नेपाल बहुसंख्यक मूलवासी मंगोलहरुको देश हो । मूलवासी मंगोल समुदायहरु विशेष बुद्ध धर्मावलम्वी र प्रकृतिपूजक हुन् । पृथ्वीनारायण शाह भन्दा पहिले मूलवासी मंगोल समुदायमा हिन्दू कथित धर्मको विजारोपण भएको थिएन । काठमाडौ खाल्डोमा नेवार समुदायहरुमा पहिलो पटक घुसपैठ गराइयो । नेवारहरुलाई हिन्दू कर्मकाण्डमा विलय गराउन नेवार राजा जयस्थिति मल्लको मुख्य भूमिका थियो । त्यो समयमा ब्रम्हाणहरु भारतको कन्याकुञ्जबाट झिकाई काठमाडौं खाल्डोका नेवारलाई चार वर्ण १८ जातमा घोषणा गरेर जनैदेखि सबै फुक्नेसम्मको पानी चल्ने र नचल्ने बाराबारको स्थितिमा पुर्याउने दुस्ट्याई काम भएको थियो ।
-जीवन मंगोल
समय र परिस्थिति अनुरुप देशको हित हुने काम भन्दा अहित हुने काम गर्नु यो देशका शासकहरुको गद्दारीपन हो । नेपाललाई हिन्दू राष्ट्र अभियान लगभग पृथ्वीनारायण शाहकै पालादेखि हो । पृथ्वीनारायण शाहले नेपाल असली हिन्दुस्तान भएको फोस्रा नारा लगाएको लगभग अतित नै भइसक्यो । पृथ्वीनारायण शाहकै पालादेखि धार्मिक अतिक्रमणको विजारोपण गर्ने काम भयो ।
प्राचीनकालमा नेपाल धार्मिक स्वतन्त्र राष्ट्र थियो । बुद्ध जन्मेको देशमा कहिल्यै बुद्ध राष्ट्र भएन तर सबै सम्प्रदायमा भाइचारा कायम रहेको एवम् स्वतन्त्र अभिभाज्य मुलुक थियो । सबै समुदायका आ–आफ्नै धर्म र संस्कारहरु मान्ने मनाउने स्वतन्त्रता थियो आफ्नै भाषा लिपिहरु सम्बद्र्धन गर्ने स्वतन्त्रता थियो । नेपाल बहुसंख्यक मूलवासी मंगोलहरुको देश हो । मूलवासी मंगोल समुदायहरु विशेष बुद्ध धर्मावलम्वी र प्रकृतिपूजक हुन् । पृथ्वीनारायण शाह भन्दा पहिले मूलवासी मंगोल समुदायमा हिन्दू कथित धर्मको विजारोपण भएको थिएन । काठमाडौ खाल्डोमा नेवार समुदायहरुमा पहिलो पटक घुसपैठ गराइयो । नेवारहरुलाई हिन्दू कर्मकाण्डमा विलय गराउन नेवार राजा जयस्थिति मल्लको मुख्य भूमिका थियो । त्यो समयमा ब्रम्हाणहरु भारतको कन्याकुञ्जबाट झिकाई काठमाडौं खाल्डोका नेवारलाई चार वर्ण १८ जातमा घोषणा गरेर जनैदेखि सबै फुक्नेसम्मको पानी चल्ने र नचल्ने बाराबारको स्थितिमा पुर्याउने दुस्ट्याई काम भएको थियो । नेवारहरुभित्र छुतअछुत सानो ठूलोको भेदभावको प्रचलनको सुरुआत भइसकेको थियो । नेवारहरुको मात्र थर ३४ वटा छ । ३४ थरका नेवार मध्येमा सबैभन्दा सानो भनिने धोवी, तेली आदि इत्यादिलाई हेयको दृष्टिले हेर्ने घृणा गर्ने अछुतको व्यवहार गर्ने गरिन्छ । जुन धर्मको कारणले यस्तो व्यवहारको सिर्जना भएको हो । त्यही जयस्थिति मल्लको ४ वर्ण १८ जात नै शरणार्थी पृथ्वीनारायण शाहले ४ वर्ण ३६ जातको फूलवारी भनेर जातिपाति व्यवस्थाको पूर्ण रुपमा घोषणा गरेका थिए । बृहत रुपमा दाईदाई भाइभाइमा फूटाउ अनि राज गरको नीति अपनाउँदै उपत्यकाका नेवारदेखि पूर्व पश्चिमका मूलवासी मंगोलहरुलाई नाक, कान काट्ने, आत्म समर्पण गर्न लगाउने, अरुण नदी र तमोरमा जिउँदै बगाउने जस्ता जघन्य अपराध गरी पृथ्वीनारायण शाहले धार्मिक, सांस्कृतिक दमन र भाषिक दमन गरेर अर्थात तहस नहस बनाएर एकात्मक हिन्दूवादी राज्यसत्ताको स्थापना गरेको इतिहासलाई नकार्न सकिँदैन । हुन त नेपाल उपत्यका खाल्डो भारत र चीनको बीचमा रहेको हुनाले पनि चीन र भारतीय पक्षबाट समय समयमा भ्रमणहरु भएको भए तापनि भारतीय पक्षको भ्रमण भने प्रत्यक्ष रुपमा हस्तक्षेपकारी नै थियो । नवौं शताब्दीपछिको इतिहासमा भारतका शासकहरु समेत नेपाल आई शासन गरेको यथार्थ हो । नवौं शताब्दीतिर काठमाडौं उपत्यकामा लिच्छवीहरु शासन गर्दथे । जुन समयमा भारतबाट धर्म प्रचारको नाममा शंकराचार्य नेपाल आई ८४ हजार बुद्ध धर्म ग्रन्थ जलाएको र बुद्ध भिक्षु बलात्कार गर्ने मार्ने जस्ता उच्छृङ्खल कार्य गरेको तथ्य इतिहासिमा चर्चित घटनाको रुपमा मानिन्छ । नेपालमा बुद्ध धर्मको प्रभाव नेपाल खाल्डोमा कति थियो भन्ने यही घटनाले पन पुष्टि हुन्छ । त्यति मात्र नभएर त्यस समयमा हिन्दुवादको खासै प्रभाव थिएन भनेर सजिलै अनुमान गर्न सकिन्छ । १६औं शताब्दीपछि जब गोर्खाका घले राजाको शरणार्थी द्रव्य शाह, नारायण अर्याल र गणेश पाण्डेको नेतृत्वमा षडयन्त्रपूर्वक हत्या गरियो । त्यसपछि नेपालमा हिन्दुवादको औपचारिक जरा गाडिएको हो । पृथ्वीनारायण शाहको एकीकरण अभियानको नाममा साम्राज्य फैलाउने औपचारिकता पनि द्रव्य शाहले नै बसाएका थिए । पृथ्वीनारायण शाहको विँडो थाम्ने रणबहादुर शाह र राजेन्द्रलक्ष्मी प्रमुख थिए । जुनबेला नेपालका समस्त मूलवासीहरुलाई मतवाली घोषणा गरी मुलुकी ऐन जारी गरेर ठूलो गद्दारी गरेको थियो । जब शाहवंशीय राजतन्त्रको अन्त्यपछि राणा शासनको उदय भयो । राणाहरु एकतन्त्रीय शासन पद्धति अनुरुप १९१० मा अहिन्दू मूलवासी मंगोलहरुलाई मास्ने मुलुकी ऐन जारी गर्ने काम भयो । राणाहरु र बाहुनहरु मात्र पढ्न पाउने, अरुले पढ्यो भने त्यसका हात काटिदिने, आँखा फोरी दिने, बर्बर यातना दिने कार्यहरु समेत राणाहरुले गरेका थिए । चन्द्र शमसेरले जब नेपालका मूलवासी राई, लिम्बू, गुरुङ, मगरलाई भारत र बृटिश