Skip to main content

Posts

Showing posts from December, 2017

निर्दोष शालिक नतोड्नु जीवन मंगोललाई सिधै गोली ठोक्नु !

जीवन मंगोल आज मैले मेरो देशमा गर्वका साथ नेपाली भन्न पटक्कै मन छैन । हृदयंगले पक्कै फरक रहेछु । नेपाली हुन मैले मेरो रंग, मेरो वर्ण फेर्नु पर्ने रहेछ, कतै पहेलो र हप्सी भएर जन्मिनुले मानव शिकार भएछु । धन्य छ ! आजै राति सपनामा देखे जस्तो लाग्छ तर बिपनामै रहेछ । सामाजिक सञ्जाल फेसबुकमा पश्चिम नेपालको कास्की पोखरामा शहिद लखन थापा मगरको शालिक नगर प्रमुखकै आदेशमा आतंकारी, बिद्रोही शैलीमा डोजर लगाएर पल्टाइएछ, भत्काइएछ, मैले त सपना पो देखेको रहुछ जस्तो लाग्यो तर यता अग्रज बुद्धिजिवीहरुको बीचमा सपना होइन कुरा साचो हो भन्ने चर्चा भइरहेको थियो । मंथिगलमा कता–कता विद्रोहको भाव जागिरहेको छ । राजाको हृदयमा प्रजा हुँदैन, शत्रुको हृदयमा मित्रु हुँदैन, बिदेशीलाई स्वदेशीको माया हुँदैन भने जस्तै बाहुन क्षेत्रीको हृदयमा न्याय नहुँने रहेछ । सरकार यहाँ प्रशासन जनताको न्याय र सुरक्षा गर्न होइन, जनताहरुबाट सत्ता बचाउन शासक पहरा दिनका लागि प्रशासन रहेछ । हामीलाई यस्तो सरकार चाहिएको छैन । घरदेशको समस्या प्रदेशमा वस्नेलाई थाहा हुँदैन, प्रदेशमा बस्नेलाई घरदेशको समस्या थाहा हुँदैन । आज आफ्नै देशमा प्रदेशी