Skip to main content

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल
यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे !

गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ ।
ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन ।
अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन संगै विशेष गरेर वर्तमान समय सम्म आइपुग्दा गोदान तथा बोका बलिको प्रथा यथा कायमै छ । यी बलिदान सबैको निन्ति हो भनेको छ । त्यस बलिदानको प्राणीको मासु उसका सन्तहरुले खानु पर्दछ भन्ने कुरा त सतपथब्राह्मण ५ः१.१ः१–२ मा हेरे थाहा हुन्छ ।
खास हत्या हिंसा गर्ने र समाजमा असहिष्णुता बढाउने को रहेछ । त्यो कुरा यी तथ्यले पुष्टी गरेको छ । यहाँ हिन्दु धर्मको हवाला दिनेहरुले मान्छेको बलि दिएको समाचार सुन्नु भकै होला तपाई आफ्नै कानले पनि र पढ्नु पनि भयो होला पत्रपत्रिकामा । गढिमाइमा हजारौं होइन लाखौ बोका, रागा, परेवा र कुखुराको बलि दिएको देखेकै पनि हो । जसलाई हत्या भनेर हिन्दु शास्त्रले भन्दैन । उसले त्यसलाई धर्मको आवरण ओढाएर “वध” भन्छ, बलिदान गरेको भन्छ ।
यस जगतमा हत्यारा को रहेछ ? निश्चय यो पनि यो कुराबाट क्रुद हुनु हुन्छ होला कति यो कुराबाट खुशि पनि । यदि गहिरो सोच्नु भयो भने यो नेपाल खाल्डोमा हत्यारा को हो भन्ने चिन्नु सक्नु हुन्छ । हेर्नुस अहिले समाचारमा आइरहेको छ कि गाई काट्नेलाई मुलुकी ऐन अनुसार जेल हालियो ।
तपाई यो सोच्नुस् गाई काट्नु अपराध हो भने कुनै पनि प्राणीको हत्या गर्नु पनि अपराध हो । यदि यो कुरालाई मान्नु हुन्छ भने त्यो गढिमाईमा मारिने निर्दोष प्राणी हत्यारालाई खोइ जेल हालेको ? बत्ति मुनिको अध्यारोमा राख्ने कोशीष कस्ले गरिरहेको छ ? यो कुरा पक्कै पनि अब तपाईलाई थाहा हुनु पर्छ ।
यसर्थ, “वध” भनेर प्राणीको हत्या गर्ने पनि अपराधि हो नि होइन र ? हिन्दुका विभिन्न सुत्रमा घोडाको मासु खाएको प्रंसग प्रसस्त पाइन्छन् । विशेष गरि रातो रंग तथा कैलो रंगको भएको घोडा, गाई उत्तम मानिन्थ्यो । यी मान्छे, घोडा, गाई र बोकाको बलि दिनेहरुको सन्तान जस्ले आज पनि बलिप्रथा यथा कायम राखेका छन् तिनीहरु हत्यारा होइनन् ? पक्कै पनि हत्यारा हुन् ।
ऋषी महर्षीहरुको भोजन गाईको चोक्टाले नपुगेर रसले मात्र चित्त बुझाउनु पथ्र्यो । विहे गर्दा दुलाहा दुलहीले लाल गाईको चर्म (छाला) माथी राखिनु पथ्र्यो । आज तिनैका सन्तानहरुले गोदानको नाममा गाईको पिसाप पिलाएर गाई, चामल, पैसाले पोस्नु पर्छ बाहुनलाई । अनि यस समय उसको आमा बन्यो गाई ।
अहिन्दु मूलबासी मंगोलहरुले आज लडेर मरेको गाईको मासु खाने हत्यारा, अपराधि हुने ? धर्म र अधर्मको कुरा गर्ने हो भने कुनै पनि प्राणीको चाहे बलिको नाममा होस, चाहे “वध” को नाममा होस्, चाहे विभिन्न तवरबाट त्यो हत्या हो, हिंसा हो र अपराध हो । तर यहाँ त बाहुन क्षेत्रीले विचित्रकै तर्क गर्दै गोबर खुवाउने कुराको पो गर्छन त ! म हिंसा नगर भन्ने पक्षमा पनि होइन र हिंसा गर भन्ने पक्षमा पनि छुइन ।
मेरा तर्क के हो भने यदि गाई काट्नु अपराध हो भने बोका काट्नु पनि अपराध हो । यदि यस्तो तर्क गर्ने हो भने यो प्रकृतिकै नियम बिरुद्ध छ । प्रकृत्तिको नियम भन्दा बाहिर जस्ले जेसुकै तर्क गरे पनि प्रकृतिको विपरित जान सकिदैन । यो पृथ्वी पाच तत्वले बनेको भनेर विज्ञानले भन्छ । मान्छेको आकृत्ति पनि ३ प्रकारका छन् ।
तर यहाँ ८ अरब मानिसमा भिन्न भिन्न पहिचान दिएपनि प्रकृतिले नियम विपरित सबै समुदाय फरक आकृत्तिको बन्न सक्दैन । भौतिक रुपमा देख्न सकिने र छुट्याउन सकिने कुरा यी नै हुन् ।

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्