Skip to main content

जब सम्म बर्णभेदी शासन चल्छ, मंगोल मुक्तिको कल्पना नगरौ


आर्य इतिहास हेरे काफी पुग्छ – तपाई दक्षिण अफ्रिकाको इतिहास हेर्नुस नेलसन मन्डेला जस्ता व्यक्ति नजन्मिएको भए आजसम्म आर्य हाली मुहाली कायम हुन्थ्यो कालाहरु किरा फटेंग्रा जति पनि सम्मान पाउने थिएनन् र कालाहरु शासक बन्ने थिएनन् । अमेरिका जस्तो ज्ञानी मुलुक भनिएकोमा डा. मार्टिन लुथर किङ्ग जस्ता हस्ती नजन्मिएको भए आज कसैले बाइबल पड्दा सजायको भागी हुनु पथ्र्याे अनि बाराक (हुसैन)ओबामा राष्ट्रपति हुन सक्ने थिएनन । अहिले भखरै लण्डनमा एक मुस्लिम मेयर भए यो पनि त्यसैको प्रतिफल हो ।  भियतनाममा साम्राज्यबादी शक्तिलाई परास्त गरि हो चि मिन्ह जस्ता असल राष्ट्रबादी नेता नभएको भए भियतनामको स्थिति के हुन्थ्यो ? भारतमा अम्बेडकर जस्ता व्यक्ति नजन्मिएको भए हिन्दुबादीहरुले खर्लप्प निल्थ्यो !
अहिले बुद्धिस्ट बन्ने क्रम भारतमा तिब्र छ । आधुनिक बुद्धवादका प्रणेता बनेर नयाँ अध्यायको प्रारम्भ गर्नु आफै डरलाग्दो चुनौति थियो । तर अम्बेडकरले एकै दिनमा ५ लाख अनुयायीका साथ १९५६ मा बोधिसत्त्व ग्रहण गरेर हिन्दु अतिवादीलाई मुखटोढ जवाफ दिए । भारतमा बिदेशी अंग्रेज भगाउ नारा लगाए अंग्रेजले देश छोडे तर तिनै अंग्रेजको सन्तान बाहुन क्षेत्रीले छोडेनन् । त्यसै कारण त्यहाको स्थिति र नेपालको स्थिति एउटै छ भन्नु हुन्छ डा. गोपाल गुरुङ र समस्या उस्तै छ र त्यहा धर्म निरपेक्ष भनिएको छ हिन्दुवादीले डोमिनेट गर्न छोडेको छैन । नेपालमा धर्म निरपेक्ष भनिएको छ सबै धर्मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखा परेको छैन भारतीय पृष्ठ भुमि बोकेको आर्य धर्म जो कथित हिन्दुले अरु धर्मलाई बिदेशी धर्म भन्न र हेयको दृष्टिले हेरेको छ र नेपालको बिउरोक्र्याटको कुरा त के कुरा गर्नु ! जता पनि दुर्गन्ध छ र आर्य गन्ध आउछ । आजको आवश्यकता धार्मिक युद्ध गर्नु पर्छ अब तर धार्मिक भन्नाले अन्यथा नलिनु होला हिजो सम्म हाम्रा पुर्खाले लडेको लडाई पापको लडाई हो, आज हामी धार्मिक लडाई लडौ र लडिरहेको छ अर्थात् बैचारिक लडाई लडौ त्यो एक भै अघि बढौ त्यो हामीलाई घृणा लाग्ने देश बनाउन र आफ्नो पबित्र देश सुन्दर देश बनाउन आफै जुटौ किनकि यो देश बाहुन क्षेत्रीको होइन त्यसैले उनीहरुलाई माया पनि हुँदैन त्यो कुरा हामीले देखिसकेका छौ र प्रमाणित पनि भएको छ । दक्षिण कोरिया, भुटान जस्ता देशमा बिकास हुन धेरै समय लागेको होइन र जापान, चाइना, हंगकंग बिकशित मुलुक बन्न धेरै सताब्दी अघिको प्रयास होइन केहि दशक अगाडिको हो । ती देश भन्दा अगाडी देखिको बाहुन क्षेत्रीले चलाएको शासन गरेको मुलुकमा अध्यारो छ र बत्ति मुनिको अध्यारो बनाएइको छ । तपाई हामीले पनि यो कुरा बुझ्नु पर्ने होइन र ? यो देश जब यहि देशका हामी मुलबासी मंगोल भूमिपुत्रले बनाउन लागि पर्दैनौ, जब सम्म बाहुन क्षेत्रीको हनुमान र गुण गाउछौ तब सम्म देश संमृद्धिको कल्पना नगरौं । डा. गुरुङ भन्ने गर्नु हुन्छ – "This country will never develop until and unless political power remains into the grip of invaders Indo-Aryan rulers so that the political power should come into the hand of indigenous Mongol people."
 त्यस्ता धेरै देश छन्, जबसम्म आफ्नो मुलुक आफै नचालाउदा नेपाल जस्तै कंगाल थिए । आज भूमिपुत्र मूलबासीहरु आफै शासन गर्न थालेका छन् त्यसैले आफ्नो मुलुक समृद्धि बनाइ रहेका छन् । यसर्थ हामी मंगोल मूलबासीहरु पनि आफ्नो देश बनाउन लागि पनु अति आवश्यक भएको छ । आउनुस अगाडि बढौं । मंगोल एक भई शासक आफै बनौं, यो नै डा. गोपाल गुरुङले देख्नु भएको सपना हो । 
जीवन मंगोल 

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...