लेखक : जीवन मंगोल
नेपालमा संविधान लेखनको इतिहास धेरै लामो छैन । छोटो अवधिमा लेखिएको संविधान टीकाउ भएनन् र च्यातिए जलाइए । खरानी भए । आजसम्म ७ ओटा संविधान बनेको रेकर्ड भए पनि अबको हालको संविधान पनि त्यही हिजोको संविधानभन्दा उत्कृष्ट र अजम्बरी बन्नु सकेन । अहिन्दू मूलबासी मंगोलहरुको अधिकारलाई हत्या गरेको संविधान उत्कृष्ट हुनै सक्दैन ।
अहिलेसम्म पढ्न पाइएका संविधानको मर्म र भावना हिन्दूवादभित्र गुजुल्टीएको छ । संविधान निर्माण हुनु ठूलो होइन त्यसभित्र समेटिने गुदी कुरा महत्वपूर्ण हुन्छ भन्ने मान्यतामा संविधान लेखनको इतिहासमा नेपाल यस्तो देश हो जहाँ दश वर्ष टिक्न सकेको देखिँदैन ।
२०६२÷०६३ को आन्दोलनसँगै लेखिएको अन्तरिम संविधानलाई पनि एमएनओले आखिरीमा हिन्दू संविधान भनेको थियो । वास्तवममै संविधान हिन्दूकै थियो पनि नाम मात्रैको लोकतन्त्र गणतन्त्र संघीयता धर्मनिरपेक्षलाई बाध्यताले अटाइएको थियो ।२०४७ सालको संविधान एसियाकै उत्कृष्ट भनेर प्रचार गरिएको पुगनपुग १६ वर्षमै ध्वस्त भयो । एमएनओका कार्यकर्ताले दोलखाको चरिकोट र रुपन्देही जिल्लामा जलाउने काम गर्यो । यस संगठनका संस्थापक अध्यक्ष डा. गोपाल गुरुङले १९९० मै दरवारीय बाहुनक्षेत्री कांग्रेस, एमाले बाहुन क्षेत्रीको त्रिपक्षीय सम्झौता पत्र बताएर विरोध गरे साँच्चै त्रिपक्षीय पत्र नै प्रमाणित भयो ।
२०७२ असोज ३ गते तामझमका साथ दोस्रो संविधानसभाबाट नयाँं संविधान जारी भयो । अन्तत्वगत्व फेरि पनि पुरानो बोतलमा नयाँ लेभल टासेजस्तै मात्रै बन्यो । ६५ वर्षपछिको जनताको चाहनापूरा भएको दिग्भ्रमित प्रचारवाजी मात्रै भयो । संविधानलाई ओल्टाइ पल्टाई पढ्दा गहुँत छरेर बाहुन चोखिएजस्तै मात्रै रहेछ । बरु अन्तरिम हिन्दू संविधान २०६३ भन्दा पनि अपवित्र संविधान पो जारी भएको रहेछ । कमसेकम अन्तरिम संविधानले प्रदान गरेको अधिकार व्यवहारिकता नआए पनि कमसेकम अटेको थियो तर नयाँ संविधानमा अटाउनै सकेन । यसपछि त झन् मूलबासी र मंगोल अस्तित्वको विरुद्ध ‘खस आर्य’ संविधान बन्न गयो । लोकतन्त्र ठोकतन्त्रमा परिणत भयो । लोकतन्त्र परिभाषा नै बद्लिएको छ । लोकतन्त्र भनेको ‘जनताद्वारा जनताको निम्ति जनताको’ हो । बाहुनक्षेत्रीको परिभाषाले चाँही ‘बाहुनद्वारा बाहुनको निम्ति बाहुनको’ जस्तो भएको छर्लंगै भएको छ कि यिनीहरुको व्यवहार र गराइले ।
लोकहित विरुद्धको संविधान बनाएर लाज नमानी विश्वकै उत्कृष्ट संविधान भन्न रामचन्द्र पौडेल जस्ता अदुरदर्शी बाहुनले भ्याए । उनको दुरदर्शीता भएको भए यसो भन्दैन थिए । जबकि यो संविधान जारी भयो भने के हुन्छ भन्ने सोच आउनु पर्ने थियो । भारतमा आरएसएस, शिवसेना, बजरंग दल, सनातन संस्था, विश्वहिन्दू महासंभाको सक्रियतासँगै भारतमा असहिष्णुताको राजनीति बढेको विश्लेषण भइरहँदा नेपालमा तराईमा चलिरहेको आन्दोलन र अघोषित नाकाबन्दीको तानाबुना बुन्ने नेता दलहरु आखिर यिनकै निर्देशनमा चलेको स्पष्ट छ ।
