Skip to main content

संस्कृत भाषा र आर्य दुबै विदेशी हो - चन्देश्वर दास


  • संस्कृत भारतवर्ष को भाषा होइन 

संस्कृत सबै भाषा हरुको जननि हो दछिण एशिया तथा भारतवर्ष मा बोलिने सबै भाषा को श्रोत संस्कृत नै हो पनि मिथ्या प्रचार गरिदैंआएकोछ ।जब कि संस्कृत भारतवर्षमा विकास भएको भाषा नै होइन संस्कृत लाइ आर्यको भाषा ,देव भाषा भनिन्छ ,तर आर्य नै भारतीय अथवा नेपालि मुल को होइन ।यस कारण संस्कृत पनि यहांको भाषा होइन ।
भाषाविद सर विलियम्स जोन्स अनुसार संस्कृत,ग्रिक,लेटिन भाषा बाट निस्किएको भाषा भनेकोछ ,भारत को प्रसिद्ध इतिहासकार आर.सी.मजुमदार ले आर्यको संस्कृत भाषा ग्रिक,लैटिन ,जर्मन,अंग्रेजी भाषा संग मिल्छ भनेर केहि उदाहरण पनि दिएकाछन 
क्रमसंख्या--------भाषा----- शब्द 
१. संस्कृत---- ---- पितर,मातर (piter,maatter
२. लैटिन ------ पेटर ,मेटर (pater,mater)
३. ग्रिक -------पेटर ,मेटर (pater,meter)
४.अंग्रेजी ------फादर,मदर (father,mother)
५.जर्मन ---- वतेर,मतर( vater,mutter)
____________________________________

यसको प्रमुख कारणहरु यहि हो कि भारत र नेपाल मा रहेको आर्य हरु ग्रिक,जर्मन,लैटिन,रोमन अंग्रेजी र रसियन हरुको पुर्वज संग दिर्घकाल सम्म संसर्ग मा रहे ,यसकारण संस्कृत यी सबै भाषा हरुको मिश्रण भाषा हो ।अर्को एक जना इतिहासकार डा.नवल वियोगि अनुसार सोभियत रुसको लिथुनियाई भाषा र संस्कृत भाषा को धेरै शब्द र वाक्यहरुको उच्चारण एकै किसिमको मिल्छ ।यि दुवै भाषा मा कति सामिप्यता छ हेरौ केहि उदाहरण !
नेपाली _______संस्कृत______लिथुनियाई
तिमि को हौ?__त्वम क्स असि __कस तो असि
तिम्रो पुत्र को हो ---कसत्व सुनु---कस तव सुनुस
आगो ------अग्नि -----------अग्निम 
सपना -----स्वप्न -------सपनम 
इत्यादि...........

अार्यहरु कैसपियन सागर को छेउछाउको वासिन्दा थियो ,भारत को धेरै नदि,नाला पाहाड पर्वत को नाम पनि लिथुनियाई भाषामा नामाकरन गरेको छ ।
संसार भर प्रसिद्ध बुद्ध ले पनि संस्कृत विदेशी तथा केहि व्यक्ति को भाषा भनि आफ्नो धम्मको प्रचार पनि पालि भाषा मै गरेका थिए ,बुद्ध को ग्रन्थ हरु पनि पालिभाषा मै लिपिवध्द गरियो l
जसरि नेपालको हिमाल ,पाखा पर्वत,शहर जिल्ला,अंचल को नाम पनि संस्कृत संग मिल्दो जुल्दो भाषा मा नामकरण गर्यो हाल सम्म गरिदै छ ।नेपाल को मुलनिवासि हरुको भाषा मा गरिएको नामहरु फेर्दै शासन सता को बलमा र यहांको मुलनिवासि हरुको मानसिकता कब्जा गरि उनिहरु लाइ पनि धर्म तथा अध्याम को नाममा गुलाम बनाएको छ कि यस्ता नामकरण को विरोध गर्नै सक्दैन ।उदाहरण को लागि 
८०% तामांग बाहुल्यता रहेको रसुवा जिल्ला को गा.प.र न.पा नाम उतर गया ,पार्वतिकुण्ड, गोसाई कुण्ड राख्दा पनि ति मुलनिवासि तामांग हरु ले सहर्ष स्विकारेका छन ,र विभिन्न छेत्र मा यस्तै नामकरण र संरचना निर्माण गरि आफ्नो विदेशी पहचान लुकाउन रात दिन लागिपरेकोछ ।बेलैमा होस नगरे हाम्रो सबै संरचना मा १००% आक्रमण भै सक्दा पनि हामि जाग्न सक्दैनौ ,होस गरौ सचेत हौ ll

Source: Chandeshwar Das


Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...