Skip to main content

साम्राज्यवादी पृथ्वीनारायण एकताका प्रतीक होइनन्

जीवन मंगोल 
लोकतन्त्रवादीदेखि राजावादी, हिन्दूवादीहरू सम्मले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा यति धेरै चर्चा परिचर्चा गरे कि उनलाई राष्ट्र निर्माता वर्तमान नेपालको एकीकरणको रूपमा चर्चा गरे वर्षैपिच्छे पौष २७ गतेलाई पृथ्वी जयन्ती मनाउने गरेको र पृथ्वीनारायण शाहको गुनगान गाउने गरेका छन् । ती सबै कोही नभई बाहुन क्षत्री कम्युनिस्ट भन्नेहरू नै पहिलो लहरमा देखिन्छन् ।
एक समय देउता र असुरको संग्राम –युद्ध) देउता आर्य र राक्षस मंगोल बीचको युद्ध कथा लेखेर आर्यलाई देउताको उपमा दिने मोदनाथ प्रश्रित अहिले पृथ्वीनारायण शाहलाई समेत आधुनिक आर्य देवता घोषित गर्दै छन् । पृथ्वीनारायण शाह यहाँका अहिन्दू मलवासी मंगोलहरूलाई षड्यन्त्रमा पारी मितेरी साइनो गाँसी जिउँदै छाला काढी नाक, कान, पेट काटी जघन्य अपराध गर्दै आफ्नो साम्राज्य निर्माण गरेका थिए । उनै अपराधीलाई आज देवता घोषणा र उनको प्रतिकार गर्ने अहिन्दू मलवासी मंगोलहरू सबैलाई राक्षस बनाउन खोजेका छन् । जनयुद्धका समयमा कथित माओवादीका नेता प्रचण्डले पृथ्वीनारायणको सालिक तोड्नपर्छ भन्दै सालिक भत्काउने क्रममा मोदनाथ प्रश्रित फूलमाला लिएर मूर्तिमा ढोग्न पुगेका थिए । लेनिनिस्टको नाममा कलंक प्रश्रित तोडिएको सालिकमूनि पूmलमाला लिएर ढोग्न थालिसकेपछि निकै हंगामा मच्चियो तर, समयले कोल्टो फेर्दै गइसकेपछि सामन्तीको विरोधी प्रचण्ड आफैं पनि त्यही लाइनमा देखिए । पोहोर साल उनको जन्म जयन्तीमा प्रचण्ड, बाबुरामलाई राष्ट्र निर्माता भन्दै पृथ्वीनारायण शाहलाई सम्झिए । अरू राजावादी हिन्दूवादीको त कुरै छाडौं ।
२) ६२/६३ को परिवर्तनपश्चात पृथ्वीनारायण आर्यन बाहुन क्षत्रीहरूका लागि देवता नै सावित भएका छन् । प्रश्रितकै संयोजकत्वमा वर्षैपिच्छे पृथ्वीजयन्ती पौष २७ मा सम्पन्न हुने गरेको छ । उनी कम्युनिस्ट सरकारका मन्त्री पड्काएका व्यक्तिले राजतन्त्रको मलजल हाल्न किन पछि परेनन् ? उनी मात्रै होइनन्, अहिले समग्र कम्युनिस्टहरूले नै पृथ्वी नारायण शाहको गुनगान गाउने गरेका छन् । पृथ्वी जयन्तीको अवसरमा डा. सुरेन्द्र केसी मंगोल अनुहारका हनुमान डा. जगमान गुरुङहरूले पृथ्वी नारायणको राम्रै बखान गर्न भ्याए र भने पृथ्वी नारायण शाह समस्त नेपालीहरूको राजा हो । उनीहरूले बखान गर्ने कार्यक्रमको ब्यानरमा गणतन्त्र मूर्दावाद