Skip to main content

गाई काटेर खादा हिन्दुलाई आपत्ति किन ?

  • जीवन मंगोल 
 आजभोलि मात्र होइन, गाई काट्न प्रतिवन्धको प्रारम्भ मसिना राज्यहरु गोरखा राज्यमा गाभिए पछिदेखि नै हो । खासगरी चाहि गिवार्णयुद्ध बित्रम शाहको पालामा गोवद्ध नगर्न कडा आदेश भएको थियो । तर यस्तो आदेश जारी गरेपनि गोवद्ध भने रोकिएको अहिले सम्म थाहा छैन । नेपालमा गोहत्या निषेध गरे पछि गोहत्या गर्ने र गोमासांहार गर्नेलाई “पातकी’ “नरपिसाच” भनियो र कानुनी व्यवस्थाद्वारा कठोर सजायको व्यवस्था गरिएको छ । र, गोवद्ध गरेका नागरिकलाई १२ वर्षको जेल सजाय त अहिले सम्म पनि जारी नै छ । तामाङ र सार्कीहरुलाई मरेको गाई गोरुको मासु खान अलि–अलि छुट थियो । त्यस बापत बाहुन क्षेत्रीले सिनो खाने भोटेहरु भनेर तामाङलाई घृणा गर्ने गर्थे, भने सार्कीहरु सिनो खाने गिद्ध, गन्धे भनेर घृणा अपमानको सिकार भएकै हो । तर अहिले परिस्थिति बदलिएको छ र लडेर मरेको गाईको मासु समेत खानेलाई सजाय दिन थालिएको छ । यस्तो अवस्था आइ पुग्यो कि मान्छे मार्दा सजिलो छ गाई काट्दा गोलिले चिसिनु पर्ने भयो । त्यस्तै भएको थियो गोरखाका लाक्पा तामाङलाई । आजभन्दा ३ वर्ष अघि गाई काटेर खाएको भन्दै गोलि ठोकेर लाक्पा तामा्ङलाई मर्यो । तामाङलाई मार्नेले राज्यबाट माफ पायो । मान्छे मार्ने उद्योगमा लागेकाहरु यसरी नै निर्धक्क साथ हिडि रहेका छन् । तर गाई गोरुको मासु खाने अहिले पनि जेलमा कच्रिनु परेको छ ।यो कस्तो कानुन हो ? यो कस्तो संस्कार हो ? यो कस्तो राज्य हो ?
मान्छे भन्दा गाई महान
मंगोलहरु गाईको मासु खान्छन् मंगोलहरुको अधिकारको कुरा हो । बाहुन क्षेत्रीले गाईको मासु खान्छन् उनीहरुको अधिकारको कुरा हो । गाई उनीहरुको आमा हुन सक्छ त्यो मान्नु र भन्नु अधिकारको कुरा हो । तर हिन्दुको आमा भन्दैमा अहिन्दुको पनि आमा हो, जसरी पनि आमा मान्नु पर्छ भन्ने अधिकार चाँहि पक्कै नहुनु पर्ने हो । यो हप्ताको पहिलो दिन पोखरामा गाई काटेर खाएको आरोपमा २ जना पक्राउ परे । १ गते दिउसो पोखरा लेखनाथ २४ स्थित सेरागाउँको जंगलमा गाई काटेर खाएको आरोपमा सेरागाउँका राम बहादुर नेपाली र कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गर्यो । गाइ काटेकै अपराध अन्तर्गत साउन ५ गते पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५ का ५८ बर्षीय राम बहादुर नेपाली, सोहि स्थानमा बस्ने ६४ बर्षीय बद्रिका नेपाली, ४८ बर्षीय पुतली नेपाली र ३१ बर्षीय कल्पना नेपाली रहेका छन् । गुल्मि जिल्लामा गाई काटेर खाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । रुरु गाउँपालिका ५ बम्घा सौरकोटका ५२ वर्षीय डम्बर सार्की, ६३ वर्षीय सन्तबहादुर नेपाली र उनका छोरा २६ वर्षीय अम्मरबहादुर नेपालीलाई प्रहरीले पक्राउ गर्यो ।
यसरी पक्राउ पर्नेलाई मुलकी ऐनको चौपाया सम्बन्धी महलको ११ अनुसार १२ बर्ष कैद सजायँ हुने कानुनी व्यवस्था छँदैछ । यी पक्राउ पर्ने सप्पै अछुत, दलित भनिएका अपमानित मंगोलहरु नै हुन् । नेपालको मूल कानुन, मुलुकी ऐनमा मान्छे मार्नेलाई पनि यति वलियो कानुन छैन । यहाँ मान्छे भन्दा गाई प्राणी महान छ । जहाँ मान्छे–मान्छेको रुपमा बाँच्न पाएको छैन । गाई त आमा भएर राज्यले नै संरक्षण गरेको छ । अब यो देशमा सम्मानपूर्वक बाँच्न गाईको जुनि लिएर जन्मनु पर्ने समय आएको छ । मान्छेले मान्छेको सम्मान पाउदो हो त अछुत भनेर कानको जालि फुटाउनु पर्ने थिएन । मान्छेलाई बलिको बोका झै बनाइन्छ र मान्छेको बलि दिइन्छ । कुन कानुनले छेकेको छ र ? २०७३ माघ २४ गते रामेछाप जिल्लाको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवा स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले मन्दिरमा रुद्री लगाएर चोखो नगरी पूजा गर्न नमिल्ने भन्दै पुजारीले कृष्णकुमारसँग पाँच हजार रुपैयाँ माग गरे । उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार दिए । यसरी मान्छेलाई कुकुर भन्दा पनि तल्लो दर्जामा राख्ने समाज अनि गाई राज्यमा बस्दा गाई जस्तो कानुनले सुसज्जित भएर बस्नु पाउनु गाई अवतार लिनु पर्ने देखिएन र ? बाहुनवादी कानुनी राज्यमा मान्छे मार्नु ठूलो कुरा होइन । गाईको मासु खानु महा अपराध हुन्छ ।
गाई मंगोलको पक्वान
हिन्दुहरुले गाईलाई लक्ष्मि अवतार अर्थात आमा मान्दछन् । गाई हिन्दुको आमा भए गोरु बाबु हो । बाबुलाई जोत्नु मिल्दैन । बेच्न पनि मिल्दैन । गोरु भए बुढो हुन्जेल जोत्ने गाई भए दुध दिन्जेल दुध खाने बेच्ने पैसो कमाउने र अन्तमा भारततिर बेचि दिने । यदि साच्चीकै आमा भए, आमालाई जस्तै घरमा ल्याएर पाल्नु पर्ने हो । कानुनी हिसावले आमाको दुध वेच्न पनि गैरकानुनी हो । गाई आमा भएपछि दुध बेच्न पाइन्छ ? तर नेपाल र भारतका बाहुन क्षेत्रीले आफ्नो आमाको दुध बेचिरहेका छन् । गाईले बाहुन क्षेत्री भगौडा भएको र कहिले युरोप हुँदै भारत र कहिले भारत हुँदै नेपाल प्रवेश गर्दा गुण लगाएको कारण आमा मानेका हो । त्यसमा आपत्ति छैन तर मंगोलको आमा नभएर पक्वान हो । मंगोलहरुको सस्कारगत हिसावले पनि गाईको मासु खान वन्देज थिएन । मंगोल राई समुदायले उधौली–उभौली या पित्र माङ गर्दा नाक्छोङले पित्र पुर्खालाई गाईको मासु बक्साउनु पर्ने चलन छ । जहाँ नाक्छोङले फलाक्दा गाईको मासु चढाउदैछु, भन्दै सुँगुर, कुखुराको मासु चढाइरहेको