Skip to main content

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल
हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन ।
सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन ।
शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारीमा सजाएर राख्नु नखोज्नु आफैमा आश्चर्यजनक छ ।
रोचक छ, र घोचक पनि छ । किन पनि भने नेपाल वंशजीय नश्लीय (Racial) धरातल हेर्दा मंगोल र आर्यको परिवार छ । भाषाको धरातल हेर्दा टिबेटो बर्मिज र भारोपेली भाषा परिवार, संस्कारगत धरातल हेर्ने हो भने प्रकृतिपुजक पछि बुद्ध (यो भनिरहदा अनर्थ नलगाइयोस कि बिषय वा प्रसंगमा मूलबासी संग जोडिएकोले हो अन्यथा सबै समान हुनुपर्छ भन्ने मान्यता हो) र अर्को आर्यन संस्कारको परिवार छ ।
तर जसरी ती परिवारहरुमा छुट्टै व्यवस्था छ । व्यवहार पनि त्यही परिवेशको छ । जहाँ मौलिकताहरु ओझेलमा पारिएका हुन्छन् । यसो हुनुको कारण मूलबासी मंगोल र आर्यन बीचको वर्णभेद प्रमुख कारक इतिहासकार र राजनीतिज्ञ बताउछन् ।
अब आर्यन बाहुन क्षेत्री विदेशी नै हो भन्ने बहस गर्न यी बिदेशीले सत्ता कसरी आफ्नो हातमा लियो र कसरी बिदेशी सत्ता टिक्यो भन्ने केलाउनै पर्छ । सज्जनहरुले जनतालाई सत्यताको पाठ पढाउनै पर्छ । यदि सज्जन इतिहास अध्यताहरुले चलाखि गर्ने काम गरेर सत्यतालाई बंगाउने प्रयत्न गरे समस्या हुन्छ । त्यसले भविष्यमा पनि अनिश्चित तर्फ धकेल्छ । अन्तत्वगत्व बैमनश्यता पैदा गर्छ, समाजमा विभाजनको रेखा अझ जटिल बन्दै जान्छ । सत्यतालाई पढाएर खुल्ला विचारको प्रस्फुटन नगराए भेद खाडल गहिरो बन्दै जान्छ । जस्तो हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई जोड्न भन्दा टोड्नमा बढि जोडबल दियो ।
यस्तो विभेदको पक्षपोषण गर्ने संस्कारहरुलाई निरुत्साहित गर्नु पर्छ । ताकी सदासमकालिन सदाचार नैतिक शिक्षाको प्रचार गरिएको होस् । यो कुरामा धेरै भारतीय विद्वानले सुधारको प्रयत्न गरेको भेटिन्छ तर नेपालमा प्रतिष्ठा गुम्ने डरले नलेख्ने नबोल्नेहरु छन् । समाजका अगुवाहरुले विभेदको मुहान बन्द गर्दै जानु पर्नेमा त्यसलाई बढाई चढाई गरिए शासकको नजरमा प्रतिष्ठीत कहलिने हुँदा यस्ता बिषयमा नबोल्न उचित मान्छन् । बेलैमा नेतृत्व गर्ने आम विद्वानहरुले यसतर्फ केन्द्रित भइ समाजलाई सहि दिसामा हिडाउन प्रयत्न गर्नु जरुरी छ । फूलबारीभित्र अनेकौ फूल फूलेका हुन्छन् सबैको आफ्नै महत्व हुने गर्दछ । परन्तु त्यो फूलबारीमा एउटै फूललाई उखेल्ने काम भयो भने त्यो फूलबारीको सुन्दरता हराउछ । यद्यपी त्यस्तै कार्य हुँदै आए र आइरहेका छन् । फूलबारीमा जति धेरै फूल उति शोभा बढ्छ ।
राष्ट्र निर्माण (Nation building) गर्ने सन्दर्भमा त्यहाँभित्रका राष्ट्र मूलबासीहरुसंग जोडिएको हुन्छ । मूलबासीहरुलाई बिमुख गर्ने गरी कुण्ठीत गरिनु हुँदैन । यदि परिस्थितिमा संकट निम्तिने गर्दछ । मैले–‘मूलबासीहरु संसारमा सभ्यताको जननी हुन्’ शीर्षकको एक स्टाटसमा लेखेको छु । मूलबासीहरुको योगदानले आज यो युगमा आइपुगेको हो भन्ने तर्क दिएको छु ।
आजको युग अत्याधुनिक युग हो । विश्वले साइबर युद्ध देखि आनवीक युद्धको जोखिम मोलिरहेको छ । हिजो मूलबासीहरुको अधिकारलाई हडपेर नै आज ती मूलुक अत्याधिक आर्थिक शक्ति सम्पन्न मुलुक बनेका हुन । यसको असर सभ्यतालाई नै सखाप बनाउन सक्छ । शक्तिसम्पन्नका शासकहरु त्यहि बिश्वका मूलबासीहरुलाई झगडा गराएर आफ्नो अभिष्ट पूरा गर्न खोज्दा अस्थिरता सृजना हुँदै गएको छ ।
