Skip to main content

भानुभक्तको शालिक संग्राहलयमा राखिनु पर्छ

काठमाडौँ / रामयणलाई अनुवाद गरी बाहुनवादलाई बलियो बनाउने भानुभक्तको जन्म जयन्ती भर्खरै धुमधामले मनाइएको छ ।
भानुभक्तलाई आदी कविको पगरी गुत्थाई उनको बारे निकै ठूलो धनराशी खर्च गर्दै आएको छ । अहिले नेपालको विभिन्न जिल्लामा भानुभक्तको मुर्ति खडा गर्ने काम तिव्र बनाइएको छ । अब यी मुर्तिलाई उखेलेर संग्राहलयमा थन्काइनुपर्छ । किनभने भानुभक्त नैतिक पतन भएका व्यक्ति हुन् । उनी कवि नभएर उल्थाकार मात्र हुन् । उनीभन्दा अघि पनि धेरै कविहरु थिए ।
रामायणलाई नेपालीमा अनुवाद गरेकै भरमा आदि कविको पगरी गुत्थाउनु एकात्मक वर्णभेदी नीति हो । भानुभक्तले जागिरे छँदा सरकारी पैसा धेरै हिनामिना गरे वापत जेल परेका र गजाधर सोती नभएको मौका छोपी गजाधरकी श्रीमतीलाई बास माग्न पुगेका थिए तर गजाधरकी श्रीमतीले भानुभक्तको बानी व्यहोरा थाहा पाएकीले बास दिइनन् । बास नदिएपछि गजाधरकी श्रीमतीलाई दुर्नाम गर्दै यस्तो कविता लेखे ः
‘गजाधर सोतीका घर बुढी अलक्षिनी रहिछिन्,
नर्क जानलाई सवसित बिदाबारी भइछिन्,
पुग्यौं साँझमा तिनका घर पीडीमा बास गरियो
निकालीन साँझैमा अलिक पर गुल्जार गरियो ।’
यस्तै घाँसीले कुवा खनाएको प्रसंगमा अर्को कविता लेखेका थिए । तर घाँसीले कुवा खनाएको कुरा यसकारण पनि झुटो हो कि पहाडमा प्रशस्तै पानी पाइने त्यसताका कुवाको आवश्यकता नै पर्दैन थियो भने अर्को तिर भानुभक्तले भनेको ठाउँमा कुवाको नामोनिशान नै छैन । त्यस ठाउँमा पछि खोस्रेर घाँसीले कुवा बनाएको बनावटी कुरा लेखिदिए ः
‘भर जन्म घाँसी तिर भइदिइ धन कमायो,
नाम केही रहोस् पछि भनि कुवा खनायो,
घाँसी दरिद्री घरको तर वुद्धि कस्तो,
यो भानुभक्त धनी भइकन आज यस्तो ।
मेरो इनार न त सतल पार्टी क्यै छन्,
जे छन चिजहरु छन् घरभित्र गर्ने छन्,
त्यस घाँसीले कसरी आज दिए छ अर्ति,
धिकार हो म कन बस्नु नराखि कृर्ति ।।’
यस्तो फटाह कुरा कविता हुन सक्दैन तर कसरी आदी कवि बनाइयो । उनले नारीमाथि अपमान गरेर कविता लेखका छन् । नारीलाई बेश्या भनेर लेख्ने वर्णभेदी भानुभक्तले आफूलाई कवि सम्झेर यस्तो लेखेका छन् ः
‘हाँस्नु छैन कदापि नारीले, बेश्या हुने हाँस्दै छन्,
बेश्या लौ नहुन तथापी घरका काम सबै नास्दछन्,
सौताको रिस गर्नु पाप छ बहुत, दुवैको एक पति,
मर्दा पनि जानुछ जसले मिलेर सती ।’
यस्तालाई आदी कवि बनाएर राज्य कोष दोहन गर्दै देशैभरी उनको मुर्ति बनाएर ढोग्न लगाउने काम अविलम्ब बन्द गरिनु पर्छ । यस्ता घटिया व्यक्तिले लेखेको कविताले हिन्दूवादी व्यवस्थालाई मलजल गराएका छन् । उनी नारीमाथि बदनाम गर्ने यहाँका मुलवासी मंगोलहरुको भाषालाई समाप्त पार्ने र आदी कविभन्दै ढोगाउने काम बन्द गरिनु पर्दछ ।

साभार : मंगोल भिजन साप्ताहिकको वर्ष–३, अंक–२२ (०२ साउन २०७३ आइतबार ) प्रकाशित 

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...