Skip to main content

Posts

Showing posts from November, 2018

मंगोलभुमिमा जुन दिन स्वतन्त्रताको आवाज गुन्जिनेछ

जीवन मंगोल "उद्देश्यहिन जीवन मृत्यु हो, मृत्युु कुनै उद्देश्य होइन ।" पृथ्वीमा पानी जम्छ, तिर्खा जम्दैन । बच्पनमा पड्दाको एउटा चलाख कागको कथा याद आउँछ । कागलाई प्यास लागेको हुन्छ, जताततै हाहाकार हुन्छ । पानी खोज्दै काग भौतारिन्छ । खोलामा जान्छ । खोला पनि सुकेको हुन्छ । कुवामा जान्छ कुवा पनि सुकेको हुन्छ । रुखको टोड्कातिर कतै जमेको छकी भनी खोज्छ कतै पानी भेट्दैन तथापि कागको प्रयास जारी नै रहन्छ । कदापि निराश हुँदैन किनकी कागलाई प्यास लागेको छ । अन्त्यमा कागले झुपडिमा एक घैटो देख्छ । कागलाई डर पनि छ । कतै मालिक देख्यो भने मेरो हालत के हुन्छ । डर के पिछे जित छ भनेझै काग उडेर घैटोको मुखमा बस्न पुग्छ । घैटोमा चिहाउछ पानी पिधमा मात्रै छ । कागले सोच्छ कि पानी त भेटियो तर पिधमा छ । घैटोमा छिर्यो आफ्नै काल । कसरी निस्किने घैटोबाट ? अर्को त्रास घैटोमा छिरेको बेला मालिक आयो भनेपनी खैरात छैन । के गर्ने प्यास जसरि मेटाउनु छ । कागले जुक्ती लगाउछ घैटोमा ढुंगा खसायो भने पिधको पानी पक्कै माथी आउँछ । त्यसपछि कागले ढुंगा ओसार्दै घैटोमा खसाउछ । नभन्दै पिधको पानी माथी आउँछ र