यिनकै निर्देशनमा अर्थात विश्व हिन्दू महासंभाकै दवावमा धर्मनिरपेक्ष विरोधी नाराहरु चलाइयो अदृश्य रुपमा । त्यसैको परिणाम धर्मनिरपेक्षलाई खुइल्याइयो । नाम मात्रै भए पनि ८ वर्षसम्म धर्म निरपेक्ष राष्ट्र नेपाल फेरि हिन्दू राष्ट्र, सनातन राष्ट्र बनाइयो । हिन्दुत्व मिश्रित परिभाषाले नयाँ संविधानलाई दुर्नाम बनायो । त्यसैको प्रतिफल संविधानको मुख्य मुद्दामध्ये एक धर्म निरपेक्षलाई भाग (१) नेपाल राज्य अन्तर्गत ‘धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक, स्वतन्त्रता सम्झनुपर्छ’ भनेर स्पष्टीकरण लेखियो ।
धर्मनिरपेक्षको मौलिक परिभाषालाई परिवर्तन गर्दै हिन्दुकृत परिभाषामा बदलियो । यस किसिमको धुर्त चतुर्याइले अर्काे प्रतिक्रान्ति निन्त्याउने काम बाहेक अरु के होला र ? कति दिनको लागि यस्ता जनता घाट्ने हो र ? घुमाई फिराई हिन्दुत्व लाद्न बाहुन सफल भए पनि त्यसको परिणाम भोग्न बाँकी नै छ ।
संविधानको धारा ८ र ९ मा पनि आर्यहरुलाई र हिन्दूहरुलाई प्रतिबिन्वित गर्ने अराष्ट्रिय चिन्हहरु छन् । बाहुन क्षेत्रीको मात्र प्रतिनिधित्व गर्ने झण्डा, हिन्दूलाई एक धर्मलाई प्राथमिकतामा राख्दै गाईलाई यथावतरुपमा राष्ट्रिय जनावर राख्नु हिन्दुत्वकै प्रतिक हुन् यिनलाई यथावत राखिनुले सम्पूर्ण नेपालीको संविधान भन्न मिल्दैन । समावेशीको हकमा, धर्मनिरपेक्षताको हकमा, लोकतन्त्रको हकमा पनि यो संविधान हिन्दू संविधान नै हो । २० प्रतिशत बाहुन क्षेत्रीको अधिकार अझ सुनिश्चित गरेको छ । मंगोलहरुको अधिकार समाप्त भएको छ । होइन भने नयाँ भनिएको संविधानले मंगोल अस्तित्वलाई खोइ स्वीकारेको ?
गाईको मासु त आफै लडेर मरे पनि त्यसको धनी जेल जानु पर्ने दिन आउन थालेका छन् । गौहत्या कसुरमा दैलेख मालीका ५ का चन्द्रबहादुर शाहीलाई न्यायाधीश विश्वमंगल आत्रेयको इजलासले मंसिर ९ गते १२ वर्ष जेल सजायको फैसला सुनायो । शाहीले खानका लागि गाई काटेका पनि होइनन तर धेरै दुःख दिएकाले गोठमा बाँधेर पिट्दा कुट्दा अचानक गाई मरेको थियो । आफ्नो रिसले आफैलाई खती अर्काेतिर १२ वर्षको सजाय यस्तो हिन्दुवादी कानुन जनता भोग्न विवश छन् । गाई गोरुको मासु खानु मात्र अपराध होइन सामान्य कुट्दा मरेको पनि महा अपराध भयो ।
जति एउटा भ्रष्टाचारीलाई त्यति सजाय नै नहुने देशमा यसैले प्रमाणित गर्दछ कि नघुमाई भन्दा यो हिन्दूराष्ट्र हो । स्वतन्त्रताको उपभोग गर्ने समेत नदिने हिन्दू साम्राज्यवादको जग बलियो बनाउने नजादिँदो काइदा भन्नुपर्ला ! अझै गाई गोरु काट्न बन्देज छ, जबसम्म मुलुकी ऐन, चौपाया महलको ११ नम्बर खारेज हुँदैन तबसम्म लडेर मरेको मासु खान बन्देज हुनेछ । अहिन्दू मूलबासी मंगोलहरुमाथिको घुमाउरो अतिक्रमणको नयाँ श्रृंखला भनेपछि हुन्छ ।
