Skip to main content

मंगोलहरुले बुझ्नु पर्ने कुरा

मंगोल नेशनल अर्गनाइजेशनको बिरोध पनि एउटा समर्थन नै हो भन्ने मैले बुझेको छु, यदि सकारात्मक बिरोध हो भने l मंगोल नेशनल अर्गनाइजेशनको जति बिरोध त्यति नै चासोको साथ् हेरिन्छ तर बिरोध गर्यो भन्दैमा कसैले पनि असभ्य ढंगले गालि गलौज, नगरौ l जसले गलत तर्क गर्छ त्यो उसको योग्यतामा भर पर्ने कुरा हो, जसले जति बुझेको छ त्यो भन्दा सभ्य प्रस्तुत हुन सक्दैन त्यस्ताहरुलाई नचलाउनु बुद्दिमानी हुन्छ किनकि "गुहु" नराम्रो बस्तु हो, फोहोर हो भन्दा भन्दै कसैले कोट्याउछ भने त्यसको उपचार गर्न सकिन्न l त्यसैले सौहार्द बातावरणमा राजनैतिक तवरले बुझेर त्यसको समाधान खोज्नेहरु हाम्रो मित्र शक्ति हुन् र हाम्रो बिरोधि होइनन भनेर मेरो व्यक्तिगत बुझाइ हो l जहाँ क्रिया त्यहाँ प्रतिक्रिया हुन्छ, यसोसले सैदान्तिक, बौद्धिक बिरोधिहरुबाट मंगोल नेशनल अर्गनाइजेशनले फाइदा लिन सक्नु पर्दछ l
मंगोल नेशनल अर्गनाइजेशनले कसैलाई खेद्ने, पिट्ने र सामाजिक सद्भाद तोड्ने सिद्धान्त लिएको होइन, जोड्न स्थापना भएको हो अर्गनाइजेशनका संस्थापक युगपुरुष(IDEAL Hero) डा. गोपाल गुरुङ जसले कहिले पनि त्यस्तो सिकाउनु भएको छैन र सत्यको उजागर गर्दा सामाजिक सद्भाव खल्बलिने हो भने हाम्रो समस्या होइन त्यो शासक बाहुन क्षेत्रीको समस्या हो त्यो समस्या व्यक्तिगत होइन राजनीतिक समस्या हो भनेर बुझ्न सक्नु पर्दछ l मंगोलहरुले लोकतन्त्र चाहेका छन्, धर्मनिरपेक्ष र प्रान्तीय सरकार चाहेका छन् तर प्रजातन्त्र अर्थात् राजतन्त्र होइन लोकतन्त्र गणतन्त्र हो l कुनै एक धर्म राप्रपा नेपाल जस्तो होइन धर्मनिरपेक्षबादी हो जो संबिधानमा उल्लेख भए जस्तो हिन्दु सनातन होइन राज्यबाट टतस्ट रहनु पर्छ भने विश्व ब्यापी मान्यतामा आधारित हो र केन्द्रिकृत होइन विकेन्द्रीकरण सिद्धान्तमा आधारित प्रान्तीय सरकार जुन लोकतन्त्र विधिको शासनभित्रको पाटो हो यहि व्यबस्थाको पक्षपाति हौ र मंगोल भन्नु जातिय होइन र जातीय व्यवस्था नेपाल र भारत त्यो पनि हिन्दुमा मात्र हुन्छ, मंगोल भनेको एक नश्ल, वर्ण अथवा एक मानव वंशज हो र हामी मंगोलहरु मूलबासी हौ र बाहिरबाट पछि भित्रिएका बाहुन क्षेत्रीले वर्ण-विभेद गरेको हुदा त्यहि वर्ण-भेदको बिरोध गरिएको हो तर त्यसलाई अनर्थ लगाएर एमएनओलाई आतंककारी संगठनको रुपमा उभ्याउने जबर्जस्ति दुस्प्रयास गरेको देखिन्छ तर सर्वोच्च अदालतमा ६ वर्ष बहस गरेर निर्वाचन आयोग संग १८ वर्ष संस्थापक डा. गोपाल गुरुङले लडेर रास्ट्रिय दलको मान्यता दिलाई सकेको हुँदा पक्कै पनि संका उपसंका गर्नु पर्ने आवश्यकता छैन र कसैले एमएनओलाई विभिन्न खालको आरोपहरु लगाउछ भने त्यो उसको अज्ञानता बोलेको भनेर बुझेको छु त्यसैले जसको अज्ञानता बोल्यो त्यसलाई छाडी दिउ जसले सैधान्तिक र बौद्धिक बहस पैरवी गर्छ उसले मंगोल नेशनल अर्गनाइजेशन एक यस्तो शक्ति हो जसले आमुल परिवर्तन ल्यावोस भनेर भित्रि चाहना राख्दछ उसलाई पनि बुझेको छु l त्यसैले सम्पूर्ण फेसबुकमा रहनु भएका मंगोल मित्रहरुलाई यहि भन्न चाहन्छु कि हामी एउटा जैतुनको रुख जस्तै बनौ, कडा चट्टानमा उम्रियको पिपल झैँ बनौ जित निश्चित छ, सकारात्मक बिरोधि र नकारात्मक बिरोधि चिनौ ! काम नपाएर दिन कटाउने उपाय लगाउनेको पछि होइन काम भएर पनि ब्यस्त मंगोलहरुलाई बिउझाएर मंगोल अभियानलाई अघि बढाउँ त्यो नै हाम्रो जितको जुइनो हो !
जै मंगोल !
गोपाल गुरुङ अमर रहुन !!
मंगोल नेशनल अर्गनाइजेशन जिन्दाबाद !!!

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन ...

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...