Skip to main content

हाम्रो मंगोल पुर्खा बध गरिएको दिन दशैँ कसरी मनाउनु ?


नेपालको वर्तमान समय पनि एकात्मकवादी चिन्तन हावी भएको छ । एक धर्म, एक भाषा र एक भेष भन्ने नारा हटे पनि धर्म निरपेक्षता मुलुक घोषणा गरिएको भए तापनि त्यो व्यावहारिकतामा लागू भएको छैन । यो देशमा हिन्दुवादीको हैकम जाँतोमा अन्य धर्मलाई थिच्ने काम भइरहेको छ । त्यस्तै अहिले हिन्दूहरुको मात्र चाडलाई सम्पूर्ण नेपालीको चाड भन्ने काम व्यापक रुपमा मिडियामा भइरहेको प्रचारले एकखाले मानसिक भ्रम पैदा गराउने काम झैं भइरहेको छ । यहाँ बुझ्न जरुरी छ कि, सम्पूर्ण नेपालीको चाड भनेर अरु धर्मावलम्वी र अहिन्दू मूलवासी मंगोल समुदायहरुको आफ्नो चाडलाई मार्ने काम राज्यबाट भइरहँदा हामी भने चूप लागेर मालिकको मात्र गुण गाउने कि, सत्यतथ्य पनि बुझ्ने कोशिश गर्ने ? दशैं अर्थात् विजय दशमीको प्रादुर्भाव कसरी र कहिलेबाट भयो ? किन विजय दशमी मनाइन्छ ? यसको महत्व छ, या छैन । पहिले बुझ्न जरुरी छ । हामीले सत्यतथ्यको खोज गर्नु पर्छ कि पर्दैन ? यदि पर्ने हो भने किन खोजिँदैन ? अब यहाँ चुप लागेर बस्ने बेला होइन, यो समय भनेको । त्यसैले सत्यतथ्य जानकारी राखौं ।
दशै बारे असान्दर्भिक धारणा 
दशैं अर्थात् विजय दशमीलाई मान्यजनहरुबाट आशीर्वाद लिने अर्थात दिने भनी परिभाजित गर्ने गरेको पाइन्छ । यसलाई सम्पूर्ण नेपालीको महान चाड भनेर हिन्दू आर्य बाहुन क्षेत्रीहरुले प्रचार गर्ने गरो छन् । रातो रंगमा मुछिएका अक्षता चामल निधारमा टाँसेर उत्सव मनाउँदा अनेकौं काल्पनिक कथाहरु जोडिई आइरहेको यो कथित विजय दशमी के हो त ? केस्रा केस्रा केलाउँदै जानु आवश्यक देखिन्छ । यहाँ दशैंलाई अनेकौं देवदेवी र देवासुर अर्थात देवता र राक्षसको लडाइँसँग जोड्ने गरिन्छ । यी देव, देवी, देवता र राक्षससँग दशैं कतिको सम्बन्धित छ त ? कति सत्य छ त ? हिन्दुहरुले दावी गरे अनुसार दानवराज शुम्भ निशुम्भलाई देव गणको आक्रमणमा देवी भगवतीले दशौं दिनमा बध गरी विजय प्राप्त गरेको खुशियालीमा विजयोत्सवको रुपमा दशैं मानिएको भनी ब्याख्या गरिएको भए तापनि यदि त्यसो हो भने वैदिक सभ्यताको विकास त भारतमै भएको हो । नेपालमा सोही अनुरुप मानिएको हो । भनिरहँदा भारतका हिन्दुहरुले किन दशैं पर्व मान्दैनन् ? त्यस्तै अयोध्याका राजा वेश्यपुत्र वशिष्ठकै चेला रामचन्द्रले नवरात्रीभर दुर्गा भवानीको आराधना गरी दशौं दिनमा लंकाका राजा रावणको वध (षडयन्त्र) गरी भाई विभिषणद्वारा मराइएका) गरेको दिनको सम्झना स्वरुप कथित हिन्दूहरुले विजयोत्सव दशैं मनाइएको धारणा भए पनि त्यत्ति सान्दर्भिक देखिँदैन । रामचन्द्रले षडयन्त्र गरी रावणका आफ्नै भाई विभिषणद्वारा चैत्र कृष्ण पक्ष औसीका रात रावणको हत्या भयो तर ६ महिनापछि असोजमा कसरी उत्सव मनाए होला ? यदि यसो हो भने सत्यको नजिक पुग्न कम्तीमा पनि असोजमै रावणको हत्या भएको हुनु पर्छ । यसकारण आसन्दर्भिक, अवसरवादी, अवैज्ञानिक ठहर्छ । यी काल्पनिक सत्य भन्दा अन्यथा केही होइन र यी घटनासँग दशैंको कुनै सम्बन्ध रहँदैन ।

रातो टिका र सेतो टिकाको प्रसंग 
नेपालका अल्पसंख्यक बाहुन क्षेत्रीले लगाउने रातो टिका हो । यसको ऐतिहासिक पृष्ठभूमि अत्यन्तै भयावह छ । सन् १४९५ मा अलाउदिन खिल्जीको आकर्मणबाट बँच्न पश्चिम नेपालको भीरकोटमा शरणार्थीको रुपमा भित्रिएको ६४ वर्षको अन्तरालमा सन् १५५९ (अराष्ट्रिय संवत अर्थात उज्यनी राजा विक्रमादित्यको नामबाट प्रचलनमा ल्याइएको विक्रम संवत १६१६ को आश्विन २७ गते) का दिन द्रव्य शाहले गोरखाका घले राजालाई षडयन्त्रपूर्ण तरिकाले निर्मम हत्या गरेका थिए । मुख्य गणेश पाण्डे र नारायण अर्यालको भूमिकामा घलेको हत्या भयो । घटना नवमीका रातमा घटेको थियो । त्यस्तै रातभर खडकुलामा घलेको रगत जम्मा गरी दशमीको दिन जीतको खुशियालीमा घले राजाको रगतमा अक्षेता चामल मुछी टिका लगाउँदै उत्सव मनाउने औपचारिकता द्रव्य शाहले दिएका हुन् । तर यस कुरालाई समेत इतिहासकारहरुले लुकाएका छन् । लिगलिग कोटमा बर्षैपिच्छे दौडेर राजा हुने चलन थियो ।

