Skip to main content

Posts

Showing posts from February, 2017

हाम्रो मंगोल पुर्खा बध गरिएको दिन दशैँ कसरी मनाउनु ?

जीवन मंगोल नेपालको वर्तमान समय पनि एकात्मकवादी चिन्तन हावी भएको छ । एक धर्म, एक भाषा र एक भेष भन्ने नारा हटे पनि धर्म निरपेक्षता मुलुक घोषणा गरिएको भए तापनि त्यो व्यावहारिकतामा लागू भएको छैन । यो देशमा हिन्दुवादीको हैकम जाँतोमा अन्य धर्मलाई थिच्ने काम भइरहेको छ । त्यस्तै अहिले हिन्दूहरुको मात्र चाडलाई सम्पूर्ण नेपालीको चाड भन्ने काम व्यापक रुपमा मिडियामा भइरहेको प्रचारले एकखाले मानसिक भ्रम पैदा गराउने काम झैं भइरहेको छ । यहाँ बुझ्न जरुरी छ कि, सम्पूर्ण नेपालीको चाड भनेर अरु धर्मावलम्वी र अहिन्दू मूलवासी मंगोल समुदायहरुको आफ्नो चाडलाई मार्ने काम राज्यबाट भइरहँदा हामी भने चूप लागेर मालिकको मात्र गुण गाउने कि, सत्यतथ्य पनि बुझ्ने कोशिश गर्ने ? दशैं अर्थात् विजय दशमीको प्रादुर्भाव कसरी र कहिलेबाट भयो ? किन विजय दशमी मनाइन्छ ? यसको महत्व छ, या छैन । पहिले बुझ्न जरुरी छ । हामीले सत्यतथ्यको खोज गर्नु पर्छ कि पर्दैन ? यदि पर्ने हो भने किन खोजिँदैन ? अब यहाँ चुप लागेर बस्ने बेला होइन, यो समय भनेको । त्यसैले सत्यतथ्य जानकारी राखौं । दशै बारे असान्दर्भिक धारणा   दशैं अर्थात् विजय दशम

मंगोल भर्सेस आर्य संविधान

लेखक :  जीवन मंगोल नेपालमा संविधान लेखनको इतिहास धेरै लामो छैन । छोटो अवधिमा लेखिएको संविधान टीकाउ भएनन् र च्यातिए जलाइए । खरानी भए । आजसम्म ७ ओटा संविधान बनेको रेकर्ड भए पनि अबको हालको संविधान पनि त्यही हिजोको संविधानभन्दा उत्कृष्ट र अजम्बरी बन्नु सकेन । अहिन्दू मूलबासी मंगोलहरुको अधिकारलाई हत्या गरेको संविधान उत्कृष्ट हुनै सक्दैन । अहिलेसम्म पढ्न पाइएका संविधानको मर्म र भावना हिन्दूवादभित्र गुजुल्टीएको छ । संविधान निर्माण हुनु ठूलो होइन त्यसभित्र समेटिने गुदी कुरा महत्वपूर्ण हुन्छ भन्ने मान्यतामा संविधान लेखनको इतिहासमा नेपाल यस्तो देश हो जहाँ दश वर्ष टिक्न सकेको देखिँदैन । २०६२÷०६३ को आन्दोलनसँगै लेखिएको अन्तरिम संविधानलाई पनि एमएनओले आखिरीमा हिन्दू संविधान भनेको थियो । वास्तवममै संविधान हिन्दूकै थियो पनि नाम मात्रैको लोकतन्त्र गणतन्त्र संघीयता धर्मनिरपेक्षलाई बाध्यताले अटाइएको थियो ।२०४७ सालको संविधान एसियाकै उत्कृष्ट भनेर प्रचार गरिएको पुगनपुग १६ वर्षमै ध्वस्त भयो । एमएनओका कार्यकर्ताले दोलखाको चरिकोट र रुपन्देही जिल्लामा जलाउने काम गर्यो । यस संगठनका संस्थापक अध्यक्ष डा.