Skip to main content

न्याय खोज्दा पनि न्याय नपाइने कस्तो देशमा रहेछौं हामी ?

जीवन मंगोल

निमा डोल्माका हत्यारामाथि कारबाही हुन्छ ?

तुलसी दासद्वारा लिखित रामचरितमानसमा आदेश गरिएको छ, ‘ढोल गवाँर शुद्र पशु नारी, ये सव ताड्ने कै अधिकारी । ’ शुद्र र नारीलाई पशुजस्तै पिटे पनि दोष लाग्दैन, किनकी यिनी पिटाइकै लायक(अधिकारी) छन् ।
मलाई यो आजभोलि यस्तै आदेश पालन गरिरहेको देख्छु पुरुषहरुले महिलालाई पनि । मैले नर्स निमा डोल्माको हत्या भएको कुरा सुनेको र अनलाइनहरुमा रहस्यमय मृत्यु भएको खवर पढ्न पाको थिएँ । मेरो कुनै चिनजान छैन । न परिवार सँग न मृतक सँग नै थियो । तर म अन्यायको लागि लड्नु पर्छ भन्ने मान्यता वोकेको मान्छे लेखेर पनि आफ्नो कर्म पुरा गरौं भन्ने लागेर पीडित परिवारको फोन सम्पर्क मित्र रिन्छेन दोर्जे तामाङसँग उपलव्ध गराउन भने सम्पर्क नम्वर मागेर मृतकका आफन्त सँग कुरा गरे । सम्पर्क गर्दा दुःख पोख्दै मृतकका बहिनी मिनाले भनिन, ‘न्याय खोज्दा न्याय नपाइने कस्तो देशमा रहेछौं ?’ मैले एकजना शेर्पा वावैले भनेको वाक्य मन मनै सम्झे, ‘नानी नेपालको कानुन, बाहुनले जानुन’ ती वाबैले यसो भन्नुको मत्लप बुढो मान्छे सिधा मान्छे देखेर उनको जग्गा खाइ दिएछन् । मुद्धा लड्ने भएछन् तर बाहुनले हुँदो नहुदो कानुनमा यस्तो छ उस्तो छ भन्दै मुद्धा हराइ दिएछन् । पुनरावेदन गर्दा पनि अन्याय भएकोमा न्याय पाइएला भन्ने विश्वासले पुनरावेदन गरेको नतिजा उल्टो भइदियो । जग्गा जमिन खाइदियो । यस्तो अन्धो कानुन, अन्धो प्रशासनको गरिमालाई कसरी उच्चो बनाउने ? कसरी जनताले विश्वास जित्ने ? भन्ने सरोकार छैन । जो पहुचवाल छ उसैको कुरौटे बन्ने संस्थाको कसरी विश्वास गर्ने ? २०७३  असार २८ गते नर्स निमा डोल्माको सुनियोजित हत्या भए पछि न्यायको लागि लडिरहेकी मृतकका बहिनी मिनाको भोगाई पनि त्यहि प्रकृतिको छ, ‘यहाँ न्याय दिने मान्छेहरु हाम्रा मान्छे छैनन् सिस्टर, यहाँ हाम्रा मान्छे मात्र हेरिन्छ !’
दिदीको हत्या कसरी गरियो जान्न उत्सुक लागेर सोधे पछि बहिनी मिना लामाले मृतक दिदी निमा डोल्माको बारे प्रहरीलाई दिएको बयान, तामाङ घेदुङ संघले तयार गरेको प्रतिवेदन सरसर्ती अध्ययन गरे नर्स निमा डोल्माको हत्या भएको सत्यता नजिक छ । हत्या आरोपीतसँग विहे गर्नेसम्मको योजनामा पुगेकी एक चेली हत्याको शिकार बनिन् आफ्नै प्रेमीबाटै । यसलाई ओझेल पार्ने र त्यतिकै छोप छाप पार्ने काम नहोस । छानविन होस कडा भण्डा कडा सजाय होस हत्याराको हामी चाहान्छौ तर यसको ठिक विपरित नहोस भन्ने हो त्यतिले नसुने के गर्ने विकल्प आउछ नै त्यतिवेला थाहा हुने हो ।
