Skip to main content

दुइ महिनाको शिसु दौडेको संसारमा देख्नु भएको छ ?

-मंगोल सम्राट : डा. गोपाल गुरुङ 


नयाँ नेपालको सन्दर्भमा २०६५ असार ७ गते रिपोटर्स क्लबमा मंगोल नेशनल अर्गनाइजेशनले पत्रकार सम्मेलनको आयोजना गर्यो !
फाउण्डर डा. गोपाल गुरुङले नेपालको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय साथै बाहुनबादी सामाजिक व्यवस्थाको प्रतिक झन्डा, क्यालेन्डर लगायत बिषयमा जोड तोडले कुरा राखी सके पछि पत्रकारले डा. गुरुङलाई प्रश्न गरेको केहि अंश :
- पत्रकार : तपाई संग हतियार छ रे नि ? 
डा. गुरुङ : हतियार भन्ने कुरा सजिलै आउने हो, पैसा ठुलो कुरा हो, पैसा भए पछि हतियार आइहाल्छ / तपाईको घर भित्र हतियार छ ! तर अहिले हामि हतियार उठाउदैनौ ! हामी हाम्रो आन्दोलन peacefully गर्छौ !
- पत्रकार : तपाइँको नाम लिएर हतियार उठाएको भन्ने छ नि ? 
डा. गुरुङ : कहाँ ?
-पत्रकार : खोटाङ्गमा 
डा. गुरुङ : खोटाङ्गमा मंगोल नेशनल अर्गनाइजेशनले होइन / एकचोटी सगरमाथा टिभीले दियो मैले तुरुन्त कप्लेन गरेर यो हामि संग सम्बन्धित होइन है भने पछि पछि करेक्सन गरेर समाचार दियो !
- पत्रकार : नेपाल झण्डा, क्यालेन्डर चाहि कसरि अरास्ट्रिय भयो ? 
डा. गुरुङ : नेपालको रास्ट्रिय झन्डा भनेको हिन्दु साम्राज्यबादीहरुले यहाको मूलबासीलाई दबाइएको प्रतिक हो ! सबै नेपाली बराबर हो भने एक अर्कामा माया गर्ने हो भने अरास्ट्रिय झन्डालाई बदलि गरि रास्ट्रीय बनाउनु पर्छ !
- पत्रकार : कस्तो चाही रास्ट्रिय झन्डा बनाउने ?
डा. गुरुङ : त्यो झण्डा इन्प्रिन्सिपल नयाँ बनिनु पर्छ ! कस्तो बनाउनु पर्छ भन्ने पावरमा आएपछि छलफल गर्ने हो ! कस्तो बनाउनु पर्छ भने मलाई सोध्यो भने मैले यस्तो बनाउनु पर्छ भनेर मैले त्यतिबेला भन्ने हो ! यदि कस्तो बन्नु पर्छ भन्ने मैले नेपाली राजनीतिमा मंगोलबाद, बाहुनबाद, माओबादमा उल्लेख गरेको छु र भोलि मलाई सोध्यो भने म बताई पनि दिन्छु !
- पत्रकार : तपाईको कुरा सुन्दा नि अहिले भनेको कुरा यदि सबै पुरा भएन भने के गर्नु हुन्छ ?
डा. गुरुङ : पहिला भन्ने पछाडी नभन्ने होइन / तपाईहरु हेर्दै जानुस के-के गर्दै जान्छु ! म हेर्छु, हाम्रो कुरा ल्याउछ कि ल्याउदैन पहिला हेर्छु ! यदि हेप्ने दबाउने काम हुन्छ भने के गर्छौ तपाईहरु हेर्दै जानुस / यसतो गर्छु उस्तो गर्छु भनेर त थुप्रैले भन्छ, गर्ने भने केहि छैन !
- पत्रकार : तर तपाईले भनेको कुरा त जनताले पत्याएनन नि ?
डा. गुरुङ : हो पत्याउदैनन, किन पत्याउदैनन भन्दाखेरी दुइ महिनाको शिसु दौडेको संसारमा देख्नु भएको छ ? यसकारण मंगोल नेशनल अर्गनाइजेशनलाई १८ वर्ष सम्म मंगोल भन्ने दिएन / म सर्वोच्चमा गए सर्वोच्चले पनि न्याय दिएन ! यसकारण मंगोल नेशनल अर्गनाइजेशन लगातार लड्दाखेरि चुनाव आउनु भन्दा १५ दिन अगाडी मात्र दर्ता दियो ! अर्को कुरा हाम्रो कुरा टिभीले पनि दिदैन, रेडियोले पनि दिदैन, पत्रिकाले पनि दिदैन / 


Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...