Skip to main content

जोया–जीवन प्रकरणः बनिया मिडिया र विश्वस्नीयता


जीवन मंगोल
मलाई पहिले समाचारको विश्वस्नीयतामा शंका लागेर अहिलेसम्म लेखेको छैन जोया–जीवन प्रकरणमा । 
हामी मान्छे कति भेडो रहेछौ कति अबुझ रहेछौ भन्ने जोया जीवन प्रकरणले प्रस्ट भो ! 
जति बाहुन राज्यको गुलाम गर्ने बनिया (ब्यापारी) मिडियाहरु छन् तिनको विश्वस्नीयता मलाई लाग्दैन किनकि जसको धन जसको पहुज छ उसको मात्र कुरा बाहुनवादी मिडियाले कभर गर्छ । बाहुनवादी मिडियाको बिशेषता गलत समाचारलाई सत्य बनाउन प्रशासन, दलाल बाहुनको कुरालाई स्रोत बनाएर मूलबासी बिरुद्ध ओकल्छ । जस्तो कि एउटा कपोलकल्पित समाचार पनि अनेक स्रोत खुलाएर फलाना प्रसासनले बतायो, प्रसासनले फेरी अर्कैको बायट दिन्छ फेरी विद्वानको सहारा लिन्छ जसलाई घटना बारे थाहै छैन यस्तै गरेर समाचार बनाउछन भोलि समाचारको फ्रन्टमा फलाना उस्तो तिलना उस्तो .... अरुलाई फसाउन, अरुलाई दमन गर्न अनेक अनेक हवाला दिन्छर अनेक अनेक स्रोत खुलाउछन तर त्यो जतिनै स्रोत खुलाए पनि अन्त्यमा गएर मूलबासी उत्पीडनमा पारिएकालाई दमन गरेर खसालेर तयार गरिएको हुन्छ त्यो तथ्य अहिले सामाजिक संजालमा चर्चित जोया जीवन प्रकरणले प्रमाणित गर्यो । 
सहि, सत्य के हो ? त्यो नबुझी लेख्नेहरु पनि कम छैनन र धेरैले कबिता लेखे जोयाको र जीवन बिचको सम्बन्ध जसलाई थाहा थिएन र जसले लेख लेखे उनीहरुलाई समाचारको सत्यता के हो सम्म बुझेनन् । खालि जोया, खालि अन्याय भो ! मिडियाले लेख्छ जोयालाई अन्याय भयो र अहिले त्यहि दुखि आत्माहरुले सजिलै कसरि फेरी कुरा फेर्दै जीवनको बारेमा त्यहि हातले लेख्दैछन ? दुरदर्शीता, सत्यता, निष्पक्षता, खोजमूलक र यथार्थ धरातल नटेकेको नेपालि मिडियाले जानेको अनेक सोर्स र हवाला दिनु जानकार नभएकोहरुको बायटको आधारमा दुस्टहरुको कुरालाई आधार बनाएर असन्तुलित समाचार बनाउनु नै हो ! त्यसैको विश्वास गर्ने चेतनशील जनता पनि त्यसैको पछि लागेर असत्यलाई पनि सत्य बनाउने प्रवृति देखेर मलाई हासो मात्र लाग्छ ।
जोया देश निकालामा पर्नुको दोषी को थियो ? मैले सत्यता नभएकोले लेखिन । दोस्रो कुरा उनको परिवारको बारे केहि अस्पष्ट नभएकोले लेख्न उचित लागेन । अस्ति ज–जसले लेख लेखे अरेको भर हो मा हो लगाए, जसले आफ्नो सहानुभूति जोयालाई देखाए हचुवाको भरमा तर त्यसको सोलुसन के हो यथार्थ के हो कसैले लेखेको देखिन सयौ लेख पढे, हजारौ स्टाटस फेसबुकमा हेरे मेरो वालमा ट्याग गर्नु भो तर मैले प्रतिक्रिया जनाइन किनकि असत्यको वकालत गर्नु पक्कै मुर्ख नै बन्नु हो ! जवकि आफैले त्यसको तथ्य फेला नपारेसम्म बोल्दा आफै फन्दामा पर्न सकिन्छ ... आफुले थुकेको थुक आफ्नै मुखमा फेरी नपरोस तर मैले के देखे भने जस–जसले हिजो भावनामा आएर थुके त्यो थुक आफ्नै मुखमा परेको देख्दा चाहि मनमा कुतकुति लागेको छ ।
तर मेरो मनसाय पिडित जोया जो नेपालका बाहुन क्षेत्री प्रसासन र जुन संस्थाले सड्यन्त्र गरेर देश निकाला ग¥यो त्यसको नकारात्मक कुरा गरेको पटक्कै होइन खालि सत्य निष्पक्ष भन्दा हावादारी कुराको बढी चर्चा भएकोले मात्र मैले लेखेको हो । न्याय दुवैले पाउनु पर्ने मैले महशुस गरेको छु किनकि जोया यतिबेला दुई दुई जना नानि प्रमाण हुँदा हुँदा नेपालबाट निकाला गर्ने बाहुने नीति अनि जीवनको घर बिगार्ने, भाड्ने बाहुन प्रशासन, संस्थालाई छानबिन गरेर नेपाल सरकारले जोया– जीवनको परिवारलाई न्याए दिलाइयोस भन्ने नै चाहन्छु !

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

लिगलिग र दशै : वास्ताबिक वा भ्रम

जीवन मंगोल इतिहास भनेको जित्नेहरुको घोडा हो । जित्नेहरुले जता मोड्यो तेतै मोडिन्छ । संसारको रितै यस्तै छ भन्दा अतियोश्क्ति नहोला । बिश्व इतिहासमा यस्ता घट्नाहरु अनगिन्ति छन् । तर यी घटनाहरु बिश्व बिख्यात हुन । चीनको ग्रेटवाल कुनै एक ब्यक्तिको प्रयासले मात्र बनाएको थिएन । लाखौं–लाख चिनिया जनताको पसिनाले सिर्जिएको हो । रोमन साम्राज्य सिजर एक्लैले बिस्तार गरेका थिएनन् । लाखौ–लाख योद्धाहरुको योग्दान थियो । मंगोल साम्राज्य जिङगेज खाङ एक्लैले बिस्तार गरेका थिएनन हजारौं मंगोल योद्धाहरुको साथ थियो । मिश्रका ठूल–ठूला पिरामिडहरुमा फारुनको मात्र नाम उल्लेख छ, फारुनको एक्लो प्रयासले मात्र सम्भब थिएन, पिरामिड मुनि लाखौंको अस्थिपञ्जर छ । सिकन्दर एक्लैले भारत बर्ष जितेका थिएनन । लाखौं भारतिय योद्धाहरुले बलिदान दिए ।  २०४७ मा भारत स्बतन्त्रता हुनु क्रमचन्द्र गान्धि (महात्मा) को भन्दा धेरै गुणा भारतीय संबिधान निर्माता डा. भिम राव अम्बेडकरको योगदान थियो । तर महात्मा गान्धिको मात्र एक्लो प्रयास थिएन । नेपालको इतिहास पनि यथार्थमा सत प्रतिशत झुटो छ । नेपालको इतिहास साम्राज्यबादीहरुको हात...