Skip to main content

निर्दोष शालिक नतोड्नु जीवन मंगोललाई सिधै गोली ठोक्नु !

जीवन मंगोल

आज मैले मेरो देशमा गर्वका साथ नेपाली भन्न पटक्कै मन छैन । हृदयंगले पक्कै फरक रहेछु । नेपाली हुन मैले मेरो रंग, मेरो वर्ण फेर्नु पर्ने रहेछ, कतै पहेलो र हप्सी भएर जन्मिनुले मानव शिकार भएछु । धन्य छ ! आजै राति सपनामा देखे जस्तो लाग्छ तर बिपनामै रहेछ । सामाजिक सञ्जाल फेसबुकमा पश्चिम नेपालको कास्की पोखरामा शहिद लखन थापा मगरको शालिक नगर प्रमुखकै आदेशमा आतंकारी, बिद्रोही शैलीमा डोजर लगाएर पल्टाइएछ, भत्काइएछ, मैले त सपना पो देखेको रहुछ जस्तो लाग्यो तर यता अग्रज बुद्धिजिवीहरुको बीचमा सपना होइन कुरा साचो हो भन्ने चर्चा भइरहेको थियो । मंथिगलमा कता–कता विद्रोहको भाव जागिरहेको छ ।
राजाको हृदयमा प्रजा हुँदैन, शत्रुको हृदयमा मित्रु हुँदैन, बिदेशीलाई स्वदेशीको माया हुँदैन भने जस्तै बाहुन क्षेत्रीको हृदयमा न्याय नहुँने रहेछ । सरकार यहाँ प्रशासन जनताको न्याय र सुरक्षा गर्न होइन, जनताहरुबाट सत्ता बचाउन शासक पहरा दिनका लागि प्रशासन रहेछ । हामीलाई यस्तो सरकार चाहिएको छैन । घरदेशको समस्या प्रदेशमा वस्नेलाई थाहा हुँदैन, प्रदेशमा बस्नेलाई घरदेशको समस्या थाहा हुँदैन । आज आफ्नै देशमा प्रदेशी बनेर रंगभेदी÷वर्णभेदी शासनको जातोमा पिसिएर मकै देखि सामल, पिठो र भुस बनिनु परेको छ । कोही चामल बनेर आफ्नो अधिकार खोज्दै चिच्याउछन, बाहुन क्षेत्रीको हरेक संयन्त्रमा पकड छ, बाहुन क्षेत्रीले सुन्दैन । पिठो बनेर जतापनि ल्यास्स टासीने, निचता स्वीकारेर अरुलाई पनि दुषित बनाउने, मैदाझै पोली माग्ने, तेलमा डुवाई माग्ने, फ्राई गरि माग्ने, मुछि माग्ने, खोले जस्तै बन्नेहरु ज्यादती सहेर बस्छ ।

धोवीको लुगा चुटाई झै फर्काई फर्काई चुटाई माग्छ, शासक मज्जाले आफ्नो सत्ता बचेकोमा पुरस्कार बितरन गर्छ र स्यावासी दिएर फुर्काइ दिन्छ अनि डण्ड दिन्छ, सुवानी बनि दिन्छ किनकी उ पिठो भइसकेको हुन्छ । बाँकी रहेको भुस हो । भुस त आगो लगाएर जलाउन पनि सजिलो हुन्छ, हावाले पनि उडाएर लान्छ, आफूलाई जोगाएर पनि राख्न सक्दैन, यस्तो मार्काकाले शत्रुको अघि बोल्न सक्दैन, लेख्न पनि सक्दैन र सत्य के हो बुझन पनि सक्दैन न बुझ्ने कोशीष नै गरेको होस । यहि इमान्दारीताको पराकाष्ट यसरी उठाइरहेका छन् ।