हुन्छ । नाक्छोङले पित्र पुर्खालाई ढाट्ने क्रममा गोरुको मासु (पाक्पासा) भनेर सुँगुर र कुखुरा दिने चलन जव गाइ काट्न प्रतिवन्ध भयो, त्यसपछि यो ढाट्ने क्रम शुरुवात भयो र अहिले पनि निरन्तर जारी छ । राईभित्रकै कुलुङहरुमा गाई पित्र बुझाउदा टाउको अनिवार्य चाहिन्थ्यो । अहिले पनि गाई काट्ने मौलोहरु पूर्वी भेगमा पाइन्छन् । त्यसकै उदाहरण ताप्लेजुङको लिङ्खीममा गाई काट्ने मौलो अझै छँदैछ । भिन्न भिन्न मंगोल समुदायका मानिसहरुले गाई खाइल्याएको र पृथ्वीनारायनको साम्राज्य विस्तारको अभियान समाप्त भए लगतै प्रतिवन्ध गर्न सुरुवात भएको इतिहासले पुष्टी गर्छ । राजेन्द्र बिक्रम शाहले गाई गोरुको सट्टा रागाको मासु खान आदेश दिएका थिए । विभिन्न ऐतिहासिक तथ्यको आधारमा मंगोलहरु गौभक्षक थिए तर हिन्दुहरुले जवरजस्ती लादेको देखिन्छ ।
गाईको मासुको असली पारखी
अहिले पनि गाईको मासु खाने बाहुन क्षेत्री प्रसस्त छन् । नेपालका ठूला–ठूला होटलहरु गाईको मासु बिना चल्दैनन् । नेपालका चर्चित सुपरमार्केटमा गाईको मासु बिक्रि वितरण भइरहेको छ । ठमेलतिरका अधिकांश रेस्टुरेन्ट, होटलमा गाईको मासु नभए होटल चल्दैन । ति ठूला होटलमा लुकी लुकी ह्वीस्की र बियर सँग गाइ गोरुको सितनसँग मस्ति गर्ने ठालू मंगोल भन्दा बाहुन क्षेत्र वेसी छन् । यस हिसावले पनि बाहुन क्षेत्री गाई गोरुको मासुको पारखी हुन् ।
अबोध प्राणीमाथि राजनीति
हिन्दु राष्ट्रवादको नारा लगाउनेहरुले बिशेष गरि अवोध जनावरलाई राजनीतिकरण गरेका छन् । भारतमा हिन्दुवादी संस्था हिन्दु महासभाले चर्को गोरक्षाको स्लोगन ल्याएको थियो । राष्ट्रिय स्वंयम सेवक सभा, भाजपा, शिवसेनाहरु गाई राजनीति गरिरहेका छन् । भारतमा हिन्दु अतिवादकै कारण विश्वसंग दुस्मन पैदा गरिरहेको छ भने नेपालका हिन्दु अतिवादी साम्राज्यवादीले हिन्दुु राष्ट्रवादको नारालाई प्रचार गरि नै रहेका छन् । राप्रपा नेपालले गाईलाई आफ्नो आमा भनेपनि उसले चुनाव चिन्ह बनाएको छ । नेपालको संविधान २०७२ मा पनि गाईलाई राष्ट्रिय जनावर बनाइ मूलुकलाई हिन्दु राष्ट्रकै रुपमा उभ्याउने बाहुन क्षेत्रीहरुको प्रयास एक पटक सफल भएको छ । गाईकै कारण प्रतिक्रान्तिको खतरा पनि उतिकै बढेको छ । अवोध प्राणीको नाममा राजनीति गर्ने खेलाडीहरुले प्रायः हिन्दु अतिवादका मतियारहरु हुन । जस्ले बहु–धार्मिकता स्वीकारर्न तयार छैनन् । जसले धर्मनिरपेक्ष स्वीकार गर्न तयार छैनन् । तिनीहरुको राजनीतिक हतियारको रुपमा अघि सार्दै अवोध गाईको राजनीति गरिरहनु तत्काललाई लाभदायक नै भएपनि भविष्यमा गाई राजनीतिले निकै शंकट निम्त्याइरहेको देखिन्छ ।
आर्य पुर्खा गोभक्षक कि गोरक्षक ?
