Skip to main content

Posts

Showing posts from May, 2016

मुखमा बुद्ध बुद्ध, बगली छुरा !

हिन्दु आर्य बाहुन क्षेत्रीहरु बाहिर बुद्धको खुवै प्रशंसा चाहि गरेको पाइन्छ तर, बुद्धको निम्ति के चाही राम्रो कार्य भएको छ ?  हेर्नुस :  सन् १८९६ को उत्खननमा इसा पूर्व २३९ मा लुम्बिनी आउनु भएका अशोक सम्राटले अभिलेख कुदाएर गाडेको शिला स्तम्भ भेटिए पछि सिदाह (बुद्ध)को जन्म वर्तमान नेपालको लुम्बिनीमा भएको प्रमाणित भएको थियो यदि अशोक सम्राट नभएको नेपाल न-आएको भए र शिला स्तम्भ गाडेका थिएनन भने बुद्धको अस्तित्व नै रहने थिएन तर त्यो बाहुनले गरेको थियो ?  पुरातत्व बिभाग लुम्बिनी बिकाश कोष र जापान बुद्धिस्ट फाउण्डेशनले १९९२/०९६ मा गरेको उत्खननले अर्को महत्वपूर्ण प्रमाण "मार्कर स्टोन" भेटाएको थियो / बाहुनले यस्तो कार्य गर्न सकेको थियो पहिले ?  १९६७ मा लुम्बिनी पुगेका रास्ट्र संघका तत्कालिन महासचिव यु-ठान्तले आशु खसाउनु परेको थियो लुम्बिनीको अवस्था हेरेर / लुम्बिनी बिकाशका लागि १९७० मा १३ रास्ट्रलाई समेटेर 'युनाइटेड नेशनल कमिटि फर डेभलभ्मेण्ट अफ लुम्बिनी गठन गरेका थिए यदि यु थान्त महासचिव रहेका बेला सक्रिय चासो नराखेको भए लुम्बिनी आजको स्वरुपमा हुने थियो ? युनेस्कोले विश्व