Skip to main content

Posts

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

"पहिलो र एक्लो गोपाल गुरुङ"

हिन्दु रास्ट्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ । राजतन्त्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ महेन्द्र, बिरेन्द्र र ज्ञानेन्द्रलाई चुनौती दिएर लड्ने,  २० प्रतिशतको राजा भएर नबस्न चेतावनी सहित सुझाप दिने पहिलो र एक्लो गोपाल गुरुङ । लोकतन्त्र, धर्मनिरपेक्ष र संघियताको निम्ति जेल पर्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। जात भन्ने हिन्दुमा मात्र हुन्छ, मंगोलमा हुदैन, भनि चेतना छर्ने पहिलो र एक्लो गोपाल गुरुङ । बाहुन क्षेत्रीले मंगोललाई फुटाएर राज्य गरेको खुलासा गरि पुस्तक लेख्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। बाहुन क्षेत्री अल्प–संख्यक रहेको प्रस्ट्याउने मंगोल मूलबासीहरु बहु–संख्यक किटान गर्ने पहिलो र एक्लो गोपाल गुरुङ । बाहुन क्षेत्री बिदेशी हुन् भनि खुट्याउन सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। नेपालमा हिन्दुवादको आधुनिक भर्सन बाहुनबाद छ, भनेर ठोकुवा गर्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ । हिन्दु धर्म होइन बाद हो भन्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। नेपालमा वर्णभेद छ भनेर प्रस्ट्याउने पहिलो र एक्लो गोपाल गुरुङ । नेपालमा मानव अधिकार छैन भ...

मंगोलको मुख्य शत्रु हिन्दुवादी र कम्युनिष्ट

एमाले १८/१९ पहिले “ए” हटेर “माले” अर्थात बिग्रेको माले ब्रोकन माले बनेको पार्टी हो । कम्युनिष्टको खोलमा दुइ नम्बरी हिन्दु अतिवादी पार्टी पनि हो । नेपालमा संस्कृत भाषा (जस्लाई मृर्त भाषा पनि भनिन्छ) एमाले तत्कालीन महासचिव मदन भण्डारीकै पालामा स्वीकृत भएको थियो । नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको बिरोध गर्ने मध्ये एमाले राप्रपा पछिको दोस्रो पार्टी हो । महाकालीलाई भारतलाई बेच्दा केपी ओली, माधव नेपालहरु कम्ता खुशि भएका थिएनन् । महाकाली बेचे पछि माधव नेपालले भनेका थिए, ‘नेपालले स्याटेलाइटबाट विजुली बेचेर स्वीटजरल्याण्ड बनाउछ।’ एमालेका धेरै भ्रष्टचारीका नेता छन्, त्यस मध्येका बाम्देम गौतम हुन् । गौतम भ्रष्टचारी भनेर त माधव नेपालले टुडिखेलमै भनेका थिए । पटकपटक भ्रष्ट ठहरिएका बाम्देवले आफूलाई बाठो नेता भन्दै खोकेको पनि देख्छु । यो कम्युनिष्टको खोलमा अध्यात्मबादको डरलाग्दो मनोविज्ञानले चुर्लुम्म भएको पार्टी पनि हो । यस पार्टीको उद्देश्य गुण्डा गर्दी गर्नु, बितन्डा मच्चाउनु हो । राजतन्त्र र कम्युनिष्ट तन्त्र एउटै हो र नेपालमा निरंकुश कम्युनिष्ट तन्त्र फेल भइसकेपछि साईब...

प्रकृति, इश्वर र बुद्ध !

ढुंगे युग जंगली युग पछि मानव सभ्यताको युग आयो ! मानव सभ्यताको प्रारम्भ संगै दास युग, धर्म युद्धको युग, पुनर्जागरण, साम्राज्यवाद विस्तारको युग, आधुनिक युग हुदै बिज्ञान प्रब्रिधिको युगमा प्रबेस गरिसकेको भनिन्छ ! एक समय धर्म सुधारको नाममा भएका युद्धले इश्वरको अस्तित्व माथि प्रश्न उठ्यो ! मानिसहरुले इश्वरको अस्तित्व छ भनि बिश्वास गरे सामन्तीहरुले इश्वरको अस्तित्व संग जोडेर धर्मलाई सत्तारुढ गराए ! जव इश्वरको अस्तित्व बिज्ञानले भेताउन सकेन र इश्वरको औचित्य  पुस्टि हुन सकेन / त्यस पछि इश्वर (GOD )लाइ G - Generate - (श्रीष्टिकर्ता) O - Operate (पालनकर्ता/ संचालनकर्ता) D - Destroy (संहारकर्ता) नै इश्वर भनि इश्वरको प्रचार गरियो ...! त्यस दिन देखि पश्चिमाहरु धर्मको लडाई गर्ने छाडेर शिक्षातिर जोडबल गरे त्यसै दिन देखि उनीहरुको मुलुक समृद्धको बाटोमा लाग्यो . शक्ति सम्पन्न बने त्यस पछि आफ्नो प्रभुत्व फैलाउन, आफ्नो साम्राज्य फैलाउन लागे ! जुन दिन देखि पूर्वीय सभ्यताको सुरुवात भयो दुइ थरि मान्यता ... बाहुनधर्मले भगवानको प्रचार गर्यो - बुद्धले भगवान छैन भने - जसले गर्दा बुद्धमाथि प्रहार गरे - चार...

