Skip to main content

Posts

Showing posts from September, 2018

यसकारण हुँदैछ दशैँ बहिस्कार !

–जीवन मंगोल पञ्चायत अन्त्य संगै नाम मात्रैको बहुदलीय व्यवस्था घोषणा भए पश्चात नेपालको राजनैतिक, धार्मिक, सांस्कृतिक, सामाजित पक्षमा क्रान्तिको थालनी भयो ।  युगौंदेखिको रैथाने धर्म, संस्कृति, चाड पर्व सामाजिक परम्परा मान्यताहरुको खोजी गर्ने थोरै मौका मिल्यो । राजनैतिक, धार्मिक र सास्कृतिक तथा सामाजिक विशिष्टताभित्रका अनेक कोणबाट अथ्र्याउन थालियो । द्रव्य शाहले मंगोल पुर्खा वध गरी स्थापना गरेको आधुनिक गोरखा र पृथ्वीनारायण शाहले विस्तार गरेको साम्राज्य वर्तमान नेपाल र राणाहरुले निर्माण गरेको मनुवादी नीतिको बिरुद्ध शाहस साथ बोल्ने हिम्मत जुटे पछि बदलिदो युगसंगै खोज अनुसन्धानको क्षेत्रमा पनि फराकिलो बनाउने युग पुरुषहरुको खोजले कट्घरामा उभ्याउदै असत्यले ठडिएको कथित इतिहासको स्तम्भ भत्काउन सुरु भयो । त्यहि सेरोफेरोमा दशै बहिस्कार अभियानहरु सुरु भयो । देवासुर संग्राम, अनैकौ मिथक जोडेर राज्यले कसरी नेपालीकरण ग¥यो र कसरी हिन्दुकरण ग¥यो ? कसरी दशै प्रचलनमा आयो र भित्रि रहस्य के हो यहि रहस्यलाई अझ सुक्ष्म ढंगले बुझ्न जरुरी छ । दशैको पृष्ठभूमि  वर