भारतका संविधानविद बाबा साहेव अम्बेडकरले हिन्दुहरुले गाई खान्थे कि खादैन थिए भन्दा पनि किन छाडे भन्ने खोजको बिषय बताएका थिए । यसकारण आर्यन बाहुन क्षेत्रीहरुको पुर्खा गाई खान्थे भन्दा आश्चर्य मान्नु पर्दैन । पछिल्ला सुत्र साहित्य र पुराणहरु भन्दा अघि लेखिएका कथित धर्म ग्रन्थले हिन्दु समाजमा गौहत्या र गोमांसाहारको व्यापक प्रचलन भएको कुरा प्रमाणित भइ सकेको कुरा हो । त्यसताका हिन्दु समाजमा गाई गोरु मारेर त्यसको मासु नखाने व्यक्ति एउटा असल हिन्दु ठहरिदैनन्थ्यो र गाई गोरुको मासु नखाने कुनै ब्रम्हाण हुँदैनथ्यो । सिन्धु गंगाको मुहान जम्बूद्विपको क्षेत्र दशपुर निवासी राजा रन्तीेदेव ब्राह्मण संस्कृतिका पुत्र थिए । उनको कथा महाभारत शान्तिपर्व र बनपर्वमा उल्लेख भएको यो तथ्यलाई हेरौ ः
राज्ञो महान से पूर्व रन्तीदेवस्य वै द्वित ।
अहत्यहनि वध्येते द्वे सहस्रे गर्वा तथा ।
समोर्स ददतोह्यन्नं रन्तीदेवस्य नित्यशः ।
अतुला कीर्तिरभत्रृवपस्य द्विजसत्तम । – वनपर्व, २०८ः८–१०
महानदी चर्मराशेरुक्लेदात् संसृजे यतः ।
ततश्चर्मण्वतीत्येवं विख्याता सा महादनी । शान्ति पर्व २९–१२३
अर्थ ब्राह्माणपुत्र संस्कृतिका छोरा राजा रन्तीदेव अतिथि सेवाको निम्ति प्रसिद्ध थिए । रन्तीदेवको भोजनालयमा ब्राह्मणहरुलाई दैनिक भोजन गराउन दुइ हजार गाई गोरु मारिन्थ्यो । ती वध गरिएका गाई–गोरुको छाला स्याहार्न नसक्दा कुनै एक ठूलो खाल्डोमा फ्याँकिन्थ्यो । त्यो छाला कुहेर त्यहाँबाट दुर्गन्धित पानी बग्दै–बग्दै त्यहाँबाट एउटा सानो खोलाको रुप लिन्छ । अन्त्यमा त्यस नदीको नाउँ चर्मवती(अर्थात छालाबाट उत्पन्न भएको नदी) कहलाइयो । त्यस नदीको शिरलाई नै त्यहाँका मानिसहरुले चम्बल घाटी –(चम्वेदा) भन्न थाले । यसरी चर्मवतीको नाम न्वारान गरेर पवित्र गंगा राखियो । त्यसैगरी राजा रन्तीदेवको भान्साघरमा भोजन बनाउने भान्सेहरु प्रायः दुइ हजार जना थिए । ब्राह्मण अतिथिहरुको धुइरो यति साह्रो हुन्थ्यो कि भान्सेहरुलाई मासु प्¥याउन धौ–धौ परेर दया गरी आज सूपमात्र ग्रहण गर्नुहोस भनी अनुरोध गर्नु पथ्र्यो । द्रोणपर्व ६७ः१–२, द्रोणपर्व ६६ः१५–१७, शान्तिपर्व २७–२८ । “नामोंसो मधुपर्को भवती” अर्थात मासु बिनाको मधुपर्क हुन सक्दैन । अतिथि सत्कारको लागि मधुपर्क अति उत्तम मानिन्थ्यो । (बृहदारण्यक उपनिषद ६।४।१८) मा गोमांस भक्षण गर्नाले उपल्लो तहको सन्तान प्राप्त हुने सुझाएको छ ः “ये इच्छेत पुत्रोमे पण्डितो विगीतः समितिंगमः शुश्रूषितां वाचं
भाषिता जायेत, सर्वान वेदा अनुव्रतीत, सर्वमायुरियादिती,
मासोदनं पाचयित्वा सर्पिष्मन्तथ अश्वनीयताम् इश्वरी
जनयितवा औक्षेण वाऽऽर्ष मेण वा ।। अर्थात, यदि कोही आफ्नो छोरा प्रख्यात विद्वान, सबै वेदका ज्ञानी, सभाहरुमा प्रियभाषी एवं पूर्ण जीवनको रसास्वादन गर्न सक्ने जन्मियोस् भन्ने चाहना गर्छ भने उसले घ्युमा पकाएको तन्नेरी वा अझ उमेर छिप्पिएको साढेको मासु र भात खानुपर्छ जसबाट त्यस्तो सन्तान प्राप्त हुन्छ । ऋग्वेद पाचौ मण्डलमा –इन्द्रले एक सय साढेको मासु र सोमपान गरेर राक्षशहरुको बध गरेको उल्लेख छ । ऋग्वेद ८ औ र दशौं मण्डल क्रमशः –“अग्नीलाई गाई गाई र गोरु चढाइन्थ्यो ।” इन्द्रले तिम्रो साढे भक्षण गरिदेलान ।”, र बिवाहमा गोरुहरु काटिए” यसबाहेक वेदमा “गौमेदयज्ञ” को बलि चढाउने चलन थियो । सस्कृतको पुरानो विश्वकोषमा भनिएको छ–“शब्द कल्प दुधमा” गोवधयज्ञ र त्यसमा गाई काटिने गाईको विवरण दिदै “गौ” शब्दबाट गाई भन्ने बुझिने र यस्तो गाई सात खुरे वा नौ खुरे नभएको हुनुपर्ने साथै यज्ञको फल यज्ञराजका निमित्त स्वर्ग प्राप्ति हुने लेखिएको छ । ऋग्वेदमा इन्द्रले भनेका छन्, “इन्द्रणी द्वारा प्रेरणा पाउदा भएको यज्ञकर्ताहरुले मारेर पकाएको गाईको मासु खाएर म मोटाछु । उनीहरु मेरो पात्रलाई सोमले भर्ने गर्दछन्” इन्द्र– जसरी गाईहरु काटिन्छन त्यसरी नै तिम्रा आयुधले मित्रदोषी राक्षषहरु काटिए र पृथ्वीमा सदाका निमित्त लम्पसार परुन”
विवाह सस्कारको प्राचीनतम स्वरुप प्रष्ट्याउने वैदिक सुक्तहरुमा सुअवसरमा काटिएका गाईहरुको मासु पस्किने प्रचलनको उदाहरण पनि भेट्टाउन सकिन्छ । ऋग्वेद दशौ मण्डल ८५ वा सुरुत र १३ औं मन्त्रको हवाला दिदै–वैदिक कोष”ले ऋग्वेदिक युगमा विवाह सस्कारमा गाई काटिने र गाईको मासुद्वारा भोज लगाउने प्रचलन रहेको थियो । दुलाहाको मर्यादाको निमित्त विवाहको दिन गाई काट्नु पर्दछ” –गृहशुत्र । दुलहा दुलहीलाई गोरुको काचो छालामाथि राख्ने परम्परा रहेको थियो । अपस्वम्भलृ आफ्नो धर्मशुत्रमा –श्राद्धमा काटिएको गाई एक वर्षसम्मका निमित्त मृतकलाई तृप्ती गर्दछ” यर्जुवेदमा गाईको वोसोले पितृहरु तृप्त हुने र यसको परिणाम स्वरुप कर्ताको सवै मनारथ पूर्ण हुन सक्ने विवरण पाइन्छ । महिधरमा–“टाढा रहेका