Skip to main content

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल 

नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो । 
बिक्रम संवतबारे तर्क 
विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्व एकाएक अस्तित्वमा आयो । आश्चर्य त के छ भने लिच्छबी बंशी राजाहरुले स्थापित गरेको एकथरीको सुगा रटाई इतिहास छदै छ । त्यसमा पनि अनेकौ स्रोत र सन्दर्भ सामग्रीको हवला पनि दिने गरेका छन् । लिच्छबीकालमा प्रचलनमा ल्याइएको भए बिक्रम संवतको छुट्टै अस्तित्व रहन्थ्यो । र ती इतिहासकार भनाउदाहरुको दावी अनुसार बिक्रम संवत इतिहासको न ठेली भेटीएको छ न कुनै दरिलो आधार नै । हचुवाको भरमा दावी गरिएका स्रोतहरु सबै अनुमान मात्र हुन् । कल्पना गरेर लेखिएका शंका मात्र हुन् । यदि नेपालको मौलिकतासंग सम्बन्ध रहेको हो भने बिक्रम संवतको ऐतिहासिक, सांस्कृतिक, धार्मिक पाटोलाई किन केलाइएको छैन ? र कुनै पनि ऐतिहासिक पक्षसंग जोडिएको छ र महत्वपूर्ण छ भने किन सुगा रटाइ गर्नु पर्ने आवश्यकता पनि थिएन होला । बिक्रम शब्दको सुरुवात कसरी भयो ? कुन उदेश्यले भयो ? कुनै न कुनै कारण हुन्छ, र हुनुपर्छ । पृष्ठभूमी बिना, कुनै आधार बिना त्यसको महत्व रहदैन । महत्व नै नभएपछि राष्ट्रियता संग जोड्ने कुरा पनि भएन । तर के छ, बिक्रम संवतको पृष्ठभूमि अनि यतिको महत्व दिइदैछ ? जहाँसम्म नेपालको मौलिकता भनेर दावी गरिदैछ, यो यथार्थ भन्दा निकै टाढा छ । सामाजिक वा सांस्कृतिक तवरले गासिएको कुनै ठोस आधार बिना मौलिकतासंग दाज्नु र तर्क गर्नु भनेको तर्कको मुढेवलले सत्यलाई बंग्याउनु हाइन र ? 
भ्रम र यथार्थ  
नेपालको राष्ट्रिय संवत भनिएको बिक्रम संवतबारे स्थापित धारणा सबैको आ–आफ्नै किसिमको छ । भ्रम र यथार्थलाई चिर्न भन्दा पनि सत्यको ढाकछोप गरि असत्यलाई प्रचार गर्नु मण्डले र फिरंगी इतिहासकारको परम्परानै हो । अलिकति फरक दृष्टिकोण राख्नेलाई देश बिखण्डनको आरोप लगाउनेहरु छन् । जव राष्ट्रियताको सवाल आउछ तब आफूलाई राष्ट्रवादीको मसिहा नै भन्ठान्छन् । बिडम्बना यो छ कि राष्ट्रियताको खास परिभाषा के हो ? यदि राष्ट्रियताको सहि परिभाषा खोजिन्थ्यो भने सत्यताको ढोका खुल्थ्यो । तर सत्यतालाई अलग्गै छोप्ने प्रयत्न भएपछि असत्यको राज भयो । भारतको नेपाल एउटा राज्यको रुपमा अराष्ट्रिय मन्त्र जप्नेहरुले सत्यताको वकालत गर्दा आधारहिन तर्कले जीत्न खोजेको पाइन्छ । त्यस्तै लाग्छ बिक्रम संवत बारेमा पनि । जव नयाँ वर्षको बैशाख १ गते आउछ तब मौलिक संवतको चर्चा हुन्छ । बिक्रम संवत भारतका राजा बिक्रमादित्यसंग जोडिन्छ र भारतीय पृष्ठभूमि बोकेको भनि बिरोधको स्वरहरु बढ्न थाल्छ । अर्कोतिर छुद्र र असत्ववादीहरुको व्यापक प्रचार सुरु हुन्छ । बिक्रम संवत नेपालको होइन भन्नेहरु स्वर चर्किदै जान थालेपछि समस्या बढ्दै जान्छ । अनि भन्छन चन्द्रगुप्त द्वितीयले अयोध्याको बिजय गरी छालाका मुद्रामा बिक्रमादित्य लेख्दैमा बिक्रम संवत उठान गर्ने उनै हुन भन्न मिल्दैन । तर नेपालमा न बिक्रमादित्यको राज्य थियो । न कुनै त्यस्तो इतिहास भेटिन्छ । इतिहासमा नभेटिएको र खास पृष्ठभूमि नै नभएको अवस्थामा बिक्रमादित्यसंगै जोडिनु आफैमा एउटा दरिलो आधार हो । नेपालमा बिक्रमादित्य नामका ब्यक्ति थिए न राज्य नै थियो । अर्को कुरा बाइसे चौबिसे राज्यहरु हुँदा आफ्नै मौलिक संवतहरु प्रचलनमा आएका देखिन्छ ।
