Skip to main content

Posts

Showing posts from August, 2017

"मंगोलको सदस्य बन्न जनाई चुडाएर आउदा त पाइन्छ होला नि ?"

एउटा वार्तालाप: "संयुक्त जातीय पार्टी नेपाल" पार्टीको अध्यक्ष अध्यक्ष क. अग्नि जीले पार्टी एकीकरणको कुरा लिएर आउनु भएछ हामी कहाँ .... पहिलो भेटमा फलाना ......पार्टीबाट आएका हौ ! हामी चाही फलाना .....संगठनबाट ! ------कुरा अघि बढ्यो, "संयुक्त जातिय पार्टी नेपाल" भनेको के हो ?" प्रश्न गरियो . जवाफमा अग्नि जीले भन्नु भयो, "विभिन्न जात जातको साझा पार्टी हो !"  हामी त लालमन घर्ति जी, शक्ति चामलिंग दाइ थियौ ..... शक्ति दाईले "जात भनेको के हो ? यसले कसरि जातीय समस्या समाधान गर्छ ? यस्तो पाराले चाहि समस्या समाधान होइन बल्झिन्छ, यसरि नेपालमा जातीय समस्या समाधान हुन सक्दैन" भन्नु भयो ....! अलि पटट नै पड्किनु भयो अग्नि जीहरूलाई अलि गारो भएछ ....! अग्निजीहरु "हामि हतारमा छौ, अहिलेलाई लाग्छौ !" भनेर भन्न थाल्नु भयो ! शक्ति दाइले "म नि हतार छु म निस्किय" भनेर बिदाबारी हुनु भयो ...!  म र लालमन जी अनि साथीहरु मात्र बाँकी छौ -"एमएनओको एजेन्डा कस्तो छ ? बुझ्न मिल्ला यदि मिल्यो भने एकता गर्न सकिन्छ ...  म चुप लागेर

एक सम्बाद प्रहार अनेक

हिजो मात्र जमलको Paradise मा पुस्तकहरु खरिद गरौं भनेर यसो छिरेको थिएँ । केही पुस्तक खरिद गर्ने मनसाय थियो । मैले खोजेको एउटा पुस्तक बारे पसलेलाई सोधे । त्यो पुस्तक रहेनछ । पसलेले भने ‘भाई यो पुस्तक पसलमा नेपालीमा लेखिएको पाइन्दैन, भोटाहिटीमा मात्र पाउछ ।’ मैले भने –‘ए ! हो दाई’ पसले भने –‘ हो त भाई’ यति कुरा भएपछि केही नभनी राजनी ति र इतिहास सम्बन्धी पुस्तक हेर्न थाले । पसलेलाई लागेछ, यो मान्छेले मेरो कुरा बुझेन । पसलेले भन्यो – ‘भाई यहाँ अंगे्रजी पुस्तक मात्र छन् ।’ अंग्रेजी चाहि अनुहार हेरेरै पढ्न आउदैन भनेर हो या किन यसो भने तुरुन्तै मैले पनि प्रश्न त गर्नै प¥यो – ‘मैले पनि खोजेको अंग्रेजी नै हो, त्यहि भएर हेर्दैछु, के हेर्न नमिल्ने हो ?’ पसलेले मुख अमिलो बनाउदै भन्यो – ‘होइन, तपाईले नेपाली खोजे जस्तो लागेर भनेको हो, अन्यथा होइन ।’ मैले भने – ‘सुरुवातमै छैन भन्ने उत्तर तपाईको मुखबाट पाइसके पछि एउटै कुरा दोहो¥याउनु भनेको पक्कै मेरो अनुहार हेरेर हो । अन्यथा होइन ।’ यति भनेर म बाहिरिए । यो कुरा मन मनै सोचे अनि यस्तै एक घट्ना याद आयो । त्यो एक वर्ष अघिको कुरा हो । पहाडदेखि झर्दै गरेको

