Skip to main content

लडाई नलडिकनै लडाई जित्नु नै युद्ध कौसलता हो । - सुन्चु

मंगोलले विचारको लडाई लड्छ । बन्दुकको गोली भन्दा कयौं गुणा कलमको निभबाट जन्मेको शब्द शक्ति शालि छ । माओबादीको कथित दश वर्षे कसाई युद्ध भन्दा कलमको निभबाट जन्मिएको डा. गोपाल गुरुङको शब्द शक्ति शाली छ भन्ने प्रमाणित भएको छ । केपी ओलीले पनि नेपालमा मंगोल र आर्यन वंशज रहेको स्वीकारेको पाइयो । मूलबासी मंगोल पनि अब ब्यापक फैली
एको छ । आफूलाई समाजशास्त्री भन्ने पुङ्मांगेहरु पनि आज डा. गोपाल गुरुङको कुरामा सहमत भइरहेका छन् । देश मंगोलमय, मूलबासीमय, कुनै भेदभाव रहित कोही अछुत दलित रहित मानवीय युगको प्रारम्भ हुदैछ ।

सुन्चुको विश्व प्रसिद्ध युद्ध कलाको केही टिपोट :
"अस्तित्वको खोज ...."

– लडाईको मुख्य उद्देश्य विजय हो ।
– लडाई नलडिकनै लडाई जित्नु नै युद्ध कौसलता हो ।
– लडाईमा सबैभन्दा ठूलो कुरा सत्रुको योजना नै ध्वस्त पार्नु हो ।
– मुसाको दुलो नजिकै बिरालो बसेको छ भने संख्यामा जतिसुकै भए पनि मुसाहरु बाहिर आउने आँट गर्दैन ।
– लडाइमा निपूर्ण व्यक्तिहरुले शत्रुसंग भिडन्त नै नगरी विजय प्राप्त गर्दछन् । लामो समय खर्च नगरिकनै शत्रु राज्यलाई पल्टाइदिन्छन् ।
– आफुलाई पनि चिन । सयौं लडाई लड्यौं भने पनि तिमी कहिल्यै हार्ने छैनौ । यदि तिमीले आफुलाई चिनेका छांै तर सत्रुलाई चिनेका छैनौ भने तिमीसंग जीत हारको संभावना बराबरी छ । यदि तिमीले आफुलाई पनि चिनेका छैनौ र शत्रुलाई पनि चिनेका छैनौ भने तिम्रो हार निश्चित छ ।
– बहादुरहरु भिड्छन्, होसियारहरु प्रतिरक्षा गर्छन् र बुद्धिमानहरुले सल्लाह दिन्छन् । यसरी कसैको प्रतिभा पनि खेर जाँदैन ।
– शत्रु आउदैन भनेर कहिल्यै सोच्नु हु“दैन । सधैं सत्रुसँग भिड्न मनस्थितिमा तयार भएर बस्नुपर्छ । यो लडाईको सामान्य सिद्धान्त हो । शत्रुले आक्रमण गर्दैन भनेर कहिल्यै नसोच । आफुलाई सधैं तयार राखँ ।

अब जागौं । ....अन्तिम विकल्प मंगोल नेशनल अर्गनाइजेशनमा लाग्नु दूरदर्शी ठहर्ने छ । जै मंगोल ।।।

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...