लोकतन्त्र खै कस्तो लोकतन्त्र ? लाग्छ बाहुनतन्त्र, ठोकतन्त्र हो । हो, यहाँ अधिकारको कुरा ज्यादा हुन्छ । समानताको कुरा हुन्छ । समानताको व्यवहारिक सिद्धान्त बुझ्न कठिन हुन्छ । एउटा राष्ट्रको विभुति, राष्ट्रको गौरव, राष्ट्रको धरोहर, राष्ट्रको सान र संसारले मानेको बुद्धले न न्याय पाएको हुन्छ । बाहिर बुद्धको नाम भजाएर शासक चोखिन्छ र राम्रो बनिदिन्छ । तालिवानी शैलीमा बुद्धका मुर्ति ढालिन्छन् । प्रशासन आफै संलग्न हुने गर्छ । २५ मे, २०१३ मा बुद्ध जयन्तिको दिन अपमानजनक रुपमा सुर्खेतको कांक्रे बिहारमा राखियको यो बुद्ध मुर्ति जिल्ला प्रशासनले उखेली जंगलमा फालेको थियो ।

तिब्र बिरोधपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा रुखमा बाधेर झुन्दाई राखेको छ । यो उदाहरण हो । भैरहवामा पनि बुद्धको मुर्ति हटाएर देवकोटाको मुर्तिलाई राख्ने प्रशासनको ग्राइन डिजाइन बनेपनि सफल भने हुन सकेको छैन । देशको एउटा चम्किलो तारा जस्ले अध्यारो औँसीको रात जस्तो निरंकुश शासनको लागि लड्ने बीर प्रथम शहिद लखन थापा मगरको शालिक अपमान जनक तरिकाले प्रशासनको पहरामा भत्काउनु र गायब बनाउनुको उद्देश्य के हो ? स्पष्ट छ ।

हिजो गोरखाको नाममा सिंगापुर बेचेर पुगेन, ब्रिटिस साम्राज्य थामिदिन बेच्यौ पुगेन, ब्रुनाइ सुल्तानको गद्दी थामी दिन बेच्यौं पुगेन, भारत बेच्यौं पुगेन, खाडी मुलुकमा बेच्यौं रेमिट्यान्स हसुरेर पुगेको छैन । तिव्रै कालो शासनको सुरक्षा दिने ढोके बनायौं भएन । युद्धमा होमाएर मार्यौ भएन, परिवार नियोजन गरायौ भएन, मंगोलहरुको जनसंख्या रोकथाम भएन भारतबाट भारतीयलाई ल्याएर लाखौ नागरिकता बाड्यौ हिन्दु जनसंख्उया बढाउन भएन । तराई मधेसमा समस्या ल्यायौ सफल भएनौ अब यसरी मूलबासीहरुलाई बिस्तारै उत्तेजीत बनाएर हिंसा भड्काउन चाहेका छौं । त्यो तिम्रो अभिष्ट अब पुरा हुँदैन सरकार अनि रक्षक प्रशासन । मानव अधिकारको पुजारी बनेर होइन मानव अधिकारको रक्षा गरेर मानवीय स्तम्भ बन्नु सिक्नु ! देशको इज्जत माथि रात दिन बलत्कार गर्न पाइन्दैन ।

तिम्रै सामु भारतबाट ४ सय बर्ष राज गरेका तिम्रै वर्णका ब्रिटिस लखेटिनु परेको थियो । त्यो दिन नफर्कियोस कि मानिसले मानिसलाई लखेटोस । भुटानीजहरुको लखेटाइमा परेको नभुल्नु, आसाम, मेघालयको घट्ना नभुल्नु, नेपाल कै सन् १९५३ सालतिर तेह्रथुम आठराईबाट लखेटि मागेको घट्न नभुल्नु । निर्मम कदम उठाउन बाध्य नपार्नु । बर्माबाट रोहिंग्यालाइ उठीबास लगाउनु परे जस्तै बाध्य नबनाइयोस । यो २१औँ शताब्दी हो । भाइचारा कायम राख्नु सबैको उतिकै दायित्व हो । यो ढुंगे युग पनि त होइन, जंगली युग पनि । सभ्यताले निकै चरण पार गरिसकेको छ ।