राजतन्त्र जिन्दावाद ! जस्ता शब्दहरू देखियो । हिन्दूस्तानी दौरा सुरुवाल, ढाका टोपी लगाएका र जोगीहरू समेत रहेको कार्यक्रममा लाखौं बजेटको फेहरस्तीको श्रोत के थियो ? यस्ता कार्यक्रम आयोजना गर्ने बजेट कहाँबाट आइरहेको छ ? मोदनाथ प्रश्रित आफैंले आफ्नो घर बेचेर ल्याएको त पक्कै होइन होला ? गणतन्त्रविरोधी कित्ताका यी नेताहरूको भेलामा कांग्रेस, एमाले, माओवादीका सबै प्रतिनिधिहरू पृथ्वी शाहको गुनगान गाउन व्यस्त रहे ।
पृथ्वीनारायण शाहका बखान गर्नेहरू सबै राजावादी हुन् । यस कुरामा कुनै दुई मत छैन । देशबाट राजतन्त्रको उन्मूलन भए पनि संरचना र राजतन्त्रका ठेकेदारहरू तिनै हुन् । राजतन्त्र ब्यूँताउने सपना देखी नै रहेका छन् उनीहरूले । राजतन्त्रवादी समूह यसरी लागिपरेका छन्,  यस्ता सामन्तीको जरो उखेल्नुपर्छ भन्ने कम्युनिस्टहरू राष्ट्र निर्माताको उपमा दिन लाम लागिरहेका छन् । आखिरमा जसो गरे पनि जे भने पनि बाहुन क्षेत्रीको नीति भनेको एउटै हुन्छ भन्ने यो पनि एउटा प्रमाण हो । कांग्रेसको आफ्नै टुंगो छैन  कहिले लोकतन्त्र शब्द नै भेटिएन भन्ने त कहिले धर्मनिरपेक्ष कांग्रेसका नेताहरू प्रजातन्त्र भन्न छाडेका छैनन् । एमाले, माओवादी पनि कानै चिरेको जोगी परेछन् त्यो कुरा प्रमाणित गर्नका लागि धेरै टाढा जानै पर्दैन प्रचण्ड शक्तिमा आउनुभन्दा पहिले सामन्ती राजा राणाहरूको शालिक तोड्ने उद्घोष गरेका थिए तर सत्तामा पुगेपछि यी सबै कुरा छाडेर पृथ्वीनारायण शाहलाई जोडेर आफंै दोस्रो पृथ्वी नारायण शाह भएको घोषणा गरे त्यो पनि आफ्नै कार्यकर्ताले  प्रचण्डकै हनुमान स्थायी कमिटीका संयोजक गोपाल किरातीले प्रचण्डलाई पहिले पृथ्वीनारायण शाहको नाम सुन्दा धेरै एलर्जी हुने गर्दथ्यो । अन्त्यमा आफ्नै दोस्रो पृथ्वीनारायण शाह भन्दै प्रचार गर्दा गद्गद् भए ।  हुन त उनको यो शैली एक हद ठिकै हो । पृथ्वीनारायण शाहले गरेको एकीकरणको नाममा मंगोलहरूलाई मास्दै आफ्नो साम्राज्य विस्तार गरे भने प्रचण्डले पनि मंगोलहरूलाई बलि चढाई अदृश्य शक्ति हात पारेकै हुन् । जस्तालाई त्यस्तै, ढिडोलाई निस्तै भनेजस्तै अन्त्यमा उनको यो नीति त्यही सावित हुन आयो ।
