जीवन मंगोल
सन् १९५९ मा गोरखाका सोझा दयालु स्वभावका धनी घले राजालाई चतुर सड्यन्त्रकारी द्रव्य शाहले ठुन्काउदै गोरखा कव्जा गरे सँगै लम्जुङ हुँदै पृथ्वी नारायण शाहका बाबु नरभुपाल शाहले नुवाकोट आक्रमण शुरु गरे सफल भएनन् । पछि त्यो अधुरो बाबुको सपना पुरा गर्न दोस्रो पटक पृथ्वी नारायण शाहले आक्रमण गरे हातमा लाग्यो शुन्य भएपछि तेस्रो पटक मात्र नुवाकोट जीते । त्यहाँबाट मंगोल मास्ने अभियान चलाएका पृथ्वी नारायण शाहकाका पछि १२ जना गद्धिमा बसेर मंगोलहरुलाई लुटे, कुटे र जंगली बनाइ दिएको इतिहास साँची छ ।
सन् १८०६ देखि १८४६ सम्म धेरै जसो क्षेत्रीहरु प्रधानमन्त्री बने । किनकी राजाको आज्ञा पालन गर्ने क्षेत्री भएकाले पनि बढि क्षेत्रीहरु त्यस समय प्रधान्मन्त्री बनेको देखिन्छ । एवं् प्रकारले १८४६ देखि १९५१ सम्म श्री ३ राणाहरुले चलाए । जंगवहादुर राणाले नेपाली शाहहरुले मतुवाली बनाएर, विभिन्न उपनाम दिएर खण्डीकरण गरिरहँदा त्यसलाई नयाँ ढाँचामा रुपान्तरण गरि मंगोललाई फुटालियो । हिन्दूवाद नयाँ मनुस्मृतिको रचना गरेर नेपालका भूमिपुत्र मंगोलहरुको संस्कृति, धर्म, भाषा लोप गराउने, जातिव्यवस्था छुतअछुतको व्यापक विजारोपन भयो । शिक्षावाट वञ्चित गराइए । १९१० मा मुलुकी ऐन वनाई पानी चल्ने र नचल्ने मासिन्या र नमासिन्या भन्ने जस्ता नीतिहरु निर्माण गरिदिए । जुन समाजमा अहिले पनि लागू भएको छ ।
वल्ल राणाहरुको विरुद्ध श्रीपति गुरुङले त्यस्तो निरंकुश शासनको विरोध गरे श्रीपति जंगेको हातबाट टुडिखेलमा तिन ठुन्का हुनु प¥यो । तर त्यो अभियान रोकीएन । लखन थापा मगर जस्ता वीर शहिदको उदय भएता पनि राणाले के टिक्न दिन्थ्यो । राणा फ्याक्न गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्री नेवार मंगोलहरुले शाहस गरे जंगे शासकले मारिदिए । रामप्रसाद राईले विद्रोह गर्न खोज्दा उनलाई पनि मारि दिए विचरा मंगोल बनाइदिए ।
सन् १९५१ देखि १९६० सम्ममा बाहुनक्षेत्रीले पालै पालो मोज गरे । ९ वर्षको अवधिमा ८ जना प्रधानमन्त्री बने । सबै कोइराला बाहुनको रँजाइ चल्यो । नेपाली कंग्रेस जो सामन्ती बाहुनहरुको पार्टी बन्न पुगेको छ यस समय । १९४६ तिर कंग्रेसको स्थापना भारतमा भएको हो र विपी पनि भारतमा नै जम्मिएका हुन । सन् १९६० मा पञ्चायत लागू भयो र १९९० सम्म ३० वर्ष राज गरे श्री ५, श्री ३ र श्री ६ बाहुन क्षेत्रीहरुले । त्यो अवधिलाई जहाँनिया राणा शासन पछिको सबै भन्दा अध्यारो मानिन्छ । जतिवेला नेपालमा मंगोलहरु माथिको ज्यादति चरम उत्कर्षमा पु¥याइयो । एक धर्म, एक भाषा र एक भेषको नीति लागु गरे । मानव अधिकारको हनन् मात्र भएन मानव अधिकारको वर्खिलापमा बाहुनक्षेत्री श्री ५ राजाले गर्न नहुने सबै खाले काम ग¥यो । नेपाललाई