Skip to main content

Posts

मंगोलको मुख्य शत्रु हिन्दुवादी र कम्युनिष्ट

एमाले १८/१९ पहिले “ए” हटेर “माले” अर्थात बिग्रेको माले ब्रोकन माले बनेको पार्टी हो । कम्युनिष्टको खोलमा दुइ नम्बरी हिन्दु अतिवादी पार्टी पनि हो । नेपालमा संस्कृत भाषा (जस्लाई मृर्त भाषा पनि भनिन्छ) एमाले तत्कालीन महासचिव मदन भण्डारीकै पालामा स्वीकृत भएको थियो । नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको बिरोध गर्ने मध्ये एमाले राप्रपा पछिको दोस्रो पार्टी हो । महाकालीलाई भारतलाई बेच्दा केपी ओली, माधव नेपालहरु कम्ता खुशि भएका थिएनन् । महाकाली बेचे पछि माधव नेपालले भनेका थिए, ‘नेपालले स्याटेलाइटबाट विजुली बेचेर स्वीटजरल्याण्ड बनाउछ।’ एमालेका धेरै भ्रष्टचारीका नेता छन्, त्यस मध्येका बाम्देम गौतम हुन् । गौतम भ्रष्टचारी भनेर त माधव नेपालले टुडिखेलमै भनेका थिए । पटकपटक भ्रष्ट ठहरिएका बाम्देवले आफूलाई बाठो नेता भन्दै खोकेको पनि देख्छु । यो कम्युनिष्टको खोलमा अध्यात्मबादको डरलाग्दो मनोविज्ञानले चुर्लुम्म भएको पार्टी पनि हो । यस पार्टीको उद्देश्य गुण्डा गर्दी गर्नु, बितन्डा मच्चाउनु हो । राजतन्त्र र कम्युनिष्ट तन्त्र एउटै हो र नेपालमा निरंकुश कम्युनिष्ट तन्त्र फेल भइसकेपछि साईब...

प्रकृति, इश्वर र बुद्ध !

ढुंगे युग जंगली युग पछि मानव सभ्यताको युग आयो ! मानव सभ्यताको प्रारम्भ संगै दास युग, धर्म युद्धको युग, पुनर्जागरण, साम्राज्यवाद विस्तारको युग, आधुनिक युग हुदै बिज्ञान प्रब्रिधिको युगमा प्रबेस गरिसकेको भनिन्छ ! एक समय धर्म सुधारको नाममा भएका युद्धले इश्वरको अस्तित्व माथि प्रश्न उठ्यो ! मानिसहरुले इश्वरको अस्तित्व छ भनि बिश्वास गरे सामन्तीहरुले इश्वरको अस्तित्व संग जोडेर धर्मलाई सत्तारुढ गराए ! जव इश्वरको अस्तित्व बिज्ञानले भेताउन सकेन र इश्वरको औचित्य  पुस्टि हुन सकेन / त्यस पछि इश्वर (GOD )लाइ G - Generate - (श्रीष्टिकर्ता) O - Operate (पालनकर्ता/ संचालनकर्ता) D - Destroy (संहारकर्ता) नै इश्वर भनि इश्वरको प्रचार गरियो ...! त्यस दिन देखि पश्चिमाहरु धर्मको लडाई गर्ने छाडेर शिक्षातिर जोडबल गरे त्यसै दिन देखि उनीहरुको मुलुक समृद्धको बाटोमा लाग्यो . शक्ति सम्पन्न बने त्यस पछि आफ्नो प्रभुत्व फैलाउन, आफ्नो साम्राज्य फैलाउन लागे ! जुन दिन देखि पूर्वीय सभ्यताको सुरुवात भयो दुइ थरि मान्यता ... बाहुनधर्मले भगवानको प्रचार गर्यो - बुद्धले भगवान छैन भने - जसले गर्दा बुद्धमाथि प्रहार गरे - चार...

