Skip to main content

Posts

Showing posts from April, 2017

बिक्रम संवतको नेपाली माटोसंग के सम्बन्ध छ ?

–जीवन मंगोल  नेपालको राष्ट्रिय संवतका रुपमा मान्यता पाएको हिन्दु संवत अनुुसार नयाँ वर्ष २०७४ साल । नयाँ बर्षको शुभकामना सामाजिक सञ्जालमा आदान–प्रदान गरेको पनि देखियो । बिरोधको लहर पनि उतिकै भाइरल बनेको पाइयो । किन भाइरल बन्दैछ आखिर ? राष्ट्रियतासंग जोडिएको बिव्रmम संवतको बिरुद्ध । नेपाली माटोसंग के सम्बन्ध छ ? र बिक्रम संवतलाई नेपालको राष्ट्रिय संवत बनाइयो ? यी बिषयमा पंक्तिकारले सामाजिक सञ्जालमा पनि प्रस्तुत गर्दै आइरहेको छ । यसअघि लेख्नै पर्ने बाध्यता थिएन तर अहिलेको परिवेशमा लेख्नै पर्ने बाध्यता सृजना भयो ।  बिक्रम संवतबारे तर्क  विक्रम संवत नेपालको मौलिक संवतका रुपमा जर्वजस्ती व्याख्या गर्ने एक थरि मण्डले इतिहासकारहरु छन् । राष्ट्रियताको नारा अलाप्नेहरुले बिक्रम संवत् नेपालको मौलिक संवत हो भनिरहेका छन् । यसको पुष्टि गर्न अनेकौ तर्कहरु अघि सारेको पाइन्छ । जुन तर्कले विक्रम संवत् नेपालको मौलिकता हो भन्ने प्रष्ट छैन तै पनि जबरजस्ती गरेरै भए पनि बिक्रम संवतलाई राष्ट्रियता संगै जोड्ने र सोही अनुरुप मिडियाले पनि प्रचार गरेका छन् । नेपालको इतिहासमा नभेटीएको बिक्रम संवतको अस्तित्

"पहिलो र एक्लो गोपाल गुरुङ"

हिन्दु रास्ट्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ । राजतन्त्रको बिरोध गर्ने पहिलो र एक्लो गोपाल गुरुङ महेन्द्र, बिरेन्द्र र ज्ञानेन्द्रलाई चुनौती दिएर लड्ने,  २० प्रतिशतको राजा भएर नबस्न चेतावनी सहित सुझाप दिने पहिलो र एक्लो गोपाल गुरुङ । लोकतन्त्र, धर्मनिरपेक्ष र संघियताको निम्ति जेल पर्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। जात भन्ने हिन्दुमा मात्र हुन्छ, मंगोलमा हुदैन, भनि चेतना छर्ने पहिलो र एक्लो गोपाल गुरुङ । बाहुन क्षेत्रीले मंगोललाई फुटाएर राज्य गरेको खुलासा गरि पुस्तक लेख्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। बाहुन क्षेत्री अल्प–संख्यक रहेको प्रस्ट्याउने मंगोल मूलबासीहरु बहु–संख्यक किटान गर्ने पहिलो र एक्लो गोपाल गुरुङ । बाहुन क्षेत्री बिदेशी हुन् भनि खुट्याउन सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। नेपालमा हिन्दुवादको आधुनिक भर्सन बाहुनबाद छ, भनेर ठोकुवा गर्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ । हिन्दु धर्म होइन बाद हो भन्न सक्ने पहिलो र एक्लो गोपाल गुरुङ ।। नेपालमा वर्णभेद छ भनेर प्रस्ट्याउने पहिलो र एक्लो गोपाल गुरुङ । नेपालमा मानव अधिकार छैन भनि म