Skip to main content

दुइ महिनाको शिसु दौडेको संसारमा देख्नु भएको छ ?

-मंगोल सम्राट : डा. गोपाल गुरुङ 


नयाँ नेपालको सन्दर्भमा २०६५ असार ७ गते रिपोटर्स क्लबमा मंगोल नेशनल अर्गनाइजेशनले पत्रकार सम्मेलनको आयोजना गर्यो !
फाउण्डर डा. गोपाल गुरुङले नेपालको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय साथै बाहुनबादी सामाजिक व्यवस्थाको प्रतिक झन्डा, क्यालेन्डर लगायत बिषयमा जोड तोडले कुरा राखी सके पछि पत्रकारले डा. गुरुङलाई प्रश्न गरेको केहि अंश :
- पत्रकार : तपाई संग हतियार छ रे नि ? 
डा. गुरुङ : हतियार भन्ने कुरा सजिलै आउने हो, पैसा ठुलो कुरा हो, पैसा भए पछि हतियार आइहाल्छ / तपाईको घर भित्र हतियार छ ! तर अहिले हामि हतियार उठाउदैनौ ! हामी हाम्रो आन्दोलन peacefully गर्छौ !
- पत्रकार : तपाइँको नाम लिएर हतियार उठाएको भन्ने छ नि ? 
डा. गुरुङ : कहाँ ?
-पत्रकार : खोटाङ्गमा 
डा. गुरुङ : खोटाङ्गमा मंगोल नेशनल अर्गनाइजेशनले होइन / एकचोटी सगरमाथा टिभीले दियो मैले तुरुन्त कप्लेन गरेर यो हामि संग सम्बन्धित होइन है भने पछि पछि करेक्सन गरेर समाचार दियो !
- पत्रकार : नेपाल झण्डा, क्यालेन्डर चाहि कसरि अरास्ट्रिय भयो ? 
डा. गुरुङ : नेपालको रास्ट्रिय झन्डा भनेको हिन्दु साम्राज्यबादीहरुले यहाको मूलबासीलाई दबाइएको प्रतिक हो ! सबै नेपाली बराबर हो भने एक अर्कामा माया गर्ने हो भने अरास्ट्रिय झन्डालाई बदलि गरि रास्ट्रीय बनाउनु पर्छ !
- पत्रकार : कस्तो चाही रास्ट्रिय झन्डा बनाउने ?
डा. गुरुङ : त्यो झण्डा इन्प्रिन्सिपल नयाँ बनिनु पर्छ ! कस्तो बनाउनु पर्छ भन्ने पावरमा आएपछि छलफल गर्ने हो ! कस्तो बनाउनु पर्छ भने मलाई सोध्यो भने मैले यस्तो बनाउनु पर्छ भनेर मैले त्यतिबेला भन्ने हो ! यदि कस्तो बन्नु पर्छ भन्ने मैले नेपाली राजनीतिमा मंगोलबाद, बाहुनबाद, माओबादमा उल्लेख गरेको छु र भोलि मलाई सोध्यो भने म बताई पनि दिन्छु !
- पत्रकार : तपाईको कुरा सुन्दा नि अहिले भनेको कुरा यदि सबै पुरा भएन भने के गर्नु हुन्छ ?
डा. गुरुङ : पहिला भन्ने पछाडी नभन्ने होइन / तपाईहरु हेर्दै जानुस के-के गर्दै जान्छु ! म हेर्छु, हाम्रो कुरा ल्याउछ कि ल्याउदैन पहिला हेर्छु ! यदि हेप्ने दबाउने काम हुन्छ भने के गर्छौ तपाईहरु हेर्दै जानुस / यसतो गर्छु उस्तो गर्छु भनेर त थुप्रैले भन्छ, गर्ने भने केहि छैन !
- पत्रकार : तर तपाईले भनेको कुरा त जनताले पत्याएनन नि ?
डा. गुरुङ : हो पत्याउदैनन, किन पत्याउदैनन भन्दाखेरी दुइ महिनाको शिसु दौडेको संसारमा देख्नु भएको छ ? यसकारण मंगोल नेशनल अर्गनाइजेशनलाई १८ वर्ष सम्म मंगोल भन्ने दिएन / म सर्वोच्चमा गए सर्वोच्चले पनि न्याय दिएन ! यसकारण मंगोल नेशनल अर्गनाइजेशन लगातार लड्दाखेरि चुनाव आउनु भन्दा १५ दिन अगाडी मात्र दर्ता दियो ! अर्को कुरा हाम्रो कुरा टिभीले पनि दिदैन, रेडियोले पनि दिदैन, पत्रिकाले पनि दिदैन / 


Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्