मंगोलहरुले बुझ्नु पर्ने कुरा

मंगोल नेशनल अर्गनाइजेशनको बिरोध पनि एउटा समर्थन नै हो भन्ने मैले बुझेको छु, यदि सकारात्मक बिरोध हो भने l मंगोल नेशनल अर्गनाइजेशनको जति बिरोध त्यति नै चासोको साथ् हेरिन्छ तर बिरोध गर्यो भन्दैमा कसैले पनि असभ्य ढंगले गालि गलौज, नगरौ l जसले गलत तर्क गर्छ त्यो उसको योग्यतामा भर पर्ने कुरा हो, जसले जति बुझेको छ त्यो भन्दा सभ्य प्रस्तुत हुन सक्दैन त्यस्ताहरुलाई नचलाउनु बुद्दिमानी हुन्छ किनकि "गुहु" नराम्रो बस्तु हो, फोहोर हो भन्दा भन्दै कसै ले कोट्याउछ भने त्यसको उपचार गर्न सकिन्न l त्यसैले सौहार्द बातावरणमा राजनैतिक तवरले बुझेर त्यसको समाधान खोज्नेहरु हाम्रो मित्र शक्ति हुन् र हाम्रो बिरोधि होइनन भनेर मेरो व्यक्तिगत बुझाइ हो l जहाँ क्रिया त्यहाँ प्रतिक्रिया हुन्छ, यसोसले सैदान्तिक, बौद्धिक बिरोधिहरुबाट मंगोल नेशनल अर्गनाइजेशनले फाइदा लिन सक्नु पर्दछ l मंगोल नेशनल अर्गनाइजेशनले कसैलाई खेद्ने, पिट्ने र सामाजिक सद्भाद तोड्ने सिद्धान्त लिएको होइन, जोड्न स्थापना भएको हो अर्गनाइजेशनका संस्थापक युगपुरुष(IDEAL Hero) डा. गोपाल गुरुङ जसले कहिले पनि त्यस्तो सिकाउनु भएको छैन र सत्यको उजा

राष्ट्र मक्काउने धमिराको यस्तो रँजाई कहिलेसम्म ?

जीवन मंगोल सन् १९५९ मा गोरखाका सोझा दयालु स्वभावका धनी घले राजालाई चतुर सड्यन्त्रकारी द्रव्य शाहले ठुन्काउदै गोरखा कव्जा गरे सँगै लम्जुङ हुँदै पृथ्वी नारायण शाहका बाबु नरभुपाल शाहले नुवाकोट आक्रमण शुरु गरे सफल भएनन् । पछि त्यो अधुरो बाबुको सपना पुरा गर्न दोस्रो पटक पृथ्वी नारायण शाहले आक्रमण गरे हातमा लाग्यो शुन्य भएपछि तेस्रो पटक मात्र नुवाकोट जीते । त्यहाँबाट मंगोल मास्ने अभियान चलाएका पृथ्वी नारायण शाहकाका पछि १२ जना गद्धिमा बसेर मंगोलहरुलाई लुटे, कुटे र जंगली बनाइ दिएको इतिहास साँची छ । सन् १८०६ देखि १८४६ सम्म धेरै जसो क्षेत्रीहरु प्रधानमन्त्री बने । किनकी राजाको आज्ञा पालन गर्ने क्षेत्री भएकाले पनि बढि क्षेत्रीहरु त्यस समय प्रधान्मन्त्री बनेको देखिन्छ । एवं् प्रकारले १८४६ देखि १९५१ सम्म श्री ३ राणाहरुले चलाए । जंगवहादुर राणाले नेपाली शाहहरुले मतुवाली बनाएर, विभिन्न उपनाम दिएर खण्डीकरण गरिरहँदा त्यसलाई नयाँ ढाँचामा रुपान्तरण गरि मंगोललाई फुटालियो । हिन्दूवाद नयाँ मनुस्मृतिको रचना गरेर नेपालका भूमिपुत्र मंगोलहरुको संस्कृति, धर्म, भाषा लोप गराउने, जातिव्यवस्था छुतअछुतको व