होलीकाको रगतको प्रतिक स्वरुप मनाइने रंग पर्व होली

प्रल्हादका बाबु हिरण्य कस्यपू र प्रल्हाद्की फुपु होलिका  संग होलीको प्रसङ्ग जोडेको छ / अनार्य जसलाई हिन्दुहरुले दैत्यराज हिरण्य कस्यपू भन्छन उनि बाहुन क्षेत्रीको भगवान बिष्णुको बिरोधि थिए तर बिष्णुको नाम मात्रपनि कसैले उच्चारण गर्न दण्डनीय थियो भनिएको छ / तर हिरण्य कश्यपूका छोरा प्रल्हाद चाहि बिष्णुको भक्तिमा लागेको कुरा कहा सम्म सत्य हो ? हुनत प्रल्हाद बिभिषण जस्तै नै हुन् तर, बिष् णुको नाम अरुले लिंदा दण्ड हुने तर कसरि प्रल्हादलाई सहज स्वीकारे यो पनि बडो रहस्यपूर्ण छ / बिष्णुको नाम उच्चारण गर्न प्रल्हादलाई चाहि छुट रहेको कारण प्रल्हाद पक्कै धोकेबाज थिए या फसाउन यस्तो गरियो / हिरण्य कश्यपू उनकी बहिनि होलिकाबीचको सम्बन्ध निकै राम्रो भएको पाइन्छ तर प्रल्हाद बिष्णु भक्ति भएकोले उल्लेख छ / होलिकालाई ब्रम्हाबाट आगोले पोल्न नसक्ने बरदान प्राप्त थियो रे ! समाजमा परोपकारी कार्य गर्दै हिड्दा खेरि आगलागीमा परेकाहरुको उद्दार गर्दै हिड्दा आगलागीमा परेकाहरुको उद्दार गरेर बचाउथिन तर चतुर अनार्य हिरण्य कस्यपूले बहिनिलाई फकाई फुलाई आफ्नो पक्षमा पारेको भनिन्छ / यसो हुँदा प्रल्हाद्लाईइ काखमा राखे...

हाम्रो मंगोल पुर्खा बध गरिएको दिन दशैँ कसरी मनाउनु ?

जीवन मंगोल नेपालको वर्तमान समय पनि एकात्मकवादी चिन्तन हावी भएको छ । एक धर्म, एक भाषा र एक भेष भन्ने नारा हटे पनि धर्म निरपेक्षता मुलुक घोषणा गरिएको भए तापनि त्यो व्यावहारिकतामा लागू भएको छैन । यो देशमा हिन्दुवादीको हैकम जाँतोमा अन्य धर्मलाई थिच्ने काम भइरहेको छ । त्यस्तै अहिले हिन्दूहरुको मात्र चाडलाई सम्पूर्ण नेपालीको चाड भन्ने काम व्यापक रुपमा मिडियामा भइरहेको प्रचारले एकखाले मानसिक भ्रम पैदा गराउने काम झैं भइरहेको छ । यहाँ बुझ्न जरुरी छ कि, सम्पूर्ण नेपालीको चाड भनेर अरु धर्मावलम्वी र अहिन्दू मूलवासी मंगोल समुदायहरुको आफ्नो चाडलाई मार्ने काम राज्यबाट भइरहँदा हामी भने चूप लागेर मालिकको मात्र गुण गाउने कि, सत्यतथ्य पनि बुझ्ने कोशिश गर्ने ? दशैं अर्थात् विजय दशमीको प्रादुर्भाव कसरी र कहिलेबाट भयो ? किन विजय दशमी मनाइन्छ ? यसको महत्व छ, या छैन । पहिले बुझ्न जरुरी छ । हामीले सत्यतथ्यको खोज गर्नु पर्छ कि पर्दैन ? यदि पर्ने हो भने किन खोजिँदैन ? अब यहाँ चुप लागेर बस्ने बेला होइन, यो समय भनेको । त्यसैले सत्यतथ्य जानकारी राखौं । दशै बारे असान्दर्भिक धारणा   दशैं अर्थात् विजय...

मंगोल भर्सेस आर्य संविधान

लेखक :  जीवन मंगोल नेपालमा संविधान लेखनको इतिहास धेरै लामो छैन । छोटो अवधिमा लेखिएको संविधान टीकाउ भएनन् र च्यातिए जलाइए । खरानी भए । आजसम्म ७ ओटा संविधान बनेको रेकर्ड भए पनि अबको हालको संविधान पनि त्यही हिजोको संविधानभन्दा उत्कृष्ट र अजम्बरी बन्नु सकेन । अहिन्दू मूलबासी मंगोलहरुको अधिकारलाई हत्या गरेको संविधान उत्कृष्ट हुनै सक्दैन । अहिलेसम्म पढ्न पाइएका संविधानको मर्म र भावना हिन्दूवादभित्र गुजुल्टीएको छ । संविधान निर्माण हुनु ठूलो होइन त्यसभित्र समेटिने गुदी कुरा महत्वपूर्ण हुन्छ भन्ने मान्यतामा संविधान लेखनको इतिहासमा नेपाल यस्तो देश हो जहाँ दश वर्ष टिक्न सकेको देखिँदैन । २०६२÷०६३ को आन्दोलनसँगै लेखिएको अन्तरिम संविधानलाई पनि एमएनओले आखिरीमा हिन्दू संविधान भनेको थियो । वास्तवममै संविधान हिन्दूकै थियो पनि नाम मात्रैको लोकतन्त्र गणतन्त्र संघीयता धर्मनिरपेक्षलाई बाध्यताले अटाइएको थियो ।२०४७ सालको संविधान एसियाकै उत्कृष्ट भनेर प्रचार गरिएको पुगनपुग १६ वर्षमै ध्वस्त भयो । एमएनओका कार्यकर्ताले दोलखाको चरिकोट र रुपन्देही जिल्लामा जलाउने काम गर्यो । यस संगठनका संस्थापक अध्यक्ष ...