जीवन मंगोल
जीवन मंगोल-“गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छन् तर बीरहरु लड्छन् र अघि बढिरहन्छन् ।”–होचिमिन्ह । आहा ! सुन्दै कति जोशिलो अभिव्यक्ति । हुन पनि हामी मंगोलहरु पराक्रमी बीर रावणका सन्तान हौं । अनि बुद्धको जस्तै शान्त स्वभाव, अत्यन्त नम्रता र इमान्दारिता हाम्रो परिचय हो । तर कहिलेकाँही लाग्छ, हामी कतै मूर्ति जस्तै आफ्नै निम्ति केही नगर्ने र आफ्नै आँखा अगाडिको देख्न नसक्ने बुद्धु हौँ । हाम्रो स्वाभिमान मरेको छ । इतिहासले हामीलाई चिहानमा गाडेको छ । हाम्रो कंकाल, अस्थिरपञ्जर उत्खनन गरी निकालेको भए पनि पूर्ण रुपमा हामी ज्यूँदो मंगोल हुन सकिरहेका छैनौं ।
विशाल हृदय भएर पनि विशाल सोच र दुरदर्शीता नअपनाउने जातीमा सिमित हुँदै गइरहेका छौँ हामी । वर्तमान नेपालको राजनीतिक परिवर्तन सामाजिक, विभिन्न पाटोलाई नियाल्दा लाग्छ, हामी अझै निन्द्रामा छौं । हाम्रो स्वाभिमान जागेको छैन । हो, हामी मंगोलहरुको स्वाभिमान किन जान्दैन ? हामी मंगोलहरु केही गर्न नसक्ने हामी मंगोलहरु केही गर्न नसक्ने लाचार हौं ? शासक वर्गले त्यस्तै शैलीमा प्रचार गरेका छन् र त्यस्तै व्यवहार गरिरहेका छन् । “न निगले बने न उग्ले” भन्ने कथन चरितार्थ भइरहेको छ ।
मंगोलहरुको अपरिपक्कताका कारण हाम्रो इतिहास नै आज संकटमा परेको छ । कुतर्कले इतिहास मोड्ने पाखण्डी इतिहासकारहरुलाई हामी चिन्न सकिरहेका छैनौं । जाली तमसुक बनाएर हामी मंगोलहरुलाई ढाँटिएके छ । कहिले मधेश आन्दोलनको नाममा त कहिले जनयुद्धको नाममा त्यही शासक वर्गको स्वार्थका लागि ज्यान अर्पण सजिलै मर्न र मार्न तयार हुने हामी मंगोलहरुले आफ्नो अस्तित्व र स्वभिमानलाई अव पुर्नव्याख्या गर्न पर्ने बेला भएको छ ।
हामीहरु प्रथम र दोस्रो विश्व युद्धको समयका मूलवासी मंगोलहरुले वीरता प्रस्तुत गरेको कथा प्रशस्त सुन्छौं । बेलायतीहरुले हामीलाई उकास्न दिएका भिक्टोरिया क्रसका कथा सुन्छौं । नेपाल भारतका सिमाहरुमा इतिहासका कालखण्डमा लडिएका कथा सुन्छौँ । आज त्यो वीरताको कथा कथामै मात्र सीमित भएको छ । यसबाट के स्पष्ट हुन्छ भने हामी अरुको स्वार्थमा मात्र बीरता देखाउने र वास्तविक दुश्मनलाई बँचाएर कमजोरहरुलाई आक्रमण गर्ने बीर मात्रै रहेछौं । २००७ सालको परिवर्तनका लागि लड्ने र मर्नेहरुले आजसम्म के पाए ? औपचारिक सम्मानले मात्र के गर्नु ?१० वर्षसम्म माओवादीले चलाएको नरहत्या यज्ञमा मूलवासी मंगोलहरु स्वाहा मात्र भएनन्, बाँचेकाहरु घरबारविहीन सुकुम्बासी बन्नु परेको वेदना अहिले प्रचण्डबाट पुष्पकमल बनेका माओवादी अध्यक्षले सुनिदिन्छन् ? फेरि उही प्रचण्डको प्रसंशा गरेर हिँड्दै छन् अझै केही किरातीहरु । कहिलेसम्म हिँड्छौं हँ उनको झोला बोकेर ? निगाहमा मन्त्री खान पल्केकाहरुको अनुहार मात्र मंगोल भएर के गर्नु ? कुर्सीमा मूर्ति जस्तो बस्ने पनि वास्तविक स्वभिमानी मंगोल हो र ? अर्काको विवेकले चल्नेहरुले कसरी महशुस् गरुन् आफ्नो पहिचान र अस्तित्व ? रामबहादुर थापा मगर र देव गुरुङहरुलाई कहाँदेखि कहाँको शक्तिले छिर्के लगाएर लडाइदियो । यतिखेर नविना लामा चर्चामा छिन् । तर उनलाई पनि अन्त्यमा हात लाग्यो शून्य नै हुनेछ ।
