Skip to main content

मंगोल पिता डा. गोपाल गुरुङ मेरो मन मस्तिष्क

मंगोल मुक्तिदाता युगपुरुष डा. गोपाल गुरुङ हामी माझ नरहनु भएको भएता पनि उहाँको विचारहरु सधैं मंगोल सन्ततिको निम्ति अनमोल छन् । प्रेरणादायी छन् । मंगोल अस्तित्वको लडाईमा जीवनको सम्पूर्ण समय खर्चेर कुनै लाभको पद नलिने नेता हुनु हुन्थ्यो । उहाँ राजगद्दी ताकेको आरोपमा र सामप्रदायिक जस्ता आरोप लाग्ने पहिलो नेपाली भनेर चिनिनु हुन्छ । राजगद्दी ताकेको आरोप खेप्ने डा. गोपाल गुरुङलाई मंगोलहरुले उहाँको नाम लिन समेत डराएको कुरा जगजाहेर छ । पुस्तक लेखेर जेल पर्ने महामानव डा. गुरुङले विभिन्न समयमा भुमिगत पनि वस्नु पर्यो । उहाँलाई मार्न रामचन्द्र पौडेलहरु लागि परेका थिए भनिन्छ – उहाँ भद्रगोल जेलमा हुँदा गोपाल गुरुङलाई जेलमा सडा र मार्नु पर्छ । तर मार्न चाहि आँट गरेनन् । पञ्चायतकालमा निर्भिकता पूर्वक नलडेको भए र डा. गुरुङ नजम्मिएको भए यो मुलुकका मूलबासी मंगोलहरु अन्धकारमा रहन्थे भन्ने विद्वानवर्गले पनि भन्ने गरेका छन् । डा. गुरुङ नेपाली राजनीतिमा वर्तमानमा जे भइरहेको छ त्यसको मुख्य सुत्रधार हुनु हुन्थ्यो । आज नेपाली राजनीतिमा उहाँको खाचो महशुस गरेको छु । लोकतन्त्रक/गणतन्त्र, धर्मनिरपेक्ष र संघीयताको प्रथम र प्रष्ट सुत्रधार डा. गुरुङ मंगोलहरुको धुक धुकि बन्नु भयो ।
मंगोल पिता वर्तमान भन्दा भविष्यको चिन्ता गर्नु हुन्थ्यो । आजकोले जे भोग्यो त्यो भविष्यका मंगोल सन्तानले भोग्न नपरोस भनेर सधै भन्नु हुन्थ्यो । समाजको विश्लेषणलाई दार्सनिक पाराले गर्नु हुन्थ्यो त्यसैले उहाँको हरेक कुरा एड्भान्स हुन्थे र सजिलै वुझ्न कसैले सक्दैन थिए । उहाँको भविष्यवाणीहरु पूर्वी इलामतिर एक बाहुन मित्रले संकलन गरेर राख्दा १९९० देखि यता नेपाली राजनीतिमा ठुल ठुला ७ भविष्यवाणी पुरा भएको भन्दै ती बाहुन मित्र छक्क पर्छन् ।
उहाँ सधै निडर नेतृत्वको खोजिमा सोचमग्न हुने गर्नु हुन्थ्यो । कतै मेरो यो सपनालाई पुरा गर्ने सक्षम लिडर नपाइएला कि भन्ने थियो । यदि मेरो जिन्दगी भरीको तपस्या व्यर्थै सावित हुनेको होकि भनि चिन्तित हुनु स्वाभाविक पनि हो । तर आफ्नो सिद्धान्तवाट पछि नहट्ने कुनै कम्प्रमाइज नगर्नु र निर्भिक र कन्फिडेण्ट भएर सधै अगाडि बढ्नु जस्ता प्रवल गुणकै कारण टिक्नु भयो । फलस्वरुप नयाँ पिढीले मंगोल पिताको दर्शनलाई बुझ्ने र मानव बन्ने कोशीष गर्दैछन् । हिजोसम्म पशुजस्तो बिदेशी बाहुन क्षेत्रीले बनाएर राखेका थिए । अब भन्ने पशु जस्तो बनाउने राक्षसहरुको विरुद्ध जुर्मुराउन थालेका छन् । उहाँले जनवरी १, २०१५ का दिन धरानको लोकतान्त्रिक चौतारीमा भन्नु भएको थियो – अधिकार मानेपेमे हो भनेर पाइदैन । उहाँको यो भनाइ कति गहण छ । उहाँले मंगोलहरु अहिलेसम्म बीरवहादुर होइन डरछेरुवा बहादुर भन्नु भएको ताजै लाग्छ । तर उहाँले जव पश्चिमको मंगोल सभालाई अन्तिम सम्वोधन गर्नु भयो । त्यहाँ अबचाहि खाँटी निर्भिक नेता जन्मिएको बताउनु भएको थियो । आफ्नो सपना पुरा भएको सार्वजनिक घोषणा गर्नु भयो । उहाँले आफ्नो मृत्युको दिनहरु थाहा भइसकेको या किन उहाँले मेरो सपना पुरा भयो र म पनि पुरा भए भन्नु भयो । उहाँको त्यो भनाइको सँग सँगै विदाई पनि फरक किसिमले लिनु भयो । त्यसको ३ महिना पश्चात भौतिक शरिरले विदा लियो ... मात्र उहाँको आवाज हाम्रो मन मस्तिष्कमा गुन्जाउदै । मंगोल पिताको सम्झना गर्छु हरेक दिन हरेक क्षण कतै मेरै सामुन्ने भाई आजको ताजा समाचार सुनाउ भाई भन्ने वचन उहाँको बाग्डोल निवासमा पुग्दाको क्षण सम्झिन्छु । मन उकुस मुकुश हुन्छ । उहाँ मेरै समिपमा हुनुहुन्छ जस्तै लाग्छ ।
जै गोपाल !
जै मंगोल !!
Late Gopal Gurung with Jiban Mongol in 2010

