काठमाडौँ / रामयणलाई अनुवाद गरी बाहुनवादलाई बलियो बनाउने भानुभक्तको जन्म जयन्ती भर्खरै धुमधामले मनाइएको छ । भानुभक्तलाई आदी कविको पगरी गुत्थाई उनको बारे निकै ठूलो धनराशी खर्च गर्दै आएको छ । अहिले नेपालको विभिन्न जिल्लामा भानुभक्तको मुर्ति खडा गर्ने काम तिव्र बनाइएको छ । अब यी मुर्तिलाई उखेलेर संग्राहलयमा थन्काइनुपर्छ । किनभने भानुभक्त नैतिक पतन भएका व्यक्ति हुन् । उनी कवि नभएर उल्थाकार मात्र हुन् । उनीभन्दा अघि पनि धेरै कविहरु थिए । रामायणलाई नेपालीमा अनुवाद गरेकै भरमा आदि कविको पगरी गुत्थाउनु एकात्मक वर्णभेदी नीति हो । भानुभक्तले जागिरे छँदा सरकारी पैसा धेरै हिनामिना गरे वापत जेल परेका र गजाधर सोती नभएको मौका छोपी गजाधरकी श्रीमतीलाई बास माग्न पुगेका थिए तर गजाधरकी श्रीमतीले भानुभक्तको बानी व्यहोरा थाहा पाएकीले बास दिइनन् । बास नदिएपछि गजाधरकी श्रीमतीलाई दुर्नाम गर्दै यस्तो कविता लेखे ः ‘गजाधर सोतीका घर बुढी अलक्षिनी रहिछिन्, नर्क जानलाई सवसित बिदाबारी भइछिन्, पुग्यौं साँझमा तिनका घर पीडीमा बास गरियो निकालीन साँझैमा अलिक पर गुल्जार गरियो ।’ यस्तै घाँसीले कुवा खनाएको प्रसंगमा अ...
My thoughts are with you !