Skip to main content

लडाई नलडिकनै लडाई जित्नु नै युद्ध कौसलता हो । - सुन्चु

मंगोलले विचारको लडाई लड्छ । बन्दुकको गोली भन्दा कयौं गुणा कलमको निभबाट जन्मेको शब्द शक्ति शालि छ । माओबादीको कथित दश वर्षे कसाई युद्ध भन्दा कलमको निभबाट जन्मिएको डा. गोपाल गुरुङको शब्द शक्ति शाली छ भन्ने प्रमाणित भएको छ । केपी ओलीले पनि नेपालमा मंगोल र आर्यन वंशज रहेको स्वीकारेको पाइयो । मूलबासी मंगोल पनि अब ब्यापक फैली
एको छ । आफूलाई समाजशास्त्री भन्ने पुङ्मांगेहरु पनि आज डा. गोपाल गुरुङको कुरामा सहमत भइरहेका छन् । देश मंगोलमय, मूलबासीमय, कुनै भेदभाव रहित कोही अछुत दलित रहित मानवीय युगको प्रारम्भ हुदैछ ।

सुन्चुको विश्व प्रसिद्ध युद्ध कलाको केही टिपोट :
"अस्तित्वको खोज ...."

– लडाईको मुख्य उद्देश्य विजय हो ।
– लडाई नलडिकनै लडाई जित्नु नै युद्ध कौसलता हो ।
– लडाईमा सबैभन्दा ठूलो कुरा सत्रुको योजना नै ध्वस्त पार्नु हो ।
– मुसाको दुलो नजिकै बिरालो बसेको छ भने संख्यामा जतिसुकै भए पनि मुसाहरु बाहिर आउने आँट गर्दैन ।
– लडाइमा निपूर्ण व्यक्तिहरुले शत्रुसंग भिडन्त नै नगरी विजय प्राप्त गर्दछन् । लामो समय खर्च नगरिकनै शत्रु राज्यलाई पल्टाइदिन्छन् ।
– आफुलाई पनि चिन । सयौं लडाई लड्यौं भने पनि तिमी कहिल्यै हार्ने छैनौ । यदि तिमीले आफुलाई चिनेका छांै तर सत्रुलाई चिनेका छैनौ भने तिमीसंग जीत हारको संभावना बराबरी छ । यदि तिमीले आफुलाई पनि चिनेका छैनौ र शत्रुलाई पनि चिनेका छैनौ भने तिम्रो हार निश्चित छ ।
– बहादुरहरु भिड्छन्, होसियारहरु प्रतिरक्षा गर्छन् र बुद्धिमानहरुले सल्लाह दिन्छन् । यसरी कसैको प्रतिभा पनि खेर जाँदैन ।
– शत्रु आउदैन भनेर कहिल्यै सोच्नु हु“दैन । सधैं सत्रुसँग भिड्न मनस्थितिमा तयार भएर बस्नुपर्छ । यो लडाईको सामान्य सिद्धान्त हो । शत्रुले आक्रमण गर्दैन भनेर कहिल्यै नसोच । आफुलाई सधैं तयार राखँ ।

अब जागौं । ....अन्तिम विकल्प मंगोल नेशनल अर्गनाइजेशनमा लाग्नु दूरदर्शी ठहर्ने छ । जै मंगोल ।।।

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन ...

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...