Skip to main content

मुखमा बुद्ध बुद्ध, बगली छुरा !

हिन्दु आर्य बाहुन क्षेत्रीहरु बाहिर बुद्धको खुवै प्रशंसा चाहि गरेको पाइन्छ तर, बुद्धको निम्ति के चाही राम्रो कार्य भएको छ ? 
हेर्नुस :

  •  सन् १८९६ को उत्खननमा इसा पूर्व २३९ मा लुम्बिनी आउनु भएका अशोक सम्राटले अभिलेख कुदाएर गाडेको शिला स्तम्भ भेटिए पछि सिदाह (बुद्ध)को जन्म वर्तमान नेपालको लुम्बिनीमा भएको प्रमाणित भएको थियो यदि अशोक सम्राट नभएको नेपाल न-आएको भए र शिला स्तम्भ गाडेका थिएनन भने बुद्धको अस्तित्व नै रहने थिएन तर त्यो बाहुनले गरेको थियो ?
  •  पुरातत्व बिभाग लुम्बिनी बिकाश कोष र जापान बुद्धिस्ट फाउण्डेशनले १९९२/०९६ मा गरेको उत्खननले अर्को महत्वपूर्ण प्रमाण "मार्कर स्टोन" भेटाएको थियो / बाहुनले यस्तो कार्य गर्न सकेको थियो पहिले ?
  •  १९६७ मा लुम्बिनी पुगेका रास्ट्र संघका तत्कालिन महासचिव यु-ठान्तले आशु खसाउनु परेको थियो लुम्बिनीको अवस्था हेरेर / लुम्बिनी बिकाशका लागि १९७० मा १३ रास्ट्रलाई समेटेर 'युनाइटेड नेशनल कमिटि फर डेभलभ्मेण्ट अफ लुम्बिनी गठन गरेका थिए यदि यु थान्त महासचिव रहेका बेला सक्रिय चासो नराखेको भए लुम्बिनी आजको स्वरुपमा हुने थियो ?
  • युनेस्कोले विश्व सम्पदा सुचिमा १९९७ मा सुचिकृत गर्यो कसको देन थियो ? कुन बाहुनको थियो ?
  •  सम्राट अशोकको अशोक स्तम्भ पत्ता लगाउने पुरातात्वबिद को थिए ? कुन चाहि बाहुन क्षेत्री थिए ? जसले पत्ता लगाएका थिए पुरातत्व विद डा. फुहरर पूर्ण चन्द्र मुखर्जी भारतबाट र संयुत्त रास्ट्र संघका तत्कालिन महासचिव यु थान्त एक जना केशर शमशेर सम्लितले र मार्कर स्टोन भेट्टाउने उत्खननमा संलग्न पुरातत्वविद उएशाका लगायतको भूमिकाले आजको लुम्बिनी अस्तित्व आयो तर बाहुनने बुद्धिले भए थाहा पनि हुने थिएन सायद !


बाहुन क्षेत्रीले आज सम्म बुद्ध माथि गरेको अन्याय अत्याचार बाहेक के चाहि होला ? 

  • बुद्धलाई देश निकाला !
  • बुद्धको खुल्ला शिक्षा बिरोध !
  • बुद्धको गुम्बा र मुर्तिहरु भत्काएर हिन्दु मन्दिर खडा !
  • बुद्धको मुर्तिको मुखमा सुगुरको मासु र रक्सि कोचारे !
  • बुद्धलाई निम्न कोटीको देखाउन अनेकौ अप्रभ्रम्श र गलत प्रचार !
  • भिक्षु अमृता नन्द, प्रेम बहादुर श्रेष्ठ(महाप्रज्ञा) अनेकौ सजायको भागिदारी बनाए !

जतिपनि विश्वमा बुद्धको शिक्षा फैलाउने सप्पै नेपाल भित्रबाट भएको थिएन ! भारत, श्रीलंका र बर्माका बिशेष विद्वानहरुको योगदान मान्न सकिन्छ / भारतका सम्राट अशोक , अम्बेडकर, श्रीलंकाका गुनापला पियासेना मलालासेकेरा, बर्माका युथानको बिशेष योगदान छ तर जसले केहि नै गरेका छैन अनि विश्व सम्पदामा सुचिकृत लुम्बिनीको नाममा भिख मागेर खान्छ तर, लुम्बिनी बिकाशको निम्ति कति योगदान छ ? बुद्ध नेपालमा जन्मिएको भन्दै सुगा रटाइ गर्न बाहुन र क्षेत्रीलाई लाज पनि लाग्नु पर्ने हो ! जसले सिन्को समेत भाचेनन बुद्धको निम्ति तिनीहरु बुद्ध आफ्नो पेवा मान्छन तर सिदाहा त्यसपछि बुद्ध बनेका सिदाहा बुद्ध नेपालमा जन्मिएका प्रमाणित गर्न बर्मा देखि आउनु परेको थियो ! ! हो बाहुन क्षेत्रीको यो व्यवहार यसलाई भनिछ मुखमा बुद्ध बुद्ध बगलीमा छुरा ! 
- जीवन मंगोल

