Skip to main content

"पहिलो र एक्लो गोपाल गुरुङ"

हिन्दु रास्ट्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ ।
राजतन्त्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ

महेन्द्र, बिरेन्द्र र ज्ञानेन्द्रलाई चुनौती दिएर लड्ने, 
२० प्रतिशतको राजा भएर नबस्न चेतावनी सहित
सुझाप दिने पहिलो र एक्लो गोपाल गुरुङ ।
लोकतन्त्र, धर्मनिरपेक्ष र संघियताको निम्ति
जेल पर्ने पहिलो र एक्लो गोपाल गुरुङ ।।
जात भन्ने हिन्दुमा मात्र हुन्छ, मंगोलमा हुदैन,
भनि चेतना छर्ने पहिलो र एक्लो गोपाल गुरुङ ।
बाहुन क्षेत्रीले मंगोललाई फुटाएर राज्य गरेको
खुलासा गरि पुस्तक लेख्ने पहिलो र एक्लो गोपाल गुरुङ ।।
बाहुन क्षेत्री अल्प–संख्यक रहेको प्रस्ट्याउने
मंगोल मूलबासीहरु बहु–संख्यक किटान गर्ने
पहिलो र एक्लो गोपाल गुरुङ ।
बाहुन क्षेत्री बिदेशी हुन् भनि खुट्याउन सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।।
नेपालमा हिन्दुवादको आधुनिक भर्सन बाहुनबाद छ,
भनेर ठोकुवा गर्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।
हिन्दु धर्म होइन बाद हो भन्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।।
नेपालमा वर्णभेद छ भनेर प्रस्ट्याउने पहिलो र एक्लो गोपाल गुरुङ ।
नेपालमा मानव अधिकार छैन भनि मानव अधिकारको निम्ति,
लड्ने पहिलो र एक्लो गोपाल गुरुङ ।।
नेपालमा दुइ ओटा रेसका मानव बंश छन् भनि मानव शास्त्रीय
खोज अनुसन्धान गर्ने र स्पस्ट र ठोकुवा गर्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।
संसारमा ३ रेस को मानव बंश उत्पति भएको छ भनि ठोकुवा गरि,
मानवशास्त्रीय चिन्तनमा समेत प्रस्ट विचार अघि सार्ने
पहिलो र एक्लो गोपाल गुरुङ ।।
दुनियालाई मन्त्री बनाउने आफु चाहीँ पर्दा पछाडि बस्ने पहिलो र एक्लो गोपाल गुरुङ ।
सधै अरुको भलाइ चाहने गोपाल गुरुङ
सधै आफ्नो समस्यालाई दबाएर
अरुको समस्यालाई बुझ्ने गोपाल गुरुङ
अन्तत्वगत्वा एक सरो कपडा बाहेक
र एक मुठी प्राण बाहेक न सम्पति थियो
न घर नै थियो
थियो त गोपाल गुरुङको बिचारको आफन्त थियो ।
त्यो पनि पहिलो र एक्लो गोपाल गुरुङ
उहाँ मरेर जादा केहि लगेर जानु भएन
उहाँले मरेर जादा सबथोक दिएर जानु भयो !
सबै चिजको बन्दोबस्त गरि जानु भयो !
अब त भौतिक शरीर पनि बिलिन भयो
अब त कंकाल मात्र बाँकी होला
तर उहाँको अधुरा अपुरो सपना
जीवित भएर बाचेका छन्,
उहाँको बिचारहरु जीवित छन्
हाम्रो हृदयमा मुटु बनि बसेकाछन !
उहाँ पहिलो र एक्लो न्याय प्रेमी,
शान्तिप्रेमी बुद्ध जस्तै सत्यबादी गोपाल गुरुङ ! !
अप्रिल २, २०१७ को फेसबुक स्टाटस 
यो भिडियो पनि हेर्नुस: 

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...