Skip to main content

Posts

Showing posts from July, 2017

संस्कृत भाषा र आर्य दुबै विदेशी हो - चन्देश्वर दास

संस्कृत भारतवर्ष को भाषा होइन  संस्कृत सबै भाषा हरुको जननि हो दछिण एशिया तथा भारतवर्ष मा बोलिने सबै भाषा क ो श्रोत संस्कृत नै हो पनि मिथ्या प्रचार गरिदैंआएकोछ ।जब कि संस्कृत भारतवर्षमा विकास भएको भाषा नै होइन संस्कृत लाइ आर्यको भाषा ,देव भाषा भनिन्छ ,तर आर्य नै भारतीय अथवा नेपालि मुल को होइन ।यस कारण संस्कृत पनि यहांको भाषा होइन । भाषाविद सर विलियम्स जोन्स अनुसार संस्कृत,ग्रिक,लेटिन भाषा बाट निस्किएको भाषा भनेकोछ ,भारत को प्रसिद्ध इतिहासकार आर.सी.मजुमदार ले आर्यको संस्कृत भाषा ग्रिक,लैटिन ,जर्मन,अंग्रेजी भाषा संग मिल्छ भनेर केहि उदाहरण पनि दिएकाछन   क्रमसंख्या--------भाषा----- शब्द   १. संस्कृत---- ---- पितर,मातर (piter,maatter २. लैटिन ------ पेटर ,मेटर (pater,mater) ३. ग्रिक -------पेटर ,मेटर (pater,meter) ४.अंग्रेजी ------फादर,मदर (father,mother) ५.जर्मन ---- वतेर,मतर( vater,mutter) ____________________________________ यसको प्रमुख कारणहरु यहि हो कि भारत र नेपाल मा रहेको आर्य हरु ग्रिक,जर्मन,लैटिन,रोमन अंग्रेजी र रसियन हरुको पुर्वज संग दिर्घकाल सम्म सं

साम्राज्यवादी पृथ्वीनारायण एकताका प्रतीक होइनन्

जीवन मंगोल  लोकतन्त्रवादीदेखि राजावादी, हिन्दूवादीहरू सम्मले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा यति धेरै चर्चा परिचर्चा गरे कि उनलाई राष्ट्र निर्माता वर्तमान नेपालको एकीकरणको रूपमा चर्चा गरे वर्षैपिच्छे पौष २७ गतेलाई पृथ्वी जयन्ती मनाउने गरेको र पृथ्वीनारायण शाहको गुनगान गाउने गरेका छन् । ती सबै कोही नभई बाहुन क्षत्री कम्युनिस्ट भन्नेहरू नै पहिलो लहरमा देखिन्छन् । एक समय देउता र असुरको संग्राम –युद्ध) देउता आर्य र राक्षस मंगोल बीचको युद्ध कथा लेखेर आर्यलाई देउताको उपमा दिने मोदनाथ प्रश्रित अहिले पृथ्वीनारायण शाहलाई समेत आधुनिक आर्य देवता घोषित गर्दै छन् । पृथ्वीनारायण शाह यहाँका अहिन्दू मलवासी मंगोलहरूलाई षड्यन्त्रमा पारी मितेरी साइनो गाँसी जिउँदै छाला काढी नाक, कान, पेट काटी जघन्य अपराध गर्दै आफ्नो साम्राज्य निर्माण गरेका थिए । उनै अपराधीलाई आज देवता घोषणा र उनको प्रतिकार गर्ने अहिन्दू मलवासी मंगोलहरू सबैलाई राक्षस बनाउन खोजेका छन् । जनयुद्धका समयमा कथित माओवादीका नेता प्रचण्डले पृथ्वीनारायणको सालिक तोड्नपर्छ भन्दै सालिक भत्काउने क्रममा मोदनाथ प्रश्रित फूलमाला लिएर मूर्तिमा

भानुभक्तको शालिक संग्राहलयमा राखिनु पर्छ

काठमाडौँ / रामयणलाई अनुवाद गरी बाहुनवादलाई बलियो बनाउने भानुभक्तको जन्म जयन्ती भर्खरै धुमधामले मनाइएको छ । भानुभक्तलाई आदी कविको पगरी गुत्थाई उनको बारे निकै ठूलो धनराशी खर्च गर्दै आएको छ । अहिले नेपालको विभिन्न जिल्लामा भानुभक्तको मुर्ति खडा गर्ने काम तिव्र बनाइएको छ । अब यी मुर्तिलाई उखेलेर संग्राहलयमा थन्काइनुपर्छ । किनभने भानुभक्त नैतिक पतन भएका व्यक्ति हुन् । उनी कवि नभएर उल्थाकार मात्र हुन् । उनीभन्दा अघि पनि धेरै कविहरु थिए । रामायणलाई नेपालीमा अनुवाद गरेकै भरमा आदि कविको पगरी गुत्थाउनु एकात्मक वर्णभेदी नीति हो । भानुभक्तले जागिरे छँदा सरकारी पैसा धेरै हिनामिना गरे वापत जेल परेका र गजाधर सोती नभएको मौका छोपी गजाधरकी श्रीमतीलाई बास माग्न पुगेका थिए तर गजाधरकी श्रीमतीले भानुभक्तको बानी व्यहोरा थाहा पाएकीले बास दिइनन् । बास नदिएपछि गजाधरकी श्रीमतीलाई दुर्नाम गर्दै यस्तो कविता लेखे ः ‘गजाधर सोतीका घर बुढी अलक्षिनी रहिछिन्, नर्क जानलाई सवसित बिदाबारी भइछिन्, पुग्यौं साँझमा तिनका घर पीडीमा बास गरियो निकालीन साँझैमा अलिक पर गुल्जार गरियो ।’ यस्तै घाँसीले कुवा खनाएको प्रसंगमा अ