Skip to main content

राजाको धर्म हुन्छ न त देशै हुन्छ - बुद्धलाल मेचे


बुद्धलाल मेचे, 
एक्टिंग प्रेसिडेन्ट मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ 

आगोले कांचो भन्दैन, राजाले कंगाल भन्दैन | न राजाको धर्म हुन्छ न त देशै हुन्छ.पृथ्वीनारायण शाहाले आफनै जेठान मकवानपुरका राजा दिगबन्धन सेनलाइ लडाइमा हराइ सकेपछि दिगबन्धन सेनलाइ जिउँदै छाला काडने आदेश दिइन्छ र नुन चुक लगाएर तर्पाइ तर्पाइ मारिन्छ | त्यसपछि उनका बचेखुचेका सेनाहरुलाइ सर्वस्वहरण गरि अछुत दलित घोषणा गरेर कठोर श्रमसिबिरमा पठाईन्छ. कसैलाइ आफना सेनाका बुटजुत्ता पेटी बनाउने सजाय दिए, कसैलाइ सेनाका पोशाक सिउने बनाए | कसैलाइ हातहतियार, बन्दुक, खूंडा तरवार बनाउने बनाए | आर्थिक अवस्था झुत्रो झुत्रो बनाइ दिईसकेपछि कालान्तरमा आएर बाध्यतावश पेशाको रुपमा अंगाल्नु परयो. र समाजमा दमाइ, कामी, सार्कीको सृजना हुन गयो | नेपालका बाहुनक्षेत्रि बाहेक समग्रमा सबै मुलवासी मंगोल हुन् | तेसबेला राइ,लिम्बु,गुरूङ,मगर,तामाङ,थारु,दनुवार,शेर्पा भन्ने कूरा आइसकेको थिएन.गोपालबंश,सेनबंश,शाहबंश सुर्यबंश, चन्द्रबंश, खानदान गण अर्थात बंशका कुरा मात्र थिए.राजपरिवारको बैबाहिक सम्बन्ध जूनसुकै बंशका भएपनि राजपरिवार सँगै हुने गर्दछ | शाहबंशका पृथ्बीनारायणले मकवानपुरे शेनबंशका राजाकी छोरी बिहे गरेका थिए | त्यस्तै गरेर महेन्द्र, ज्ञानेन्द्र,पारसले पनि भारतका रजौटाहरुको राजकूमारीसँग बिहे गरेका हून् | शाह पद दिल्लीका बादशाहले दिएको उपाधी हो  | आफु सबै शाहहरू भन्दा ठुलो बादशाह हो भनेर देखाउनका निम्ति दिइएको हो | नेपालमा पनि आफू महाराजा कहलिएर बस्नका लागि शाह राजाहरुले अघोषित रुपमा भत्ता दिएर बझाङगी राजा, मुस्ताङगी पालेका थिए |

Reference : Meche FB wall !

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...