Skip to main content

प्रतिश्प्रधात्मक शिक्षा खाचो हिन्दुवादी होइन


  • जीवन मंगोल
शिक्षाको नाममा हिन्दुबादी मनुबादी शिक्षा मसिना बालबालिकाको कलिलो दिमाखमा घुसाइ दिएपछि प्रगति हुन्छ कहिल्यै ?
राम्रो सोच, बिचार पलाउन सक्छ कहिल्यै, जबकी कलिलो दिमागमा बाहुनलाई ज्ञानी भनेर पाठ्य बस्तु तयार पार्छन बाहुनले, क्षेत्रीलाई रक्षकको रुपमा देखाईएको छ ।
चित्रमा देखाइएका अनुसार बाहुन ज्ञानी, क्षेत्रीलाई रक्षक, अनि हतियारहरु तरवार त्रिशुल देखाएपछि राम्रो सोच हैन हिन्दुत्व, दासत्वले कलिलो दिमाग भरिन्छ । कलिलो दिमागमा हिन्दुबाद घुसाइदिए पछि मूलबासी मंगोलहरुले कसरी सोच्न सक्छ ।
एउटा सोझो मूलबासी मंगोललाई खेताला, भरियाको रुपमा देखाइन्छ, बाल मस्तिष्कमा । एउटा सिगाने पात्रका रुपमा झुत्रो मंगोल देखाउने त्यसपछि आफूलाई ज्ञानी भनेर घोकाउने बाहुन क्षेत्रीको शिक्षाले सधै मूलबासी मंगोलहरुलाई दिमाग दरिद्र, सोचाइ दरिद्र हर क्षेत्रमा दरिद्र बनाइ दिन्छ ।
नेपाली प्राथामिक तहका धेरै पाठय पुस्तकका पाठ्य सामग्रीहरु बाहुन क्षेत्रीलाई मुख्य पात्र बनाइएको पाइन्छ । अझ माध्यमिक तहका पाठ्यक्रम झन चौखण्ड छ । बाहुन क्षेत्रीको खलपात्र मंगोल मात्र हुन्छ । बरु बलियो भनेर कतै प्रशंसा गरेको पाइन्छ । त्यो भन्दा राम्रो पात्रमा प्रस्तुत गरेको पाइन्दैन ।
मंगोलहरुलाई त एउटा दरिद, मुर्ख, पाखे, जंगली, चोर गुण्डा, हले, कोदाले, खेतालो जस्ता पात्रमा सिमित बनाइन्छ, बाहुनलाई चाहि शिक्षित, चलाख, ज्ञानी, इमान्दारी, बफादारीको रुपमा अर्थात प्रशंसाले भरिएको हुन्छ ।
यस्ता बाहुनबादी शिक्षा प्रतिस्प्रधात्मक हुने कुरा त कल्पनै नगरौ बरु बाहुनको प्रशंसा गर्न प्रेरित गर्न बाहेक केहि हुने छैन । यस्तो बाहुन क्षेत्रीलाई भगवान, ज्ञानी भन्दै प्रशंसाले भरिएको पाठ्य बस्तु नच्यातिए सम्म मूलबासी मंंगोलहरु बाहुन क्षेत्रीको दासी बन्न सिकाउछ, त्यसैले यस्ता पाठ्य बस्तुहरु च्यातिनु पर्छ

Comments

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...