यसर्थ अबको युगले जुन सुकै कुरामा अग्र्यानिकको बिकल्प खोज्दैछ । ती सम्पन्न मुलुकहरुले पनि मूलबासीहरुलाई नै प्रयोग गर्दै आए र प्रयोग गरिरहेका छन । नैतिक रुपमा स्वीकार गर्नु पर्ने राजनैतिक धरातल के हो भने मूलबासीहरु सभ्यताको जननी मात्रै नभएर उनीहरु बिनाको संसारमा राजनैतिक धरातल टिक्नै सक्दैन । त्यसैले चरम बिज्ञानको चमत्कार संगै बिश्वका बिद्वानहरु समुत्कण्ठित छन् । कि अबको सभ्यता रक्षा गर्न अग्र्यानिक सिद्धान्त र राजनीतिको आवश्यकता छ । आइन्सटाइन र फ्राइडले दोस्रो बिश्वयुद्धपछि संकेत गरिसकेका छन् ।
पृथ्वी किन दिनप्रति दिन तातिदैछ ? सेताम्मे टल्कीने हिमालहरु किन टल्किनै छाडिसके ? जमिनमा किन झन्–झन सुख्खामा परिणत हुँदै मरुभूमि बन्दै जादैछ ? त्यसको एउटै कारण वायुप्रदुषण, बद्ढो शहरीकरण, जथाभावी बन जंगल अतिक्रमण, जमिन अतिक्रम गरेर हडपेर ठालूहरुले चरम दुरुपयोग गर्नु, हिजोको ती पुराना सभ्यताहरुको बिनास गर्नु, बिषाक्त औषधी प्रयोग गरि जमिनको अग्र्यानिकतालाई क्षय गर्नु, आधुनिक खानपानको प्रभाव प्रमुख कारण हुन् ।
बिश्वका मूलबासीहरुले सभ्यताको सुरुवात गर्दा शिकार गर्थे, जंगलमै कन्दमुल खाएर जीवन निर्वाह गर्थे, रुखको बोक्राले शरिर ढाक्थे । तिनै मूलबासीहरु जंल, जंगल, जमिनका हकदार हुन तीनै मूलबासीहरुलाई आज पनि संसारमा आफ्नो परिवारभित्र अटाउन शासकहरु रुचाउदैनन् । उनीहरुको अस्तित्व स्वीकार गर्न चाहँदैन । यसैकारण राष्ट्र निर्माणमा बाधा पुग्छ । मूलबासीहरुको अस्तित्व पहिचान सभ्यताको बर्खिलापमा जानु भनेको राष्ट्र निर्माणमा बाधक बन्नु हो ।
अफ्रिकामा मूलबासीहरुको भुमि लुट्ने ३ सय ५० बर्ष शासन गर्ने गोराहरुले अफ्रिकनलाई कंगाल मात्रै बनाइरहे तर जब मूलबासीहरुले आफ्नो अधिकार पाए तब अफ्रिका बन्न समयमा आर्थिक समृद्धि हासिल गरेको छ । आज अमेरिका सर्वशक्तिमान छ । भनिन्छ, अमेरिका लाखौं मूलबासीहरुको बलिदानले बनेको हो । शासनहरु त तिनै शोषितहरुको बैशाखी टेकेर शर्वशक्तिमान बनेका हुन ।
जव पृथ्वीमा अत्याधिक चाप, ताप वदढ्रै जान्छ, बन जंगल, नदी, झर्नाहरु र उर्वर शक्तिको क्षयीकरण हुन्छ, मूलबासीहरुको सभ्यतालाई नष्ट गर्ने दुष्प्रयास हुन्छ, अधिकार सम्पन्न बनाइदैन, उनीहरुको राजनैतिक, धार्मिक, आर्थिक, समाजिक सर्वोच्चतालाई वेवास्ता गरिन्छ त्यहीबाट परिवारमा फाटो आउछ र सबै ढोका बन्द हुन्छ । त्यसैले देश बचाउनु छ । दोष दिएर मात्रै पनि पुग्दैन, सुधार गर्न सकिने सम्मका धेरै कुरा सुधारमा आफै प्रयास गर्न जरुरी छ । चेतना फैलाउनु जरुरी छ ।
 भाग्यको भरोसा गर्ने र त्यो भाग्य अरुले लेखेर होइन आफ्नो भाग्य रेखा आफ्नै मेहनतले कोरिने हो । त्यो जिम्मेवारी आम मूलबासी मंगोलको मात्र नभएर सबै नेपाली नागरिकको उत्तरदायित्व हो । एउटा कुरा चाहिँ भूल्नै नहुने के हो भने जबसम्म राजनैतिक, आर्थिक, सामाजिक बिचलन राज्य स्तरबाटै गराइन्छ तब शान्ति छाउदैन परिणाम देशको बिकासमा बाधा पुग्छ । त्यसको लागि बाहुन क्षेत्रीले पनि अहिन्दु मूलबासी मंगोलहरुको नागरिक सर्वोच्चतालाई कायम राख्नु जरुरी छ । राजनैतिक, आर्थिक, धार्मिक र सामाजिक स्तरलाई दमन गर्ने कार्य बन्द गर्नै पर्छ र उनीहरुको अस्तित्वलाई स्वीकार गर्नु पर्छ ।

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्