Comments

Post a Comment

Thank you for Comment

Popular posts from this blog

हिन्दु वणाश्रमी व्यवस्थाले समाजलाई विभाजन गर्यो

जीवन मंगोल हामीलाई रास्ट्रले के दियो भन्दा पनि हामी के दिन सक्छौ, त्यो महत्वपूर्ण बिषय हुन्छ । मेरो घरभित्र सानो परिवार हुन्छ तर त्यो भन्दा मेरो रास्ट्र ठूलो परिवार हो । त्यो मेरो ठूलो परिवार नसम्हाल्दा सम्म देशले मलाई केहि दिने छैन । अहिले सम्म त्यो परिवारलाई भत्काउने प्रयास भएको छ भनेर सकारात्मक सोचहरु पलाउन जरुरी छ । परिवारको सदस्यहरुलाई सम्मान न्याय दिइएन । सबैलाई सम्मान व्यवहार नहुँदा परिवारका सदस्यहरु आफ्नो कुण्ठाहरु साचिरहन सकेनन् र अन्ततः कलह सुरु हुन गयो । यसकारण परिवार मिलाउनु जरुरी छ । परिवारभित्रै समस्या समाधान खोज्नु पर्छ । परिवारभित्रै झगडा भयो भने छिमेकीको हेर्ने दृष्टिकोण पनि नकारात्मक हुन्छ । छिमेकीले पनि छिर्के लगाउने ठाउँ पाउँछ तर यहाँ त बैरीहरुले राष्ट्रभित्रका राष्ट्रहरुलाई मिलाएर राख्न चाहँदैन । अनि फलाना छिमेकी देशले यस्तो ग¥यो भनेर आफ्नो कालो कर्तुत लुकाउन खोज्छन । शासकले जनतालाई आफ्नो परिवार नठान्नु नै दुःखको कुरा हो भने सयौ समुदायको फूलबारी भएको देश भए पनि त्यो फूलबारीभित्र दुईओटा बिशेष समुदायहरु मात्र अटाउनु देशको अर्को दुर्भाग्य हो । सबै फूलहरु फूलबारी...

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम ...

हामी नेपालका मूलबासी

जीवन मंगोल   मूलबासी र आदिबासी जनजाति को हुन् ? मूलबासी र आदिबासी शब्द पर्यावाची हुन् या फरक अर्थ र असर बुझाउने शब्द हो ? यो शब्द अहिले बहसको बिषय बनेको छ । आदिबासी र जनजाति कुन मानेमा स्थापित भयो र कसरी गरियो ? मुलबासी र आदिवासी कसरी पर्यावाची होइन भन्ने मुख्यतः जान्न जरुरी छ । आदीवासी, जनजाति बिकासः इन्डिजेनियसलाई नेपालको फिरङ्गी समाजशास्त्री, बनारसी बिद्वान र दरबारीया मण्डलेहरुले सन् १९९० को दशकदेखि आदिबासी भन्ने र भनाउने दुष्ट कामको थालनी गरेका हुन् । एमालेको चौंथो राष्ट्रिय महाधिबेशन बिराटनगरबाट मनमोहन अधिकारीले ब्यापक रुपमा प्रचार गर्ने कामको थालनी गरेका थिए । सन् १९९० भन्दा पहिले मतवाली भन्न गर्ब गर्नेहरुको सेन्टीमेन्ट खिच्न यो शब्द निकै सजिलो भयो । १७७० मा रणबहादुर शाहाले न्वारान गरिदिएको मतवाली शव्दको वास्तविक अर्थ नबुझेकाले आफूलाई मतवाली भन्नमा गर्ब गर्थे । अहिले मतवाली भन्दा घृणा लाग्न थाल्यो किनकी वास्तविक अर्थ मतवाली भनेको मातेको मान्छेलाई भनिन्छ । राजा महेन्द्रको पालामा दिलमान सिंह थापा मगरलाई भारतको साधारण जम्दार पदवाट नेपालमा जर्नेल पदको लोभ देखाई शुद...