>त्यही दौड प्रतियोगितामा जो दौडेर छिटो पुग्थ्यो त्यही राजा हुने चलन थियो । यस्तै द्रव्य शाहले पनि दौडेर घले राजालाई जिती गोरखाका राजा भएको भन्दै काल्पनिक इतिहास लेखेर भ्रम फैलाइएको छ । यो सत्य होइन । द्रव्य शाहले दौडेर राजा भएको कुरा सत्य होइन । द्रव्य शाहले दौडेर राजा भएको भए घलेलाई मार्नै पर्ने आवश्यकता नै थिएन । बाहुन र क्षेत्री बाहेक सबै मंगोलहरु बुद्धिष्ट हुन् । बुद्धिष्टलाई हिन्दु बनाउने अभियान नै त्यतिखेरबाट प्रारम्भ भयो । लमजुङका गुरुङ राजाले यस कार्यको घोर विरोध गर्दा नरहरि शाहले गुरुङ राजाको हत्या गरी चेपे नदीमा फालेको लमजुङका गुरुङहरु आज पनि स्वीकार गर्दछन् ।
त्यत्तिमात्र नभएर त्यो खोलाको पानी समेत अहिलेसम्म नखाएको बताउँछन् । यसरी २२से २४से राज्यका अहिन्दु बुद्धिष्टहरुलाई हत्या गर्दै दर्शै मान्न लगाउँदा बाध्यतावश शान्तिका लागि दहीमा चामल मुछी सेता टिका लगाउँदा त्यसैले निरन्तरता पायो । पश्चिममा मात्र सीमित फैलिदै पूर्वमा खम्बु र लिम्बूहरुमा समेत लाद्ने काम भयो । शाहवंशीय क्षेत्रीहरुको शेषपश्चात राणाहरुले समेत त्यसलाई निरन्तरता दिँदै दशैंलाई अनिवार्य मान्नुपर्ने र नमान्नेलाई दण्ड दिन्थे राणाहरुले । दशैंको विरोध गर्दा वि.सं.१८६७ मा रिदाम्मा रामहालीहाङलाई ज्यूँदै झुण्ड्याएर निर्मम हत्या गरेका थिए । अहिलेसम्म घरको बाहिरबाट भित्ता (वाल) मा ५ औलाको छाप हान्ने चलन देख्न सकिन्छ । पहिले पहिले दशैं मनायो या मनाएनन्, मार हान्यो वा हानेनन् भन्ने थाहा पाउन यस्तो व्यवस्था राणाहरुले बनाएका थिए । मार हान्नेले घरका भित्तामा छाप हानेको हुन्थ्यो भने दशै मनाएको ठहथ्र्यो । यस्ता अनेकौं घटनाहरु छन् । यहाँ आजसम्म पनि प्रष्ट बुझ्न किन नसकेका वा नचाहेको ? अहिलेसम्म पनि बाहुन क्षेत्री मगर समुदायलाई गोरखामा झिकाई गोरखाबाट कथित विजय दशमी भन्दा ३ दिन अगाडी नै काठमाडौंको हनुमान ढोकामा फुलपाती भित्र्याउने प्रचलन रहेको छ । हिजो त्यही मगर काटेर राज्य शक्ति कब्जा गरेको शाहले हो । अहिले त्यही मगरलाई प्रयोग गरेर बाहुन र क्षेत्रीले दही जमाएर राज्य सत्तामा बसेको मगरहरु बेखबर छन् । मगर चाहिँ बाहुनकै हनुमान बन्न योग्य हो त ?
हुन त राई, लिम्बू, गुरुङहरु पनि हनुमान नै हो तर बढी चाहिँ मगर समुदायमै यो लागु भएको देखिन्छ । राई लिम्बूको हकमा भन्ने हो भने काले राई जस्ता बकमफुसे कथित विद्वानले त झन् राई लिम्बू पनि तागाधारी हुन् भनेर ठूलै तहल्का मच्चाएको कुरा सायद धेरैले बिर्सेका छ्रैनन् । जे होस् अहिलेसम्मको इतिहासले के बताउँछ भने मंगोलहरु दानी र परोपकारी भएको ठहर्दछ । तर, ज्ञानी चाहिँ कहिल्यै बनेनन् । अन्त्यमा आजसम्म हामी अहिन्दु मूलवासी मंगोलहरुमाथि भएको थिचोमिचो बर्णभेदको विरुद्ध बाहुन क्षेत्रीले ५ सय वर्षदेखि हाम्रो पूर्खालाई हत्या गर्दै, सताउँदै, लडाउँदै आएको हिन्दुवाद र बाहुनवादको अन्त्य नहुन्जेल अहिन्दु मूलवासी मंगोलहरुले मुक्ति पाउने संभावना देखिँदैन ।
तसर्थ यो दशैंलाई पूर्ण रुपमा वहिष्कार गरौं । यो हिन्दूहरुको चाड हो । सम्पूर्ण नेपालीहरुको होइन । अहिन्दू मूलवासी (बाहुन क्षेत्री बाहेक) मंगोलहरु पूर्खाको हत्या भएको दिनलाई विजयोत्सव मनाउन अपमान मात्र होइन, महा अपराध हो । त्यसकारण हाम्रा ती पूर्खाको सम्मान र सम्झनाका लागि शोक मनाउन जरुरी छ र त्यो अभियान पनि सुरुआत भइसकेको छ । नेपालमा मात्र होइन, सिक्किम, दार्जिलिङ्गसम्म हावा चलि सकेको छ । पक्कै पनि एक दिन पूरै नेपालमा आँधीको रुप लिनेछ।
mnokhotang@gmail.com
-Copy @esamata

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...