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

लिगलिग र दशै : वास्ताबिक वा भ्रम

जीवन मंगोल इतिहास भनेको जित्नेहरुको घोडा हो । जित्नेहरुले जता मोड्यो तेतै मोडिन्छ । संसारको रितै यस्तै छ भन्दा अतियोश्क्ति नहोला । बिश्व इतिहासमा यस्ता घट्नाहरु अनगिन्ति छन् । तर यी घटनाहरु बिश्व बिख्यात हुन । चीनको ग्रेटवाल कुनै एक ब्यक्तिको प्रयासले मात्र बनाएको थिएन । लाखौं–लाख चिनिया जनताको पसिनाले सिर्जिएको हो । रोमन साम्राज्य सिजर एक्लैले बिस्तार गरेका थिएनन् । लाखौ–लाख योद्धाहरुको योग्दान थियो । मंगोल साम्राज्य जिङगेज खाङ एक्लैले बिस्तार गरेका थिएनन हजारौं मंगोल योद्धाहरुको साथ थियो । मिश्रका ठूल–ठूला पिरामिडहरुमा फारुनको मात्र नाम उल्लेख छ, फारुनको एक्लो प्रयासले मात्र सम्भब थिएन, पिरामिड मुनि लाखौंको अस्थिपञ्जर छ । सिकन्दर एक्लैले भारत बर्ष जितेका थिएनन । लाखौं भारतिय योद्धाहरुले बलिदान दिए ।  २०४७ मा भारत स्बतन्त्रता हुनु क्रमचन्द्र गान्धि (महात्मा) को भन्दा धेरै गुणा भारतीय संबिधान निर्माता डा. भिम राव अम्बेडकरको योगदान थियो । तर महात्मा गान्धिको मात्र एक्लो प्रयास थिएन । नेपालको इतिहास पनि यथार्थमा सत प्रतिशत झुटो छ । नेपालको इतिहास साम्राज्यबादीहरुको हात...