तन्त्रको युग भन्दा पनि यन्त्रको युगमा छौ हामी । मानवीय अस्तित्व, इतिहास र संस्कृतिलाई जवरजस्ती नष्ट गर्ने काम हुन्छ भने त्यसको परिणाम पनि सोही प्रकारको हुन्छ भनेर बुझ्ने मौका एक पटक दिइन्छ । पटक पटक दोहोरिय पछि भुल हुन सक्दैन । अटेरीपन नै हो भनेर बुझ्न सकिन्छ । हृदयभरी अपराध पालेर बसेका अलि कति पनि हृदयमा माया नभएका न्याय नभएका जो आतंकारीका पर्याय बनेर शासन सत्तालाई गुण्डाहरुको पहरामा बलियो बनाउने सोच भए त्यो अहंकार हो । अहंकार बिनाशको संकेत हो । दक्षिण अफ्रिका पनि ३५० वर्ष सम्म शासन गर्ने त्यही तिमीहरुकै वंशले घुडा टेकेर प्रायश्चित गर्दै ३५० वर्षे शासन त्याग्नु परेको थियो ।

निरंकुश र एकात्मक सोचको पराकाष्ट के हुन्छ ? लिबियाका शासक मोहम्मर गद्धाफीलाई जनता जागेर घिसारेर अवसान गरिदिए । रोडेसियामा बहुसंख्यक मूलबासी माथिको अत्याचारले थेगेन रोडेसीयाईहरु स्वतन्त्र भए, साम्राज्यवादी गोराहरुको अन्त्य भयो । इरानको शाहको दारुन कथा उस्तै छ । उनको अत्याचारले शरणार्थी हुनु पर्यो र किरा मराई मनु प¥यो । अहंकार, दम्भले होइन प्रेमले मात्र भातृत्वको बिकास गर्न सकिन्छ । आल्तुल्लाको मरण, अमेरिका भियतनाम बाट भाग्नु, इदि अमिनको शासन, युगान्डा, थाइकम्पुचिया, पाकिस्तानको जिमाउल हक जस्ता तानाशाहीहरुको अन्त्य भइसके, हिटलर शासन, रुसको जार शासनको अन्त्य भइसके ।

नेपालमा शाह, रानाको अन्त्य त भयो तर बाहुन क्षेत्रीको शासन बाँकी रहयो । जसले पंचायतको झल्को दिन्छ । जसको रिदयमा मानवता छैन, जसको देश छैन । उसैको यति ठूलो अत्याचार ? राणा शासनको अन्त्यका लागि लड्नेहरु अनुहार र रंगको कारण मृत्युडण्डको भागिदार भए । एउटा बाहुन मार्दा ७ ओटा गाई मारे सरह पाप हुने भन्दै टंकप्रसाद आचार्यलाई सामान्य सजाय मात्र हुने देश नेपाल । जहाँ लखन थापा जस्ता बिभुतिहरुको शालिक समेत देख्न रुचाउदैनन् । दया, माया, भावना मूलबासी मंगोलहरुको जस्तो हुँदो रहेछ त? बिदेशी बाहुन क्षेत्रीको शासन नेपाल खाल्डोमा १५औ शताव्दीदेखि स्विकारेर बस्ने दयालु मूलबासीहरुको छातिमाथि रात दिन परेड खेल्ने यति निरंकुश र अमानवीय, अपराधी सोच अरु कुनै मानव सभ्यतामा पाइन्दैन । हो, हामीले अत्याचार सहेर पनि सहिष्णुता कायम गरेकै हौं, दोस्रो दर्जाको नागरिक बनाइयो र पनि सद्भाव कायम राखेकै हो ।