बाहुन क्षेत्री नेपालका बासिन्दा होइनन् यो कुरा प्रमाणित भएको कुरा हो । वर्तमान भारतका विभिन्न इलाकामा नेपालमा जस्तै स–साना राज्यहरू थिए त्यस समयमा एक राज्यले अर्को राज्यमा कब्जा जमाउने एक धर्मले अर्को धर्मको निन्दा गर्ने इतिहास छ । अजमेर र दिल्लीका चौहान राजा पृथ्वीराजका अधीनमा हिन्दूवादी संगठित भई मोहम्मद गोरीलाई हराएका थिए । तुरुन्तै जवाफमा आक्रमण गरी हिन्दू सेनालाई हराई पृथ्वीराज चौहानको बध गरेको थियो । अर्का सोही समय कन्नौजका राजा जयचन्द्र पनि मारिएका थिए । गोरी आक्रमण गजनीका आक्रमणझै घातक थियो । गोरी भारत कब्जा गर्ने जिम्मा कुतुवउद्धिनलाई सुम्पी आफू गजनी फर्किए । सेनापति बख्तियारका छोरा मोहम्मद खिलजीले बिहार जिते र बंगाल पनि मोहम्मद गोरीको मृत्य’ भयो । कुतुबउद्धिन भारतका प्रथम सुल्तान भए ।
मोहम्मद गजनी जित र पृथ्वीराजको हारले यसरी निराशग्रस्त बनेका हिन्दूहरू भागाभाग मच्चिएको पाइन्छ । त्यसपश्चात् भारतका विभिन्न भागमा बसाइँसराइ गर्दै जोगिन थाले । जब वादशाह अकबरले चितौडमाथि आक्रमण गरे त्यसको परिणामस्वरुप धेरै राजपूतहरू मारिँदा पीडित भूपतिका कान्छा छोरा मन्थन उज्जैन आई बसे । यी मन्थनका नाति भूपाल दाजुसँग मेल नहँुदा रिडीको बाटो (पाल्पा जिल्ला) खिलुङमा आएर बसे अलाउद्धिन खिलजीको भयले चितौड छाडेको यिनैका सन्तान शााहहरू गोर्खाका मंगोल राजालाई छिनालेर राज्य स्थापित गरेको इतिहास छ । अर्को कुरा उनीहरूकै वंशावलीमा पनि आफ्नो पुर्खा मेवाडबाट आएको वर्णन छ । धर्मरक्षा, जिउ ज्यानको रक्षाको लागि वर्तमान नेपाल भित्रिएपछि पाल्ला, पर्वत, गोर्खा लगायतमा मंगोलहरूलाई उल्टै मरण गरी आफ्नो साम्राज्य विस्तार गरेका थिए । यिनैमध्ये द्रव्य शाह एक हुन् हिन्दू आर्य साम्राज्य बसाउने यसै निरन्तरता पृथ्वीनारायण शाहले दिए । जसरी क्षेत्रीहरूको आक्रमण भयो, त्यस्तै यो देशमा बाहुनहरूको पनि आगमन भएको थियो । जहागिरले कुमाउ, गडवाल आक्रमण गरेपछि त्यस भेगको कुमाई ज्ञवाली बाहुनहरू वर्तमान नेपाल भित्रिए र पश्चिमदेखि पूर्व हानिएका हुन् । यस्तै, जनजातिहरू राणाका कमारा भएर भित्रिएका हुन् । क्षेत्रपति भनेका हिन्दूमा ख वर्गमा पर्दछन्,  जुन बाहुनका कट्टर संरक्षक पनि हुन् । बाहुनहरूको पुख्र्यौली थलो कुमाउ, गडवालभन्दा अघि ककसियस हो ।
पहिलेका राजाहरूलाई क्षेत्रपति भन्ने चलन थियो । यिनकै खलक हुन् वर्तमान राजखानदान । नेपालको इतिहासमा बाहुन क्षेत्रीको इतिहास त्यति लामो थिएन तर, यिनै पृथ्वीनारायण शाहजस्ता साम्राज्यवादी सामन्तीले आफ्नो अनुकूलको इतिहास लेख्न सफल भएको मात्र हो । यत्ति चतुरता नअपनाएको भए यिनको इतिहास नै कहाँ थियो र ! त्यही भएर पृथ्वीनारायण शाहलाई क वर्ग र ख वर्गका बाहुन क्षेत्रीले मान्ने गरेका छन् ।
