Skip to main content

राजाको धर्म हुन्छ न त देशै हुन्छ - बुद्धलाल मेचे


बुद्धलाल मेचे, 
एक्टिंग प्रेसिडेन्ट मंगोल नेशनल अर्गनाइजेशन -एमएनओ 

आगोले कांचो भन्दैन, राजाले कंगाल भन्दैन | न राजाको धर्म हुन्छ न त देशै हुन्छ.पृथ्वीनारायण शाहाले आफनै जेठान मकवानपुरका राजा दिगबन्धन सेनलाइ लडाइमा हराइ सकेपछि दिगबन्धन सेनलाइ जिउँदै छाला काडने आदेश दिइन्छ र नुन चुक लगाएर तर्पाइ तर्पाइ मारिन्छ | त्यसपछि उनका बचेखुचेका सेनाहरुलाइ सर्वस्वहरण गरि अछुत दलित घोषणा गरेर कठोर श्रमसिबिरमा पठाईन्छ. कसैलाइ आफना सेनाका बुटजुत्ता पेटी बनाउने सजाय दिए, कसैलाइ सेनाका पोशाक सिउने बनाए | कसैलाइ हातहतियार, बन्दुक, खूंडा तरवार बनाउने बनाए | आर्थिक अवस्था झुत्रो झुत्रो बनाइ दिईसकेपछि कालान्तरमा आएर बाध्यतावश पेशाको रुपमा अंगाल्नु परयो. र समाजमा दमाइ, कामी, सार्कीको सृजना हुन गयो | नेपालका बाहुनक्षेत्रि बाहेक समग्रमा सबै मुलवासी मंगोल हुन् | तेसबेला राइ,लिम्बु,गुरूङ,मगर,तामाङ,थारु,दनुवार,शेर्पा भन्ने कूरा आइसकेको थिएन.गोपालबंश,सेनबंश,शाहबंश सुर्यबंश, चन्द्रबंश, खानदान गण अर्थात बंशका कुरा मात्र थिए.राजपरिवारको बैबाहिक सम्बन्ध जूनसुकै बंशका भएपनि राजपरिवार सँगै हुने गर्दछ | शाहबंशका पृथ्बीनारायणले मकवानपुरे शेनबंशका राजाकी छोरी बिहे गरेका थिए | त्यस्तै गरेर महेन्द्र, ज्ञानेन्द्र,पारसले पनि भारतका रजौटाहरुको राजकूमारीसँग बिहे गरेका हून् | शाह पद दिल्लीका बादशाहले दिएको उपाधी हो  | आफु सबै शाहहरू भन्दा ठुलो बादशाह हो भनेर देखाउनका निम्ति दिइएको हो | नेपालमा पनि आफू महाराजा कहलिएर बस्नका लागि शाह राजाहरुले अघोषित रुपमा भत्ता दिएर बझाङगी राजा, मुस्ताङगी पालेका थिए |

Reference : Meche FB wall !

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...