होलीकाको रगतको प्रतिक स्वरुप मनाइने रंग पर्व होली

प्रल्हादका बाबु हिरण्य कस्यपू र प्रल्हाद्की फुपु होलिका  संग होलीको प्रसङ्ग जोडेको छ / अनार्य जसलाई हिन्दुहरुले दैत्यराज हिरण्य कस्यपू भन्छन उनि बाहुन क्षेत्रीको भगवान बिष्णुको बिरोधि थिए तर बिष्णुको नाम मात्रपनि कसैले उच्चारण गर्न दण्डनीय थियो भनिएको छ / तर हिरण्य कश्यपूका छोरा प्रल्हाद चाहि बिष्णुको भक्तिमा लागेको कुरा कहा सम्म सत्य हो ? हुनत प्रल्हाद बिभिषण जस्तै नै हुन् तर, बिष् णुको नाम अरुले लिंदा दण्ड हुने तर कसरि प्रल्हादलाई सहज स्वीकारे यो पनि बडो रहस्यपूर्ण छ / बिष्णुको नाम उच्चारण गर्न प्रल्हादलाई चाहि छुट रहेको कारण प्रल्हाद पक्कै धोकेबाज थिए या फसाउन यस्तो गरियो / हिरण्य कश्यपू उनकी बहिनि होलिकाबीचको सम्बन्ध निकै राम्रो भएको पाइन्छ तर प्रल्हाद बिष्णु भक्ति भएकोले उल्लेख छ / होलिकालाई ब्रम्हाबाट आगोले पोल्न नसक्ने बरदान प्राप्त थियो रे ! समाजमा परोपकारी कार्य गर्दै हिड्दा खेरि आगलागीमा परेकाहरुको उद्दार गर्दै हिड्दा आगलागीमा परेकाहरुको उद्दार गरेर बचाउथिन तर चतुर अनार्य हिरण्य कस्यपूले बहिनिलाई फकाई फुलाई आफ्नो पक्षमा पारेको भनिन्छ / यसो हुँदा प्रल्हाद्लाईइ काखमा राखे...

हाम्रो मंगोल पुर्खा बध गरिएको दिन दशैँ कसरी मनाउनु ?

जीवन मंगोल नेपालको वर्तमान समय पनि एकात्मकवादी चिन्तन हावी भएको छ । एक धर्म, एक भाषा र एक भेष भन्ने नारा हटे पनि धर्म निरपेक्षता मुलुक घोषणा गरिएको भए तापनि त्यो व्यावहारिकतामा लागू भएको छैन । यो देशमा हिन्दुवादीको हैकम जाँतोमा अन्य धर्मलाई थिच्ने काम भइरहेको छ । त्यस्तै अहिले हिन्दूहरुको मात्र चाडलाई सम्पूर्ण नेपालीको चाड भन्ने काम व्यापक रुपमा मिडियामा भइरहेको प्रचारले एकखाले मानसिक भ्रम पैदा गराउने काम झैं भइरहेको छ । यहाँ बुझ्न जरुरी छ कि, सम्पूर्ण नेपालीको चाड भनेर अरु धर्मावलम्वी र अहिन्दू मूलवासी मंगोल समुदायहरुको आफ्नो चाडलाई मार्ने काम राज्यबाट भइरहँदा हामी भने चूप लागेर मालिकको मात्र गुण गाउने कि, सत्यतथ्य पनि बुझ्ने कोशिश गर्ने ? दशैं अर्थात् विजय दशमीको प्रादुर्भाव कसरी र कहिलेबाट भयो ? किन विजय दशमी मनाइन्छ ? यसको महत्व छ, या छैन । पहिले बुझ्न जरुरी छ । हामीले सत्यतथ्यको खोज गर्नु पर्छ कि पर्दैन ? यदि पर्ने हो भने किन खोजिँदैन ? अब यहाँ चुप लागेर बस्ने बेला होइन, यो समय भनेको । त्यसैले सत्यतथ्य जानकारी राखौं । दशै बारे असान्दर्भिक धारणा   दशैं अर्थात् विजय...

मंगोल भर्सेस आर्य संविधान

लेखक :  जीवन मंगोल नेपालमा संविधान लेखनको इतिहास धेरै लामो छैन । छोटो अवधिमा लेखिएको संविधान टीकाउ भएनन् र च्यातिए जलाइए । खरानी भए । आजसम्म ७ ओटा संविधान बनेको रेकर्ड भए पनि अबको हालको संविधान पनि त्यही हिजोको संविधानभन्दा उत्कृष्ट र अजम्बरी बन्नु सकेन । अहिन्दू मूलबासी मंगोलहरुको अधिकारलाई हत्या गरेको संविधान उत्कृष्ट हुनै सक्दैन । अहिलेसम्म पढ्न पाइएका संविधानको मर्म र भावना हिन्दूवादभित्र गुजुल्टीएको छ । संविधान निर्माण हुनु ठूलो होइन त्यसभित्र समेटिने गुदी कुरा महत्वपूर्ण हुन्छ भन्ने मान्यतामा संविधान लेखनको इतिहासमा नेपाल यस्तो देश हो जहाँ दश वर्ष टिक्न सकेको देखिँदैन । २०६२÷०६३ को आन्दोलनसँगै लेखिएको अन्तरिम संविधानलाई पनि एमएनओले आखिरीमा हिन्दू संविधान भनेको थियो । वास्तवममै संविधान हिन्दूकै थियो पनि नाम मात्रैको लोकतन्त्र गणतन्त्र संघीयता धर्मनिरपेक्षलाई बाध्यताले अटाइएको थियो ।२०४७ सालको संविधान एसियाकै उत्कृष्ट भनेर प्रचार गरिएको पुगनपुग १६ वर्षमै ध्वस्त भयो । एमएनओका कार्यकर्ताले दोलखाको चरिकोट र रुपन्देही जिल्लामा जलाउने काम गर्यो । यस संगठनका संस्थापक अध्यक्ष ...

