मेरो प्रीय!
म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।
कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ ।
मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । मानिस हो कहि न कहि स्वार्थी हुन्छ । तर स्वार्थ राष्ट्रको हितमा हुनु पर्छ भनि डा. गोपाल गुरुङले सिकाउनु भयो ।
म धेरै अन्ध भक्त पनि होइन हरेक बिषय बस्तु उपर मेरो जिज्ञासा रहन्छ । तर्क गर्ने गर्छु । तर्क गर्दा कतै कहिले काही गाली पनि आउछन् । यदि त्यो गाली तिमीलाई असह्य लाग्छ भने तिम्रो हृदयमा चोट पुग्छ भने मलाई यही छाडि दिनु । वेवास्ता गर्नु, मनको कुनै पनि कुनामा नअटाउनु । तिमी प्रति कुनै पूर्वाग्रह छैन । तिमीलाई सँधै मन मुटुमा नै सजाउने छु ।
प्लेटोले मानिसमा भावना तिन किसिमको हुने बताएका छन् ः “वासना, शाहस र वुद्धि । कसैमा वासना वढि हुन्छ, कसैमा शाहस कम होला, कसैमा यी दुवै होला तर बुद्धि नरहला ।” म बुद्धु छु तर म सँग शाहस छ र वासना छ । भावनात्मक हिसावले म सबैको आदर गर्छु, सम्मान गर्छु र चित्त नबुझे तर्क पनि गर्छु । दार्शनिक सुकरातले भनेका थिए –“जब सम्म तिमी समिक्षाको कसीमा खरो उत्रीन सक्दैनौ तब सम्म जीवन जिउन योग्य हुँदैन ।” कतै न कतै जीवन जिउने योग्य बनाउने धाउन्नमा चाहेर पनि तिमीले भने जस्तो गर्न सकिन भने मलाई माफ गर प्रीय !
कस्तुरीले आफ्नै नाभिमा भएको बिना (विन्दा) को वासना थाहा नपाएर, यति मिठो वासना कहाँबाट आयो भन्दै जंगलमा वासनालाई खोज्दै हिड्छ रे अन्तिममा भुतुक्कै भएर छहारीमा शितल ताप्दा मात्र आफ्नो नाभिमा बहुमुल्य चिज भएको थाहा पाउछ रे । म पनि डा. गोपाल गुरुङ ज्यूको दर्शनले त्यो अमुल्य कस्तुरीको बिना आफ्नै नाभिमा छ भनेर थाहा नपाएर छटपटि रहेछु ।
बल्ल मैले आफूलाई चिने । मैले म को हुँ भनि थाहा पाए पछि अब भौतारिनु परेन । अब म निर्धक्क अस्तित्वको प्राप्तीको लडाइमा लम्किरहेको छु । कुनै शक्तिको पछि छुइन र म शक्तिको पुजारी होइन । डा. गोपाल गुरुङको दर्शनले तिमीहरु आफै शक्ति निर्माण गर्न सक्छौ भनेर शक्तिशाली दर्शन सबै सामु छाडि जानु भएको हुँदा उहाँको बच्चनलाई मैले शिरोधार्य गर्नै पर्छ । यदि मैले बाटो बिराए भने म वेवकुफ नै हुन्छु नि प्रीय !
यति भन्दैमा कस्तो निष्ठूरी पनि नसम्झनु, म निष्ठूरी होइन, मेरो बाध्यता पनि होइन । म त तिमीलाई हर बखत सम्झेकै छु । तिमीलाई मैले सताएर पनि वस्न सक्दीन । म त तिमीलाई माया गर्ने मान्छे हो । मैले गर्न सक्ने पनि त्यही माया हो प्रीय ! सुनकै दरबारमा सजाउछु पनि भन्दिन प्रीय ! रानी नै बनाउछु पनि भन्दिन प्रीय यी त सबै बिलासीता कुरा भए । म त सामान्य मान्छे हुँ । फेरी लोकतन्त्रमा रानी पनि बनाउनु मिलेन...! सुनको दरबार थडाउन कथित भगवान पनि परिन । फेरी कथित राम चन्द्र जस्तो दुष्ट्याइ गर्नु नि मेरो लागि बर्जित कुरा हो । यसकारण सँधै मेरो हृदयको कुनामा सजिने छौं कि तिमी एक कोमल हृदयको मान्छे हौं । तिम्रो हँसिलो मुहारमा प्रकट भएको दुःखको हाँसोले म आफै बिछिप्त भइ हराएछु ! सपनामा पनि तिमीलाई देख्छु, विपनीमा पनि । तर तिमी साँच्चै मप्रति असमत छौ भने म आफै टाढा भइ दिन्छु प्रीय!
अन्त्यमा, सधै मायालु प्रेम ! तिम्रो सहयोग बिना त एक्लै देशमा परिवर्तनको रुपरेखा कोर्न सम्भव छैन नि ! त्यसैले संगै मिलेर देशलाई एउटै रथको दुइ पांग्रा बनेर अघि बढ्न पर्छ भन्ने मान्यता चाहिँ रहन्छ ल प्रीय! राष्ट्र, राष्ट्रियता प्राण प्रीय हुँदो रछ ।
उहीँ तिम्रो विद्रोही जीवन !
Comments
Post a Comment
Thank you for Comment