तानाशाही शासकहरुको चोक, गल्लिमा ठडिएका शालिकहरु गर्वसाथ स्वीकारेकै थियौं । यहाँका मूलबासी मंगोलहरुले भत्काउने डोजर लगाउने र असभ्य हर्कत देखाएको छैन । कसैको धर्म माथि भौतिकरुपमा खल्वलाएको छैन । राजनैतिक रुपमा चेतको बिकास गर्न बरु लाग्यौ । भौतिक रुपमा असहिष्णुताको बातवरण कहिल्यै सृजना गरेका छैनौँ । हाम्रो मुलबासी मंगोलहरुको लागि कुनै योग्दान नगर्ने उल्टै हाम्रो भाषा, लिपी र धर्मको नष्ट गर्ने रामायण उल्थाकार भानुभक्तको शालिहरु गर्वका साथ ्रनेपालको विभिन्न जिल्लामा ठडिएका छन् । लक्ष्मी प्रसाद देवकोटाको सालिकहरु गर्वले ठडिएकै छन् । हाम्रो राज्य हडप्ने पृथ्वी नारायण शाहका शालिक गर्वले ठडिएकै छन् । बाहुन क्षेत्रीहरुको सन्तानको विजयको गाथालाई हारेर पनि सयौ बर्ष स्वीका¥यौं । मूलबासी मंगोलहरुको हृदय कति फराकिलो रहेछ । आज अधिकार माग्दा राजनैतिक तवरमा शान्तिपूर्ण ढंगले आफ्नो अधिकारको आवाज उठाउदा यति सकृर्णता देखाउनु पर्छ र ?

संसारकै क्रुर शासक हिटलरलाई देखाइन्छ । हिटलरले ६० दिनमा जम्मा ६० लाख यहुदी मारेका थिए । कम्युनिष्टहरुले ६० लाख होइन करौडौ मारेका छन् । कम्युनिष्टहरु क्रुर हुन्छन हामीले देखि पनि सकेका छौ । बन्दुकको थुतुनोबाट सत्ता कव्जा गर्नु पर्छ भन्ने मान्यता राख्ने कम्युनिष्टहरु हुन । नेपालका कम्युनिष्टका आवरणमा हिन्दुवादीहरुकै योजनामा लखन थापा मगरको सालिक ढालियो । कम्युनिष्ट भनेको गुण्डा शासन हो जुन पोखरा घट्नाले देखाएको छ । आज लखन थापा मगरको सालिक तालिवानी शैलीमा ढाल्यो ।

हिजो बुद्धको मुर्ति र गुम्बा टोढेका छन् । भोलि गंगाला, धर्मभक्त, शुक्रराज, दशरथ, रामप्रसाद, श्रीजंगाको शालिक टोढ्ने छन् । लुम्बिनी भत्काउने छन् । आतंकको सिमा रहेन । तिम्रो आतंकी शासनले कायरता प्रकट गर्दै निर्दोष शालिक नटोढ्नु बरु जीवन मंगोललाई सिधै गोली ठोक्नु !

नोट ः एमालेबाट निर्वाचित लेख्नाथ पोखराका मेयरको निर्देशनमा गए राती (सेप्टेम्बर २६, २०१७ तदनुसार २०७४ अशोज १० गते) प्रथम सहिद लखन थापा मगरको सालिक गायब बनाइएको छ । यस कार्यले करोडौ मूलबासी मंगोलहरुलाई चोट परेको छ । यसका कार्यको घोर बिरोध गदछौँ र तत्काल उक्त सालिकलाई यथास्थानमा जस्ताको त्यस्तै खडा नगरे त्यसको जिम्मेवार कास्की जिल्ला प्रशासन, नेपाल सरकार जिम्मेवार रहन समस्त मूलबासी मंगोलहरुको कडा चेतावनी समेत छ ।
source : http://www.sajhapage.com/post/142819

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्