लडाई नलडिकनै लडाई जित्नु नै युद्ध कौसलता हो । - सुन्चु

मंगोलले विचारको लडाई लड्छ । बन्दुकको गोली भन्दा कयौं गुणा कलमको निभबाट जन्मेको शब्द शक्ति शालि छ । माओबादीको कथित दश वर्षे कसाई युद्ध भन्दा कलमको निभबाट जन्मिएको डा. गोपाल गुरुङको शब्द शक्ति शाली छ भन्ने प्रमाणित भएको छ । केपी ओलीले पनि नेपालमा मंगोल र आर्यन वंशज रहेको स्वीकारेको पाइयो । मूलबासी मंगोल पनि अब ब्यापक फैली एको छ । आफूलाई समाजशास्त्री भन्ने पुङ्मांगेहरु पनि आज डा. गोपाल गुरुङको कुरामा सहमत भइरहेका छन् । देश मंगोलमय, मूलबासीमय, कुनै भेदभाव रहित कोही अछुत दलित रहित मानवीय युगको प्रारम्भ हुदैछ । सुन्चुको विश्व प्रसिद्ध युद्ध कलाको केही टिपोट : "अस्तित्वको खोज ...." – लडाईको मुख्य उद्देश्य विजय हो । – लडाई नलडिकनै लडाई जित्नु नै युद्ध कौसलता हो । – लडाईमा सबैभन्दा ठूलो कुरा सत्रुको योजना नै ध्वस्त पार्नु हो । – मुसाको दुलो नजिकै बिरालो बसेको छ भने संख्यामा जतिसुकै भए पनि मुसाहरु बाहिर आउने आँट गर्दैन । – लडाइमा निपूर्ण व्यक्तिहरुले शत्रुसंग भिडन्त नै नगरी विजय प्राप्त गर्दछन् । लामो समय खर्च नगरिकनै शत्रु राज्यलाई पल्टाइदिन्छन् । – आफुलाई पनि चिन । सयौं लडाई लड्यौं भ

दुइ महिनाको शिसु दौडेको संसारमा देख्नु भएको छ ?

-मंगोल सम्राट : डा. गोपाल गुरुङ  नयाँ नेपालको सन्दर्भमा २०६५ असार ७ गते रिपोटर्स क्लबमा मंगोल नेशनल अर्गनाइजेशनले पत्रकार सम्मेलनको आयोजना गर्यो ! फाउण्डर डा. गोपाल गुरुङले नेपालको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय साथै बाहुनबादी सामाजिक व्यवस्थाको प्रतिक झन्डा, क्यालेन्डर लगायत बिषयमा जोड तोडले कुरा राखी सके पछि पत्रकारले डा. गुरुङलाई प्रश्न गरेको केहि अंश : - पत्रकार : तपाई संग हतियार छ रे नि ?  डा. गुरुङ : हतियार भन्ने कुरा सजिलै आउने हो, पैसा ठुलो कुरा हो, पैसा भए पछि हतियार आइहाल्छ / तपाईको घर भित्र हतियार छ ! तर अहिले हामि हतियार उठाउदैनौ ! हामी हाम्रो आन्दोलन peacefully गर्छौ ! - पत्रकार : तपाइँको नाम लिएर हतियार उठाएको भन्ने छ नि ?  डा. गुरुङ : कहाँ ? -पत्रकार : खोटाङ्गमा  डा. गुरुङ : खोटाङ्गमा मंगोल नेशनल अर्गनाइजेशनले होइन / एकचोटी सगरमाथा टिभीले दियो मैले तुरुन्त कप्लेन गरेर यो हामि संग सम्बन्धित होइन है भने पछि पछि करेक्सन गरेर समाचार दियो ! - पत्रकार : नेपाल झण्डा, क्यालेन्डर चाहि कसरि अरास्ट्रिय भयो ?  डा. गुरुङ : नेपालको रास्ट्रिय झन्डा भनेको हिन्दु साम्राज्यबादीहरुले

