Skip to main content

बाहुन पञ्पमीको तथ्य

नाग पञ्पमी, गुरु पूर्णीमा, जनै पूर्णीमा रक्षा वन्धनको दिन बिदा दिनै पर्ने कारण यस्तो रहेछ ।

नाग पञ्चमीः
बाहुनले मूलबासीको घरको ढोकाको माथि गाईको गोवरले नागको चित्र टास्ने, अनि द्रव्य पैसा, चामलले पोस्नु पर्ने दिन । तर अचम्म यो छ कि सर्प देखेपछि बाहुनले डरले सर्प रहेछ भन्दै उसको छेउ पर्दैन उल्टै भाग्छ । नाग भगवान भएपछि दुध पिलाउदै राख्नु पर्ने होइन र? अरुलाई भगवान भनेर नक्सा पुज्न लगाउनेले जमिनमा लडिरहेका वेवारिसे सर्पलाई उठाएर भगवान भनि पुज्नु प¥यो । घरमा लगेर संरक्षण गर्नु प¥यो । गाईलाई झैँ नाग भगवानलाई गरुडले खाई दिन्छ, गरुडबाट कानुन बनाएर रक्षा गर्नु प¥यो, नाग भगवानको । होइन भने मानिसलाई यसरी मूर्ख बनाउन पाइन्दैन ।

गुरु पुर्णिमा:
संस्कृत वा बाहुन शास्त्र अनुसार गुरु भन्नाले धार्मिक पुरोहित अर्थात ब्राह्मण भन्ने बुझिन्छ । गुरु भन्नु र मान्नु बाहुनलाई पूज्य मान्नु सर्वोच्चतामा राख्नु हो । गुरु पूर्णिमा भनेको बाहुनको पूर्णिमा हो ।

जनै पूर्णिमाः
बाहुन क्षेत्री पूरुषले जनै(मुसल्मानी साम्राज्यमा गाईको आन्द्रालाई “जनेउ” भनिन्थ्यो र जनेउ बाट अप्रभ्रंश हुदै जनै भएको हो) फेर्ने वा लगाउने दिनलाई जनै पूर्णिमा भनिन्छ । जनै भिर्नेलाई तागाधारी भन्ने चलन छ । तागाधारी भन्नाले धागो काधमा भिर्ने चलनलाई बुझिन्छ । मूलबासी मंगोलहरु गैर तागाधारी हुन ।
जनैपूर्णीमाको दिन ऋषी डोरि अर्थात डोरा बान्ने चलन छ । काँधमा लगाउने तागा संगै हातमा ऋषि बान्ने एकाध आफ्नो पन भुलेर ऋषिडोरी बाँधेको देखिन्छ । ऋषिडोरा बाध्ने क्रममा बाहुनले भन्छ ः
“येन बद्धो, दान वेन्द्रो बलिराजा महाबलः
तेन त्वाम प्रतिबद्धमे नमो रक्षे, मा चल, मा चल माचल ।” 

अर्थात यो डोरा र धागो तँलाई म यो उदेश्यले बाँधी दिँदैछु । जुन उदेश्यले तेरो राजा बलि राजालाई बाँधिएको थियो । आजबाट तँ मेरो दास होस् । मेरो रक्षा गर्नु, तेरो कर्तब्य हो । आफ्नो समर्पणबाट नहट्नु ।

बलिराजा आर्य होइनन् किनभने बलिराजा असाध्यै दानवीर राजा भनेर कहलिएको र बाहुन क्षेत्रीहरु यस्ता दानवीर हुदैनन् र लोभि हुने उनीहरुको शास्त्रले प्रमाणित गरेको हुँदा अनार्य हुन भन्नेमा विद्वान सहमत छन् । यसकारण वलिराजा अनार्यका पूर्वज हुन उनलाई बाहुनहरुले दानवीर भनि खुट्टामा लम्पसार पर्दा प्रभावित भइ आफ्नो राज्य समेत बाहुनहरुलाई सुम्पेर अन्तमा बाहुनले दास बनाएको थियो । यहाँहरु आफै भन्नुस तपाईले जनै पूर्णीमा (बाहुन क्षेत्रीबाहेक मंगोलहरुलाई बिशेष) कुन आधारमा मनाउनु हुन्छ ? रक्षावन्धन वा ऋषिडोरीले तिम्रो रक्षा गर्छ कि बाहुनको रक्षा गर्छ ?
आज मूलबासी मंगोलकै केहीले बाहुनसंग ऋषि डोरी बाँधेको देखियो । तर के बुझेर बाँधेका हुन ?
बाहुनको ठगिखाने भाडोलाई राज्यले एकपक्षिय रुपमा सार्वजनिक विदा दिनु उचित छ ? मुखमा धर्मनिरपेक्ष बगलीमा हिन्दुत्व ? जनैपूर्णीमा, गुरु पूर्णीमा, प रक्षा वन्धन भन्नु र बाहुन पूर्णीमा भन्नुमा फरक छैन त्यसकारण यसको नाममा विदा दिनु हुँदैन ।

Facebook post : Update July 28, 2017

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्