Skip to main content

हामी नेपालका मूलबासी

जीवन मंगोल  
मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ ।
आदीवासी, जनजाति बिकासः
इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद्रको पद ग्रहण गर्न लगाएका थिए ।
राज्याभिषेकमा यो पद ग्रहण गर्नेले २५ तोला फलाम र २५ रुपैया पाउने गथ्र्यो । बिरेन्द्रको पालामा दिलमान सिंह थापा मगर र शुरेश आले मगरले गोरखपुरको हिन्दू सम्मेलनबाट जनजातिको बिकास गरेर जनजाति बनाउने र भनाउन थालेको डा. गोपाल गुरुङले प्रकाश पार्नु भएको छ । बीरेन्द्रले ‘दाम’ प्रयोग गरी मुख्य गरेर यि दुई ब्यक्तिलाई अगाडि बढाएर हिन्दु समाजको शुद्र अर्थात जनजाति बन्न, बनाउन र भनाउन प्रयोग गरेका थिए । 
वास्तबिक अर्थः
वास्तवमा मूलबासी, आदिबासी र जनजाति यी पर्याबाची शब्द होइन, फरक अर्थ र असर दिने शब्द हुन् । मूलबासी र आदिबासी पर्यावाची हुन, भनेर जनमानसमा एकखालको भ्रम सृजना गरिएको छ । यस्तो तथ्यहीन, अबैज्ञानिक, मनगढन्ते कुराले गर्दा हामी मूलबासी या आदिबासी भन्ने मानसिक भ्रम परेको हुनसक्छ । बिश्व मान्यतानुसार Origin, Native, Aboriginal, Indigenous जसरी सम्बोधन गरे पनि शाब्दिक अर्थ एउटै लाग्छ । यति सरल र बृहत शब्दको अर्थलाई गलत ढङगबाट अथ्र्याउनु बिद्वताको द्योतक हो । आदिबासी र जनजातिलाई एउटै ठाउमा राखेर बिश्लेषण गर्ने गरिएको छ । जुन गलत ढङगबाट बिश्लेषण गर्न खोजिएको छ, यसकारण गलत मान्न सकिन्छ, जस्तोः ‘आदिबासी भन्ने बितिकै कुनै आदिम समयमा कतैबाट बसाई सर्दै आएको अर्थात ःMigrated peoples  भनेर अर्थ लाग्छ ।’ कुनै समय बाहिरबाट आएको (outsider) लाई आदिबासी भनिन्छ । जनजाति भनेको खेताला गर्ने कमारोलाई भनिन्छ । यो शब्द हिन्दीबाटै आयतित हो , यसलाई फिरन्ते, फिरङ्गी पनि Nomad/Gypsy  भनिन्छ । मूलबासी मंगोलहरुमा जात जाति हुदैन जातिय ब्यवस्था हिन्दूबादको मेरुडण्ड हो किनकी जातपात भन्ने बितिकै वर्णाश्रम ब्यवस्था भित्र पर्दछ । जातिपाति बर्णाश्रमी व्यबश्थाले जन्माएमको दीर्घ रोग हो भन्ने तथ्यलाई विद्वानहरुले पनि स्विकार गरेका छन् । जनजातिलाई Oxford Advanced learner Dictionary  मा यसरी परिभाषित गरेको छ : Any of the four man division of Hindu society, originally those made according to functions in Hindu society.  i, The caste system & ii_ Hi caste Brahman & Kshatriya. तर बिडम्बना यहा आफुलाई जनजाति भन्न गर्ब गरेका छन् । आदिबासी र जनजाति प¥याय हो भन्नु अर्को कालिदास प्रबृति हो । ‘जनजातिय अवस्था भनेको प्रत्येक मानब समूदायमा आउने तर यथावत नरहने अवस्था हो ।’ भनेर मूलबासीहरुको दिमाग भुट्ने काम भइरहेको छ । नेपाली बृहद शब्द कोशमा जनजातिको अर्थ जंगली, खनिखाने खोस्रीखाने, जनपद लगाइएको छ । यसको मतलब घुमाउरो पाराले आफूलाई मूलवासी घोषित गर्ने अनि यहाँको मूलवासी भुमिपुत्रहरुलाई देशै नहुने घुमन्ते फिरन्ते बनाउने षड्यन्त्र हो । हामी जंगली, खनीखाने खोस्रीखाने, जनपद अर्थात घुमन्ते होइनौं हामी यो देशको मूलवासी हौं ।