नेपाल यस्तो देश बनाए विदेशी आर्यन बाहुन क्षेत्रीले ३ करोड जम्मा जनसंख्या नभएको मुलुकमा ३३ करोड भगवान हुन्छन् । एकजनाकै भागमा लाख भगवान पर्न जान्छ । तर ती लाखौं भगवानले एउटा व्यक्तिलाई बचाउन सक्ने होइन । विपत्ति आयो भगवानले टारेको अहिलेसम्म इतिहास छैन । तर यिनीहरुको दिमागमै यस्तै मात्र खेलिरहेको हुन्छ त्यसैकारण राम्रो सोच आउँदैन । मंगोलकै विरुद्ध लाग्छन् । यो संविधान धेरै उत्कृष्ट बन्नु पथ्र्याे रत किन बनेन भन्नु भन्दा यस्तै संस्कारमा पालिएकाले बनेन भन्दा अतियोशक्ति होला ।
यो संविधानले मंगोलको विरोध गर्दछ किनकि मंगोल संविधानिक भाषा होइन, यसल स्थान पाएको छैन । तर बाहुन क्षेत्री वा खस आर्यले संवैधानिक मान्यता पायो यसकारण मंगोल विरुद्धको खस आर्य संविधान पनि हो । ‘मंगोल’ शब्द हिजो पनि साम्प्रदायिक भाषा थियो बाहुनक्षेत्रीका लागि आज त झन ‘खस आर्य’ संविधानमै लेखेर मंगोल विरुद्ध युद्धको संखघोष नै गरेका हुन् विदेशी बाहुन क्षेत्रीले । मंगोल र मूलबासी शब्दले वर्षाैदेखि संघर्ष गर्दा शान्तिपूर्ण ढंगबाट प्राप्त नहुने तर जातीय कुरा साम्प्रादायिक भन्ने बाहुन क्षेत्री नेताहरुले आज सुटुक्कै घुसाएका छन् ।
हिजोसम्म मंगोल अस्तित्व स्वीकार नहुनेहरु आज आर्य अस्तित्व एकाएक आवश्यक भयो आखिर किन ? दीर्घराज प्रसाई, मोदनाथ प्रश्रित खुलेरै मंगोलको विरोध गर्छन्, मंगोलले मंगोल भन्नु बेकार छ भनेर लेख लेखेको पाइन्छ । मंगोल संगठन खोल्न पनि बेकार भनेर विरोध गरेको भएतापनि अन्ततः खस आर्य समाजको आवश्यक किन पर्यो । नभन्दै संविधान नै खस आर्यमय भयो । यदि इमान्दारी सोच बोकेका हुन्थ्यो भने पक्कै संविधानमा मंगोल अस्त्वित्व अटाउने थियो । तर इमान्दारिता शुन्य भएकै कारण मंगोल अस्तित्व अटेन । जस्तो भाग ३ धारा १८ (३), धारा ४२ (१), धाराा १७३(६) र भाग ८ धारा ८४ (२) मा खस आर्यले स्थान पायो । खस आर्यको स्पष्टीकरणमा ‘खस आर्य भन्नाले क्षेत्री, बाहुन, ठकुरी, सन्यासी, दशनामी समुदाय, भनेर स्पष्ट उल्लेख छ । यसरी लेखेकोमा ठूलो आपत्ति होइन तर कति इमान्दारिता छ भन्ने कुरा मूलबासी मंगालहरुले बुझ्न नितान्त जरुरी देखिन्छ । यतिधेरै चलाखी देखाउनै पर्दैन । शासन व्यवस्थाका धारा उपधाराको कुरै नगरौं ति सबै हात्तीका देखाउने दाह्रा मात्रै हुन् ओलीको मन्त्रीमण्डले उल्लंघन गरिसकेको छ । कही नभाको हाँडी गाउँमा जात्रा भनेजस्तै ५ जना उपमन्त्री कही नभएको रेकर्ड नै बनाएका छन् ।
भाषाका सवालमा धारा ७(१) मा देवनागरी लिपी भनिनु यो पनि हिन्दूत्वकै प्रभाव हो । देवनागरी लिपी भन्नुको मतलब देवताहरु प्रयोग गरेको लिपी भनिएको होइन र ? यस विषयमा कमैले बुझेका होलान । तर बुझ्नेहरुका लागि इसारा नै काफी छ । धारा ८ मा यथावत राखिएको झण्डा जुन अराष्ट्रिय झण्डा हो । यसलाई परिवर्तन गर्न एमएनओले प्रस्ताव गरेको थियो यद्यपि यसप्रति बाहुनक्षेत्रीको ध्यान गएको छैन । धाराका उपधारामा उल्लेख भएका प्रतिक पहिलेकै प्रभाव मानी निरन्तरता हो ।
