Skip to main content

प्रकृति, इश्वर र बुद्ध !


ढुंगे युग जंगली युग पछि मानव सभ्यताको युग आयो ! मानव सभ्यताको प्रारम्भ संगै दास युग, धर्म युद्धको युग, पुनर्जागरण, साम्राज्यवाद विस्तारको युग, आधुनिक युग हुदै बिज्ञान प्रब्रिधिको युगमा प्रबेस गरिसकेको भनिन्छ !
एक समय धर्म सुधारको नाममा भएका युद्धले इश्वरको अस्तित्व माथि प्रश्न उठ्यो ! मानिसहरुले इश्वरको अस्तित्व छ भनि बिश्वास गरे सामन्तीहरुले इश्वरको अस्तित्व संग जोडेर धर्मलाई सत्तारुढ गराए ! जव इश्वरको अस्तित्व बिज्ञानले भेताउन सकेन र इश्वरको औचित्य पुस्टि हुन सकेन /
त्यस पछि इश्वर (GOD )लाइ G - Generate - (श्रीष्टिकर्ता) O - Operate (पालनकर्ता/ संचालनकर्ता) D - Destroy (संहारकर्ता) नै इश्वर भनि इश्वरको प्रचार गरियो ...!
त्यस दिन देखि पश्चिमाहरु धर्मको लडाई गर्ने छाडेर शिक्षातिर जोडबल गरे त्यसै दिन देखि उनीहरुको मुलुक समृद्धको बाटोमा लाग्यो . शक्ति सम्पन्न बने त्यस पछि आफ्नो प्रभुत्व फैलाउन, आफ्नो साम्राज्य फैलाउन लागे !
जुन दिन देखि पूर्वीय सभ्यताको सुरुवात भयो दुइ थरि मान्यता ... बाहुनधर्मले भगवानको प्रचार गर्यो - बुद्धले भगवान छैन भने - जसले गर्दा बुद्धमाथि प्रहार गरे - चार्वाक दर्शन र बुद्ध दर्शन नै यस्तो दर्शन हो जसले बाहुनको देबी भगवानको पोल खोले ! चार्वाक पूर्ण रुपमा नास्तिक हो भने बुद्ध दर्शन मध्ये मार्गीय थियो ! तर यी दर्शन माथि बाहुन धर्मको प्रहर भयो ! बुद्धलाई चोर नास्तिक भनेर भने
"यथा हि चोर, स तथा ही बुद्ध स्तथागतं
नास्तिक मंत्र विद्धि तस्माद्धि यः शक्यतामः
पर्जानाम म नास्तिके नामी मुखा बुद्धः स्यातम 

-वाल्मिकी रामायण अयोद्ध्यकाण्ड सरग ११० श्लोक ३४
बुद्धले जन्मको सिद्धान्त होइन गुण कर्मको सिद्धान्त अपनाय त्यसैले बुद्ध दर्शन फाटिलो फराकिलो बन्यो र महान बन्यो ! तर अहिले सम्म न इश्वरको अस्तित्व भेटियो न भेटिन्छ ! श्रीष्टिकर्ता, संचालन कर्ता र संहारकर्ता नै इश्वर रहेछ त्यो अरु कोहि नभएर प्रकृति रहेछ...प्रकृति र बुद्ध दर्शन चाहि मैले मानेको दर्शन भए ... !
Facebook update 13 march 2017  

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन ...

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...