मूलबासी आदिबासी होइन र आदिबासी मूलबासी होइन, यदि कसैले हो भन्छ भने त्यो उसको ब्यक्तिगत कुरा मान्न सकिन्छ, अन्यथा हामीले बिश्व मान्यतामा जादा इन्डिजेनियस भन्ने बित्तिकै Those who were originally in this country from the genesis   भनेर बुझ्नु आवश्यक मात्र नभई यसको बृहद अर्थलाई जान्न जरुरी छ । सयुक्त राष्ट्रसंघको मान्यता अनुसार –इन्डिजेनियस भनेको त्यहाँको मूलबासीहरु हुन जो बाहिरबाट त्यहाँ पुगेका शासकहरु पुग्न अघि देखिकै त्यस भुमिमा भएकोलाई भनिन्छ । मूलबासी अबधारणाबारे युएनओ को सि.एफ.एच.आर  ले मूलबासी समुदायलाई यसरी परिभाषा गरेको छ –  (Indigenous or aboriginal peoples are so called because they were living on their lands before settlers came from elsewhere, they are the descendants according to one definition of those who inhabited a country or a geographic region at the time when peoples of different cultures or bearing dominate through conquest, occupation settlement  or other means.-Fact sheet-9.1)  बिश्व भरी फैलिएका करोडौं मूलबासी समुदायको अस्तित्व र पहिचानको सन्दर्भमा यसै पुस्तिकाले यसरी स्पष्ट पारेको छ– यसै माथिको परिभाषामा उल्लेखित Indigenous शब्दलाई Oxford Advanced learner Dictionary  मा यसरी परिभाषित गरेको छ – Native  belonging to a particular place rather than coming to it from somewhere.  उदाहरणको लागि कंगारु अस्ट्रेलियाको इन्डिजेनियस जनावर हो । (Kangaroo is indigenous to Australia.) यसको तात्पर्य मूलबासी भनेको त्यहि भूमिमा उत्पति भएको कतैबाटै आएको होइन भन्ने हो । मूलबासीहरुको पहिचान तथा परिभाषाको अतिरिक्त संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय श्रमसंगठनले अध्ययन, अनुसन्धान गर्दै तिनको अवस्थालाई नियाल्दा जातिय बिभेद, लिंगिय बिभेद र एकले अर्कालाई थिचो मिचो, अन्याय र अत्याचार गरेको निष्कर्ष निकाल्दै मानब अधिकार तथा अन्तराष्ट्रिय संगठनहरुले चासोको बिषय ठहर गर्दै ठोस कदम समेत चालिसकेको अवस्था हो । 
नेपालका बाहुन, क्षेत्री शाषकहरुले चुसेर फालेको हड्डी टिप्न झम्टिने जमातहरु मालिक रिझाएर मोटाउने काम गरिरहेका छन् । नेपालमा आफूहरुलाई कथित जनजाती नेता भनेर अदृश्य रुपमा बसेर तिनीहरुलाई संचालन गर्ने जमातहरुले १९९३ जुन १४–२५, मा संयुक्त राष्ट्रसंघको आयोजनामा अस्ट्रियाको भियनामा भएको अधिवेशनमा मानव अधिकार माथिको प्रतिवेदन पत्रमा Country Paper on Gypsies Peoples of Nepal.  नेपालका जनजाती फिरंङ्गीहरु माथि लेखिएको मुलुकी पत्र नलेखेरCountry Paper on Indigenous Peoples of  Nepal. नेपालका मूलबासीहरु माथिको मुलुकी पत्र भनेर किन बुझाए ? यसरी  बिद्वानहरुद्वारा यी माथिको अन्तराष्ट्रिय तथ्यलाई सधैं लोप्पा ख्वाउने जुन खालको धुत्याई काम गरिरहेका छन । यसले ठूलो खाडल तयार पारिरहेको छ । अन्तत  यहि खाडलमा जाकिनु पर्दाको पिडा तब बोद्य हुने छ ।
 मंगोल र मूलवासीहरुः
मंगोलोइड भनेको दक्षिण एसियामा उत्पति भएको बंशजलाई भनिन्छ । आधार शब्द ‘मंगोल’ र ‘अइड’ प्रत्येय लागेपछि यसको अर्थ उस्तै–उस्तै भन्ने लाग्छ अर्थात  सेमसेम देखिने एसियन भनिन्छ । मंगोलहरुको उत्पत्ति शिवलिंग पर्बतमाला बर्तमान बर्तमान भारत, नेपाल र चीनमा पर्दछ भनेर बैज्ञानिक पुष्टी भइसकेको छ । नेपालमा जम्मा दूई बर्णका मंगोल र आर्यन अर्थात ककसियन रहेका छन । नेपालका भुमिहार, राजपुत र लगालि–कायस्तथ (कुमाई, बाहुन क्षेत्री) आदि बाहेक सबै नेपालका मंगोल मूलवासी हुन् । भाषा पनि दुइवटा टिवेटो बर्मिज र इन्डो आर्यन मात्र रहेको छ । नेपालका मूलवासीले प्रयोग गर्ने भाषा भनेको टिबेटो बर्मिज हो भने बाहुन क्षेत्रीहरुले प्रयोग गर्ने खस भाषा युरोपेलीको भाषा अन्तर्गतको शाखा भारोपेली (भारतमा भारोपेली भनिन्छ) को उपशाखा खस भाषा हो । नेपालको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या मंगोल मूलबासीहरुको भएको डा. गोपाल गुरुङको दावीलाई डा. सुजन हङगेनले समेत पुष्टि गरेका छन् ।  

