Skip to main content

मंगोलभुमिमा जुन दिन स्वतन्त्रताको आवाज गुन्जिनेछ

जीवन मंगोल
"उद्देश्यहिन जीवन मृत्यु हो, मृत्युु कुनै उद्देश्य होइन ।"
पृथ्वीमा पानी जम्छ, तिर्खा जम्दैन । बच्पनमा पड्दाको एउटा चलाख कागको कथा याद आउँछ । कागलाई प्यास लागेको हुन्छ, जताततै हाहाकार हुन्छ । पानी खोज्दै काग भौतारिन्छ । खोलामा जान्छ । खोला पनि सुकेको हुन्छ । कुवामा जान्छ कुवा पनि सुकेको हुन्छ । रुखको टोड्कातिर कतै जमेको छकी भनी खोज्छ कतै पानी भेट्दैन तथापि कागको प्रयास जारी नै रहन्छ । कदापि निराश हुँदैन किनकी कागलाई प्यास लागेको छ । अन्त्यमा कागले झुपडिमा एक घैटो देख्छ । कागलाई डर पनि छ । कतै मालिक देख्यो भने मेरो हालत के हुन्छ । डर के पिछे जित छ भनेझै काग उडेर घैटोको मुखमा बस्न पुग्छ । घैटोमा चिहाउछ पानी पिधमा मात्रै छ । कागले सोच्छ कि पानी त भेटियो तर पिधमा छ । घैटोमा छिर्यो आफ्नै काल । कसरी निस्किने घैटोबाट ? अर्को त्रास घैटोमा छिरेको बेला मालिक आयो भनेपनी खैरात छैन । के गर्ने प्यास जसरि मेटाउनु छ । कागले जुक्ती लगाउछ घैटोमा ढुंगा खसायो भने पिधको पानी पक्कै माथी आउँछ । त्यसपछि कागले ढुंगा ओसार्दै घैटोमा खसाउछ । नभन्दै पिधको पानी माथी आउँछ र कागले आफ्नो प्यास बडो संघर्षले मेटाउछ । पानी जम्छ प्यास कहिले जम्दैन ।
हामी मूलबासी मंगोलहरु काग झै प्यासी बन्नु पर्छ । प्यासी छौ । फेरि त्यस्तो प्यासी छौ, जुन प्यास ५ सय वर्षदेखि लागेको छ । दासत्वबाट मुक्त मानव बन्न, अन्यायको सागरदेखि न्यायको महासागरमा दुब्न चाहन्छौ । स्वतन्त्रताको प्यासी छौ, हामीलाई थाहा छ । हामी काग झै प्यासी बन्न सकेनौ । प्यास मेटाउने सोच बनायौ अपितु घैटोको पिधमा रहेको पानीलाई जसरी कागले घैटोको मुखमा निकालेर प्यास मेटाउन सफल भयो त्यसो नगरी घैटोभित्र छिर्न बल गर्दा उद्देश्यहिन जीवनमा परिणत भयो । सदियौ देखिको प्यास मेटाउने प्रयास गर्दा गर्दै पानी हाम्रो मृत्युको कारण बन्यो । शत्रुको जालमा पर्यो । किनकी प्यास मेटाउने बहानामा हामिले जुक्ती लगाउन सकेनौ ।
हो, आज बहुसंख्यक मूलबासी मंगोल प्यासी भएर पनि प्यास मेटाउन नजान्ने बनेर महारोगी बनेका छन । मालिक भइकन दास झै जीवन ब्यतित गरेको छ। प्यास मेटाउने बहानामा बिष पिए । अधिकार खोज्ने बहानामा आफै दास भए । स्वतन्त्रताको भोको भएर पनि स्वतन्त्रताको गित गाउँन डराउने अल्छी, कायर बनिदिए । हेर्नुस त घाम उदायो । जुन उदायो । तर तर हाम्रो जीवनमा कहिल्यै न्याय उदाउन सकेन । हाम्रै कारणले पनि हो । महशुस गर कि उदेश्यहिन जीवन मृत्यु हो, मृत्यु कुनै उद्देश्य होइन । यो प्रकृतिको नियम हो । हामीले लक्ष्य, समस्या र संघर्षबाट पछि हट्नु हुँदैन । महान लक्ष्यहरु, महान समस्याहरु र महानसंघर्षहरुले नै मानिसहरु महान बन्छन ।
यहाँ यस्तो रोगी बनेका छौ । जुन बाहुनबाद/हिन्दुवादको injection ले लठ्ठीएका छौ । medical science ले आविष्कार गरेको injection ले प्रत्यक्ष घोचेको देख्छौ जसले रोग नस्ट गर्दछ । तथाकथित ऋषिमुनिले आविष्कार गरेको injection देखिन्दैन परन्तु रोगी बनाइ रहन्छ । यति बिषालु छ, एकजनालाई लगाउदा आगामी पुस्तौलाई रोगी बनाउछ । जुन बिषालु injection ले समाजलाई घोची रहन्छ । जसले मूलबासी मंगोलहरु अपांग बनिरहेका छन ।
सुर्यको किरणले पोल्छ त्यो छनिक हो । हिन्दुवादको बिकरण यति भयानक छ । दिनरात पोल्छ । शितलता खोज्दा खोज्दै भौतारिए जिन्दगी गुजार्नु पर्ने । तड्पिएर मरि मरि जाग्नुपर्ने । हाम्रो समाज मरुभूमि जस्तै छ । हाम्रो अधिकारको आवाजहरु अहिले थोरै mg को injection काफी छ । कारण हामी निर्धो छौ । हामी अचेतन छौ । हामी गरिब छौ । हामी राज्यहिन छौ । हामी शुकुम्बासी छौ । हामी न्यायहिन छौ । हामी उदेश्यहिन छौ । हाम्रो जिन्दगी दास जिन्दगी हो । हाम्रो जिन्दगी बन्जर हो । हाम्रो जिन्दगी बाझो छ यधपी त्यो क्रम चलिरहेको छ । यो कसरी बन्यो । यो त त्यही बैरीले बनाएका हुन । जसले हिन्दुबाद/बाहुनबाद बनाए । प्यासि कसले बनायो यिनैले बनाए । रोगि यिनैले बनाए । पागल यिनैले बनाए । अब प्यास जसरी पनि मेट्नु छ । अस्तित्व खोज्नु छ । मंगोल प्राण धान्नु छ । स्वतन्त्रता गित गाउँनु छ ।
अब चोमोलोङ्माको शिखरबाट स्वतन्त्रताको आवाज गुन्जनेछन । छिरिमो, अनि फक्ताक्लुङहरुबाट स्वतन्त्रताको आवाज घन्किनेछन । धौलागिरी देखि स्वतन्त्रता र अस्तित्वको आवाजहरु गुन्जनेछन । अपि सैपालबाट पनि । तराईको फाटबाट स्वतन्त्रता मुक्तिको आवाज गुन्जिनेछन । पहाडको अक्करे भिरबाट पनि स्वतन्त्रता मुक्तिको आवाज गुन्जिनेछन । एक दिन मंगोल उठ्दा चोमोलुङ्मा झुक्नेछ । एक दिन लुम्बिनीले पनिमा पनि नयाँ बुद्ध पाउने छ । जुनदिन समानताको धुन बज्छ । जुन दिन स्वतन्त्रताको गित बज्छ । जुन दिन भातृत्वको एउटै टेबल बन्छ । पारुहाङ सुन्मिमाहरु पनि मुस्कुराउनेछन, हाम्रो पिता पुर्खाहरुको आत्माहरु हास्न थाल्नेछन । जय मंगोल ।
From facebook page

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्