ऐले संवत, बुद्ध संवत, नेपाल संवतहरु अन्य थुप्रै संवतहरुमा प्रचलनमा ल्याइएको इतिहास छ । इतिहासको नाममा हिन्दु अधिनायकबाद लागु गरि उज्जयनका प्रसिद्ध राजाको नाममा स्थापित संवतलाई प्रचलनमा ल्याउन दुष्ट सत्य बाहेक अरु हुन सक्दैन । उज्जयनका राजा बिक्रमा दित्यको भारतमा अझै बीरता, उदारता, दया, क्षमा आदि गुणको गाथाले भारतीय साहित्य भरिएको छ । अझ भारतको इतिहासमा सर्वश्रेष्ठ शासक थिए भनेर अनेकौ इतिहासमा दर्ज छ । यता नेपालको इतिहासमा बिक्रम संवतसंग जोडिएको कहानी कतै नभेटिनुले पनि बिक्रम संवतको बिक्रमादित्यको नामबाटै स्थापित भएको मान्न सकिन्छ । यद्यपी भारतको गुजरात लगायत विभिन्न ठाउँमा बिक्रम संवतलाई सांस्कृतिक र हिन्दु मिथक संग समेत जोडेका पाइन्छ । उज्जैनमा बिक्रमादित्यले राज्य गरेको राजधानी अहिले पनि छदैछ । यति हुँदा हुदै पनि मिथ्या हो भन्नु अल्पज्ञानी भयंकर नै हो जस्तो लाग्छ । अर्को रोचक पाटो त के छ भने फारसी इतिहासकार अलरुवेनी सन् १०३० मा भारत आएका थिए । अलरुवेनीले समेत बिक्रमादित्य नाम गरेका राजाले शासन गरेको उज्जैनमा राजधानी बनाएर शासन गरेको बताएका थिए । अत्यन्त प्रसिद्ध मानिएका सम्राट भनि सम्बोधन गरेको पनि पाइन्छ । भारतीय इतिहासमा जताततै उल्लेख भएको एउटा पात्रलाई प्रकृतिसंग संम्बधित छ भनेर भन्नु सरासर गलत हो । नेपालको लिच्छबीकालको त के कुरा बाइसे र चौबिसे राज्यमा समेत बिक्रम सम्बत थिएन । हुँदै नभएको नक्कली स्रोतहरु देखाएर बिक्रम संवत नेपालको प्रकृतिसंग जोड्नु र मौलिकतासँग दाज्नु सरासर अन्याय हुन्छ । बाहुन क्षेत्रीहरु नेपाल प्रबेश गरेपछि मात्र यो संवतलाई पनि संगै भित्र्याइएको हुन सक्छ । त्यो भन्दा अघि अस्तित्वमा थिएन । चिनिया यात्री फाहियानले भारतमा धेरै वर्ष बिताएर नेपाल हुदै फर्कदा यात्रा बिवरणहरुमा बिक्रम संवत प्रयोग गरेका छैनन् । तत्कालिन समयमा अरुनै संवतको प्रचलन थियो भन्ने थाहा लाग्छ । यदि त्यो समयदेखि प्रयोग भएको भए बिक्रमादित्यको नाम भारतमा पहिले नै चर्चामा रहेको थियो । त्यो कुरा चीनी यात्रीले पनि वर्णन गरेका छन् । बिक्रमादित्यको समय भारतको महत्वपूर्ण समयको रुपमा मानेको पाइन्छ । बडा न्याय र उदार भावनाको भनेर प्रसंशा गरिएको छ । भारतको चौतर्फी सांस्कृतिक बिकासमा हुनुमा बिक्रमादित्यको देनलाई मानिएको छ । बिशेषगरी हिन्दुहरुले बिक्रम संवतलाई धार्मिक र सांस्कृतिक रुपमा महत्वपूर्ण मान्ने गरेका छन् । भारतका केही प्रान्तहरुमा अझै जीवित नै छ । इ.पू. ५७ तिर स्थापना भएको यो संवत नेपालमा चन्द्रशमशेरले १९६१ तिर आदिकारिक रुपमा लागु गरेको पाइन्छ । भारतले धर्मनिरपेक्ष मुलुक घोषणा गरिसके पछि अन्तराष्ट्रिय ख्यातिप्राप्त इश्वीलाई आफ्नो राष्ट्रिय बनाएर बिक्रम संवतलाई हटाएको हो । यतिको छर्लङ्ग हुदा हुदै आफूलाई इतिहासकार बताउने र इतिहासकार बन्ने रहरियाले नागरिकलाई दिग्भ्रमित बनाइ दिएको छ । नेपाल संवत अर्थात शंखधर शाख्वाले स्थापना गरेको मौलिक संवतलाई विस्थापित गरेर अराष्ट्रिय ठहरिएको संवतलाई स्थापित गर्नु भनेको नेपाललाई हिन्दु राष्ट्र बनाउनु हो । कारण बिक्रम संवत हिन्दु संवतका रुपमा स्थापित भएको धार्मिक संवत हो जुन भारतको मौलिक संवत हुन सक्छ । यता बुद्ध संवत क्यालेण्डरलाई एउटा स्थापित मौलिक संवत हो । राष्ट्रियताको सहि परिभाषा खोज्ने हो भने बुद्ध संवत हर दृष्टिले वैज्ञानिक छ । बुढिष्ट नयाँ वर्ष लुनार क्यालेण्डर अनुसार हो । दोस्रो कुरा शंखधर शाख्वाले राष्ट्रवासी जनताहरुलाई ऋण मुक्त गरेको खुशियालीमा स्थापना गरेको नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा घोषणा पनि गरेको हो । तर त्यसलाई आझेल पारेर बिक्रम संवतलाई प्राथमिकता दिइएको छ । यो भ्रमको जालमा घुमाइ फिराई हिन्दुत्वलाई प्रश्रय दिएको भन्नुमा अतिशयोक्ति नहोला कि !
