Skip to main content

"पहिलो र एक्लो गोपाल गुरुङ"

हिन्दु रास्ट्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ ।
राजतन्त्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ

महेन्द्र, बिरेन्द्र र ज्ञानेन्द्रलाई चुनौती दिएर लड्ने, 
२० प्रतिशतको राजा भएर नबस्न चेतावनी सहित
सुझाप दिने पहिलो र एक्लो गोपाल गुरुङ ।
लोकतन्त्र, धर्मनिरपेक्ष र संघियताको निम्ति
जेल पर्ने पहिलो र एक्लो गोपाल गुरुङ ।।
जात भन्ने हिन्दुमा मात्र हुन्छ, मंगोलमा हुदैन,
भनि चेतना छर्ने पहिलो र एक्लो गोपाल गुरुङ ।
बाहुन क्षेत्रीले मंगोललाई फुटाएर राज्य गरेको
खुलासा गरि पुस्तक लेख्ने पहिलो र एक्लो गोपाल गुरुङ ।।
बाहुन क्षेत्री अल्प–संख्यक रहेको प्रस्ट्याउने
मंगोल मूलबासीहरु बहु–संख्यक किटान गर्ने
पहिलो र एक्लो गोपाल गुरुङ ।
बाहुन क्षेत्री बिदेशी हुन् भनि खुट्याउन सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।।
नेपालमा हिन्दुवादको आधुनिक भर्सन बाहुनबाद छ,
भनेर ठोकुवा गर्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।
हिन्दु धर्म होइन बाद हो भन्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।।
नेपालमा वर्णभेद छ भनेर प्रस्ट्याउने पहिलो र एक्लो गोपाल गुरुङ ।
नेपालमा मानव अधिकार छैन भनि मानव अधिकारको निम्ति,
लड्ने पहिलो र एक्लो गोपाल गुरुङ ।।
नेपालमा दुइ ओटा रेसका मानव बंश छन् भनि मानव शास्त्रीय
खोज अनुसन्धान गर्ने र स्पस्ट र ठोकुवा गर्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।
संसारमा ३ रेस को मानव बंश उत्पति भएको छ भनि ठोकुवा गरि,
मानवशास्त्रीय चिन्तनमा समेत प्रस्ट विचार अघि सार्ने
पहिलो र एक्लो गोपाल गुरुङ ।।
दुनियालाई मन्त्री बनाउने आफु चाहीँ पर्दा पछाडि बस्ने पहिलो र एक्लो गोपाल गुरुङ ।
सधै अरुको भलाइ चाहने गोपाल गुरुङ
सधै आफ्नो समस्यालाई दबाएर
अरुको समस्यालाई बुझ्ने गोपाल गुरुङ
अन्तत्वगत्वा एक सरो कपडा बाहेक
र एक मुठी प्राण बाहेक न सम्पति थियो
न घर नै थियो
थियो त गोपाल गुरुङको बिचारको आफन्त थियो ।
त्यो पनि पहिलो र एक्लो गोपाल गुरुङ
उहाँ मरेर जादा केहि लगेर जानु भएन
उहाँले मरेर जादा सबथोक दिएर जानु भयो !
सबै चिजको बन्दोबस्त गरि जानु भयो !
अब त भौतिक शरीर पनि बिलिन भयो
अब त कंकाल मात्र बाँकी होला
तर उहाँको अधुरा अपुरो सपना
जीवित भएर बाचेका छन्,
उहाँको बिचारहरु जीवित छन्
हाम्रो हृदयमा मुटु बनि बसेकाछन !
उहाँ पहिलो र एक्लो न्याय प्रेमी,
शान्तिप्रेमी बुद्ध जस्तै सत्यबादी गोपाल गुरुङ ! !
अप्रिल २, २०१७ को फेसबुक स्टाटस 
यो भिडियो पनि हेर्नुस: 

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...