Skip to main content

बौद्धहरुको २२ प्रतिज्ञा (वोधिसत्व अम्बेडकरद्वारा प्रस्तुत प्रतिज्ञा)


१. म ब्रम्हा ,विष्णु र महेशलाई कहिले भगवान मान्ने छैन, न त उसको पुजा गर्नेछु ।
२. म राम, कृष्णलाई भगवान मान्दिन नत उसको पुजा, पाठ गर्नेछु ।
३. म गौरि, गणपति इत्यादि हिन्दू धर्मको कुनै देवि, देवतालाई मान्दिन र उसको पूजा, आराधना गर्नेछैन ।
४. म यस कुरोमा कहिले विश्वास गर्नेछैन कि कुनै ईश्वरले कहिले अवतार लिएकोछ
५. म यस कुरोमा कहिले विश्वास गर्दिन कि भगवान बुद्ध विष्णुको अवतार हो । यस्तो प्रचारलाई झुठ तथा पागलपन ठान्नेछु ।
६. म श्राद्ध र पिण्डदान कहिले गर्दिन
७. म बौद्ध धम्मको विरुद्ध कुनै आचरण गर्ने छैन
८. म न कुनै क्रियाकर्म जन्म तथा कर्ममा बाहुनसंग गराउने छैन
९ं म सिद्धान्तलाई मान्नेछु कि सबै मनुष्य समान छ
१०. म समानता स्थापनाको लागि प्रयत्न गर्नेछु
११. म भगवान बुद्ध को आष्टांगिक मार्गलाई पूर्ण रुपले पालना गर्नेछु
१२. म भगवान बुद्धद्वारा निर्देशित दश पारमितलाई पूर्ण रुपले पालन गर्नेछु
१३.  म प्राणी मात्रमा दया गर्नेछु र उनको पालनपोषण गर्नेछु
१४.  म कहले चोरि गर्नेछैन
१५. म कहिले झुठ बोल्ने छैन
१६. म कहिले व्यभिचार गर्नेछैन
१७. म मादक पदार्थ को सेवन गर्नेछैन
१८. म आफ्नो जीवन लाइ बौद्धधम्मको तीन तत्व अर्थात ज्ञान, शील र करुणाको अनुसार परिवर्तन गर्ने प्रयास गर्नेछु
१९. म मनुष्य मात्रको उत्कर्षको लागि हानिकारक र मनुष्यलाई असमान र नीच मान्ने हिन्दू धर्मलाई पूर्ण रुपले परित्याग गर्दै बौद्धधम्मलाई स्विकार गर्दछु
२०. म पूर्णतः विश्वास गर्दछु कि बौद्धधम्म नै सधम्म हो
२१. म यो मान्दछु कि यसले मेरो दोश्रो जन्म भइरहेको छ
२२. म यो पवित्र प्रतिज्ञा गर्दछुकि आजदेखि म बौद्धधम्मको शिक्षा अनुसार आचरण गर्नेछु

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन ...

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...