Skip to main content

Posts

Showing posts from December, 2016

मंगोल पिता डा. गोपाल गुरुङ मेरो मन मस्तिष्क

मंगोल मुक्तिदाता युगपुरुष डा. गोपाल गुरुङ हामी माझ नरहनु भएको भएता पनि उहाँको विचारहरु सधैं मंगोल सन्ततिको निम्ति अनमोल छन् । प्रेरणादायी छन् । मंगोल अस्तित्वको लडाईमा जीवनको सम्पूर्ण समय खर्चेर कुनै लाभको पद नलिने नेता हुनु हुन्थ्यो । उहाँ राजगद्दी ताकेको आरोपमा र सामप्रदायिक जस्ता आरोप लाग्ने पहिलो नेपाली भनेर चिनिनु हुन्छ । राजगद्दी ताकेको आरोप खेप्ने डा. गोपाल गुरुङलाई मंगोलहरुले उहाँको नाम लिन समेत डराएको कुरा जगजाहेर छ । पुस्तक लेखेर जेल पर्ने महामानव डा. गुरुङले विभिन्न समयमा भुमिगत पनि वस्नु पर्यो । उहाँलाई मार्न रामचन्द्र पौडेलहरु लागि परेका थिए भनिन्छ – उहाँ भद्रगोल जेलमा हुँदा गोपाल गुरुङलाई जेलमा सडा र मार्नु पर्छ । तर मार्न चाहि आँट गरेनन् । पञ्चायतकालमा निर्भिकता पूर्वक नलडेको भए र डा. गुरुङ नजम्मिएको भए यो मुलुकका मूलबासी मंगोलहरु अन्धकारमा रहन्थे भन्ने विद्वानवर्गले पनि भन्ने गरेका छन् । डा. गुरुङ नेपाली राजनीतिमा वर्तमानमा जे भइरहेको छ त्यसको मुख्य सुत्रधार हुनु हुन्थ्यो । आज नेपाली राजनीतिमा उहाँको खाचो महशुस गरेको छु । लोकतन्त्रक/गणतन्त्र, धर्मनिरपेक्ष र संघीयताको प