धर्मनिरपेक्ष मुलुकमा हिन्दु संवत 
जब नेपालको संविधान सेप्टेम्बर २०, २०१५ मा जारी भयो । जसरी अपेक्षा गरियो त्यो भन्दा भिन्न । संविधानलाई अत्यन्त भद्दा मात्र होइन, लोकतान्त्रिक संविधान भन्नै नसकिने भयो । मंगोलहरुको अस्तित्वलाई ७ पटक जारी संविधानमा अटाउन चाहेन । लोकतन्त्र चाहि एउटा क्षेपकका रुपमा अटाइयो र अन्ततः उही हिन्दु संविधान बन्न पुग्यो । पहिलो कुरो धर्मनिरपेक्षको परिभाषाले सनातनदेखि चलिआएको संस्कार संस्कृतिको संरक्षण गर्नु भनि भ्रष्ट परिभाषाले धर्मनिरपेक्षको हत्या गरियो । दोस्रो हिन्दुहरुले अबोध प्राणीलाई आफ्नो आमाको रुपमा ब्याख्या गरेर गाईलाई राष्ट्रिय जनावर वनायो । जुन हिन्दुत्वसंग सम्बन्धित छ । अर्को जातजातिको कुरालाई यथावत राखेको छ । अर्थात मनुस्मृतिको कानुनभन्दा फरक छैन भने विक्रम संवत अर्थात हिन्दु क्यालेण्डरलाई निरन्तरता दिएको छ । हिन्दु पंचाङ्गमा आधारित पात्रोलाई राष्ट्रियकरण गरिनु धर्मनिरपेक्ष मुलुकको निम्ति उचित होइन । बिक्रम संवत निरपेक्ष नभए पछि धर्मनिरपेक्ष भनिएको मुलुकमा प्रयोग गर्नु भनेको स्पष्ट छ कि नेपाल हिन्दु राष्ट्र नै छ कि धर्मनिरपेक्ष । भारतको इतिहासलाई नेपालको गौरव ठान्नु आफैमा एउटा हिन्दु उपनिवेशलाई स्वीकार्नु हो । भारतीय एउटा सामन्तले स्थापना गरेको संवतमा नेपालको मौलिकता खोजिनु अर्को गुलाम स्वीकार्नु हो । मंगोलहरु कसैको गुलाम स्वीकार्न तयार छैन न त कसैको उपनिवेश । तर आज स्वीकार्न बाध्य बनाइएको छ । सार्वभौम नेपाल त्यसमा पनि धर्मनिरपेक्ष मुलुक घोषणा गरि सकेको अवस्थामा व्यवहार चाहि उहि झल्कीनु भनेको परिवर्तन नचाहनु हो । मूलुकमा राष्ट्रियताको परिभाषालाई बदल्न आवश्यकता ठहरिएको छ । आजसम्म अर्काकै बुइ चढेर मंगोलभूमिमा शासन सत्ता चलाएर बसेका बिदेशी बाहुन क्षेत्रीले गलफती मात्र गरिरहे दक्षिणका आफ्ना दाजुभाइको इतिहासलाई गौरवका रुपमा खडा गरे । नेपाललाई वर्तमान भारतको एउटा राज्यकै रुपमा चिनाउन खोजे । अब सत्य ओकल्नै पर्छ । विकल्पहरुलाई पनि गम्भिरता साथ लिन सम्बन्धित निकायमा मेरो निवेदन पनि छ । राष्ट्रको परिभाषा बदल्न हामी सबैको कर्तव्य हो । 
मंगोल भिजन साप्ताहिकबाट साभार 

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी