Skip to main content

जोया–जीवन प्रकरणः बनिया मिडिया र विश्वस्नीयता


जीवन मंगोल
मलाई पहिले समाचारको विश्वस्नीयतामा शंका लागेर अहिलेसम्म लेखेको छैन जोया–जीवन प्रकरणमा । 
हामी मान्छे कति भेडो रहेछौ कति अबुझ रहेछौ भन्ने जोया जीवन प्रकरणले प्रस्ट भो ! 
जति बाहुन राज्यको गुलाम गर्ने बनिया (ब्यापारी) मिडियाहरु छन् तिनको विश्वस्नीयता मलाई लाग्दैन किनकि जसको धन जसको पहुज छ उसको मात्र कुरा बाहुनवादी मिडियाले कभर गर्छ । बाहुनवादी मिडियाको बिशेषता गलत समाचारलाई सत्य बनाउन प्रशासन, दलाल बाहुनको कुरालाई स्रोत बनाएर मूलबासी बिरुद्ध ओकल्छ । जस्तो कि एउटा कपोलकल्पित समाचार पनि अनेक स्रोत खुलाएर फलाना प्रसासनले बतायो, प्रसासनले फेरी अर्कैको बायट दिन्छ फेरी विद्वानको सहारा लिन्छ जसलाई घटना बारे थाहै छैन यस्तै गरेर समाचार बनाउछन भोलि समाचारको फ्रन्टमा फलाना उस्तो तिलना उस्तो .... अरुलाई फसाउन, अरुलाई दमन गर्न अनेक अनेक हवाला दिन्छर अनेक अनेक स्रोत खुलाउछन तर त्यो जतिनै स्रोत खुलाए पनि अन्त्यमा गएर मूलबासी उत्पीडनमा पारिएकालाई दमन गरेर खसालेर तयार गरिएको हुन्छ त्यो तथ्य अहिले सामाजिक संजालमा चर्चित जोया जीवन प्रकरणले प्रमाणित गर्यो । 
सहि, सत्य के हो ? त्यो नबुझी लेख्नेहरु पनि कम छैनन र धेरैले कबिता लेखे जोयाको र जीवन बिचको सम्बन्ध जसलाई थाहा थिएन र जसले लेख लेखे उनीहरुलाई समाचारको सत्यता के हो सम्म बुझेनन् । खालि जोया, खालि अन्याय भो ! मिडियाले लेख्छ जोयालाई अन्याय भयो र अहिले त्यहि दुखि आत्माहरुले सजिलै कसरि फेरी कुरा फेर्दै जीवनको बारेमा त्यहि हातले लेख्दैछन ? दुरदर्शीता, सत्यता, निष्पक्षता, खोजमूलक र यथार्थ धरातल नटेकेको नेपालि मिडियाले जानेको अनेक सोर्स र हवाला दिनु जानकार नभएकोहरुको बायटको आधारमा दुस्टहरुको कुरालाई आधार बनाएर असन्तुलित समाचार बनाउनु नै हो ! त्यसैको विश्वास गर्ने चेतनशील जनता पनि त्यसैको पछि लागेर असत्यलाई पनि सत्य बनाउने प्रवृति देखेर मलाई हासो मात्र लाग्छ ।
जोया देश निकालामा पर्नुको दोषी को थियो ? मैले सत्यता नभएकोले लेखिन । दोस्रो कुरा उनको परिवारको बारे केहि अस्पष्ट नभएकोले लेख्न उचित लागेन । अस्ति ज–जसले लेख लेखे अरेको भर हो मा हो लगाए, जसले आफ्नो सहानुभूति जोयालाई देखाए हचुवाको भरमा तर त्यसको सोलुसन के हो यथार्थ के हो कसैले लेखेको देखिन सयौ लेख पढे, हजारौ स्टाटस फेसबुकमा हेरे मेरो वालमा ट्याग गर्नु भो तर मैले प्रतिक्रिया जनाइन किनकि असत्यको वकालत गर्नु पक्कै मुर्ख नै बन्नु हो ! जवकि आफैले त्यसको तथ्य फेला नपारेसम्म बोल्दा आफै फन्दामा पर्न सकिन्छ ... आफुले थुकेको थुक आफ्नै मुखमा फेरी नपरोस तर मैले के देखे भने जस–जसले हिजो भावनामा आएर थुके त्यो थुक आफ्नै मुखमा परेको देख्दा चाहि मनमा कुतकुति लागेको छ ।
तर मेरो मनसाय पिडित जोया जो नेपालका बाहुन क्षेत्री प्रसासन र जुन संस्थाले सड्यन्त्र गरेर देश निकाला ग¥यो त्यसको नकारात्मक कुरा गरेको पटक्कै होइन खालि सत्य निष्पक्ष भन्दा हावादारी कुराको बढी चर्चा भएकोले मात्र मैले लेखेको हो । न्याय दुवैले पाउनु पर्ने मैले महशुस गरेको छु किनकि जोया यतिबेला दुई दुई जना नानि प्रमाण हुँदा हुँदा नेपालबाट निकाला गर्ने बाहुने नीति अनि जीवनको घर बिगार्ने, भाड्ने बाहुन प्रशासन, संस्थालाई छानबिन गरेर नेपाल सरकारले जोया– जीवनको परिवारलाई न्याए दिलाइयोस भन्ने नै चाहन्छु !

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन ...

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...