नेपालका मूलबासी मंगोलहरुलाई अल्पसंख्यामा बनाउन शाषकहरुले भाई–भाइलाई फुटाएर गुट उपगुट बनाईदिएको छ । एकजुट हुन दिएको छैन । बाल चन्द्र शर्माका अनुसार हिमाली भेगमा शेर्पा, तामाङ पहाडि भेगमा हायु, किरात, मगर, गुरुङ, सुनुवार, र नेवार तराई भेगमा दनवार, धिमाल, गनगाई, मेचे, धिवर, थारुहरु सबै मूलवासी हुन् भनेका छन् त्यहा आदीवासी भनिएको छैन । त्यस बाहेक तराई बसोबास गर्ने मूलबासीहरुलाई मधेशी भनेर भन्ने गरिएको छ । मधेशीहरु सबै मूलबासी हुन । मूलवासी भनेको भगौडा, घुमन्तु नभई आफ्नो उत्पत्ति, माटो र सस्कृतिमा रमाउनेलाई भनिन्छ । आर्यहरु बर्तमान रुसको बोल्गा नदी पारी ककसियस भन्ने ठाउबाट रुस, इरान र अफ्गानिस्तान हँुदै भारत बर्ष प्रबेश गर्दा सिन्धुघाटीमा आर्य र अनार्य बिच भएको संघर्षमा आर्यहरु आफूलाई देवता र त्यहाँका मूलवासीहरुलाई असुर अनार्य भनिएको हो । बोल्गा नदी एसिया युरोपको मध्य भागमा पर्छ । त्यसैले भारतिय भाषामा त्यहाँबाट आउने मानिसलाई मधेसिया भनियो । आर्यहरु कालान्तरमा  तिनै मूलवासीहरुको आक्रमणबाट पिडित भएकाले शरणार्थीको रुपमा नेपाल आएपछि आर्यन बाहुनहरुलाई मधेसिया भनेर संबोधन गरे । प. जवाहरलाल नेहरु, राहुल साङ्कृत्यान (केदारनाथ पाण्डे), चन्देश्वर मौर्यका अनुसार त्यसपछि ‘आर्यहरु आफूलाई विदेशीको छाप लाग्छ भन्ने डरले तत्कालिन दक्षिणी भागमा बस्ने मानिसहरुलाई मधेशी नामाकरण गरे । तिनैलाई मधेशी भनि हेला गर्न थालियो वास्तवमा आर्य ब्रह्माण र क्षेत्रीहरु नै वास्तविक मधेसी हुन् ।’ तराईमा बनाईएका दलित र पहाडमा बनाइएका दलित सबै मुलबासी हुन्, मंगोल बंशज हुन् । मूलवासी मंगोलहरु नेपालमै उत्पत्ति भएका हुन भन्ने तथ्य बुढानिलकण्ठको धोबिखोला, ताप्लेजुङ्को हाङ्देवामा पाइएको पुर्खाले चलाएको हतियार ३५ देखि ४० हजार बर्ष पुरानो भएको त्यस्तै टाडी, बर्दियामा ०३४ सालमा पाइएको दुङ्गे युगका हतियार दुईलाख बर्ष पुरानो भएको रसियन पुरातत्व विद सेतेन्को यकोब्लेभले बताएका थिए । दक्षिण एसिया पाईएको अहिलेसम्मकै पुरानो रामापिथेकस नेपालको पाल्पाको  त्रिवेणीमा फेलापरेको थियो । अमेरिकी पुरातत्वबिद जेम्स मुन्थेले यो १ करोड १० लाख बर्ष पुरानो भएको बताएका थिए । जबकी शिवलिक पर्बतमालाको उत्पति १ करोड ३५ लाख बर्ष भएको बैज्ञानिक निष्कर्ष छ ।  यसर्थ मंगोलहरुको उत्पति नेपालमै भएको भन्न सकिन्छ । यो जिवाश्महरु इथोपियामा पाइएको जस्तै हो । यसकारण नेपालका मंगोलहरुलाई मुलवासी हुन भन्ने तथ्य पुष्टि हुन्छ । अहिले दलितहरुलाई बाहुन क्षेत्री दाजुभाईहरुले हाम्रो बंशज दावी गरिरहेको देख्दा कता–कता हाँसो लाग्छ यो मनमा । दलित बनाईएका कामी, दमाई, सार्की, च्यामे पोडे, मेतार सबै मंगोल बंशज हुन् । शाषकहरु आफूलाई बहुसंख्यक देखाउन दलितहरु पनि सबै हाम्रै बंशज हुन भनिरहेका छन् । दलित छुत–अछुत जन्मिदै हँुदैन यो त पृथ्वी नारायण शाहाले आफ्नो स्वार्थका लागि बनाएको हो, दलित बनाइएकाहरु सबै मूलबासी हुन् । 