फौजीमा बेच्ने चाँजो मिलाए । त्यससँगै प्रत्येक पल्टनमा एउटा ब्राम्हण समेत जान पाउने शर्त बसालेपछि चाहे बृटिश होस् या जुनसुकै मुलुकमा भएका बुद्धिष्ट अर्थात् अहिन्दूहरुलाई हिन्दूकरण गर्न बाध्यात्मक परिस्थिति बनाइएको हुनाले पनि प्रायः लाहुरे समाजमा बढी नै हिन्दूकृत भेटिन्छ । चन्द्र शमसेरले थेरवादी भिक्षु महाप्रज्ञालाई सन् १९२४ मा देश निकाला गरेका थिए । चन्द्र शमसेरले भिक्षु महाप्रज्ञालाई देश निकाला गर्नुको मुख्य कारण थियो । भिक्षुको प्रवचन सुनेर ४ हजार जनताले रक्सी खान छाडेको तर त्यही कुरा चन्द्र शमसेरले बनाएको ऐनमा रक्सी बनाउने लोग्ने मान्छे भए २ सय २० स्वास्नी मान्छे भए १ सय २० जरिवाना तोकिएको थियो तर पनि जनताले सरकारको ऐन नमानेको भिक्षुको प्रवचनबाट जनता प्रभावित भएकोले बडागुरु बाहुनको सल्लाह बमोजिम चन्द्र शमशेरले देश निकाला गरेको महाप्रज्ञा आत्माकथामा उल्लेख छ । आफ्नो धर्मको वकालत गर्नेसम्मको स्वतन्त्रताबाट बन्देज हुनु भनेको मामुली कुरा होइन । बौद्ध धर्मको प्रवज्या लिएको अपराधमा १९८१ सालमा ५ जना नेवार भिक्षु लामा छिरिङ नोर्बुलाई ३२ दिन थुनेर देश निकाला गरेका थिए । नेपालमा बौद्ध बाङ्मयलाई थप उचाईमा पुर्याउन योगदान दिएका अमृतानन्द ९विश्व बौद्ध महासंघको उपाध्यक्ष० लाई समेत अनेक जेल सजायको भागीदारी बन्नु पर्यो । त्यसरी नै सन् १९४४ सालतिर भिक्षु प्रज्ञानन्द र श्रामणेरलाई पनि देश निकाला गरियो । यत्तिले पनि नभएर लुम्बिनी विकास कोषका २ जना बाहुनहरुद्वारा बुद्धको मुखमा सुंगुरको मासु कोचार्ने काम पनि १९२८ मा भएको थियो । यो त बुद्ध धर्मको वकालत गर्ने विरुद्धको घटना भयो तर धार्मिक तिर्थस्थलको त्यो भन्दा दयनीय हृदयविदारक छ । वास्तवमा हिन्दूहरुले मन्दिर बनाउन थालेको भारतको इतिहासमा पनि १५ सय वर्ष पनि भएको छैन । भारतका प्रशिद्ध मन्दिर बद्रीनाथ तिरुपति केदारनाथपुरी जगन्ननाथहरु पहिले बुद्धिष्ट विहार हुन् । यी प्रशिद्ध मन्दिरहरु हिन्दुहरुले अतिक्रमण गरेर हिन्दू मन्दिर बनाएको कुरा भारतीय इतिहासमा पढ्न पाइन्छ । नेपालकै सन्दर्भमा भन्ने हो भने पशुपतिमा भएको त्रैलोक्यसरीको मूर्ति भएको ठाउँमा शिवलिङ्ग राख्ने काम भाष्कर बर्माले गरेका हुन् । अझै पनि लुकाउन नसकेको तथ्य बुद्धका गजुरविहीन मूर्ति, माने, चैत्यहरु असुरक्षित यत्रतत्र फालिएका छन् पशुपतिमा । जसले पहिले बुद्ध तिर्थ स्थल भएको कुरा जगजाहेर गर्छ । ललितपुरमा अवस्थित एलुङ्ग, पाटन शहर कुन