नागरिकता सम्बन्धी थुप्रै बसह पनि यस समय भइरहेको छ । नागरिकताको सवालमा एमएनओले पनि आवाज उठाउँदै आएको भएता पनि यस मुद्दाप्रति यो संविधानमा समावेश हुन सकेन । डा. गोपाल गुरुङले उठाउनु भएको दोहोरा नागरिकता अनिवार्य लागू गर्नुपर्ने हुन्छ । यो सवाल डा. गुरुङको कालजयी पुस्तक ‘नेपाली नाजनीतिमा अदेखा सचाइ’मा उठाइएको हो । यो कुरा संबिधानसभामा बुझाएको १८ बुँदे पत्रमा पनि समावेश छ । संविधानको धारा १४ मा भएको व्यवस्थाले बाध्यताले संसारभर छरिएर बसेका नेपालीहरुलाई आफ्नै मुलुकमा झमेला मात्रै होइन । विदेशीलाई दिने देखिन्छ । यस धाराको गेसोले पनि विरोध जनाएको छ । विरोध जनाउनुको कारण पनि यही हो । विशेष गरेर गोर्खाहरु विश्वको कुनै पनि मुलुकमा रहरले होइन बाध्यताले प्रवासी जीवन बिताउनु परेको हो । यसर्थ अनिवार्य रुपले दोहोरो नागरिकताको व्यवस्था हुन जरुरी थियो र छ । तर अहिलेको प्रावधानले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनले बाहेक अन्यले जन्म र वंशजको आधारले मात्र नागरिकता पाउने व्यवस्थाले बाध्यतामा परेर संसारका जहाँसुकै बसेर पनि आफ्नो देशमा आउन चाहनेलाई विदेशी बनाउने खेल मात्र भएको छ । मंगोलहरु नै प्रायः चारो खोजी खाने शीलसिलामा अग्रपंक्तिमा रहेकाले यदि यस्तो गरिएको हुनसक्छ । तर यता भारतबाट हिन्दूको संख्या बढाउन दिनप्रतिदिन नागरिकता बाँडिएका कुरा पनि प्रकाशमा आइरहेका छन् ।
अर्काे महत्वपूर्ण बुँदा राष्ट्रिय सम्वत, पोशाकको सम्बन्धमा संविधान मौन छ । तर यस विषयमा पनि अत्यन्तै षड्यन्त्रपूर्ण ढंगले गर्न खोजिएकोछ । सम्वतलाई हालको विक्रम सम्वतलाई हटाएर अर्कै सम्वतको संविधानमा व्यवस्था गरिनु र राष्ट्रिय पोशाकको सम्बन्धमा सबैको मौलिकलाई प्राथमिकता नदिनु र राजस्थानी पोशाकलाई नै लाद्ने दुस्प्रयास भएको छ । यस कारण यो संविधान हिन्दू संविधान हो । यसलाई संशोधनमार्फत तत्काल नसच्याए जलाउनुको बाहेक अर्काै विकल्प हुन सक्दैन । यस्ता अत्यन्तै घातप्रतिघात चरित्रबाट निर्माण भएको खस आर्य संविधानले प्रतिक्रान्ति निम्त्याउनु भन्दा अरु केही प्रगति हुन सक्दैन । पूर्वाग्राही हिन्दू मानिसिकताबाट लेखिएको संविधान मंगोलहितार्थको उग्रविरुद्ध छ । हिन्दू मानसपटलबाट आयातीत अत्यन्तै विषालु धारा उपधाराबाट यथार्थपरक स्वीकार्न सक्दैन । यथार्थपरक मंगोल राष्ट्रवाद विना नेपाल माग्ने देशमा परिणत हुन्छ । अन्ततः विशेषता नै यही बन्छ । यसकारण मंगोल राष्ट्रवाद पहिलो आवश्यक हो । मंगोलवादको अर्थ यो होइन खस आर्य जस्तो पूर्वाग्राही होइन, सह–अस्तित्व स्वीकारेको हुनेछ ।
Copy From nepaliheadlines
@
Comments
Post a Comment
Thank you for Comment