मंगोल पिता डा. गोपाल गुरुङ मेरो मन मस्तिष्क

मंगोल मुक्तिदाता युगपुरुष डा. गोपाल गुरुङ हामी माझ नरहनु भएको भएता पनि उहाँको विचारहरु सधैं मंगोल सन्ततिको निम्ति अनमोल छन् । प्रेरणादायी छन् । मंगोल अस्तित्वको लडाईमा जीवनको सम्पूर्ण समय खर्चेर कुनै लाभको पद नलिने नेता हुनु हुन्थ्यो । उहाँ राजगद्दी ताकेको आरोपमा र सामप्रदायिक जस्ता आरोप लाग्ने पहिलो नेपाली भनेर चिनिनु हुन्छ । राजगद्दी ताकेको आरोप खेप्ने डा. गोपाल गुरुङलाई मंगोलहरुले उहाँको नाम लिन समेत डराएको कुरा जगजाहेर छ । पुस्तक लेखेर जेल पर्ने महामानव डा. गुरुङले विभिन्न समयमा भुमिगत पनि वस्नु पर्यो । उहाँलाई मार्न रामचन्द्र पौडेलहरु लागि परेका थिए भनिन्छ – उहाँ भद्रगोल जेलमा हुँदा गोपाल गुरुङलाई जेलमा सडा र मार्नु पर्छ । तर मार्न चाहि आँट गरेनन् । पञ्चायतकालमा निर्भिकता पूर्वक नलडेको भए र डा. गुरुङ नजम्मिएको भए यो मुलुकका मूलबासी मंगोलहरु अन्धकारमा रहन्थे भन्ने विद्वानवर्गले पनि भन्ने गरेका छन् । डा. गुरुङ नेपाली राजनीतिमा वर्तमानमा जे भइरहेको छ त्यसको मुख्य सुत्रधार हुनु हुन्थ्यो । आज नेपाली राजनीतिमा उहाँको खाचो महशुस गरेको छु । लोकतन्त्रक/गणतन्त्र, धर्मनिरपेक्ष र संघीयताको प...

अहिन्दु बुद्धिष्टहरु माथि हिन्दुरुको बक्रदृष्टि

नेपाल बहुसंख्यक मूलवासी मंगोलहरुको देश हो । मूलवासी मंगोल समुदायहरु विशेष बुद्ध धर्मावलम्वी र प्रकृतिपूजक हुन् । पृथ्वीनारायण शाह भन्दा पहिले मूलवासी मंगोल समुदायमा हिन्दू कथित धर्मको विजारोपण भएको थिएन । काठमाडौ खाल्डोमा नेवार समुदायहरुमा पहिलो पटक घुसपैठ गराइयो । नेवारहरुलाई हिन्दू कर्मकाण्डमा विलय गराउन नेवार राजा जयस्थिति मल्लको मुख्य भूमिका थियो । त्यो समयमा ब्रम्हाणहरु भारतको कन्याकुञ्जबाट झिकाई काठमाडौं खाल्डोका नेवारलाई चार वर्ण १८ जातमा घोषणा गरेर जनैदेखि सबै फुक्नेसम्मको पानी चल्ने र नचल्ने बाराबारको स्थितिमा पुर्याउने दुस्ट्याई काम भएको थियो । - जीवन मंगोल समय र परिस्थिति अनुरुप देशको हित हुने काम भन्दा अहित हुने काम गर्नु यो देशका शासकहरुको गद्दारीपन हो । नेपाललाई हिन्दू राष्ट्र अभियान लगभग पृथ्वीनारायण शाहकै पालादेखि हो । पृथ्वीनारायण शाहले नेपाल असली हिन्दुस्तान भएको फोस्रा नारा लगाएको लगभग अतित नै भइसक्यो । पृथ्वीनारायण शाहकै पालादेखि धार्मिक अतिक्रमणको विजारोपण गर्ने काम भयो । प्राचीनकालमा नेपाल धार्मिक स्वतन्त्र राष्ट्र थियो । बुद्ध जन्मेको देशमा कहिल्यै बु...