Skip to main content

एक सम्बाद प्रहार अनेक

हिजो मात्र जमलको Paradise मा पुस्तकहरु खरिद गरौं भनेर यसो छिरेको थिएँ । केही पुस्तक खरिद गर्ने मनसाय थियो । मैले खोजेको एउटा पुस्तक बारे पसलेलाई सोधे । त्यो पुस्तक रहेनछ । पसलेले भने ‘भाई यो पुस्तक पसलमा नेपालीमा लेखिएको पाइन्दैन, भोटाहिटीमा मात्र पाउछ ।’

मैले भने –‘ए ! हो दाई’
पसले भने –‘ हो त भाई’
यति कुरा भएपछि केही नभनी राजनीति र इतिहास सम्बन्धी पुस्तक हेर्न थाले । पसलेलाई लागेछ, यो मान्छेले मेरो कुरा बुझेन ।
पसलेले भन्यो – ‘भाई यहाँ अंगे्रजी पुस्तक मात्र छन् ।’
अंग्रेजी चाहि अनुहार हेरेरै पढ्न आउदैन भनेर हो या किन यसो भने तुरुन्तै मैले पनि प्रश्न त गर्नै प¥यो – ‘मैले पनि खोजेको अंग्रेजी नै हो, त्यहि भएर हेर्दैछु, के हेर्न नमिल्ने हो ?’
पसलेले मुख अमिलो बनाउदै भन्यो – ‘होइन, तपाईले नेपाली खोजे जस्तो लागेर भनेको हो, अन्यथा होइन ।’
मैले भने – ‘सुरुवातमै छैन भन्ने उत्तर तपाईको मुखबाट पाइसके पछि एउटै कुरा दोहो¥याउनु भनेको पक्कै मेरो अनुहार हेरेर हो । अन्यथा होइन ।’
यति भनेर म बाहिरिए । यो कुरा मन मनै सोचे अनि यस्तै एक घट्ना याद आयो । त्यो एक वर्ष अघिको कुरा हो । पहाडदेखि झर्दै गरेको बस थियो । म बुधबारेदेखि चारआली झर्नु थियो । म त्यहि पहाडदेखि झरेको बसमा चढे । मान्छे खचाखच भरिएको थियो । म ढोकाकै छेउमा उभिए । खलासीले “अलि पछाडि सर्नुस” भन्यो । म चाहि ठट्टा गर्दै “म पछाडि सर्ने मान्छे परिन भाइ सके अगाडि चाहि सर्छु ।”
त्यसपछि उसले मेरो अनुहार हे¥यो अनि सोध्यो – ‘तपाई लाहुरे हो ?’
‘के म लाहुरे जस्तो छु ?’ प्रतिप्रश्न गरे ।
खलासीले भन्यो – ‘लाहुरे जस्तो लाग्यो र सोधेको हो दाई ।’
मैले भने –‘भाइलाई लागेर होइन, मेरो अनुहार हेरेर चाहि सोधेको पक्कै हो । मंगोल अनुहारलाई बाहुन क्षेत्रीले देख्ने लाहुरे मात्रै त हो ।’ यति भनेपछि गाडिका प्यासेन्जर सबैले हाँसे ।
यति भनेपछि खलासी पनि चुप लाग्यो ।
आफूलाई चित्तै बुझेन अनि थपे ‘मंगोलको अनुहारले लाहुरे, डोके, पाले भनेर चिनिन्छ, बाहुन क्षेत्री चाहि अनुहारैले हाकिम यो भाइको आशय पनि यहि हो ।’
यो कुरा सुनेपछि मंगोलहरुले हो यो कुरा सत्य हो भन्न थाले त्यसपछि आफ्नो पालो मंगोलको प्रसंग जोडेर कुरा अघि बढाउला भनेको ठ्याक्क चाराली पुगियो । गन्तव्यमा पुगेपछि गन्थन गर्ने कुरा पनि भएन । कुरो त्यतिकैमा रोकियो ।

मैले जोड्न खोजेको प्रसंग के हो भने नेपालमा बाहुन क्षेत्रीले हरेक क्षेत्रमा कसरी अपमान गरिरहेको छ । कसरी वेवकुफ बनाइरहेको छ । कुनै न कुनै माध्यमबाट उसको घृणीत व्यवहार सहनु परेको छ । यहाँ एउटा सामान्य खलासीले समेत हामीलाई लाहुरे देख्छ । एउटा पसलेले अनपढ गवार र केही नबुझ्ने अवुझ देख्छ र त्यस्तै ब्यवहार गर्छ । यहाँ कुरो सानो जस्तो लागेको भएता पनि गहिरो मनन् गर्ने हो भने यो वर्णभेदी racial discrimination व्यवहार हो । किन भने रंगको आधारमा नाकको आधारमा दोस्रो व्यक्तिलाई गरिने व्यवहार संसारकै कलंक र घृणीत व्यवहार हो । अफ्रिकामा नेलसन मण्डेलाले anti-apartheid रंगभेद विरुद्धको लडाई लड्दा २७ वर्ष जेल बिताउनु परेको इतिहास नजिर छ । अमेरिकामा डा. मार्टिन लुथर किंगले लडे । नेपालमा डा. गोपाल गुरुङ र उहाँद्वारा स्थापित मंगोल नेशनल अर्गनाइजेशनले लडेको लडाई उस्तै नै हो । यहाँ चाहिँ वर्णभेद (रेसियल डिस्व्रिmमिनेसन) छ । जुन बाहुन क्षेत्रीले लागु गरेका छन् । त्यसैको ज्वलन्त उदाहरण हो लाहुरे, लाहुरे भनेको मंगोलहरु मात्रै हुन्छन्, हाकिम सबै बाहुन मात्र । यो मानसीक सोच भरिदिएको छ । पढ्न जान्ने सबै बाहुन क्षेत्री मात्र हुन्छन्, मेहनत गर्ने बाहुन क्षेत्री मात्र हुन्छ, अनि बाहुनले चाहि टुप्पी कसेर पढ्छ भन्ने मानसिक छाप बसाइ दिएको छ ।
यो त एउटा उदाहरण हो । यस्ता व्यवहार मंगोलहरुले कति खेप्नु परेको छ । यदि त्यो ठाउँमा बाहुन क्षेत्री हुन्थ्यो भने सहन सक्थ्यो ? आज बाहुन क्षेत्रीलाई बिदेशी भन्दा चित्त दुख्छ । वास्तविक बिदेशीलाई बिदेशी भन्दा त्यति चित्त दुखाइ हुन्छ भने यो देशको मूलबासीलाई देशै बिहिन फिरिंगे, शरणार्थी, भूमिहिन सुकुम्बासी बनाउदा कस्तो होला त्यो मनन् गरेको खोइ बाहुन क्षेत्रीले ? यत्रो पाँच सय बर्ष सम्म शोषण गरेर आज उठ्न, जुट्न, जुझ्न नसक्ने अपाङ्ग बनाएको मंगोलले आफ्नो अन्यायको तिब्र आक्रोश पोख्दा कसैलाई चित्त दुखाई हुन्छ भने हाम्रो त बाध्यता हो ।

जय मंगोल !

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्