बाहुन पञ्पमीको तथ्य

नाग पञ्पमी, गुरु पूर्णीमा, जनै पूर्णीमा रक्षा वन्धनको दिन बिदा दिनै पर्ने कारण यस्तो रहेछ । नाग पञ्चमीः बाहुनले मूलबासीको घरको ढोकाको माथि गाईको गोवरले नागको चित्र टास्ने, अनि द्रव्य पैसा, चामलले पोस्नु पर्ने दिन । तर अचम्म यो छ कि सर्प देखेपछि बाहुनले डरले सर्प रहेछ भन्दै उसको छेउ पर्दैन उल्टै भाग्छ । नाग भगवान भएपछि दुध पिलाउदै राख्नु पर्ने होइन र? अरुलाई भगवान भनेर नक्सा पुज्न लगाउनेले जमिनमा लडिरहेका वेवारिसे सर्पलाई उठाएर भगवान भनि पुज्नु प¥यो । घरमा लगेर संरक्षण गर्नु प¥यो । गाईलाई झैँ नाग भगवानलाई गरुडले खाई दिन्छ, गरुडबाट कानुन बनाएर रक्षा गर्नु प¥यो, नाग भगवानको । होइन भने मानिसलाई यसरी मूर्ख बनाउन पाइन्दैन । गुरु पुर्णिमा: संस्कृत वा बाहुन शास्त्र अनुसार गुरु भन्नाले धार्मिक पुरोहित अर्थात ब्राह्मण भन्ने बुझिन्छ । गुरु भन्नु र मान्नु बाहुनलाई पूज्य मान्नु सर्वोच्चतामा राख्नु हो । गुरु पूर्णिमा भनेको बाहुनको पूर्णिमा हो । जनै पूर्णिमाः बाहुन क्षेत्री पूरुषले जनै(मुसल्मानी साम्राज्यमा गाईको आन्द्रालाई “जनेउ” भनिन्थ्यो र जनेउ बाट अप्रभ्रंश हुदै जनै भएको हो) फेर्ने वा लगाउने द

गाई काटेर खादा हिन्दुलाई आपत्ति किन ?

जीवन मंगोल    आजभोलि मात्र होइन, गाई काट्न प्रतिवन्धको प्रारम्भ मसिना राज्यहरु गोरखा राज्यमा गाभिए पछिदेखि नै हो । खासगरी चाहि गिवार्णयुद्ध बित्रम शाहको पालामा गोवद्ध नगर्न कडा आदेश भएको थियो । तर यस्तो आदेश जारी गरेपनि गोवद्ध भने रोकिएको अहिले सम्म थाहा छैन । नेपालमा गोहत्या निषेध गरे पछि गोहत्या गर्ने र गोमासांहार गर्नेलाई “पातकी’ “नरपिसाच” भनियो र कानुनी व्यवस्थाद्वारा कठोर सजायको व्यवस्था गरिएको छ । र, गोवद्ध गरेका नागरिकलाई १२ वर्षको जेल सजाय त अहिले सम्म पनि जारी नै छ । तामाङ र सार्कीहरुलाई मरेको गाई गोरुको मासु खान अलि–अलि छुट थियो । त्यस बापत बाहुन क्षेत्रीले सिनो खाने भोटेहरु भनेर तामाङलाई घृणा गर्ने गर्थे, भने सार्कीहरु सिनो खाने गिद्ध, गन्धे भनेर घृणा अपमानको सिकार भएकै हो । तर अहिले परिस्थिति बदलिएको छ र लडेर मरेको गाईको मासु समेत खानेलाई सजाय दिन थालिएको छ । यस्तो अवस्था आइ पुग्यो कि मान्छे मार्दा सजिलो छ गाई काट्दा गोलिले चिसिनु पर्ने भयो । त्यस्तै भएको थियो गोरखाका लाक्पा तामाङलाई । आजभन्दा ३ वर्ष अघि गाई काटेर खाएको भन्दै गोलि ठोकेर लाक्पा तामा्ङलाई मर्यो । तामा