हिन्दु राष्ट्र घोषणा गरे । यो ज्यादती धेरै लामो समय टिक्न सकेन । १९९० मा बहुदल फर्कियो । पञ्चायतकालमा पनि बाहुन क्षेत्रीहरु नै माथिल्लो ओहोदा रहे । ३० वर्षे अवधिमा १५ जना प्रधानमन्त्री बने त्यहि हुलमा एकजना मरिचमान सिंह श्रेष्ठ वाहेक सबै बाहुन क्षेत्री नै थिए । त्यतिवेला राजालाई विस्णुको अवतार भन्दै जनतालाई पुज्न लगाइयो । तर विष्णु अवतारको अवतारको परिवारमा कहिल्यै नसोचिएको घट्ना घट्न पुग्यो । राजा भएपछि क्षेत्रीहरु बढि विश्वास पात्र हुने हँदा सूर्यवहादुर थापाले ३ पटक, तुल्सी गिरीले ३, कृति निधि विष्टले ३, लोकेन्द्रवहादुर चन्दले २ पटक नगेन्द्र रिजाल २, गेहेन्द्र राज भण्डारी र मरिचमान एक–एक पटक प्रधानमन्त्री पड्काए ।
सन् १९९० पछिको नेपाली राजनीति कम रमाइलो छैन । माओवादीको उदय, दरवार हत्या काण्ड, ज्ञानेन्द्रको ‘कु’, राजतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापना । सत्तामा चाहि जसो गर्दा पनि बाहुन क्षेत्रीनै थिए । १९ वर्ष अर्थात २००८ सम्मको अवधिमा १४ जना बाहुन क्षेत्रीले पालै पालो सत्ता चलाए ।
२००८ देखि हाल सम्मको अवस्थालाई नियाल्दा सत्ता बाहुनको एक्लौटी भयो । ८ वर्षमा ९ जना प्रधानमन्त्री जनताले देख्ने अहोभाग्य मिल्यो । तर दिगो शान्ति, विकास र संमृद्धि अनि जनताको भाग्य रेखा कोरियन । १९९० देखि अहिलेसम्मको संसदीय अभ्यासलाई गहिरो अध्ययन गरेर ल्याउँदा बाहुनहरुको मोज गर्ने व्यवस्था बनेको छ । २६ वर्षको अवधिमा २४ पटक नेतृत्व परिवर्तन हुनु अत्यन्तै अस्वाभाविक हो । यसले के स्पष्ट छ भने देशलाई बाहुन क्षेत्रीले जतिञ्जेल चलाए पनि विकासको गफ दिए तापनि बन्न सक्दैन । आज पनि गिरिजाको ठाउँमा प्रचण्ड आउँदैछन् । नयाँ नेतृत्व प्रदान गर्न जसले यसअघि ९ महिना सरकार चलाएका थिए । नयाँ सरकारको पनि ९ महिना नटिक्ने निश्चित छ । किन कि सत्ता गठबन्धन कांग्रेसका शेरबहादुर देउवा आफ्ना पालो कुरिरहेका छन् ।
सन् १५५९ देखि २०१६ सम्मको अवधिमा बाहुन क्षेत्री र तिनीहरुको मेरुदण्ड राजतन्त्र अनि मोजतन्त्र बनाएको लोकतन्त्रमा गरेर करिब ४१४ वर्ष सत्तामा रहेका छन् भने ४ वर्ष मात्र मरिचमानसिंह श्रेष्ठले प्रधानमन्त्री चलाएको इतिहास साक्षी छ । लोकतन्त्र स्थापना भएपछिको समावेशी नारा दिने बाहुन क्षेत्रीको असली व्यवहारलाई संसारले हेरि नै रहेको छ र नेपालका जनताले पनि देखेका छन् । के यो मुलुक बाहुन क्षेत्री र राजाहरुको मात्रै पेवा हो ? यहाँ प्रश्न तेर्सिएको छ । एउटा थपना जस्तो पदमा अल्झ्याएर देशको तालाचावी चाहिँ बाहुन क्षेत्रीको खल्तीमा राख्ने अधिकार मंगोलहरुले दिनु हुन्न भन्ने चेतनाको ढकन खोल्नु जरुरी छ । लेखकको आफ्नो विचार
Comments
Post a Comment
Thank you for Comment