Skip to main content

बाहुन क्षेत्रीको कथित शास्त्रले के भन्छ ?

“महाभारत” भन्छ – शुद्र राजा बन्न सक्दैन ।
“गीता” भन्छ – शुद्र ब्राह्मण क्षत्रिय र वैश्यंको गुलाम बन्नुपर्छ ।
“रामायण” भन्छ – शुद्रले ज्ञान प्राप्त गरे मृत्युदंड दिनुपर्छ ।
“वेद”– भन्छ – शुद्र ब्रह्मा को पैतालाबाट जन्म(उत्पति) लिएको हो, त्यसकारण उ निच हो ।
“मनुस्मृति” का अनुसार – शूद्रले कमायको धन ब्राह्मणले खोस्नुपर्छ ।
“वेद” भन्छ – शूद्र को स्थान माथिको तीन बर्णको चरणमा छ ।
“पुराण” भन्छ – शूद्र केवल गुलाम गर्नका लागि जन्म लिएको हो ।
“रामचरित मानस” भन्छ.– शूद्रलाई पिटनु धर्म हो । - हिन्दीबाट

बिदेशी बाहुन क्षेत्रीको अतिबादी शास्त्रले मूलबासीलाई कुकुरको दर्जा भन्दा तल राखेको छ । शुद्र भनेको बह्माको पैतालाबाट जन्मेको भन्छ, त्यस्तै जनजाति भनेको त्यो भन्दा नि तल्लो दर्जामा झारिएको छ, जो चाहि कुकुरकै दर्जा दिइएको छ, जुन काम श्री ६ श्री ५, श्री ३ का ए र बि क्लासका बाहुन क्षेत्रीले बनाइ दिए । हामी मुक्तिका कुरा गछौ, डंका पिट्छौ मुक्ति चाहियो । तर तपाई हामीलाई मुक्ति चाहियो, मिल्दैन किनकी मानसीक रुपमा रोगी हुनुहुन्छ, छौं । हामीमा बाहुन क्षेत्रीको गुलाम गर्ने मानसीकता मात्र तयार भएको छ । ए र बि ल्लासका हिन्दु बाहुन क्षेत्रीको शासन स्वीकारी रहेका छौं तर त्यसको बिरोध गर्ने शाहस छैन । यो सबै कारण यी कथित धर्म शास्त्र नै हुन । जनजाति शुद्र स्वीकार गर्नेहरुको स्थिति भनेको बाहुन क्षेत्रीको नजरमा निच हो, बिचरा हो । बीर मूलबासी मंगोल बन्नको लागि बाहुन क्षेत्रीलाई उकास्ने नोकरी होइन, अब आफै मालिक बन्न एक भई क्रान्ति गरौं तव मुक्ति मिल्नेछ । अनि एक मुक्त मानव बन्ने छौं ।

जय अहिन्दु मूलबासी मंगोल
-जीवन मंगोल

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...