एकीकरण भ्रम र सत्यता :
वर्तमान नेपाल एकीकरण गर्ने व्यक्तिका रूपमा पृथ्वीनारायण शाहलाई चर्चा गर्नुअघि माथि उनी आएको इतिहासलाई उल्लेख गरिसकिएको छ । अब उनको पुर्खा द्रव्य शाहले गोर्खा जसरी कब्जा जमाए, त्यस्तै अन्य राज्यहरूमा कब्जा जमाएका हुन् भन्ने कुरा प्रस्ट हुन जरुरी छ । एकीकरणका नाममा निस्पक्ष कहीँ कतै राज्य जितेका थिएनन् भन्ने तथ्य आमविद्वान् वर्ग इतिहासविद्हरूले स्विकारेका छन् ।
सर्वप्रथम एकीकरणको नाममा साम्राज्य फैलाएको कुरा डा. गोपाल गुरुङकै विश्व चर्चित पुस्तक नेपाली राजनीतिमा अदेखा सच्चाइमा उल्लेख छ । यससँगै अन्य थुप्रै विद्वान् वर्गले पृथ्वीनारायण शाहको लक्ष्य राज्य एकीकरण थिएन भन्ने मत राखेको पाइन्छ । उनको गुन गाउने एक थरिले पृथ्वीनारायण शाहलाई सम्पूर्ण नेपालीको राजा थिए भनेर भ्रामक प्रचारवाजी गर्न छाडेको छैन । कट्टर संरक्षक भक्तहरूले इटाली एकीकरण –यु निफिकेसन) कर्ता विस्मार्क, गैरीवाल्डी र जिसेफ र मेजिनीसँग तुलना गरेको पाइन्छ । इटालीमा एकीकरण भएको हो तर, वर्तमान नेपाल एकीकरण भएको हो कि, अपहरण भएको हो ? यो कुरा मूलवासी मंगोलहरूले राम्ररी बुझ्न आवश्यक छ र यसको खोज गर्नुपर्ने देखिन्छ । इटाली एकीकरणको उदाहरण दिएर जबरजस्ती पृथ्वीनारायण शाहलाई वर्तमान नेपालको एकीकरणकर्ता राष्ट्र निर्माता बनाउनु महामूर्खता हो । यदि उनलाई यस्तो उपमा दिनुपूर्व उनको राष्ट्र र राष्ट्रभित्र बसोवास गर्ने राष्ट्र अहिन्दू मूलवासी मंगोल उनैले बनाएका दलित अनि तराईमा बसोवास गर्ने मूलवासी मधेसी भनिएका मूलवासीहरूको राज्य कसरी हडपे ? त्यो कुरा बुझ्न जरुरी छ । अहिले भन्ने गरिएको २४ से राज्य स्थापना वर्तमान भारतबाट प्रवेश हुन थालेपछि भएको हो । १४औं देखि १७औं शताब्दीसम्ममा २४ से राज्य निर्माण भएको मानिन्छ । त्योभन्दा पहिले मुसलमानहरूको उदय हुँदा भारतका विभिन्न भागमा भिन्न–भिन्न क्षेत्रीय वंशका राजाहरूले राज्य गर्दथे । मुसलमान राज्य स्थापनासँगै हिन्दू आर्य क्षेत्रीहरू भागी वर्तमान नेपाल भित्रिएका हुन् । २४ से राज्यमध्ये गोर्खामा द्रव्य शाहले गोर्खाका घले राजालाई मारी आफ्नो साम्राज्यको जग बसाले । उनकै दाजु नरहरि शाहले लम्जुङ कब्जा जमाए ।