कुरा के हो भने यहाँ नारी स्वतन्त्रको कुरा गर्नेहरु कहाँ कुन दुलोमा लुकेका छन् मैले देखिन । मानव अधिकार कर्मी कहाँ छन् ? अर्थ न वर्थ १० वित्ता उफ्रियो महिला अधिकार कर्मी, मानव अधिकार कर्मी मान्छेलाई अन्याय भएको छ । मुक वाय र वसि दिने ? मलाई लाग्छ, जस्ले जतिसुकै गफ चुटोस नारी माथिको अन्यायको जग वसाल्ने हिन्दु साहित्य जव सम्म खोपडीमा रहँन्छ तव सम्म यो दासत्वकै रुपमा रहँन्छ । भनिएको छ कि ‘नारी दमनको पात्र होे, दमन नगरीए नारी उत्ताउली हुन्छे’ यस्तो सभ्यता सिकाउने धर्मले पनि यस्ता घट्नालाई उक्साएको छ । नारीको रक्षा कुमारी अवश्थामा पिताले, यौवन अवस्थामा पतिले, वृद्धा अवस्थामा पुत्रले गर्छ, किनकी नारी स्वतन्त्रताको योग्य छैन । (ऐतरेय ब्राह्मण) यस्तो धार्मिक पाखण्डपनहरु मगजमा घुसेका छन् । पुरुष भनाउदाले पनि महिला देख्यो कि ध्यान भंग हुने ति कथित हिन्दु भगवानका जस्तै महिला माथि दृष्टि लगाउने महिलालाई हिंसा गर्ने महिलालाई लिंग ढोगाउनेले अनि पुरुषलाई सुपेरियर बनाउने ढुंगालाई दुत र मान्छेलाई मुत खिलाउने सस्कारगत दासत्वले गर्दा पुरुष बनेर ठाडो शिरले हिड्न नसक्ने स्थिति पैदा गर्नेलाई कुनै कानुन नै बनेको छैन ? यहाँ त प्रहरी संलंग्न अपराधिलाई कार्वाही गर्न हिचकिचाएको पाएँ । हत्यारालाई चाँडो भन्दा चाँडो छानविन गरी कार्वाही गर्न प्रहरीलाई जाहेरी दिँदा तत्काल लिन नमाने पछि विभिन्न पार्टीका नेता हार गुहार गर्नु परेको घट्नाले जनताको जिउ ज्यानको सुरक्षामा खटिने देशको पवित्र सस्थाले प्रहरी प्रशासन पनि नेता विना र अलि अलि हुनेखानेकै कुरा सुन्ने देखियो । हुनेखानेको मात्र कुरा सुन्ने न्यायको ढोकामा हँुदा खानेको कुराले प्रवेश नपाए पछि कसरी निष्पक्ष संस्था भनि नागरिकले गर्व गर्ने ? विमल घर्ती मगरका बहिनी, नायिका नेहा पुनको उस्तै प्रकृतिको घट्नाले सबै मिडिया कभरेज पाउने उस्तै प्रकृतिको निमा डोल्माको घट्ना बारे एक शव्द खर्च गर्न कञ्जुस्याई गर्ने मिडिया पनि असाध्यै पक्षपाति देख्छु ।
रोइ कराइ गर्दा दवावमा प्रहरीले कुरा सुनेको भान पार्ने अर्को बहाना वनाएर अपराधिलाई उन्मुक्ति दिने काम गर्छ उही प्रहरी प्रशासन भने कसरी जनताले विश्वास गर्ने ? होइन भने, ‘झुटो बोलेर कानुन छल्न खोजेको’ उमेश कुमार शाहको पोलिग्राम रिपोर्ट पुष्टी हुन साथ अर्का देव कुमार शाहको स्वास्थ्य स्थिति ठिक नभएको बहाना किन बनाए ? यो कुनै पनि बहानामा अपराधि हत्यारालाई उन्मुक्ति दिने वहाना हो ।
के गर्नु मिडियाले पनि पहुजवालाको मात्रै प्राथामिकता दिन्छ जसको पहुज छैन उसको चाहि वास्ता नगर्ने पक्षपाती सस्कारै बनेको छ । यस्तो सस्कारलाई त्याग्दै सन्तुलित अपराधिको विरुद्ध सत्यता उधिन्दै खरो उत्रिएर पीडितलाई न्याय दिनु आफ्नो धर्मलाई विर्सेर नेताको गिताङ्गे वन्नेहरुले गर्दा नै यस्ता घट्ना ओझेलमा पर्ने गरेका छन् ।
तामाङ घेदुङ संघको ‘निमा डोल्मा लामाकोको अध्ययन प्रतिवेदन’ ले हत्या नै गरिएको निस्र्कष निकालेको छ । घट्नाको प्रकृतिलाई अध्ययन गर्दा पनि हत्या भएको हो भन्ने प्रमाण हुँदा हुँदै पनि न्याय दिलाउने अदालतले उल्टो अन्याय गर्न मिल्दैन । त्यसैले निष्पक्ष छानविन गरि अपराधिलाई कडा कार्वाही होस भन्न आग्रह गर्दछु ।
From Esamata.com

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...