Skip to main content

बौद्धहरुको २२ प्रतिज्ञा (वोधिसत्व अम्बेडकरद्वारा प्रस्तुत प्रतिज्ञा)


१. म ब्रम्हा ,विष्णु र महेशलाई कहिले भगवान मान्ने छैन, न त उसको पुजा गर्नेछु ।
२. म राम, कृष्णलाई भगवान मान्दिन नत उसको पुजा, पाठ गर्नेछु ।
३. म गौरि, गणपति इत्यादि हिन्दू धर्मको कुनै देवि, देवतालाई मान्दिन र उसको पूजा, आराधना गर्नेछैन ।
४. म यस कुरोमा कहिले विश्वास गर्नेछैन कि कुनै ईश्वरले कहिले अवतार लिएकोछ
५. म यस कुरोमा कहिले विश्वास गर्दिन कि भगवान बुद्ध विष्णुको अवतार हो । यस्तो प्रचारलाई झुठ तथा पागलपन ठान्नेछु ।
६. म श्राद्ध र पिण्डदान कहिले गर्दिन
७. म बौद्ध धम्मको विरुद्ध कुनै आचरण गर्ने छैन
८. म न कुनै क्रियाकर्म जन्म तथा कर्ममा बाहुनसंग गराउने छैन
९ं म सिद्धान्तलाई मान्नेछु कि सबै मनुष्य समान छ
१०. म समानता स्थापनाको लागि प्रयत्न गर्नेछु
११. म भगवान बुद्ध को आष्टांगिक मार्गलाई पूर्ण रुपले पालना गर्नेछु
१२. म भगवान बुद्धद्वारा निर्देशित दश पारमितलाई पूर्ण रुपले पालन गर्नेछु
१३.  म प्राणी मात्रमा दया गर्नेछु र उनको पालनपोषण गर्नेछु
१४.  म कहले चोरि गर्नेछैन
१५. म कहिले झुठ बोल्ने छैन
१६. म कहिले व्यभिचार गर्नेछैन
१७. म मादक पदार्थ को सेवन गर्नेछैन
१८. म आफ्नो जीवन लाइ बौद्धधम्मको तीन तत्व अर्थात ज्ञान, शील र करुणाको अनुसार परिवर्तन गर्ने प्रयास गर्नेछु
१९. म मनुष्य मात्रको उत्कर्षको लागि हानिकारक र मनुष्यलाई असमान र नीच मान्ने हिन्दू धर्मलाई पूर्ण रुपले परित्याग गर्दै बौद्धधम्मलाई स्विकार गर्दछु
२०. म पूर्णतः विश्वास गर्दछु कि बौद्धधम्म नै सधम्म हो
२१. म यो मान्दछु कि यसले मेरो दोश्रो जन्म भइरहेको छ
२२. म यो पवित्र प्रतिज्ञा गर्दछुकि आजदेखि म बौद्धधम्मको शिक्षा अनुसार आचरण गर्नेछु

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

लिगलिग र दशै : वास्ताबिक वा भ्रम

जीवन मंगोल इतिहास भनेको जित्नेहरुको घोडा हो । जित्नेहरुले जता मोड्यो तेतै मोडिन्छ । संसारको रितै यस्तै छ भन्दा अतियोश्क्ति नहोला । बिश्व इतिहासमा यस्ता घट्नाहरु अनगिन्ति छन् । तर यी घटनाहरु बिश्व बिख्यात हुन । चीनको ग्रेटवाल कुनै एक ब्यक्तिको प्रयासले मात्र बनाएको थिएन । लाखौं–लाख चिनिया जनताको पसिनाले सिर्जिएको हो । रोमन साम्राज्य सिजर एक्लैले बिस्तार गरेका थिएनन् । लाखौ–लाख योद्धाहरुको योग्दान थियो । मंगोल साम्राज्य जिङगेज खाङ एक्लैले बिस्तार गरेका थिएनन हजारौं मंगोल योद्धाहरुको साथ थियो । मिश्रका ठूल–ठूला पिरामिडहरुमा फारुनको मात्र नाम उल्लेख छ, फारुनको एक्लो प्रयासले मात्र सम्भब थिएन, पिरामिड मुनि लाखौंको अस्थिपञ्जर छ । सिकन्दर एक्लैले भारत बर्ष जितेका थिएनन । लाखौं भारतिय योद्धाहरुले बलिदान दिए ।  २०४७ मा भारत स्बतन्त्रता हुनु क्रमचन्द्र गान्धि (महात्मा) को भन्दा धेरै गुणा भारतीय संबिधान निर्माता डा. भिम राव अम्बेडकरको योगदान थियो । तर महात्मा गान्धिको मात्र एक्लो प्रयास थिएन । नेपालको इतिहास पनि यथार्थमा सत प्रतिशत झुटो छ । नेपालको इतिहास साम्राज्यबादीहरुको हात...