Skip to main content

"मंगोलको सदस्य बन्न जनाई चुडाएर आउदा त पाइन्छ होला नि ?"

एउटा वार्तालाप:

"संयुक्त जातीय पार्टी नेपाल" पार्टीको अध्यक्ष अध्यक्ष क. अग्नि जीले पार्टी एकीकरणको कुरा लिएर आउनु भएछ हामी कहाँ ....
पहिलो भेटमा फलाना ......पार्टीबाट आएका हौ !
हामी चाही फलाना .....संगठनबाट !
------कुरा अघि बढ्यो, "संयुक्त जातिय पार्टी नेपाल" भनेको के हो ?" प्रश्न गरियो .
जवाफमा अग्नि जीले भन्नु भयो, "विभिन्न जात जातको साझा पार्टी हो !" 
हामी त लालमन घर्ति जी, शक्ति चामलिंग दाइ थियौ .....
शक्ति दाईले "जात भनेको के हो ? यसले कसरि जातीय समस्या समाधान गर्छ ? यस्तो पाराले चाहि समस्या समाधान होइन बल्झिन्छ, यसरि नेपालमा जातीय समस्या समाधान हुन सक्दैन" भन्नु भयो ....! अलि पटट नै पड्किनु भयो अग्नि जीहरूलाई अलि गारो भएछ ....! अग्निजीहरु "हामि हतारमा छौ, अहिलेलाई लाग्छौ !" भनेर भन्न थाल्नु भयो ! शक्ति दाइले "म नि हतार छु म निस्किय" भनेर बिदाबारी हुनु भयो ...! 
म र लालमन जी अनि साथीहरु मात्र बाँकी छौ -"एमएनओको एजेन्डा कस्तो छ ? बुझ्न मिल्ला यदि मिल्यो भने एकता गर्न सकिन्छ ... 
म चुप लागेर बसे .... "हाम्रो संयुक्त जातीय पार्टी नेपालको एजेन्डा पनि बुझ्नुस, तपाईहरुको हामी बुझेर एजेन्डा मिल्यो भने एकता गरौ" 
लौ मार्यो अग्नि बुढोले - "एकताको उदेश्य के हो?" मैले सोधे !
अग्नि जीले भने, "एमएनओ र हाम्रो पार्टीको एजेन्डा मिल्छ आखिर जातीय मुक्ति कै लागि न हो !" 
नबोलौ भनेर चुप लागेर बसेको बोल्ने पर्यो ...
"पहिलो कुरा एमएनओ मंगोलहरुको अर्गनाइजेशन हो, दोस्रो जातीय कुरा एमएनओले पटक्कै मान्दैन ...एजेन्डा त मिल्ने कुरै भएन"
यति भनि सुने पछि मित्रले "एकता सम्भव छ कि छैन" भनेर सोधे मित्र अग्नि जीलाई 
मैले भने तपाईको पार्टीको नामै समस्या छ दोस्रो तपाइँ नै हाम्रो लागि समस्या हो"
"कसरी ?" 
"तपाई क्षेत्री होइनर ?" मैले सोधे उनले भने, "हो, म मुरुला कार्की परे" 
थाहा छ ? मंगोल नेशनल अर्गनाइजेशनमा "अहिन्दु मूलबासी मंगोल मात्र प्रवेश छ" मैले सोधे 
अग्नि जीले भन्नु भयो, "थाहा छैन"
मैले भने, "समस्या यहि हो अब बुझ्नु भयो ?"
"सक्की नै गोनी" अग्नि जीले भने,
मैले भने, "कहाँ सक्किनु कुरा बाँकि नै छ ............" 
लामो हा.................................सो !!

उसो भए बाहुन क्षेत्रीलाई खेद्ने नीति हो मंगोल नेशनल अर्गनाइजेशनको ? अग्नि जी अघि सोध्नु हुन्छ !
"त्यस्तो दिन नआओस" मैले भने,
अग्नि जीले अलि मुख अमिलो बनाउदै भने, "यो त अतिबादी भएन र ? लोकतन्त्रमा समाबेशी हुनु जरुरि हुनु पर्ने होइन र ?"
झर्को नमानी जवाफ दिनै पर्यो, "तपाईको पार्टी नै जातीय पार्टी छ, यो नै अतिबादी हो तर देख्नु हुन्न, समाबेसीको कुरा गर्ने तपाईहरु नै हो, तर त्यो समाबेसीको लिङ्गे नाराले मात्र हुन्न, लोकतन्त्रको कुरा गर्नु हुन्छ भने बाहुन क्षेत्रीले कहाँ लोकतन्त्र स्वीकारेका छन् ? अब भन्नुस कि बाहुनतन्त्र चलेको कुरा चाहि के हो? यसलाई के भन्नु हुन्छ ? हामीले बाहुन क्षेत्रीले बस्न पाउदैन भनेका छैनौ, बस्न पाउदैन भनेका होइन कसरी अतिबादी भयौ?" 
अग्नि जीलाई सारै पिडा भयो - "मंगोलको सदस्य बन्न के गर्नु पर्छ ?" 
भन्न त पर्यो नै, "मंगोलको साधारण सदस्य बन्न पक्का मंगोल चाहियो ? अर्थात् बाहुन क्षेत्री बाहेक"
"बर्बाद भयो नि सर" उनले भने ...
अर्को तामाङ्ग साथी पनि साथमा लिएर आएका थिए... "मलाई एमएनओको बारेमा थाहा थियो !"
"तपाई चाही किन थाहा पाई पाई साथ दिनु भएन ?" प्वाक्क सोधी हाले ..
"वास्ता भएन रे" जवाफमा 
"सत्य कुराको बेवास्ता नि कति सरो है!" भनि दिए !
अग्नि जीले के सोचेर कुन्नि, "मंगोलको सदस्य बन्न जनाई चुडाएर आउदा त पाइन्छ होला नि ?" 
हल्का हासो ..................
त्यहि चाही गारो बिषय भयो सर 
...तपाईले तपाईको नाक ताछ्नुस, हिन्दुत्वलाई त्याग्नुस, पैसा दिन्छु भन्नुस, एमएनओको एउटा विशेषता छ, त्यो हो, "बाहुन क्षेत्री सदस्य बन्न सक्दैन" 
सक्किगोनि ...
"टुप्पी काटेर, जात फेरेर, जनाई चुट्टाएर पनि मंगोलको सदस्य बन्न पाइन्न भनेत अब मंगोल र आर्यको लडाई लड्नु पर्ने रहेछ " अग्नि जीले मन अमिलो पार्दै भने, 
अन्तिम जवाफ -"असली कुरा यहि नै हुन सक्छ"
-----मंगोलको साथीहरु जनयुद्ध ताकाको माओबादि साथीहरु भन्दा पनि कडा हुनु हुदोरहेछ, हामी पनि यतिको थिएनौ-मंगोलहरु यसै हो भने देश कब्जा गर्ने रहेछ, लौ छुट्टौ पार्टी एकीकरण त नहुने रहेछ के गर्नु ....
निरास भएर साथीहरु बाटो लागे !

Jiban Mongol 
Kathmandu, Nepal

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्