नरभूपाल शाह र महेश्वर पन्त मिली जयन्त राणालाई हतियार बनाई सन् १७३७ मा गोर्खाबाट नुवाकोटतर्फ लागे । त्यो समय गुरुङ, मगरलाई बाटोमा ठुन्काउँदै कब्जा जमाउँदै नुवाकोट पुगेका थिए । तर, यता काठमाडौंको मल्ल राजाका सेनासँग गोर्खाको हार भएको थियो । त्यतिवेला धेरै प्रयोग भएको मगर समुदाय नै रहेको पाइन्छ । यस्तै अपराधीका सन्तान पृथ्वीनारायण शाह सबै भन्दा अपराधी निस्किए । हिटलरजस्तै उनले नरसंहार मच्चाउनु मच्चाए । यसलाई सिधै ढाकछोप गरिएको छ । सन् १७३७ मा नुवाकोट आक्रमण गर्दा नरभूपालको हार भयो । दोस्रो चोटी गर्दा पनि हार भयो । तेस्रो आक्रमणमा मात्र जितेका थिए पृथ्वीनारायण शाहले । त्यस समय पृथ्वीनारायण शाहले मगरलाई हतियार बनाई बाहुनको मुख्य जिम्मामा यस्तो आक्रमण गर्दा जित्न सकेनन् र तेस्रो पटकमा मात्र अनेक षड्यन्त्र गरी जितेका थिए । त्यो समय जयन्त राना मगरको छाला काढ्न लगाई निर्दयीतापूर्वक मार्न लगाइएको थियो । मंगोलहरूलाई यस्तै राज्य हडप्न प्रयोग गर्ने, आफ्नो स्वार्थ पूरा नभए मार्ने पृथ्वीनारायण शाहको नियति नै थियो । नेवारहरूको राज्य आक्रमणमा पनि युद्ध गरेर पटक–पटक हार खानु परेको थियो । कीर्तिपुरलाई तेस्रो पटक आक्रमण गर्दा मात्र पृथ्वीनारायण शाहले जितेका थिए तर, त्यहाँका नेवार समुदायका १७ धार्नी नाक, कान काटियो जुन कुरा बाहुन इतिहासकारहरूले स्विकारेका छन् । यस तथ्यलाई स्वीकार गर्नेमध्ये बालचन्द्र शर्मा, दिनेशराज पन्त, सूर्यविक्रम ज्ञवालीलगायत छन् । यो तथ्य फादर जेजवले विस्तृत लेखेका छन् । यो घटना १७७५ को चैत्र महिनामा भएको थियो अब पृथ्वीनारायण शाहलाई अपराधी नभनेर महान राजा भन्दै पाठ्यक्रम घोकाउने काम मात्र भयो । यस्तो कुरा पढ्न, सुन्न पाइएन् पूर्वमा राईहरूलाई अरुण नदीमा जिउँदै बगाएको कुरा र मधेसका सोझा मूलवासीलाई सेनामा लिएर कतै प्रशंसा र कतै आफूलाई बुट लगाई सलौट गरेकै भरमा निर्मम हत्या गरेको कुरा उजागर हुन सकेको छैन । धुलिखेलमा दुई जना वीर सहिद राईहरूलाई निर्मम हत्या गरेको कुरा किन लेखिएन ? मगरलाई गुरूङ, नेवा, राई, लिम्बूलाई छाला उतारेको एउटा अपराधीलाई राष्ट्र निर्माताको पगरी गुथाएर अझै ३३ करोडमध्ये ३३ करोड भगवान् नबनाइयोस् पृथ्वीनारायण शाहलाई । इतिहास जित्नेको मात्र होइन, हार्नेको पनि हो भन्ने मान्यता राख्ने हो भने पृथ्वीनारायण शाह अपराधी हुन् । राष्ट्र निर्माता होइनन् राष्ट्रलाई खरानी बनाउने हुन् । यदि राष्ट्रको परिभाषा बुझेमा नेपाल एकीकरण गरेका होइनन्, हिन्दू आर्य साम्राज्यवाद फैलाएका हुन् ।   
From Mongolvision weekly 

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्