दुष्टको उपज हो रु जहाँ यलम्बर राजाको राजधानी थियो । त्यस्तै गणवहाल, सिंहदरबार, खोटाङको ताकफूक माराटीका ९हलेसी० दक्षिणकालीहरु सबै अतिक्रमित ऐतिहासिक बुद्धिष्ट तीर्थस्थल हुन् । काठमाडौं भन्दा केही टाढा मकवानपुर जिल्लाको दामनमा प्रशिद्ध गुफा रहेको छ । त्यो गुफाको नाम हो ‘छुमिक झ्याङझुप दिछिचोलाई ऋशेश्वर महादेव भन्न थालेको धेरै भएको छैन । यसरी यसको वेवास्ता गरिएमा भविष्यमा यो बुद्ध तीर्थ स्थल नभई हिन्दूहरुको हुनेछ ।
सन् १९५० पछिको नेपालको राजनीतिक शक्ति श्री ३ बाट श्री ५ र ६ ९बाहुन क्षेत्रीहरुको हातमा पुग्यो । त्यसमा पनि श्री ५ लाई शिरमा राखिदिए । सन् १९६२ को संविधानको प्रस्तावनामै हिन्दू अधिराज्य भनेर लेखियो । हिन्दू राज्यको घोषणासँगै धार्मिक स्वतन्त्रको कुरा त झनै महा–अपराध बन्न पुग्यो । धर्म मान्ने व्यक्तिको स्वतन्त्र अधिकार बन्देज गरी एक भाषा, एक भेष भन्ने नारा दिएर मूलवासीहरुको आफ्नै धर्म मौलिक चाडपर्व, भेषभूषा, भाषालाई राज्यपक्षबाट मार्ने काम अझ तिव्र गतिले भयो । महेन्द्रमार्गीय अराष्ट्रवादले यसरी गाज्यो । सन् १९९० मा कांग्रेस र एमाले नै हिन्दू राज्य घोषणा गर्न पछि परेनन् । सन् २००५ ÷ ००६ को जनअन्दोलनसँगै ०६३ को अन्तरिम संविधान जारी भयो तर वास्तवमा ०६३ को अन्तरिम संविधानले पनि बाध्यात्मक परिस्थितिले मात्र धर्मनिरपेक्ष स्वीकार गर्यो । यथार्थमा धर्मनिरपेक्ष लागू भएन । अन्तरिम संविधानको प्रस्तावमा लोकतन्त्र राज्यको पुनर्संरचना, मानवअधिकार, प्रेस, बोल्ने, स्वतन्त्रता कुरा भए पनि धार्मिक स्वतन्त्रता धर्मनिरपेक्ष भनेर लेखिएन । संविधानको भाग १ को धारा ४ को उपधारा १ मा नेपाल एक स्वतन्त्र, अभिराज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी र पूर्ण लोकतान्त्रिक राज्य हो भनेर लेखिए पनि व्यवहारिक रुपमा घुमाउँरो पाराले हिन्दू राष्ट्र नै बनाउन खोजिएको छ ।
धर्मनिरपेक्ष घोषणा भएपछि सुर्खेतको काक्रे विहारमा बुद्धको मूर्तिलाई फुटाएर जंगलमा फ्याक्नु, एउटा धर्मको नाममा गाईको मासु खानेलाई जेल हाल्नु भैरहवामा बुद्धको मुर्ति हटाएर देवकोटाको शालीक राख्ने खोजियो । काग्रेस नेताहरु पनि हिन्दुत्वको मुद्दा ब्युत्याउन खोज्नु अहिलेको संबिधानमा उल्लेख भएको धर्मनिरपेक्ष शब्द बाँसुरीको मन पगाल्ने मिठो धून जस्तै लाग्छ भने परिभाषा हिन्दुको ढक्कनलाई बलियो बनाउएर अहिन्दुहरुलाई जिउदो मुर्दा बनाउनु हो ।
Comments
Post a Comment
Thank you for Comment