Skip to main content

प्रतिश्प्रधात्मक शिक्षा खाचो हिन्दुवादी होइन


  • जीवन मंगोल
शिक्षाको नाममा हिन्दुबादी मनुबादी शिक्षा मसिना बालबालिकाको कलिलो दिमाखमा घुसाइ दिएपछि प्रगति हुन्छ कहिल्यै ?
राम्रो सोच, बिचार पलाउन सक्छ कहिल्यै, जबकी कलिलो दिमागमा बाहुनलाई ज्ञानी भनेर पाठ्य बस्तु तयार पार्छन बाहुनले, क्षेत्रीलाई रक्षकको रुपमा देखाईएको छ ।
चित्रमा देखाइएका अनुसार बाहुन ज्ञानी, क्षेत्रीलाई रक्षक, अनि हतियारहरु तरवार त्रिशुल देखाएपछि राम्रो सोच हैन हिन्दुत्व, दासत्वले कलिलो दिमाग भरिन्छ । कलिलो दिमागमा हिन्दुबाद घुसाइदिए पछि मूलबासी मंगोलहरुले कसरी सोच्न सक्छ ।
एउटा सोझो मूलबासी मंगोललाई खेताला, भरियाको रुपमा देखाइन्छ, बाल मस्तिष्कमा । एउटा सिगाने पात्रका रुपमा झुत्रो मंगोल देखाउने त्यसपछि आफूलाई ज्ञानी भनेर घोकाउने बाहुन क्षेत्रीको शिक्षाले सधै मूलबासी मंगोलहरुलाई दिमाग दरिद्र, सोचाइ दरिद्र हर क्षेत्रमा दरिद्र बनाइ दिन्छ ।
नेपाली प्राथामिक तहका धेरै पाठय पुस्तकका पाठ्य सामग्रीहरु बाहुन क्षेत्रीलाई मुख्य पात्र बनाइएको पाइन्छ । अझ माध्यमिक तहका पाठ्यक्रम झन चौखण्ड छ । बाहुन क्षेत्रीको खलपात्र मंगोल मात्र हुन्छ । बरु बलियो भनेर कतै प्रशंसा गरेको पाइन्छ । त्यो भन्दा राम्रो पात्रमा प्रस्तुत गरेको पाइन्दैन ।
मंगोलहरुलाई त एउटा दरिद, मुर्ख, पाखे, जंगली, चोर गुण्डा, हले, कोदाले, खेतालो जस्ता पात्रमा सिमित बनाइन्छ, बाहुनलाई चाहि शिक्षित, चलाख, ज्ञानी, इमान्दारी, बफादारीको रुपमा अर्थात प्रशंसाले भरिएको हुन्छ ।
यस्ता बाहुनबादी शिक्षा प्रतिस्प्रधात्मक हुने कुरा त कल्पनै नगरौ बरु बाहुनको प्रशंसा गर्न प्रेरित गर्न बाहेक केहि हुने छैन । यस्तो बाहुन क्षेत्रीलाई भगवान, ज्ञानी भन्दै प्रशंसाले भरिएको पाठ्य बस्तु नच्यातिए सम्म मूलबासी मंंगोलहरु बाहुन क्षेत्रीको दासी बन्न सिकाउछ, त्यसैले यस्ता पाठ्य बस्तुहरु च्यातिनु पर्छ

Comments

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन ...

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...