पुरानो राज्य व्यवस्था र तिनले स्थापना गरेको संकिर्ण विचार बदल्नु आजको आवश्यकता हो । त्यसका लागि कायर जस्तो लुकेर धम्काउने होइन, निर्भिकताका साथ क्रान्ति गर्नु प्रधान कुरा हो । अन्यायको विरुद्ध विद्रोह गर्ने लखन थापा मगर, रामप्रसाद राई र अटलसिंह खम्बु जस्तै स्वभिमानका लागि ठाडै ढल्न किन डराउने ? रत्नकुमार वान्तवाहरुलाई साथ लिनेहरु आज देशको प्रधानमन्त्री बनिसके । तर हामी मंगोलचाहीँ विदेशी सेना र विदेशी भूमिमा श्रम गर्ने मात्र ?बराजु चेप्जुको पालादेखि जवान मंगोल ठिटाहरुलाई अरु कुराको मतलव हुन्न । जहिले पनि ति पल्टने हुने मात्र सपना देखिरहेका छन् । कति गर्दा पनि पल्टने नभए खाडीतिर भौतारिनु पर्ने बाध्यता कसरी सिर्जना भयो ? यसमा बहस हुनु आवश्यक छ । भारत, हङकङ र बेलायतका गोर्खा सेनालाई पनि शासकवर्गको विचारले गाज्नु गाँजेको छ । आखिर बेलायती न प¥यो । बीर गोर्खा भन्दै धाप मा¥यो र छिर्के लगाएर दाउ मा¥यो ।
हामी मंगोल त्यही हौं जसले अत्याधुनिक हातहतियारले सुसज्जित जर्मनलाई यस्तो धम्की दियो, “लेफ्ट राईट लेफ्ट राईट कदम बढायो, गोर्खालीको छोरादेखि जर्मन डरायो ।” दोस्रो विश्वयुद्ध जर्मनीबाटै सुरु भएको थियो । त्यसका मुख्य कारक त्यस समयका फासिस्ट जर्मन चान्सलर हिटलर हुन् । हिटलरले ६० लाख बढि यहुदीहरुलाई ग्याँस च्याम्बरमा हालेर मारे र आफै पनि बंकरमा आत्महत्या गरे । हो, माओवादीहरु पनि पनि हिटलर भन्दा कम रहेछन् । नेपालमै हजारौं सखाप पार्ने कम्युनिष्टले संसारको त के हिसाब ? साम्यवादका नाममा करोडाँै मारिएका छन् । कम्युनिष्टकै पछि लागेर आज हामी यसरी छटपटाइरहेका छौ । शोसकहरुका अगाडी हामी बीर होइन, कायर बनिरहेका छौं ।
हामी टुक्राटुक्रामा परिणत भएका मंगोललाई जोड्ने एउटै सुत्र मंगोलवाद हो । तर त्यसतर्फ हाम्रो ध्यान गएको छैन । भारतका दलितहरुको आदर्श र भारतीय संविधानका निर्माणकर्ताहरु मध्ये एक डा. भीमराव अम्वेडकरको धम्मपथको अपूर्णतालाई पूर्णता दिनु पनि हो मंगोलवादको उद्देश्य । तर, यसको तात्पर्य एउटा धर्मलाई मात्र अंगाल्नु होइन । अन्य धर्म र सम्प्रदायलाई उपेक्षा गर्नु कदापी होइन यसको उदेश्य । त्यति मात्र नभई यसको उदेश्य एक धर्म, एक जातीको नारा प्रतिस्थापन गर्नु तथा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई अंगिकार गर्नु हो ।
यो कुरा आजका वीर मंगोलहरुले बुझ्नु पर्दछ । सामुहिक स्वार्थ र व्यक्तिगत स्वार्थमा आकाश धर्तीको फरक छ । व्यक्तिगत स्वार्थ र सामुहिक मंगोल स्वार्थमा फरक छ । मण्डेलाले रंगभेद विरुद्ध लड्दा २७ वर्ष जेल बस्नु प-यो । त्यस्तै हाम्रा मंगोलवादका अगुवा गोपाल गुरुङले वर्णभेद नीतिविरुद्ध बोल्दा बर्षौ भूमिगत जीवन विताउनु परेको इतिहास भुल्नु हुँदैन ।
from mongolvision weekly.

Comments
Post a Comment
Thank you for Comment