Skip to main content

प्रकृति, इश्वर र बुद्ध !


ढुंगे युग जंगली युग पछि मानव सभ्यताको युग आयो ! मानव सभ्यताको प्रारम्भ संगै दास युग, धर्म युद्धको युग, पुनर्जागरण, साम्राज्यवाद विस्तारको युग, आधुनिक युग हुदै बिज्ञान प्रब्रिधिको युगमा प्रबेस गरिसकेको भनिन्छ !
एक समय धर्म सुधारको नाममा भएका युद्धले इश्वरको अस्तित्व माथि प्रश्न उठ्यो ! मानिसहरुले इश्वरको अस्तित्व छ भनि बिश्वास गरे सामन्तीहरुले इश्वरको अस्तित्व संग जोडेर धर्मलाई सत्तारुढ गराए ! जव इश्वरको अस्तित्व बिज्ञानले भेताउन सकेन र इश्वरको औचित्य पुस्टि हुन सकेन /
त्यस पछि इश्वर (GOD )लाइ G - Generate - (श्रीष्टिकर्ता) O - Operate (पालनकर्ता/ संचालनकर्ता) D - Destroy (संहारकर्ता) नै इश्वर भनि इश्वरको प्रचार गरियो ...!
त्यस दिन देखि पश्चिमाहरु धर्मको लडाई गर्ने छाडेर शिक्षातिर जोडबल गरे त्यसै दिन देखि उनीहरुको मुलुक समृद्धको बाटोमा लाग्यो . शक्ति सम्पन्न बने त्यस पछि आफ्नो प्रभुत्व फैलाउन, आफ्नो साम्राज्य फैलाउन लागे !
जुन दिन देखि पूर्वीय सभ्यताको सुरुवात भयो दुइ थरि मान्यता ... बाहुनधर्मले भगवानको प्रचार गर्यो - बुद्धले भगवान छैन भने - जसले गर्दा बुद्धमाथि प्रहार गरे - चार्वाक दर्शन र बुद्ध दर्शन नै यस्तो दर्शन हो जसले बाहुनको देबी भगवानको पोल खोले ! चार्वाक पूर्ण रुपमा नास्तिक हो भने बुद्ध दर्शन मध्ये मार्गीय थियो ! तर यी दर्शन माथि बाहुन धर्मको प्रहर भयो ! बुद्धलाई चोर नास्तिक भनेर भने
"यथा हि चोर, स तथा ही बुद्ध स्तथागतं
नास्तिक मंत्र विद्धि तस्माद्धि यः शक्यतामः
पर्जानाम म नास्तिके नामी मुखा बुद्धः स्यातम 

-वाल्मिकी रामायण अयोद्ध्यकाण्ड सरग ११० श्लोक ३४
बुद्धले जन्मको सिद्धान्त होइन गुण कर्मको सिद्धान्त अपनाय त्यसैले बुद्ध दर्शन फाटिलो फराकिलो बन्यो र महान बन्यो ! तर अहिले सम्म न इश्वरको अस्तित्व भेटियो न भेटिन्छ ! श्रीष्टिकर्ता, संचालन कर्ता र संहारकर्ता नै इश्वर रहेछ त्यो अरु कोहि नभएर प्रकृति रहेछ...प्रकृति र बुद्ध दर्शन चाहि मैले मानेको दर्शन भए ... !
Facebook update 13 march 2017  

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...