अन्त्यमा,
बिभिन्न  खोज, अनुसन्धान, पुरातत्व अध्ययन , मानवशाश्त्री र समाजशाश्त्रीहरुको निष्कर्ष अनुरुप नेपालका मंगोलहरु मूलवासी हुन् । यहाँ नेपालका मूलवासीहरुलाई आदीवासी अनि शरणार्थीहरु मूलवासी बन्ने नीति निर्माण गरेर दरवार समर्थित हनुमान मंगोलहरु र दरवारीया शाषकहरुले मूलवासी मंगोलहरुको अस्तित्व माथि ठूलो खेलबाड गरेका छन् । यसको परिणाम स्वरुप कांग्रेसको चुनावी घोषणा पत्रमा बाहुन क्षेत्री पनि मूलवासी हुन भनेर लेखेको छ भने बाहुन क्षेत्री समुदायहरुले आफूलाई मुलवासी दावी गर्नु तर वास्तबिक मूलबासीहरुले आफूलाई जनजाति आदीवासी दावी गर्नु कति हाँस्यस्पद छ ।  नया संबिधानमा झन् आर्यलाई संबैधानिक मान्यता दिनुको साथै स्पष्टीकारण समेत दिनुले गम्भीर प्रतिक्रान्ति निम्तिएको छ । त्यसको परिणाम कस्तो हुन्छ । समय छँदै बुझ्न जरुरी छ । अन्तराष्ट्रिय मापदण्ड समेत मिच्दै मूलवासीलाई आदीवासी जनजाति बनाउने कुचेष्टा नगर्नु नै बुद्धिमानी ठहर्ने छ । मूलवासीहरुलाई कहिले मतवाली भनेर मानसिक रुपमै जड्हा बनाईदिने त कहिले देशै नहुने आदीवासी जनजाति बनाउने बाहुन क्षेत्रीहरुको दुष्टकारी षड्यन्त्रबाट सावधानी हुनुपर्छ । एउटा भनाई छ ‘आफ्नो संस्कृति, इतिहास र उत्पतिको जानकारी नहुने व्यक्ति, जरा बिनाको रुख जस्तै हो ।’ यस्तै हामी जरा बिनाको रुख जस्तै भएर ढल्ने बेला भएको छ । यसर्थ हामीले आफ्नो अस्तित्व र इतिहासलाई खोज्नु जरुरी छ ।
 COURTESY मंगोलभिजन साप्ताहिकको बर्ष १ अंक २१ (जेष्ठ २१, २०७१) मा "मुलबासी मंगोल आदिबासी जनजाति होइन, को हुन् आदिबासी जनजाति" शिर्षकमा प्रकाशित |

Comments

  1. Malai aru dherai Janna man lageko xa yatti samma thaha paiyo thanks

    ReplyDelete
  2. मैले कुराबुजिन मंगोल नेस्नल अर्गानजेसन यो नाम किन ??????? मंगोल किन ????? यस्को अर्थ नेपाली मुलबासी हरु ,आदिबाशी मत्लब मंगोल देखि आगन्तुक हुन या हौ भन्न खोजिएको हो ???? मुलबासि को पर्याय बाची शब्द मंगोल हो ???? या नेपालको मुलबासी मंगोलियन फेश को छौ भन्न खोजिएको हो ??? मंगोल नेस्नल अर्गानजेसन को अर्थ कसै संग छ भने सेयर गरुङ त सथिहो ।

    ReplyDelete

Post a Comment

Thank you for Comment

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्