Skip to main content

होलीकाको रगतको प्रतिक स्वरुप मनाइने रंग पर्व होली


प्रल्हादका बाबु हिरण्य कस्यपू र प्रल्हाद्की फुपु होलिका
 संग होलीको प्रसङ्ग जोडेको छ / अनार्य जसलाई हिन्दुहरुले दैत्यराज हिरण्य कस्यपू भन्छन उनि बाहुन क्षेत्रीको भगवान बिष्णुको बिरोधि थिए तर बिष्णुको नाम मात्रपनि कसैले उच्चारण गर्न दण्डनीय थियो भनिएको छ / तर हिरण्य कश्यपूका छोरा प्रल्हाद चाहि बिष्णुको भक्तिमा लागेको कुरा कहा सम्म सत्य हो ? हुनत प्रल्हाद बिभिषण जस्तै नै हुन् तर, बिष्णुको नाम अरुले लिंदा दण्ड हुने तर कसरि प्रल्हादलाई सहज स्वीकारे यो पनि बडो रहस्यपूर्ण छ / बिष्णुको नाम उच्चारण गर्न प्रल्हादलाई चाहि छुट रहेको कारण प्रल्हाद पक्कै धोकेबाज थिए या फसाउन यस्तो गरियो /
हिरण्य कश्यपू उनकी बहिनि होलिकाबीचको सम्बन्ध निकै राम्रो भएको पाइन्छ तर प्रल्हाद बिष्णु भक्ति भएकोले उल्लेख छ / होलिकालाई ब्रम्हाबाट आगोले पोल्न नसक्ने बरदान प्राप्त थियो रे ! समाजमा परोपकारी कार्य गर्दै हिड्दा खेरि आगलागीमा परेकाहरुको उद्दार गर्दै हिड्दा आगलागीमा परेकाहरुको उद्दार गरेर बचाउथिन तर चतुर अनार्य हिरण्य कस्यपूले बहिनिलाई फकाई फुलाई आफ्नो पक्षमा पारेको भनिन्छ / यसो हुँदा प्रल्हाद्लाईइ काखमा राखेर आगोमा पस्ने निधो भयो होलिकाको / राम्रो काम गर्न बरदान पाएको होलिकाले बाटो बिराईन रे ! प्रल्हादलाई होलिकाले काखमा राखेर आगो सल्काउदा होलिका दन दनी जलिन रे तर प्रल्हादलाई आगोले जलाउन सकेन भनेर बकवास ग्रन्थहरु लेखेर अनार्य हामी मंगोलहरुलाई कति झुट कुरा सिकाएका छन् ./ कश्यपू र होलिकालाई राक्षश र नराम्रो रुपमा जसरि पनि प्रचार गर्नु साथै ति बिष्णु भक्ते पाखण्डी प्रल्हाद चाहि त्यो आगोमा होलिका संगै किन जलेनन ? के आगोमा होलिका जल्नु तर प्रल्हाद नजल्नु के यो सत्य हुन सक्छ ? कल्पना गर्नुस - आगोमा परेको व्यक्ति जल्दैन भन्ने प्रमाण के छ ? होइन भने कसरि जलेनन होलिका संगै अझ होलिकाको काखमा रहेका प्रल्हाद ? यो सरासर बकवास हो होलिकालाई सध्यंत्र गरेर दहन गरिएको थियो बिष्णु र ति पाखण्डी लोभी बिष्णुका भक्त प्रल्हादले ! प्रल्हाद बिष्णुको भक्त भएकाले उनको प्रशंसा गरेका छन् तर कश्यपू बिष्णुको बिरोधि हुने बितिकै दैत्य राक्षश भनेर भनियो / छोरा प्रल्हादलाई प्रयोग गरेर बाउ मराउने दुस्टकाम गरेको थियो ! बाबु कश्यपू र फुपु होलिकालाई मार्ने त्यो पाखण्डी प्रल्हादलाई बिष्णुले प्रयोग गरेर दहन गरेको हुँदा होलि मंगोलले मान्नु पक्कै उचित हुन्दैन भन्ने मेरो मान्यता हो ! होलिका हाम्रै पुर्खा हो जो अनार्य हुन् ! आफ्नै पुर्खा मारियाको जलाइएको दिनलाई कसरि खुसि मान्नु हुन्छ कसरि सत्यको जित भन्दै मान्नु हुन्छ ? जवकि सत्यताको जित हुन्दैन होइन त्यो त सिधै कश्यपू र होलिकाको कार्यबाट आरिशले जले पछि बिष्णुले सध्यंत्र गरि गरि दाजु बहिनीलाई मारेको कुरालाई कुनै पनि हालतमा हामीले भुल्नु पुर्खाको अपमान हो !
#जय_मंगोल

२२ मार्च २०१६ मा प्रकाशित जीवन मंगोलको फेसबुकबाट

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...