबादीको कथित दश वर्षे कसाई युद्ध भन्दा कलमको निभबाट जन्मिएको डा. गोपाल गुरुङको शब्द शक्ति शाली छ भन्ने प्रमाणित भएको छ । केपी ओलीले पनि नेपालमा मंगोल र आर्यन वंशज रहेको स्वीकारेको पाइयो । मूलबासी मंगोल पनि अब ब्यापक फैली एको छ । आफूलाई समाजशास्त्री भन्ने पुङ्मांगेहरु पनि आज डा. गोपाल गुरुङको कुरामा सहमत भइरहेका छन् । देश मंगोलमय, मूलबासीमय, कुनै भेदभाव रहित कोही अछुत दलित रहित मानवीय युगको प्रारम्भ हुदैछ । सुन्चुको विश्व प्रसिद्ध युद्ध कलाको केही टिपोट : "अस्तित्वको खोज ...." – लडाईको मुख्य उद्देश्य विजय हो । – लडाई नलडिकनै लडाई जित्नु नै युद्ध कौसलता हो । – लडाईमा सबैभन्दा ठूलो कुरा सत्रुको योजना नै ध्वस्त पार्नु हो । – मुसाको दुलो नजिकै बिरालो बसेको छ भने संख्यामा जतिसुकै भए पनि मुसाहरु बाहिर आउने आँट गर्दैन । – लडाइमा निपूर्ण व्यक्तिहरुले शत्रुसंग भिडन्त नै नगरी विजय प्राप्त गर्दछन् । लामो समय खर्च नगरिकनै शत्रु राज्यलाई पल्टाइदिन्छन् । – आफुलाई पनि चिन । सयौं लडाई लड्यौं भ...

दुइ महिनाको शिसु दौडेको संसारमा देख्नु भएको छ ?

-मंगोल सम्राट : डा. गोपाल गुरुङ  नयाँ नेपालको सन्दर्भमा २०६५ असार ७ गते रिपोटर्स क्लबमा मंगोल नेशनल अर्गनाइजेशनले पत्रकार सम्मेलनको आयोजना गर्यो ! फाउण्डर डा. गोपाल गुरुङले नेपालको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय साथै बाहुनबादी सामाजिक व्यवस्थाको प्रतिक झन्डा, क्यालेन्डर लगायत बिषयमा जोड तोडले कुरा राखी सके पछि पत्रकारले डा. गुरुङलाई प्रश्न गरेको केहि अंश : - पत्रकार : तपाई संग हतियार छ रे नि ?  डा. गुरुङ : हतियार भन्ने कुरा सजिलै आउने हो, पैसा ठुलो कुरा हो, पैसा भए पछि हतियार आइहाल्छ / तपाईको घर भित्र हतियार छ ! तर अहिले हामि हतियार उठाउदैनौ ! हामी हाम्रो आन्दोलन peacefully गर्छौ ! - पत्रकार : तपाइँको नाम लिएर हतियार उठाएको भन्ने छ नि ?  डा. गुरुङ : कहाँ ? -पत्रकार : खोटाङ्गमा  डा. गुरुङ : खोटाङ्गमा मंगोल नेशनल अर्गनाइजेशनले होइन / एकचोटी सगरमाथा टिभीले दियो मैले तुरुन्त कप्लेन गरेर यो हामि संग सम्बन्धित होइन है भने पछि पछि करेक्सन गरेर समाचार दियो ! - पत्रकार : नेपाल झण्डा, क्यालेन्डर चाहि कसरि अरास्ट्रिय भयो ?  डा. गुरुङ : नेपालको रास्ट्रिय झन्डा भनेको ह...

बाहुन पञ्पमीको तथ्य

नाग पञ्पमी, गुरु पूर्णीमा, जनै पूर्णीमा रक्षा वन्धनको दिन बिदा दिनै पर्ने कारण यस्तो रहेछ । नाग पञ्चमीः बाहुनले मूलबासीको घरको ढोकाको माथि गाईको गोवरले नागको चित्र टास्ने, अनि द्रव्य पैसा, चामलले पोस्नु पर्ने दिन । तर अचम्म यो छ कि सर्प देखेपछि बाहुनले डरले सर्प रहेछ भन्दै उसको छेउ पर्दैन उल्टै भाग्छ । नाग भगवान भएपछि दुध पिलाउदै राख्नु पर्ने होइन र? अरुलाई भगवान भनेर नक्सा पुज्न लगाउनेले जमिनमा लडिरहेका वेवारिसे सर्पलाई उठाएर भगवान भनि पुज्नु प¥यो । घरमा लगेर संरक्षण गर्नु प¥यो । गाईलाई झैँ नाग भगवानलाई गरुडले खाई दिन्छ, गरुडबाट कानुन बनाएर रक्षा गर्नु प¥यो, नाग भगवानको । होइन भने मानिसलाई यसरी मूर्ख बनाउन पाइन्दैन । गुरु पुर्णिमा: संस्कृत वा बाहुन शास्त्र अनुसार गुरु भन्नाले धार्मिक पुरोहित अर्थात ब्राह्मण भन्ने बुझिन्छ । गुरु भन्नु र मान्नु बाहुनलाई पूज्य मान्नु सर्वोच्चतामा राख्नु हो । गुरु पूर्णिमा भनेको बाहुनको पूर्णिमा हो । जनै पूर्णिमाः बाहुन क्षेत्री पूरुषले जनै(मुसल्मानी साम्राज्यमा गाईको आन्द्रालाई “जनेउ” भनिन्थ्यो र जनेउ बाट अप्रभ्रंश हुदै जनै भएको हो) फेर्ने वा लगाउने द...