Skip to main content

मंगोल पिता डा. गोपाल गुरुङ मेरो मन मस्तिष्क

मंगोल मुक्तिदाता युगपुरुष डा. गोपाल गुरुङ हामी माझ नरहनु भएको भएता पनि उहाँको विचारहरु सधैं मंगोल सन्ततिको निम्ति अनमोल छन् । प्रेरणादायी छन् । मंगोल अस्तित्वको लडाईमा जीवनको सम्पूर्ण समय खर्चेर कुनै लाभको पद नलिने नेता हुनु हुन्थ्यो । उहाँ राजगद्दी ताकेको आरोपमा र सामप्रदायिक जस्ता आरोप लाग्ने पहिलो नेपाली भनेर चिनिनु हुन्छ । राजगद्दी ताकेको आरोप खेप्ने डा. गोपाल गुरुङलाई मंगोलहरुले उहाँको नाम लिन समेत डराएको कुरा जगजाहेर छ । पुस्तक लेखेर जेल पर्ने महामानव डा. गुरुङले विभिन्न समयमा भुमिगत पनि वस्नु पर्यो । उहाँलाई मार्न रामचन्द्र पौडेलहरु लागि परेका थिए भनिन्छ – उहाँ भद्रगोल जेलमा हुँदा गोपाल गुरुङलाई जेलमा सडा र मार्नु पर्छ । तर मार्न चाहि आँट गरेनन् । पञ्चायतकालमा निर्भिकता पूर्वक नलडेको भए र डा. गुरुङ नजम्मिएको भए यो मुलुकका मूलबासी मंगोलहरु अन्धकारमा रहन्थे भन्ने विद्वानवर्गले पनि भन्ने गरेका छन् । डा. गुरुङ नेपाली राजनीतिमा वर्तमानमा जे भइरहेको छ त्यसको मुख्य सुत्रधार हुनु हुन्थ्यो । आज नेपाली राजनीतिमा उहाँको खाचो महशुस गरेको छु । लोकतन्त्रक/गणतन्त्र, धर्मनिरपेक्ष र संघीयताको प्रथम र प्रष्ट सुत्रधार डा. गुरुङ मंगोलहरुको धुक धुकि बन्नु भयो ।
मंगोल पिता वर्तमान भन्दा भविष्यको चिन्ता गर्नु हुन्थ्यो । आजकोले जे भोग्यो त्यो भविष्यका मंगोल सन्तानले भोग्न नपरोस भनेर सधै भन्नु हुन्थ्यो । समाजको विश्लेषणलाई दार्सनिक पाराले गर्नु हुन्थ्यो त्यसैले उहाँको हरेक कुरा एड्भान्स हुन्थे र सजिलै वुझ्न कसैले सक्दैन थिए । उहाँको भविष्यवाणीहरु पूर्वी इलामतिर एक बाहुन मित्रले संकलन गरेर राख्दा १९९० देखि यता नेपाली राजनीतिमा ठुल ठुला ७ भविष्यवाणी पुरा भएको भन्दै ती बाहुन मित्र छक्क पर्छन् ।
उहाँ सधै निडर नेतृत्वको खोजिमा सोचमग्न हुने गर्नु हुन्थ्यो । कतै मेरो यो सपनालाई पुरा गर्ने सक्षम लिडर नपाइएला कि भन्ने थियो । यदि मेरो जिन्दगी भरीको तपस्या व्यर्थै सावित हुनेको होकि भनि चिन्तित हुनु स्वाभाविक पनि हो । तर आफ्नो सिद्धान्तवाट पछि नहट्ने कुनै कम्प्रमाइज नगर्नु र निर्भिक र कन्फिडेण्ट भएर सधै अगाडि बढ्नु जस्ता प्रवल गुणकै कारण टिक्नु भयो । फलस्वरुप नयाँ पिढीले मंगोल पिताको दर्शनलाई बुझ्ने र मानव बन्ने कोशीष गर्दैछन् । हिजोसम्म पशुजस्तो बिदेशी बाहुन क्षेत्रीले बनाएर राखेका थिए । अब भन्ने पशु जस्तो बनाउने राक्षसहरुको विरुद्ध जुर्मुराउन थालेका छन् । उहाँले जनवरी १, २०१५ का दिन धरानको लोकतान्त्रिक चौतारीमा भन्नु भएको थियो – अधिकार मानेपेमे हो भनेर पाइदैन । उहाँको यो भनाइ कति गहण छ । उहाँले मंगोलहरु अहिलेसम्म बीरवहादुर होइन डरछेरुवा बहादुर भन्नु भएको ताजै लाग्छ । तर उहाँले जव पश्चिमको मंगोल सभालाई अन्तिम सम्वोधन गर्नु भयो । त्यहाँ अबचाहि खाँटी निर्भिक नेता जन्मिएको बताउनु भएको थियो । आफ्नो सपना पुरा भएको सार्वजनिक घोषणा गर्नु भयो । उहाँले आफ्नो मृत्युको दिनहरु थाहा भइसकेको या किन उहाँले मेरो सपना पुरा भयो र म पनि पुरा भए भन्नु भयो । उहाँको त्यो भनाइको सँग सँगै विदाई पनि फरक किसिमले लिनु भयो । त्यसको ३ महिना पश्चात भौतिक शरिरले विदा लियो ... मात्र उहाँको आवाज हाम्रो मन मस्तिष्कमा गुन्जाउदै । मंगोल पिताको सम्झना गर्छु हरेक दिन हरेक क्षण कतै मेरै सामुन्ने भाई आजको ताजा समाचार सुनाउ भाई भन्ने वचन उहाँको बाग्डोल निवासमा पुग्दाको क्षण सम्झिन्छु । मन उकुस मुकुश हुन्छ । उहाँ मेरै समिपमा हुनुहुन्छ जस्तै लाग्छ ।
जै गोपाल !
जै मंगोल !!
Late Gopal Gurung with Jiban Mongol in 2010

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन ...

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...