पितृहरुलाई गाईको छाला ल्याउ जसबाट निस्केको बोसोको बादी पितृहरुतिर बगोस र कर्ताका सबै मनोरथहरु पुरा होउन” । “हे इन्द्र यज्ञमनले तयार पारेको सोमरस र पकाएको गोरु तिमी खान्छौ ।” त्यतिमात्र होइन महाभारतमा पनि यस्तो प्रसंग पाइन्छ । जस्तैः युधिष्ठिर र पीतामह भिष्मबीच छलफल चल्दा पितृलाई के खानेकुरा श्राद्धमा चढाए पितृहरु सन्तुष्ट होलान् भन्ने कुरा आउँछ । र जवाफमा भिष्म भन्छन– “मेरो कुरा सुन, पितृको श्राद्ध गर्दा जे–जे खाने कुरा चढायो सोहीअनुसार पितृलाई फल प्राप्त हुनेछ । जस्तैः “तिलको बिजन, भात, जौ, पानी र फलफूल चढाए पितृहरु १ महिना सन्तुष्ट रहने छन् ।
यसैमा माछाको परिकार पनि थपेर पितृलाई चढाए २ महिना सन्तुष्ट रहने छन् । भेडाको मासु चढाए ३ महिना सन्तुष्ट हुनेछन् । खरायोको मासुसँग खाना चढाए ४ महिना सन्तुष्ट हुनेछन् । बोकाको मासुसँग खानेकुरा चढाए ५ महिना सन्तुष्ट रहनेछन् । सुँगुरको मासुसँग खानेकुरा चढाए ६ महिना सन्तुष्ट रहनेछन् । चराको मासुसँग खानेकुरा चढाए ७ महिना सन्तुष्ट हुनेछन् । पृशात नामक हरिणको मासुसँग खानेकुरा चढाए ८ महिना सन्तुष्ट रहनेछन् । रुरुको मासुसँग खानेकुरा चढाए ९ महिना सन्तुष्ट हुनेछन् । गाभानाको मासुसँग खानेकुरा चढाए १० महिना सन्तुष्ट हुनेछन् । यदि राँगाको मासुसँग खानेकुरा चढाए ११ महिना सन्तुष्ट हुनेछन् भने गाईको मासुसँग खानेकुरा श्रद्धापूर्वक चढाए पूरै १ वर्षभरि सन्तुष्ट हुनेछन् ।” “पभास गाईको मासु र घ्यू मिसाएको परिकार अत्यन्तै स्वादिष्ट हुन्छ । भद्रीनास नामक गोरुको मासु चढाए पितृहरू १२ वर्ष सन्तुष्ट रहनेछन् । श्राद्धका दिन पितृलाई गैँडाको मासु वा रातो बोकाको मासुसँग कलस्क नामक फुलका पत्ती चढाए उनीहरु अजम्बरी हुनेछन् । अर्थात, तिमी तिम्रा पितृलाई अजम्बरी भएर रहिरहोस् भन्ने चाहन्छौ भने रातो बोकाको मासु श्राद्धका दिन चढाउनू ।”
(महाभारत अनुशासन पर्व भाग ८८)
सथपथ ब्राह्मण ३.१.२.२१ मा ऋषि यज्ञवल्क्यले म त यो –गाईको मासु) खान्छु, किनभने यो अत्यन्तै स्वादिस्ट छ” भनेका छन् । यस्तै मज्झिमनिकाय (३।४।५), ऋग्वेद (१०।७९।६ गोमांस भक्षण भएको उल्लेख छ । सबै जसो प्राचिन हिन्दु साहित्यमा गाईको मासुको प्रयोग भएको कुरा उल्लेख भएबाट यो प्रष्ट छ कि हिन्दुहरुले गाई खान्थे ।
from : osnepal.comx

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्