काठमाडौँ / रामयणलाई अनुवाद गरी बाहुनवादलाई बलियो बनाउने भानुभक्तको जन्म जयन्ती भर्खरै धुमधामले मनाइएको छ ।
भानुभक्तलाई आदी कविको पगरी गुत्थाई उनको बारे निकै ठूलो धनराशी खर्च गर्दै आएको छ । अहिले नेपालको विभिन्न जिल्लामा भानुभक्तको मुर्ति खडा गर्ने काम तिव्र बनाइएको छ । अब यी मुर्तिलाई उखेलेर संग्राहलयमा थन्काइनुपर्छ । किनभने भानुभक्त नैतिक पतन भएका व्यक्ति हुन् । उनी कवि नभएर उल्थाकार मात्र हुन् । उनीभन्दा अघि पनि धेरै कविहरु थिए ।
रामायणलाई नेपालीमा अनुवाद गरेकै भरमा आदि कविको पगरी गुत्थाउनु एकात्मक वर्णभेदी नीति हो । भानुभक्तले जागिरे छँदा सरकारी पैसा धेरै हिनामिना गरे वापत जेल परेका र गजाधर सोती नभएको मौका छोपी गजाधरकी श्रीमतीलाई बास माग्न पुगेका थिए तर गजाधरकी श्रीमतीले भानुभक्तको बानी व्यहोरा थाहा पाएकीले बास दिइनन् । बास नदिएपछि गजाधरकी श्रीमतीलाई दुर्नाम गर्दै यस्तो कविता लेखे ः
‘गजाधर सोतीका घर बुढी अलक्षिनी रहिछिन्,
नर्क जानलाई सवसित बिदाबारी भइछिन्,
पुग्यौं साँझमा तिनका घर पीडीमा बास गरियो
निकालीन साँझैमा अलिक पर गुल्जार गरियो ।’
यस्तै घाँसीले कुवा खनाएको प्रसंगमा अर्को कविता लेखेका थिए । तर घाँसीले कुवा खनाएको कुरा यसकारण पनि झुटो हो कि पहाडमा प्रशस्तै पानी पाइने त्यसताका कुवाको आवश्यकता नै पर्दैन थियो भने अर्को तिर भानुभक्तले भनेको ठाउँमा कुवाको नामोनिशान नै छैन । त्यस ठाउँमा पछि खोस्रेर घाँसीले कुवा बनाएको बनावटी कुरा लेखिदिए ः
‘भर जन्म घाँसी तिर भइदिइ धन कमायो,
नाम केही रहोस् पछि भनि कुवा खनायो,
घाँसी दरिद्री घरको तर वुद्धि कस्तो,
यो भानुभक्त धनी भइकन आज यस्तो ।
मेरो इनार न त सतल पार्टी क्यै छन्,
जे छन चिजहरु छन् घरभित्र गर्ने छन्,
त्यस घाँसीले कसरी आज दिए छ अर्ति,
धिकार हो म कन बस्नु नराखि कृर्ति ।।’
यस्तो फटाह कुरा कविता हुन सक्दैन तर कसरी आदी कवि बनाइयो । उनले नारीमाथि अपमान गरेर कविता लेखका छन् । नारीलाई बेश्या भनेर लेख्ने वर्णभेदी भानुभक्तले आफूलाई कवि सम्झेर यस्तो लेखेका छन् ः
‘हाँस्नु छैन कदापि नारीले, बेश्या हुने हाँस्दै छन्,
बेश्या लौ नहुन तथापी घरका काम सबै नास्दछन्,
सौताको रिस गर्नु पाप छ बहुत, दुवैको एक पति,
मर्दा पनि जानुछ जसले मिलेर सती ।’
यस्तालाई आदी कवि बनाएर राज्य कोष दोहन गर्दै देशैभरी उनको मुर्ति बनाएर ढोग्न लगाउने काम अविलम्ब बन्द गरिनु पर्छ । यस्ता घटिया व्यक्तिले लेखेको कविताले हिन्दूवादी व्यवस्थालाई मलजल गराएका छन् । उनी नारीमाथि बदनाम गर्ने यहाँका मुलवासी मंगोलहरुको भाषालाई समाप्त पार्ने र आदी कविभन्दै ढोगाउने काम बन्द गरिनु पर्दछ ।
साभार : मंगोल भिजन साप्ताहिकको वर्ष–३, अंक–२२ (०२ साउन २०७३ आइतबार ) प्रकाशित

Comments
Post a Comment
Thank you for Comment