Skip to main content

मुखमा बुद्ध बुद्ध, बगली छुरा !

हिन्दु आर्य बाहुन क्षेत्रीहरु बाहिर बुद्धको खुवै प्रशंसा चाहि गरेको पाइन्छ तर, बुद्धको निम्ति के चाही राम्रो कार्य भएको छ ? 
हेर्नुस :

  •  सन् १८९६ को उत्खननमा इसा पूर्व २३९ मा लुम्बिनी आउनु भएका अशोक सम्राटले अभिलेख कुदाएर गाडेको शिला स्तम्भ भेटिए पछि सिदाह (बुद्ध)को जन्म वर्तमान नेपालको लुम्बिनीमा भएको प्रमाणित भएको थियो यदि अशोक सम्राट नभएको नेपाल न-आएको भए र शिला स्तम्भ गाडेका थिएनन भने बुद्धको अस्तित्व नै रहने थिएन तर त्यो बाहुनले गरेको थियो ?
  •  पुरातत्व बिभाग लुम्बिनी बिकाश कोष र जापान बुद्धिस्ट फाउण्डेशनले १९९२/०९६ मा गरेको उत्खननले अर्को महत्वपूर्ण प्रमाण "मार्कर स्टोन" भेटाएको थियो / बाहुनले यस्तो कार्य गर्न सकेको थियो पहिले ?
  •  १९६७ मा लुम्बिनी पुगेका रास्ट्र संघका तत्कालिन महासचिव यु-ठान्तले आशु खसाउनु परेको थियो लुम्बिनीको अवस्था हेरेर / लुम्बिनी बिकाशका लागि १९७० मा १३ रास्ट्रलाई समेटेर 'युनाइटेड नेशनल कमिटि फर डेभलभ्मेण्ट अफ लुम्बिनी गठन गरेका थिए यदि यु थान्त महासचिव रहेका बेला सक्रिय चासो नराखेको भए लुम्बिनी आजको स्वरुपमा हुने थियो ?
  • युनेस्कोले विश्व सम्पदा सुचिमा १९९७ मा सुचिकृत गर्यो कसको देन थियो ? कुन बाहुनको थियो ?
  •  सम्राट अशोकको अशोक स्तम्भ पत्ता लगाउने पुरातात्वबिद को थिए ? कुन चाहि बाहुन क्षेत्री थिए ? जसले पत्ता लगाएका थिए पुरातत्व विद डा. फुहरर पूर्ण चन्द्र मुखर्जी भारतबाट र संयुत्त रास्ट्र संघका तत्कालिन महासचिव यु थान्त एक जना केशर शमशेर सम्लितले र मार्कर स्टोन भेट्टाउने उत्खननमा संलग्न पुरातत्वविद उएशाका लगायतको भूमिकाले आजको लुम्बिनी अस्तित्व आयो तर बाहुनने बुद्धिले भए थाहा पनि हुने थिएन सायद !


बाहुन क्षेत्रीले आज सम्म बुद्ध माथि गरेको अन्याय अत्याचार बाहेक के चाहि होला ? 

  • बुद्धलाई देश निकाला !
  • बुद्धको खुल्ला शिक्षा बिरोध !
  • बुद्धको गुम्बा र मुर्तिहरु भत्काएर हिन्दु मन्दिर खडा !
  • बुद्धको मुर्तिको मुखमा सुगुरको मासु र रक्सि कोचारे !
  • बुद्धलाई निम्न कोटीको देखाउन अनेकौ अप्रभ्रम्श र गलत प्रचार !
  • भिक्षु अमृता नन्द, प्रेम बहादुर श्रेष्ठ(महाप्रज्ञा) अनेकौ सजायको भागिदारी बनाए !

जतिपनि विश्वमा बुद्धको शिक्षा फैलाउने सप्पै नेपाल भित्रबाट भएको थिएन ! भारत, श्रीलंका र बर्माका बिशेष विद्वानहरुको योगदान मान्न सकिन्छ / भारतका सम्राट अशोक , अम्बेडकर, श्रीलंकाका गुनापला पियासेना मलालासेकेरा, बर्माका युथानको बिशेष योगदान छ तर जसले केहि नै गरेका छैन अनि विश्व सम्पदामा सुचिकृत लुम्बिनीको नाममा भिख मागेर खान्छ तर, लुम्बिनी बिकाशको निम्ति कति योगदान छ ? बुद्ध नेपालमा जन्मिएको भन्दै सुगा रटाइ गर्न बाहुन र क्षेत्रीलाई लाज पनि लाग्नु पर्ने हो ! जसले सिन्को समेत भाचेनन बुद्धको निम्ति तिनीहरु बुद्ध आफ्नो पेवा मान्छन तर सिदाहा त्यसपछि बुद्ध बनेका सिदाहा बुद्ध नेपालमा जन्मिएका प्रमाणित गर्न बर्मा देखि आउनु परेको थियो ! ! हो बाहुन क्षेत्रीको यो व्यवहार यसलाई भनिछ मुखमा बुद्ध बुद्ध बगलीमा छुरा ! 
- जीवन मंगोल

Comments

Post a Comment

Thank you for Comment

Popular posts from this blog

धर्मको नाममा हिन्दु यसरी चोखिन्छ

-जीवन मंगोल यहाँ अजीव लाग्ने प्रसंग के छ भने जसलाई बाहुन क्षेत्रीले पाप भनेर अपराध भनेर हिंसा भनेर भनिरहेको छ, त्यो अचम्मको छ । जस्तोः “बलि” दिनु “वध” गर्नु धर्म तर काट्नु मार्नु चाहि अपराध हो भन्छ हिन्दुले । यो तर्कसंगत होइन । काट, मार गर्नु पाप हो भने धर्मको नाममा प्राणीको हत्या गर्नु पनि पाप हो त्यसलाई चाहि “वध” नभनेर हिंसा गरेको रे ! गाई काट्नु पाप, फेरी देवालीमा बोका वा रागा काट्नु हत्या नहुने “वध” हुने रे ! बाहुन क्षेत्रीले जति यहाँ हत्या गर्ने दुनिया सायदै छ होला । तर उसले हत्या गरेको जति सबै “वध” गरेको भन्दै चोखिने काम गर्छ । बाहुनहरुको कथित शास्त्रमा बलिदानको चर्चा छ । ऋग्वेद कालिन समयमा विशेष गरि मुख्य गरि ३ प्रकारको यज्ञ बलिको उल्लेख छ । ति हुन ः १. नरमेध्य यज्ञ –मान्छेको बलि), २. अश्वमेध्य यज्ञ (घोडा बलि) र ३. गोमेद यज्ञ (गाई बलि) कालान्तरमा यी तीनै प्रकारका बलिहरु प्रतिवन्ध गरि गोदान यज्ञको शुरुवात गरे । विभिन्न सुत्रहरुमा उल्लेख भएका तथ्यले पाप कसले गरेको थियो भन्ने कुरा प्रष्ट्याइरहन पर्ला जस्तो लाग्दैन । अहिले पछिल्लो समयमा गोदान बाहेक बोका बलि दिने प्रचलन ...

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । ...