आर्य इतिहास हेरे काफी पुग्छ – तपाई दक्षिण अफ्रिकाको इतिहास हेर्नुस नेलसन मन्डेला जस्ता व्यक्ति नजन्मिएको भए आजसम्म आर्य हाली मुहाली कायम हुन्थ्यो कालाहरु किरा फटेंग्रा जति पनि सम्मान पाउने थिएनन् र कालाहरु शासक बन्ने थिएनन् । अमेरिका जस्तो ज्ञानी मुलुक भनिएकोमा डा. मार्टिन लुथर किङ्ग जस्ता हस्ती नजन्मिएको भए आज कसैले बाइबल पड्दा सजायको भागी हुनु पथ्र्याे अनि बाराक (हुसैन)ओबामा राष्ट्रपति हुन सक्ने थिएनन । अहिले भखरै लण्डनमा एक मुस्लिम मेयर भए यो पनि त्यसैको प्रतिफल हो । भियतनाममा साम्राज्यबादी शक्तिलाई परास्त गरि हो चि मिन्ह जस्ता असल राष्ट्रबादी नेता नभएको भए भियतनामको स्थिति के हुन्थ्यो ? भारतमा अम्बेडकर जस्ता व्यक्ति नजन्मिएको भए हिन्दुबादीहरुले खर्लप्प निल्थ्यो !
अहिले बुद्धिस्ट बन्ने क्रम भारतमा तिब्र छ । आधुनिक बुद्धवादका प्रणेता बनेर नयाँ अध्यायको प्रारम्भ गर्नु आफै डरलाग्दो चुनौति थियो । तर अम्बेडकरले एकै दिनमा ५ लाख अनुयायीका साथ १९५६ मा बोधिसत्त्व ग्रहण गरेर हिन्दु अतिवादीलाई मुखटोढ जवाफ दिए । भारतमा बिदेशी अंग्रेज भगाउ नारा लगाए अंग्रेजले देश छोडे तर तिनै अंग्रेजको सन्तान बाहुन क्षेत्रीले छोडेनन् । त्यसै कारण त्यहाको स्थिति र नेपालको स्थिति एउटै छ भन्नु हुन्छ डा. गोपाल गुरुङ र समस्या उस्तै छ र त्यहा धर्म निरपेक्ष भनिएको छ हिन्दुवादीले डोमिनेट गर्न छोडेको छैन । नेपालमा धर्म निरपेक्ष भनिएको छ सबै धर्मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखा परेको छैन भारतीय पृष्ठ भुमि बोकेको आर्य धर्म जो कथित हिन्दुले अरु धर्मलाई बिदेशी धर्म भन्न र हेयको दृष्टिले हेरेको छ र नेपालको बिउरोक्र्याटको कुरा त के कुरा गर्नु ! जता पनि दुर्गन्ध छ र आर्य गन्ध आउछ । आजको आवश्यकता धार्मिक युद्ध गर्नु पर्छ अब तर धार्मिक भन्नाले अन्यथा नलिनु होला हिजो सम्म हाम्रा पुर्खाले लडेको लडाई पापको लडाई हो, आज हामी धार्मिक लडाई लडौ र लडिरहेको छ अर्थात् बैचारिक लडाई लडौ त्यो एक भै अघि बढौ त्यो हामीलाई घृणा लाग्ने देश बनाउन र आफ्नो पबित्र देश सुन्दर देश बनाउन आफै जुटौ किनकि यो देश बाहुन क्षेत्रीको होइन त्यसैले उनीहरुलाई माया पनि हुँदैन त्यो कुरा हामीले देखिसकेका छौ र प्रमाणित पनि भएको छ । दक्षिण कोरिया, भुटान जस्ता देशमा बिकास हुन धेरै समय लागेको होइन र जापान, चाइना, हंगकंग बिकशित मुलुक बन्न धेरै सताब्दी अघिको प्रयास होइन केहि दशक अगाडिको हो । ती देश भन्दा अगाडी देखिको बाहुन क्षेत्रीले चलाएको शासन गरेको मुलुकमा अध्यारो छ र बत्ति मुनिको अध्यारो बनाएइको छ । तपाई हामीले पनि यो कुरा बुझ्नु पर्ने होइन र ? यो देश जब यहि देशका हामी मुलबासी मंगोल भूमिपुत्रले बनाउन लागि पर्दैनौ, जब सम्म बाहुन क्षेत्रीको हनुमान र गुण गाउछौ तब सम्म देश संमृद्धिको कल्पना नगरौं । डा. गुरुङ भन्ने गर्नु हुन्छ – "This country will never develop until and unless political power remains into the grip of invaders Indo-Aryan rulers so that the political power should come into the hand of indigenous Mongol people."
त्यस्ता धेरै देश छन्, जबसम्म आफ्नो मुलुक आफै नचालाउदा नेपाल जस्तै कंगाल थिए । आज भूमिपुत्र मूलबासीहरु आफै शासन गर्न थालेका छन् त्यसैले आफ्नो मुलुक समृद्धि बनाइ रहेका छन् । यसर्थ हामी मंगोल मूलबासीहरु पनि आफ्नो देश बनाउन लागि पनु अति आवश्यक भएको छ । आउनुस अगाडि बढौं । मंगोल एक भई शासक आफै बनौं, यो नै डा. गोपाल गुरुङले देख्नु भएको सपना हो ।
जीवन मंगोल
Comments
Post a Comment
Thank you for Comment