Skip to main content

Posts

Showing posts from June, 2018

मेरो सँधै प्रेम अनि सद्भाव

मेरो प्रीय!  म परिवर्तन चाहने योद्धा र हमेसा स्वतन्त्र मुक्तिको यात्रामा समर्पन भइ लागेको पनि अब त अतित नै भइसक्यो । जन्मेर मान्छेले पाउने एक बाला पन, जवान र बृद्ध । तर वालापन कसरी बित्यो त्यो आफ्नै ठाउँमा छन् । जब मंगोल मुक्तिको यात्रामा होमिन पुगे तब मैले आफ्ना चाहना भन्दा माथी उठ्न प्रयत्न गरिरहेको हुन्छु । मनहरुलाई दबाएर यात्रामा लागेको छु कि छैन म आफै अनविज्ञ छु, त्यो भविष्यको गर्भमा छ । मानिसका असिमित आवश्यकता हुन्छन् चाहेर पनि कति अधुरै हुन्छन् । सबै चाहनाहरु पूर्ति गर्न खोज्दा खोज्दै पनि आवश्यकताहरु पूरा हुँदैनन् । यो त अर्थशास्त्रको नियम नै हो ।  कोही बिलासी जिन्दागी जिइरहेका होलान र पनि आवश्यताहरु जन्मिरहेका हुन्छन् । कोही वेरोजगार भएर भौतारी रहेका छन् त कोही बिहान वेलुको हात मुख जोड्न अर्काको देशमा रोजगारको निमित्त भौतारिनु बाध्यता छ । हो, म पनि त्यसैको पर्याय बन्नु परेको छ, त्यसैको राप, ताप म भित्र दन्कीरहेको छ । मानवीय स्वाभाव नै बडो अचम्मको हुने रहेछ । लोभ, डाह र इष्र्या । यी कति सकारात्मक पनि होलान त कति नकारात्मक । बुद्धले त यी सबै कुरा नकारेका थिए । मानिस हो

बौद्धहरुको २२ प्रतिज्ञा (वोधिसत्व अम्बेडकरद्वारा प्रस्तुत प्रतिज्ञा)

१. म ब्रम्हा ,विष्णु र महेशलाई कहिले भगवान मान्ने छैन, न त उसको पुजा गर्नेछु । २. म राम, कृष्णलाई भगवान मान्दिन नत उसको पुजा, पाठ गर्नेछु । ३. म गौरि, गणपति इत्यादि हिन्दू धर्मको कुनै देवि, देवतालाई मान्दिन र उसको पूजा, आराधना गर्नेछैन । ४. म यस कुरोमा कहिले विश्वास गर्नेछैन कि कुनै ईश्वरले कहिले अवतार लिएकोछ ५. म यस कुरोमा कहिले विश्वास गर्दिन कि भगवान बुद्ध विष्णुको अवतार हो । यस्तो प्रचारलाई झुठ तथा पागलपन ठान्नेछु । ६. म श्राद्ध र पिण्डदान कहिले गर्दिन ७. म बौद्ध धम्मको विरुद्ध कुनै आचरण गर्ने छैन ८. म न कुनै क्रियाकर्म जन्म तथा कर्ममा बाहुनसंग गराउने छैन ९ं म सिद्धान्तलाई मान्नेछु कि सबै मनुष्य समान छ १०. म समानता स्थापनाको लागि प्रयत्न गर्नेछु ११. म भगवान बुद्ध को आष्टांगिक मार्गलाई पूर्ण रुपले पालना गर्नेछु १२. म भगवान बुद्धद्वारा निर्देशित दश पारमितलाई पूर्ण रुपले पालन गर्नेछु १३.  म प्राणी मात्रमा दया गर्नेछु र उनको पालनपोषण गर्नेछु १४.  म कहले चोरि गर्नेछैन १५. म कहिले झुठ बोल्ने छैन १६. म कहिले व्यभिचार गर्नेछैन १७. म मादक पदार्थ को सेवन गर्नेछैन १८. म आफ्